सुरु भयो फेरि वामदेव गौतमलाई लडाउने खेल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता र पार्टीमा पकडका कारण उनलाई विस्थापित गर्ने खेल शुरु नभए पनि सत्तारुढ दलभित्र केपीपछिको प्रधानमन्त्री र अध्यक्ष बन्ने विषय पेचिलो बन्दै गएको छ ।

अहिले ओलीपछिको प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड बन्ने भन्ने उच्च तहमा समझदारी बनेको त छ, तर प्रचण्डमा राज्यसत्ता र पार्टी सत्ताको वागडोर सजिलै जानेमा भने शङ्का उत्पन्न हुन थालेको छ ।

पुरानो पुस्ताका नेताहरूमध्ये माधवकुमार नेपाललाई केपीको ‘सक्सेसर’ र प्रचण्डको मूल प्रतिस्पर्धी ठानिन्छ । माधवसँगको प्रतिस्पर्धामा आफू रक्षात्मक हुन सक्ने ठानेका प्रचण्डले वरिष्ठ नेता वामदेव गौतमलाई साथमा राखेर खेल खेल्ने चाल चलेको जानकारीमा आएको छ । त्यसनिम्ति वामदेव गौतमलाई संसद्भित्र प्रवेश गराउने योजना प्रचण्डले बनाएका छन् ।

प्रचण्डनिकट सूत्रले जनाएअनुसार कुनै निर्वाचित सांसदलाई राजीनामा गराएर रिक्त स्थानमा वामदेवलाई चुनाव लडाउने योजना प्रचण्डको छ । यतिबेला प्रचण्ड र वामदेव दुवैले सुरक्षित निर्वाचन क्षेत्र खोजी गरिरहेको बुझिएको छ । ज्ञातव्य छ, वामदेव गौतम आफूलाई केपी ओलीले चुनावमा पराजित गरिदिएको ठान्दछन् ।

तर, त्यसबारे बोल्दा केपीले झनै अप्ठ्यारोमा पार्न सक्ने भयले मात्र उनी बोलिरहेका छैनन् । पूर्वएमालेले जितेको निर्वाचन क्षेत्रबाट चुनाव लड्दा जोखिम हुने भएकोले पूर्वमाओवादी विजयी बनेको निर्वाचन क्षेत्रमा चुनाव लड्नेबारे विचार–विमर्श भइरहेको बुझिएको छ ।

गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित हुनेबित्तिकै ललितपुरबाट चुनाव लड्ने विषयमा प्रचण्ड र गौतमबीच छलफल भएको थियो । नवराज सिलवाललाई राजीनामा गर्न लगाएर त्यहाँ वामदेव चुनाव लड्ने र सिलवाललाई अन्य कुनै उच्च तहको जिम्मेवारी दिने प्रस्ताव प्रचण्डको थियो ।

तर, वामदेवले आफ्ना शुभेच्छुहरूबीच यस विषयमा छलफल गर्दा उक्त क्षेत्रमा नवराज सिलवालबाहेक अरू कसैले जित हासिल गर्न नसक्ने र त्यहाँ चुनाव लड्नु जोखिमपूर्ण हुने निष्कर्ष निस्किएपछि वामदेव पछि हटेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्डका सर्वाधिक विश्वासपात्रका रूपमा वामदेव गौतम देखापरेका छन् । वामदेवलाई लिएर प्रचण्डले के–कस्तो खेल खेल्न लागेका हुन् सोको जानकारीका लागि केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।

Credit : onlinepana.com

काँग्रेस नेता गच्छदारले विगतमा अाेलीले गरेकाे यस्ताे कर्तुतकाे गरे पर्दाफास!

