बर्दियाको मधुवन नगरपालिका वडा ५ स्थित डाडे सामुदायिक वनमा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । घर लिप्ने माटो लिन गएका मध्ये २५ बर्षिया गणेश शाहीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । त्यस्तै २१ बर्षिया गर्भवती शुर्जा शाही र २६ बर्षिया … Continue reading माटोको ढिस्कोले पुर्दा १ जनाको मृत्यू २ घाइते
नक्कली फैसलाको बिगबिगी, हुँदै नभएका न्यायाधीशको हस्ताक्षर !
डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन्। फैसला र त्यसलगत्तैको अर्को आदेशमा शंका लागेपछि दूतावासले गत १४ मार्च २०१८ मा काठमाडौं जिल्ला अदालतसँग यसबारे जानकारी माग गर्यो। तर, दूतावासबाट प्राप्त फैसला र … Continue reading नक्कली फैसलाको बिगबिगी, हुँदै नभएका न्यायाधीशको हस्ताक्षर !
यी हुन् ठूला दलका हिन्दूधर्म विरोध नेताहरू, कमल थापाले अकस्मात गरे एक–एकको पर्दाफास
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षताका आडमा धर्मपरिवर्तनलाई प्रोत्साहन गर्ने नेताहरूलाई धार्मिक समारोहमा बहिष्कार गर्न आग्रह गरेका छन् । पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष थापाले नेपालमा हिन्दूधर्ममाथि आक्रमण गर्न क्रिश्चियनहरूबाट भइरहेको ज्यादतिलाई विभिन्न दलका नेताहरूले संरक्षण गरेको बताए । ‘बिदेशी प्रभावमा षड्यन्त्रपूर्वक हिन्दुराष्ट्र हटाई धर्मनिरपेक्षता लाद्ने र धर्मनिरपेक्षको आडमा धर्मपरिवर्तनलाई प्रोत्साहन गर्ने दलका नेताहरूलाई … Continue reading यी हुन् ठूला दलका हिन्दूधर्म विरोध नेताहरू, कमल थापाले अकस्मात गरे एक–एकको पर्दाफास
अदालतलाई नै चक्मा दिँदै कल्पना जोशीले देखाइन यस्तो लज्जास्पद हर्कत, निहुरियो सबै नेपालीको शिर
डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन् । फैसला र त्यसलगत्तैको अर्को आदेशमा शंका लागेपछि दूतावासले गत १४ मार्च २०१८ मा काठमाडौं जिल्ला अदालतसँग यसबारे जानकारी माग गर्यो। तर, दूतावासबाट प्राप्त फैसला … Continue reading अदालतलाई नै चक्मा दिँदै कल्पना जोशीले देखाइन यस्तो लज्जास्पद हर्कत, निहुरियो सबै नेपालीको शिर
नेविसंघद्वारा निषेधाज्ञाको विरोध, जुनसुकै स्थानमा पनि प्रदर्शन गर्न पाउनुपर्ने माग
नेपाल विद्यार्थी संगठनले राजधानीका जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनु पर्ने माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले सिडिओ केदारनाथ शर्मालाई भेटेर काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने भनि बैशाख २ गते गरिएको निर्णय तत्काल फिर्ता लिन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो … Continue reading नेविसंघद्वारा निषेधाज्ञाको विरोध, जुनसुकै स्थानमा पनि प्रदर्शन गर्न पाउनुपर्ने माग
सर्वोच्चबाट निकालियो धार्मिक–तान्त्रिक महत्त्वको ‘श्रीयन्त्र’
