भारतीय प्रधानमन्त्री माेदीले प्रचण्डलार्इ राष्टप्रमुखकै हैसियतमा राजकीय सम्मान दिएपछि….

नेपाल कम्युनिष्ट पार्टीका दोस्रो तहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेका बेला उनलार्इ भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले राजकीय सरहको सम्मान दिएका छन् । मोदीद्धारा जारी प्रेस विज्ञप्तिमा प्रचण्डसँग शनिबार विशेष भेटवार्ता भएकाे उल्लेख छ। प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको विशेष निमन्त्रणामा भारत भ्रमणमा अाएका हुन्। यसअघि प्रधानमन्त्री केपी अाेली राष्ट्र प्रमुखकाे हैसियतमा राजकिय … Continue reading भारतीय प्रधानमन्त्री माेदीले प्रचण्डलार्इ राष्टप्रमुखकै हैसियतमा राजकीय सम्मान दिएपछि….

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह ‘ए’ को बिजेता पनि बन्यो । नेपालका लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तानविरुद्ध सुरुको पहिलो खेल गुमाएर ठूलो दबाबमा आएको नेपालले … Continue reading नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

चिनियाँ मोबाइल कम्पनीसँग फेसबुकले डाटा शेयर गरेको खुलासा

प्रयोगकर्ताका डाटा चोरीको आरोपमा आलोचित भइरहेको फेसबुकको अर्को कर्तूत पर्दाफास भएसँगै फेसबुकलाई झनै अप्ठेरो पर्ने देखिएको छ ।फेसबुकले वावेसहित कम्तीमा चारवटा चिनियाँ मोबाइल कम्पनीसँग फेसबुक प्रयोगकर्ताका डाटा शेयर गरेको खुलासा भएको छ । फेसबुकले प्रयोगकर्ताका डाटाहरु चिनिया कम्पनी वावे, लेनोभो, ओप्पो र टिसिएलसँग शेयर गरेको स्वीकारेकाे छ ।स्मरणरहोस् चिनियाँ मोबाइल कम्पनी वावेलाई अमेरिकी सुरक्षा एजेन्सीहरुले … Continue reading चिनियाँ मोबाइल कम्पनीसँग फेसबुकले डाटा शेयर गरेको खुलासा

बल्ल बिहे गर्ने उमेरमा सम्बन्ध–विच्छेद !

लालीगुराँस नगरपालिका– ८ का मनकुमार लिम्बुले फेदाप गाउँपालिका– ५ की चन्द्रा लिम्बुसँग ०६८ मा मागीविवाह गरे । त्यतिबेला चन्द्रा १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै थिए । विाहपछिका तीन वर्षसम्म त ठीकै थियो । तर, त्यसपछि सुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्‍यायो । चन्द्राको उजुरीपछि जिल्ला अदालत तेह्रथुमले २१ फागुन, ०७४ … Continue reading बल्ल बिहे गर्ने उमेरमा सम्बन्ध–विच्छेद !

तीजको दरमा खान जादा होसियार काभ्रेमा दर खाए पछि तीन सयभन्दा बढी विरामी

तीजमा दर खाँदा तीन सयभन्दा बढी महिलाहरु विरामी परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाँउका सयौँ महिला पुरुष बिरामी परेका हुन । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलका अनुसार शिविर खडा गरेर उनीहरुको उपचार भइरहेको छ । झण्डै … Continue reading तीजको दरमा खान जादा होसियार काभ्रेमा दर खाए पछि तीन सयभन्दा बढी विरामी

बिहान हराएको हेलिकोप्टर दुर्घटना पाँचको मृत्यु एक घाइते एक बेपत्ता

गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार नाइनएनएएलएस कल साइनको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु र एक बेपता एक जना घाईत भएका छन । हेलिकोप्टरमा ७ जना सवार थिए । जिल्ला प्रहरी कार्यलय नुवाकोटका … Continue reading बिहान हराएको हेलिकोप्टर दुर्घटना पाँचको मृत्यु एक घाइते एक बेपत्ता

जापानमा भूकम्पबाट मृत्यु हुनको संख्या ३० पुग्यो, उद्धार कार्य जारी

पानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या शनिबारसम्ममा ३० पुगेको छ। भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन्। मृत्यु भएकामध्ये अधिकांश अत्सुमाका रहेका छन्। भूकम्पमा परी झण्डै चार सयजना सामान्य घाइते भएको उत्तरी होक्काइदोका स्थानीय अधिकारीले बताएका छन्।  ‘हाम्रो यहाँ अहिलेसम्म बहिरो गएको थिएन,’ आफ्नो भाइ गुमाएका अत्सुमाका अकिरा मत्सुशीताले भने, … Continue reading जापानमा भूकम्पबाट मृत्यु हुनको संख्या ३० पुग्यो, उद्धार कार्य जारी

हेलिकोप्टर दुर्घटनाका घाइते आनीको काठमाडौंमा उपचार हुदै

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा बाच्न सफल गोर्खाको चुमनुब्री गाउँपालिका २ की ल्हो आनी डोल्मा डिकीलाई मेडिसिटी अस्पताल ल्याइएको छ। गोरखाको सामागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो। हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ। नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको थियो।

बंगलादेशमाथि जित निकाल्दै नेपाल सेमिफाइनलमा

ढाका । आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । तर, खेलमा नेपालले सुरुदेखि नै … Continue reading बंगलादेशमाथि जित निकाल्दै नेपाल सेमिफाइनलमा

आज कुशेऔँसी, बुबाको मुख हेर्ने दिन

आज कुशे औँशी पर्व अर्थात बुबाको मुख हेर्ने दिन । यो दिवस भाद्र कृष्ण औँसीका दिन मनाइन्छ । वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश … Continue reading आज कुशेऔँसी, बुबाको मुख हेर्ने दिन