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विगतमा प्रधानमन्त्री केपी अाली अाफैले गरेकाे सहमति कार्यन्वयन नगर्दा  राज्य सञ्चालनमा समस्या भइरहेकाे छ।

विराटनगरमा अाइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा आफैँ अाेली संलग्न रहेको सरकारले डा गोविन्द केसीसँग गरेको सहमति कार्यान्वयन राज्य सञ्चालनमा समस्या भइरहेकाे हाे।

उनले भने’ सरकारले डा केसीसँग गरेको सहमति  पूर्व कार्यान्वयन गराउन अध्यादेशअनुसारकै विधेयक ल्याउन पर्छ।’ डा गोविन्द केसीको तत्काल माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्नेमा जाेड दिए।

उपनेता गच्छदारले एउटा सरकारले गरेको सहमति त्यसपछिका सरकारले कार्यान्वयन नगर्ने हो भने राज्य सञ्चालनको प्रक्रिया नै रोकिने बताए । उनले सरकारले राज्य सञ्चालनको प्रक्रियाविपरीत डा केसीसँगको सहमति उल्लंघन गर्न खोजेकाले काँग्रेसले विरोध गरेको बताए।

अध्यादेशअनुसारको विधेयक नआए संसद्मा काँग्रेसले सशक्त विरोध गर्ने उनले चेतावनी दिए।

Credit : onlinepana.com

गगन थापाको आक्रोस : प्रधानमन्त्रीज्यू, विदेशी मुर्ख छैनन्, मेडिकल कलेज खोलेर डलर कमाइन्न

पूर्व स्वास्थ्य मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कुन ज्ञानको स्रोतले काठमाडौंमा थप मेडिकल कलेज खोल्न पाइने कुरा गर्दै हिँडेको भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीलाई प्रश्न गरेका छन्।

माथेमा कार्यदलले दिएको प्रतिवेदन गहिरोसँग अध्ययन नगरी प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘जति पनि मेडिकल कलेज खोल्न पाइने’ अभिव्यक्ति दिने गरेको आरोप लगाउँदै थापाले सामान्य ज्ञानले होइन विषयको गहिराइमा पुगेर अभिव्यक्ति दिन आग्रह गरे।

‘डाक्टर गोविन्द केसीको अनसनबारे मैले प्रधानमन्त्री र मन्त्रीहरूको कुरा सुने, उहाँहरू विषयको गहिराइमा पुग्नुभएको छैन’ सोलिडारीटी फर प्रोफेसर गोविन्द केसीले शनिबार बानेश्वरमा गरेको कार्यक्रममा थापाले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी तपाईंलाई यसबारे केही थाहा छैन। तपाईंको पनि ‘जनरल नलेज’ हो। मेरो दाबी छ मलाई पनि केही थाहा छैन। शिक्षामन्त्रीलाई पनि केही थाहा छैन।’

केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षाको नीति बनाउन बनेको कार्यदलले दिएको प्रतिवेदनले काठमाडौंमा १० वर्ष थप मेडिकल खोल्न आवश्यक नरहेको उल्लेख गरे पनि कुन ज्ञान र स्रोतको आधारमा प्रधानमन्त्रीले नयाँ मेडिकल कलेज खोल्न पाइन्छ भन्नुभएको हो? भन्दै थापाले प्रश्न गरेका हुन्।

‘माथेमा, डाक्टर मदन उपाध्याय, डाक्टर रमेशकान्त अधिकारी, डाक्टर भगवान कोइराला, स्वास्थ्य मन्त्रालयका अहिलेका डिजी गुणराज लोहनी, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल रहेको कार्यदलले लामो अध्ययन गरेर प्रतिवेदनभन्दा फरक अभिव्यक्ति दिने तपाईंको ज्ञानको स्रोत के हो? हामी जान्न चाहन्छौं’ थापाले भने।

काठमाडौंको जनसंख्या र बिरामीको अध्ययन गरेर यहाँ १० वर्ष नयाँ मेडिकल कजेल नखोल्ने नपर्ने अध्ययनबाट देखिएको समेत थापाले बताए। डाक्टर केसीले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको थापाले बताए।

‘म काठमाडौंको जनताको प्रतिनिधि हो। भो पुग्यो काठमाडौंमा मेडिकल कलेज चाहिँदैन’ थापाले भने, ‘काठमाडौंमा मेडिकल कलेज खोल्ने अनुमति दिनासाथै हामी अहिल्यै भनिदिन्छौं थप २० वटा मेडिकल कलेज खुल्छ। उपत्यका बाहिर चलिरहेका पनि बन्द हुन्छन्।’

