प्रधानमन्त्री ओलीले पाँच बर्षमा देश समृद्ध होइन अझ कंगाल बनाउँछन् : गोपाल किराँती

संविधान मान्ने नेपाली हुनुको नाताले पाँच बर्ष जस्तोसुकै भएपनी यो सरकारलाई मान्नुपर्छ।यो पाँच बर्ष नेपाली जनताले पनि सरकारले केहिगर्छ भन्ने आशामा प्रतिक्षा गर्नेछन्।तर पाँच बर्षपछि भने केहिपनी हुँदैन। माओवादी पुनर्गठन अभियानमा लागेका गोपाल किराँतीले माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्। एमाले भित्र एउटा गुटमा इमान्दार,क्रान्तिकारी र प्रगतिशिल मानिसहरु पनि छन् … Continue reading प्रधानमन्त्री ओलीले पाँच बर्षमा देश समृद्ध होइन अझ कंगाल बनाउँछन् : गोपाल किराँती

एक्लिए यातायात व्यवसायी, उद्योग वाणिज्य महासंघले भन्यो-सिन्डिकेटको खारेजी स्वागतयोग्य

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले यातायातको सिन्डिकेट तोड्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । बिहीवार प्रेश विज्ञप्ती जारी गर्दे महासंघले सिन्डिकेट अन्त्य गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । सबै प्रकारको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग आफूल विगतदेखि नै राख्दै आएको दावी गर्दै महासंघले … Continue reading एक्लिए यातायात व्यवसायी, उद्योग वाणिज्य महासंघले भन्यो-सिन्डिकेटको खारेजी स्वागतयोग्य

१४ वर्षीया किशोरीको हत्या प्रेमीबाटै भएको खुलासा

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ६ मा १४ वर्षीया एक किशोरीको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । बैशाख ३ गते घरबाट बेपत्ता भएकी ओमसतिया गाउँपालिका वडा नं. ६ की १४ वर्षीया सरस्वती हरिजन बैशाख ४ गते घरदेखि १ किलोमिटर टाढा मृत भेटिएकी थिइन् । उनको शव स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय धकधईलाईमा खबर गरेका … Continue reading १४ वर्षीया किशोरीको हत्या प्रेमीबाटै भएको खुलासा

ओली अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री : यी हुन् प्रधानमन्त्री कार्यालय मातहत रहेका ४८ संयन्त्र

राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण विभागजस्ता महत्वपूर्ण अङ्गहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहत आएपछि प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बनेका छन् । गत चैत १ गते नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार कार्यविभाजन नियमावली पहिलो संशोधन नियमावली २०७४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहतमा ४८ कार्यविभाजन तोकिएको छ । गृहमन्त्रालय मातहत रहेका राष्ट्रिय … Continue reading ओली अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री : यी हुन् प्रधानमन्त्री कार्यालय मातहत रहेका ४८ संयन्त्र

पाँच महिना भित्र अनिवार्य शिक्षा ऐन ल्याउँछु् : मन्त्री पोखरेल

वीरगञ्ज  : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ५ महिना भित्र अनिवार्य शिक्षा ऐन ल्याउने बताएका छन् । नयाँ शिक्षा ऐन मार्फत सबै बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्ने बाध्यकारी व्यवस्था गर्ने उनको भनाइ छ । वीरगञ्ज महानगरपालिका ११ श्रीपुरमा रहेको नेपाल राष्ट्रिय विद्यापिठ माविमा लक्षित बालबालिका भर्ना, अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितराण समारोहमा बोल्दै मन्त्री … Continue reading पाँच महिना भित्र अनिवार्य शिक्षा ऐन ल्याउँछु् : मन्त्री पोखरेल

सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक छ :गृहमन्त्री थापा

चितवन : गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन् ।  जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिँदै उनले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताए । उनले भने “सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक छ ।” जनप्रतिनिधिलाई पत्र पठाउने, … Continue reading सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक छ :गृहमन्त्री थापा

मेक्सिकोमा प्रहरी र आपराधिक समुहबीच गोली हानाहान, १६ जनाको मृत्यु

एजेन्सी : मेक्सिकोमा दुई पक्षका बीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ ।  प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधिक समूहका र ६ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ । मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले बुधबार जानकारी दिएका … Continue reading मेक्सिकोमा प्रहरी र आपराधिक समुहबीच गोली हानाहान, १६ जनाको मृत्यु

पुलिससँग नै झगडा गर्न खोजेपछी

पछिल्लो समयमा धेरै देशहरुमा महिलालाई निकै उच्च सम्मान दिंदै त्यही अनुसारको कानुनहरु बनिरहेको छ । जसका महिलालाई धेरै कुराहरुमा अवसरको साथसाथै कानुन पनि उनिहरुकै पक्षमा बनेको छ । चाहे महिला हिंसाका कुरा होस् चाहे कुनै ठाउँ पाईने अवसरको कुरामा होस् उनिहरुलाई धेरै स्वतन्त्र बनाउन खोजेको छ । तर कहिले काँही केही महिलाहरु यस्ता हुन्छन् जो … Continue reading पुलिससँग नै झगडा गर्न खोजेपछी

युवा संघले छान्यो नयाँ नेतृत्व (नामावलीसहित)

काठमाडौं : नेकपा एमाले सम्बद्ध युवा संघले ६ दिनको रस्साकस्सी पछि नयाँ नेतृत्व चयन गरेको छ । संगठनको जारी केन्द्रीय समिति बैठकबाट अध्यक्षमा रमेश पौडेल सर्वसम्मत चयन भएका छन् भने  महासचिवमा नरेश शाही चयन भएका छन् । अध्यक्ष राजीव पहारीले मंगलबार राजीनामा दिएपछि नयाँ नेतृत्व चयनको ढोका खुलेको थियो । पहारी प्रदेश नं ४मा प्रदेश … Continue reading युवा संघले छान्यो नयाँ नेतृत्व (नामावलीसहित)

रातो मछिन्द्रनाथको रथयात्रा आजदेखि

काठमाडौं : वर्षा र सहकालका देवताको रुपमा पुजिने रातो मछिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदैछ । ललितपुरको पुल्चोकमा निमार्ण गरिएको रथमा अस्ति रथारोहण गराईएको रातो मछिन्द्रनाथको रथ यात्रा आजदेखि सुरु हुन लागेको हो । पुल्चोकमा तेह्र तला अग्लो रथ बनाइएको छ । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा यो जात्रालाई लिइन्छ । वैशाख … Continue reading रातो मछिन्द्रनाथको रथयात्रा आजदेखि