डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शनिबार दिउँसो भएको दुर्घटनामा १६ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। दिपायलबाट जोरागाउँका लागि हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप शिखर नगरपालिका–३ आली गाउँमा दुर्घटनामा परेको हो। मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरागाउँकी ४० बर्षीया खिन्तुरी भुल, सोही … Continue reading डोटीमा जीप दुर्घटना
नीति तथा कार्यक्रम मन्त्रीपरिषद द्धारा स्वीकृत
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरि प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । आज वसेको वैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भुमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । यसैगरी मन्त्रीपरिषद वैठकले अन्य तिनवटा विधेयक … Continue reading नीति तथा कार्यक्रम मन्त्रीपरिषद द्धारा स्वीकृत
नेकपाले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीभित्र खैलाबैला, सिन्धुली प्रहरीमा शक्तिशाली भूकम्प
नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरी भित्र खैलाबैला मच्चिएको छ । उता सिन्धुली प्रहरीभित्र भने यो खबरले भूकम्प नै गएको छ । शनिबार बिहान पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको दावी गरेपछि पुरै प्रहरीभित्र हलचल ल्याएको छ। यद्धपि यसबारे कुनै आधिकारिक … Continue reading नेकपाले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीभित्र खैलाबैला, सिन्धुली प्रहरीमा शक्तिशाली भूकम्प
‘एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन्’
नेकपा एमालेका स्थायी कमिटी सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने,‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर … Continue reading ‘एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन्’
हिमालको पानी विदेशमा बेचेर समृद्धिमा योगदान गर्छौ : मन्त्री मगर
काभ्रे : खानेपानी मन्त्री बिना मगरले जनतालाई खानेपानीको सुविधा पुर्याएपछि हिमालको पानी विदेशमा बेच्ने योजना कार्यान्वयन गरेर खानेपानी मन्त्रालयले समृद्ध नेपाल निर्माणमा योगदान गर्ने बताउनुभएको छ । काभ्रेको बनेपा नगरपालिका १३ बुढाथोकीगाउँस्थित बुढाथोकीगाउँ लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालका हिमालको खानेपानी विदेशमा बेचेर औद्योगिक तथा आर्थिक विकास गर्न … Continue reading हिमालको पानी विदेशमा बेचेर समृद्धिमा योगदान गर्छौ : मन्त्री मगर
कर्णालीको एक फन्को
दबदबे हिलो छिचोलेर मालीचउर पुग्दा सल्ला सुसाइरहेका थिए, स्वागतमा । सिरसिर चल्ने बताससँगै कान ठोक्किन आइपुग्ने सिरेटो । अनि आङ सिरिंग पार्दै वेलावेला चल्ने बतास । घाम भन्नु मात्रै थियो । फिटिक्कै थिएन न्यानो । बरु, धुम्म हुन्थ्यो घरिघरि । अघिल्लो रात परेको झरीले हिलाम्मे थियो घोडेटो । सल्लाघारीभित्रको हिलाम्मे ओरालो । त्यसमाथि घोडाको ओहोरदोहोरले … Continue reading कर्णालीको एक फन्को
अब बलात्कारीको सजायँ मृत्युदण्ड, मन्त्रिपरिषदद्वारा ऐन पारित
भारतमा बलात्कारीलाई मृत्युदण्ड सजायँ दिने ऐन पारित भएको छ। शनिबार प्रधानमन्त्री निवास सेभेन रेसकोर्समा बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने निर्णय गर्दै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ अर्थात पक्सो एक्टमा संशोधनको अनुमति दिएको हो। महिला तथा बालविकास मन्त्री मेनका गान्धीले बलात्कारीलाई मृत्युदण्ड दिनेगरी पक्सो एक्ट संशोधन प्रस्ताव … Continue reading अब बलात्कारीको सजायँ मृत्युदण्ड, मन्त्रिपरिषदद्वारा ऐन पारित
युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने : मन्त्री तामाङ
काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले युवाको श्रमलाई स्वदेशमा नै टिकाउनु पर्ने बताएको छ । राष्ट्रिय युवा परिषद् नेपालको भक्तपुरमा ‘युवाका मुद्दा, युवा लक्षित कार्यक्रम तथा युवा विकासका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्ध’ विषयक सञ्चारकर्मी सँगको अन्तक्र्रिया कार्यक्रमको आज समापन गदै उनले युवा बिना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने विचार व्यक्त … Continue reading युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने : मन्त्री तामाङ
यस्तो छ अनावश्यक रौँ हटाउने घरेलु तरिका
शरीरको कतिपय भागमा आउने अनावश्यक रौंले सौन्दर्यमा बाधा सिर्जना गरिरहेका हुन्छन् । रौं आउनै नदिने वा सदाका लागि हटाउने अनेक उपायको खोजीमा विशेष गरी महिलाहरु लागिपर्छन् । रौं हटाउन बजारबाट ल्याईने केमिकमयुत्त क्रिमले छालालाई समेत असर गर्न सक्छ त्यसैले रौँ हटाउन घरेलु उपाय अपनाउ सके छालामा यसले नकारात्मक असर पादैन । रौं हटाउन निम्न घरेलु … Continue reading यस्तो छ अनावश्यक रौँ हटाउने घरेलु तरिका
एकाएक ओली सरकारको समर्थनमा किन उत्रिए गगन थापा, बालुवाटारमा खुसियाली
नेपाली कांग्रेसका युवा नेता गगन थापा केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनमा उत्रिएका छन्। विरोधका लागि विरोध गर्ने प्रवृति चिर्दै नेता थापा ओली सरकारले चालेको सकारात्मक कदमको पक्षमा उभिएका हुन् । हुन त थापाले यसअघि संसद बैठकमा पनि सरकारका रचनात्मक काममा सहयोग गर्ने र गलत कामको विरोध गर्ने बताइसकेका छन्। सोही प्रतिबद्धताअनुसार गगन थापाले सार्वजनिक … Continue reading एकाएक ओली सरकारको समर्थनमा किन उत्रिए गगन थापा, बालुवाटारमा खुसियाली