प्रधानमन्त्रीले नेपाललाई ‘मेडिकल हब’ बनाउँछु भनेको प्रसंग निकाल्दै थापाले उपचार गर्न किन बंगलादेश नगएर सिंगापुर गएको भनेर प्रश्न गरे।

‘उपचार गर्न किन हामी सिंगापुर गइरहेका छौं। तपाईं उपचार गर्न बंगलादेश किन नजानुभएको? बंगलादेश अहिले ‘मेडिकल हब’ हो। बंगलादेश उपचार गर्न जाँदा त्यहाँका डाक्टरहरू देखेर डर लाग्छ। मानिसहरू भागाभाग गर्छन्। यसै गरिकन नेपालमा मेडिकल कलेज खोल्ने हो भने ‘मेडिकल हब’ होइन अहिले सामान्य नागरिकहरू यहाँ उपचार गराइरहेका छौं। कोहीपनि यहाँको अस्पतालमा उपचार नगराएर घरखेत बेचेर भारत उपचार गराउन जान बाध्य हुन्छन्’ थापाले भने।

गुणस्तरीय चिकित्सक सबैभन्दा ठूलो कुरा भएको उनले बताए।

‘आज यहाँ धेरै मेडिकल कलेज खोल्ने, संसारभरका विद्यार्थी पढ्न यहाँ आइदिन्छन् अनि टन्न डलर तिर्छन् त्यसपछि नेपाल धनी हुन्छ भन्नु यो पानी जहाज जस्तो होइन प्रधानमन्त्रीज्यू’ थापाले भने, ‘यसरी देश धनी हुँदैन। संसारका मानिसहरू मुर्ख छैनन्। बिरामी नभएको आफ्नै मेडिकल कलेजमा नेपाली विद्यार्थीहरू पढ्न छाडेका छन्।’

गुणस्तरीय शिक्षा भएकै कारण विगतमा विदेशीहरू नेपालमा पढ्न आएको उनले बताए। गौरीशंकर कार्कीको नेतृत्वमा बनेको आयोगले ४३ जनालाई कारबाही गर्न भने पनि मापदण्ड विपरीत मेडिकल कलेज खोल्नेहरूलाई कारबाही नभएकोमा थापाले दु:ख व्यक्त गरे।

डाक्टर केसीले चिकित्सा क्षेत्र सुधारको माग राखेको बताउँदै थापाले केसी, कांग्रेस वा विवेकशील केही नभएर जोगी भएको बताए। डाक्टर केसी फकाएर नफकिने र तर्साएर नतर्सने खालको भएकोले उनले राखेका मागहरू पूरा गर्न सरकारलाई थापाले आग्रह गरे।

Credit : onlinepana.com

‘वीर गोरखाली’ द्वारा ‘राजसंस्था र हिन्दु अधिराज्य’ बिषयक बिचार गोष्ठी आयोजना हुँदै

पछिल्लो समय राजसंस्था र सनातन हिन्दु अधिराज्य नेपाल पुनःस्थापनाको मुद्दा लिएर छरिएर रहेका विभिन्न संघ संगठनहरुलाई एकताबद्द गर्ने प्रमुख लकसरी लिएर शुरु भएको वीर गोरखाली नामक अभियानले आफ्नो कार्यक्रमलाई तिब्रता दिएको छ।

अघिल्लो महिना काठमाण्डाै जिल्ला भेला र उपत्यका भेला गरेको अभियानले यहि असाढ ३० गते शनिबार ” राजसंस्था र हिन्दुराज्य पुनःस्थापना ” विषयक बिचार गोष्ठीको आयोजना गरेको छ।