सर्वोच्च अदालतबाट ‘श्रीयन्त्र’ झिकिएको छ । धार्मिक र तान्त्रिक महत्त्व रहेको ‘श्रीयन्त्र’ लाई सोमबार निकालिएको हो । प्रधान न्यायालय रानीपोखरीमा रहेका बेला तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले ‘श्रीयन्त्र’ राख्न लगाएका थिए । न्यायको प्रतीक मानिने ‘श्रीयन्त्र’ छोएमा कसैले अन्याय गरेमा भष्म हुन सक्ने धार्मिक विश्वास छ । पूर्वप्रधानन्यायाधीश प्रधानले अदालतमा पस्नासाथ र निस्कँदा ‘श्रीयन्त्र’ ढोग्थे । … Continue reading सर्वोच्चबाट निकालियो धार्मिक–तान्त्रिक महत्त्वको ‘श्रीयन्त्र’
उपप्रमुखद्वारा नगरपालिकामा तालाबन्दी, निहुँ– गाडी भाडा नपाएको…
रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकामा तालाबन्दी गरिएपछि कामकाज ठप्प भएको छ । नगरपालिकाकी उपप्रमुख जानकीदेवी श्रीवास्तवले नै नगरपालिकाका प्रशासकीय अधिकृत मोहन पौडेललाई बाहिर निकाली उनको कार्यकक्षमा तालाबन्दी गरिदिएकी हुन् । उपप्रमुको तालाबन्दीको विरोधमा गर्दै सोमबार नगरपालिकाका सबै शाखाहरूमा उपभोक्ता समितिले तालाबन्दी गरिदिएको छ । वार्षिक योजना फर्छ्योट हुने समयमा भएको तालाबन्दीका कारण नगरपालिकाका सबै कार्यतालिका प्रभावित … Continue reading उपप्रमुखद्वारा नगरपालिकामा तालाबन्दी, निहुँ– गाडी भाडा नपाएको…
यसरी टर्यो तत्काललाई एमाले–माओवादी केन्द्र एकता…
महाधिवेशनमा कसको नेतृत्व हुने, प्रधानमन्त्रीको कार्यकाल कति–कति बाँड्ने र तत्काल दुई अध्यक्ष हुँदा कसको कार्यादेश के हुने भन्ने ‘अदृश्य विवाद’ एकतामा भाँजो बनेका छन् । सतहमा देखिएका उल्झन : एकीकृत पार्टीको हिस्सेदारी, जनयुद्ध शब्द र चुनाव चिह्न, महाधिवेशनपछिको नेतृत्व, सरकार सञ्चालनको कार्यशैली । एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीमा कुन पक्षको कति हिस्सेदारी हुने र … Continue reading यसरी टर्यो तत्काललाई एमाले–माओवादी केन्द्र एकता…
पत्रकार पन्थीको ‘कम्पन’ : ३ पूर्वप्रधानमन्त्रीले विमोचन गर्दै
तीन पूर्वप्रधानमन्त्रीहरुले संयुक्त रुपमा पत्रकार किशोर पन्थीको पहिलो पुस्तक ‘कम्पन’ को विमोचन गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (एमाले) का नेता माधव नेपालले संयुक्त रुपमा पुस्तकको विमोचन गर्ने भएका हुन् । वैशाख १० गते विमोचन गर्न लागिएको सो पुस्तकमा २०७२ … Continue reading पत्रकार पन्थीको ‘कम्पन’ : ३ पूर्वप्रधानमन्त्रीले विमोचन गर्दै
नाम मिल्दा ‘निर्दोष’ फसे जेलमा…
रक्तचन्दन तस्करीमा संलग्न अभियुक्तसँग नाम मिल्दा मेचीनगर, झापाका एक व्यक्ति जेल परेका छन् । जिल्ला अदालतले सोमबार जेल सजायको फैसला सुनाएपछि मेचीनगर– ६ का ३५ वर्षीय श्याम थापा जेल चलान भएको उनको परिवारले जनाएको छ । थापा निर्दोष रहेको दावी परिवारजनले गरेका छन् । अदालतले उनलाई ६ महिना कैद र २६ लाख ९९ हजार जरिवाना तोकेको … Continue reading नाम मिल्दा ‘निर्दोष’ फसे जेलमा…