कार्यक्रमको विषयमा पत्रकारहरु संगको संक्षिप्त कुराकानीमा वीर गोरखाली अभियानका अभियन्ता सन्तोष राजाबादीले ” रास्ट्र प्रमुख भनेको कुनै पार्टी वा संघ-संगठन भन्दा बाहिर रहेको सर्बमान्य ब्यक्ती हुनुपर्दछ त्यस्तो ब्यक्ती भनेको केबल राजा नै हो ” राजसंस्था बिना देश रहदैन त्यसको बाबजुद हामिले सिङ्गो मुलुकको रक्षाको निमित्त यो अभियान संचालन गर्दैछौ।

यसैगरि अभियानका अर्का अभियन्ता सौरभ भण्डारीले षड्यन्त्र पुर्ण ढंगले बिदेशीको दबाब र प्रभाबमा काठमाण्डाै बाट शुरु भएको ०६२/०६३ को आन्दोलनको आडमा लादिएको गणतन्त्र, संघियता र धर्म निरपेक्षता काठमाण्डाै बाट नै बिस्थापित गराउने उद्देश्यका साथ उपत्यका केन्द्रित कार्यक्रमलाई तिब्रता दिएको बताए ।

उपत्यकाबाट शुरु भएको अभियानको राको देशब्यापी रुपमा सल्कने पनि बताए, अभियानको कार्यक्रम कमलादी स्थित प्रज्ञा प्रतीष्ठान भवनमा मध्यान्ह १२:३० शुरु हुने जानकारी गराइएको छ।

Credit : onlinepana.com

प्रदेश ४ को नाम गण्डकी हुने पक्का, भोली पारित हुँदै

प्रदेश नम्बर ४ को नाम गण्डकी रहने करिब पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको हो ।

नामको टुङ्गो लगाउन नेकपा पटकपटक बैठक बसे पनि एक मत हुन सकेको थिएन । नेकपाले निर्णय गरेसँगै बिहीबार बस्ने संसद बैठकमा नामबारे प्रतिवेदन छलफलका लागि पेश हुनेछ । नेकपासँग दुई तिहाई बहुमत छ ।

नेकपाले निर्णय गरेसँगै नयाँशक्ति बाहेक सबै दलले गण्डकीको पक्षमा उभिएका छन् । ५९ जना सांसदको प्रतिनिधित्व गरेको संसदमा नयाँ शक्तिका २ जना सांसद छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा गण्डकीकै पक्षमा छन् ।

सत्तारुढ नेकपाभित्र नामका विषयमा विवाद थियो । त्यही विवाद मिलाउन बुधबार बैठक बसेको हो । साविक एमालेका सबैजसो सांसदले प्रदेशको नाम गण्डकी हुनुपर्ने पक्षमा भए पनि साविक माओवादी तमुवान–मगरात वा गण्डकी तमुवान राख्ने बताइरहेका थिए ।

मंगलबार विशेष प्राविधिक कारण देखाउँदै सूचना टाँस गरेर २१ गते बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।

Credit : onlinepana.com

व्यवसायी प्रबिता सुबेदी (अन्जु) साना तथा मझौला व्यवसायी संघ काठ्माडौ जिल्लाको अध्यक्ष पदमा निर्बाचित

युवा महिला ब्यबसायी प्रबिता भण्डारी सुबेदी (अन्जु) साना तथा मझौला व्यवसायी संघ काठ्माडौ जिल्लाको अध्यक्ष पदमा निर्बाचित भएकी छिन ।

लामो समय देखि साना तथा मझौला ब्यबसायमा आबद्द रहेर ब्यबसायीहरुको हकहितमा काम गर्दै आएकी अन्जु साना तथा मझौला व्यवसायी महासंघले उनको कामको दक्षतालाइ कदर गर्दै गरेको निर्बाचनमा उनीलाई अधक्ष्य जस्तो गरिमामय पदमा निर्बाचित गरेको हो ।

नेचर रिभिजिटेड प्रालि धापासीको अधक्ष्य तथा बालाजी बेङ्क्युट बालाजुको संचालिका समेत रहेकी युवा महिला ब्यबसायी प्रबिता भण्डारी सुबेदी (अन्जु) सदैब साना तथा मझौला ब्यबसायीहरुको पक्षमा वकालत गर्दै उनीहरुको पक्षमा लडाइ लड्दै आएकी एक प्रखर, आत्मा विश्वासी, निडर माहिला नेत्रीको रुमा परिचित छिन ।

बिशेष गरि महिला दिदीबहिनीहरुको लागि महिला ससक्तिकरणमा तथा उनीहरुको लागि आवाज उठाउदै आएकी तथा सामाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी अन्जु साना तथा मझौला ब्यबसायीहरुको व्यवसायलाई सुरक्षित बनाउदै भविष्यमा ब्यबसायीहरुलाई आत्मानिर्भर बनाउने काममा आफु समर्पित हुने कुरा बताउछिन।

साथै सम्पूर्ण निर्बाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै आउदो दिनमा साना तथा मझौला व्यवसायीहरुलाई अझ मजबुत एकजुट भएर काम गर्न समेत आग्रह गरेकी छिन ।

Credit : onlinepana.com

केपी ओलीको बद्नाम गर्न खोजिएको थियो, प्रतिकार होइन सम्झाएका हौँ : बद्रीप्रसाद न्यौपाने

मधेस केन्द्रित दलहरूले सिङ्गो तराईलाई ‘एक मधेस एक प्रदेश’ नारासहित आन्दोलन चर्काइ रहेका बेला जन्मिएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल तत्कालीन नेकपा ९एमाले०मा समायोजन भएको छ । प्रतिनिधि सभा निर्वाचन अगाडि एमाले र चुरेभावर पार्टीबीच काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गरेर समायोजन गरिएको थियो । कार्यक्रममा तत्कालीन एमालेका अध्यक्ष केपी ओली र चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले पार्टी समायोजन भएको घोषणा गरेका थिए । ओलीप्रति विश्वास गर्दै चुरेभावर पार्टी विनासर्त समायोजन भएको न्यौपाने बताउँछन् । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । दुई ठूला कम्युनिस्ट पार्टी र तत्कालीन चुरेभावर पार्टीको विगतका विषयमा बद्रीप्रसाद न्यौपानेसँग दैनिक नेपालले  गरेको कुराकानी :

चुरेभावर पार्टी कता गयो रु एमालेमा मिसाउनु भयो है ?

२०७४ असोज २८ गते चुरेभावर पार्टीलाई तत्कालीन एमालेसँग पार्टी समायोजन गरिएको हो । अहिले हामी नेपाल कम्यनिस्ट पार्टी (नेकपा)मा छौँ ।

तपाईहरूले चुरेभावर पार्टीलाई एमालेमा बिलय गराउनु भयो भनेर आरोप लागेको छ नि ?

यो विषयलाई यसरी बुझौँ । एमालेमा पार्टीलाई समायोजन गरिएको हो । हामी समय सापेक्षअनुसार चलेका हौँ ।

एमाले(माओवादी मिलेका छन् । नयाँ पार्टी बनेको छ । तपाईहरूको पार्टीले भाग पायो कि पाएन ?

अशं र भागबण्डाभन्दा पनि म (अध्यक्ष)लाई नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । तत्कालीन चुरेभावर पार्टीका धेरै साथीहरूलाई समायोजन गर्न सकिएको छैन । जिल्ला, प्रदेश हुँदै विभागहरूका साथीहरू हुनुहुन्छ । उहाँहरूलाई क्षमता र कार्यकुशलताका आधारमा समायोजन गर्नेबारेमा कुराकानी अगाडि बढेको छ ।

साथीहरूलाई उचित व्यवस्थापन गर्नुपर्छ भनेर प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीज्यूसँग कुरा राखेको छु । अध्यक्षज्यूले सबैलाई मिलाउँछु भन्नुभएको छ । आश्वासन दिनुभएको छ । अब तत्कालीन चुरेभावर पार्टीका साथीहरूलाई व्यवस्थापन गर्ने जिम्मेवारी मेरोभन्दा पनि अध्यक्षज्यूको हो । हामी उहाँका सारथी हौँ ।

तपाईहरूको पार्टीलाई एकजना मात्रै केन्द्रीय सदस्य किन दिइएको होला ?

हामी कुनै पनि सर्त राखेर पार्टी समायोजन गरेका होइनौँ । राष्ट्रियताका मुद्दामा कुरा मिलेपछि तत्कालीन एमालेसँग समायोजन गरिएको हो । तत्कालीन चुरेभावर पार्टी र एमालेको राष्ट्रिय मुद्दामा कुरा मिल्यो त्यसपछि एजेण्डाका आधारमा समायोजन भएको हो ।

चुनावमा सँगै जाने भनेर समायोजन गर्‍यौँ । हामीले सर्त राखेर यति सदस्य, यो पद, त्यो पद भनेर कुनै पनि कुरा राखेका होइनौँ । निस्वार्थ भावनाले तत्कालीन एमालेसँग कुरा गरिएको थियो । तत्कालीन एमालेको अध्यक्ष केपी ओलीज्यूले हामी तपाईहरूलाई उचित व्यवस्थापन गर्छौं भन्नुभएको थियो ।

अहिले नेपाल कम्युनिस्ट पार्टी बनाउँदा उहाँलाई केही प्राविधिक कुरामा अफठ्यारो परेको हुन सक्छ । म केन्द्रीय कमिटी सदस्य मनोनीत भएको छु । अरु साथीहरूको असन्तुष्टि भएपनि त्यसलाई कसरी मिलाएर जाने भन्नेबारेमा पार्टी अध्यक्षसँग कुरा गरेको छु ।

तपाईले राष्ट्रियताको कुरा मिलेको भन्नुभयो । त्यस बेला एमालेमा राष्ट्रियताको के कुरा देख्नुभयो ?

हामीले तराईको आन्दोलनका बेला पुलको काम गरेका थियौँ । हिमाल, पहाड र तपाईमा सबै नेपालीहरूको अस्तित्वका लागि लडेँका थियौँ । ०६३र६४को तराई आन्दोलनमा चुरेभावर पार्टीको आफ्नै किसिमको पहिचान थियो । र, पछि ०७२ साल नाकाबन्दी भएर जुन किसिमको तराईमा फेरि बितण्डा मच्चाउने कुरा भएको थियो त्यस बेला प्रधानमन्त्री केपी ओलीज्यू नै हुनुहुन्थ्यो ।

उहाँले भारतले गरेको नाकाबन्दी र राष्ट्रियताको मुद्दाका विषयमा अडान लिएर बस्नुभयो । त्यो कुराले हामीलाई छोएको थियो । आलीज्यूबाट जसरी नेपाललाई एकतावद्ध बनाएर राख्ने र ‘एक मधेस प्रदेश’को जसरी विरोध भएको थियो त्यसलाई चुरेभावर पार्टीको समर्थन थियो । यी सबै विषयमा ओलीज्यूको कार्यशैलीबाट हामी प्रभावित भयौँ । र, हाम्रो विचारसँग मेल खायो । उहाँले लिनुभएको अडानले चुरेभावर पार्टीलाई कहिँ न कहिँ छोएको थियो ।

चुरेभावर पार्टीको आफ्नै ब्राण्ड थियो, आफ्नै पहिचान थियो, यस्तो अवस्थामा पार्टी समायोजन गरिहाल्नुपर्ने अवस्था किन आइपर्‍यो ?

निर्वाचन आयोगले पनि ३ प्रतिशतको थ्रेस होल्ड लागू गरेको थियो । वाम गठबन्धन पनि बनेको थियो । हाम्रो पार्टीसँग मिल्ने को पार्टी छ भनेर बहस र छलफल चलिरहेको थियो । चुनावमा जाँदा हामी आउन सक्थ्यौँ वा सक्दैन थियौँ त्यो आफ्नो कुरा थियो । थ्रेस होल्डका कारण हामीलाई कुनै न कुनै पार्टीसँग मिलेर वा एकतावद्ध हुनुपर्ने बाध्यता थियो ।

त्यसकारण हाम्रा एजेण्डासँग मिल्ने पार्टीसँग कुरा अगाडि बढाएका हौँ । तत्कालीन एमालेसँग हाम्रो सामिप्यता देखियो । वार्ता भयो । त्यसपछि तत्कालीन एमालेका अध्यक्ष ओलीज्यूले पार्टी समायोजन गर्न सुझाव दिनुभयो । त्यसपछि हामीले पार्टी समायोजन गरेका हौँ ।

चुरेभावर पार्टीले ०६३र६४ वा ०७२ सालमा राष्ट्र र राष्ट्रियता, नेपाल र नेपालीको अस्तित्वका विषयमा झण्डै १०–१२ वर्षदेखि मुद्धा उठाएर आएको थियो । राष्ट्रका लागि लड्यौँ । हामीलाई विभिन्न परिस्थितिले गर्दा विचार मिल्ने सबैभन्दा नजिकको पार्टीसँग मिल्नुको विकल्प थिएन । त्यो विकल्प एमाले नै भएको हुनाले समायोजन भएका हो ।

चुरेभावर पार्टीको ब्राण्ड सिध्याउनु भो है ?

ब्राण्ड सिध्याउने भन्ने कुरा कसरी आयो ? जुन बेला आवश्यक्ता थियो त्यति खेर चुरेभावर पार्टीले काम गर्‍यो । ०६४ साल ०७२ सालसम्म चुरेभावर पार्टी ठीक थियो । अहिले समयले फड्को मारेर हिँडी सकेको अवस्थामा अब चुरेभावर भनेर बसिरहनु पनि हुँदैन थियो । जोसँग एजेण्डा मिल्छ त्योसँग मिलेर जानुपर्छ भन्ने मान्यता पार्टीभित्र बढेको थियो ।

राष्ट्रिय मुद्धामा नेपाललाई आर्थिक रुपले समृद्ध बनाउनु पर्छ भन्ने एमालेको नारा मन परेको थियो । पार्टीलाई मात्रै जोगाएर ब्राण्ड मात्रै राखेर त भएन नि ? जति बेला आवश्यक्ता परेको थियो त्यस बेला हामीले नेपाली जनताको पक्षमा काम गर्‍यौँ । अहिले त्यसको च्याप्टर क्लोज भएको छ । ठूला पार्टीको ध्रुबीकरण भइरहेका बेला हामीले आफ्नै गीत गाएर बस्नु हुँदैन भन्ने यथार्थलाई बुझेर परिवर्तित समयमा सिङ्गो पार्टीलाई सफल रुपमा अवतरण गराएका हौँ ।

नेकपाको संगठनात्मक रुप अब कस्तो हुनु पर्ला ?

दुई ठूला कम्युनिस्ट पार्टी मिलेर ठूलो कम्युनिस्ट पार्टी बनेको छ । शीर्ष तहमा परामर्शहरू चलिरहेका छन् । कार्यदलहरू पनि बनेका छन् । अहिले नै यस्तो भन्नुभन्दा पनि कार्यदल र शीर्ष नेताहरूको अन्तिम निर्णयलाई हेर्नुपर्छ । हामीले आफ्नो तरिकाले नेताहरूलाई भेटेर सुझाव र सल्ला दिएका छौँ । नेकपा स्थापनासँगै जनतामा हौसला र उत्साह छाएको छ । गाउँदेखि माथिल्लो तहसम्म कार्यक्षमता र योगदानका आधारमा जिम्मेवारी दिनुपर्छ । संगठनका साथसाथै देशलाई समृद्धि र विकासमा केन्द्रित गराउनुपर्छ ।

केन्द्रीय नेताहरू जिल्लामा जानुपर्छ कि पर्दैन ?

केन्द्रीय नेतृत्वले तोकेअनुसार काम गर्नुपर्छ । नेतृत्वसँग सरसल्लाह गरेर पार्टीको संगठन गरिनुपर्छ । पार्टीको निर्देशनलाई नै कार्यान्वयन गर्ने हो । व्यक्तिभन्दा पनि पार्टीको निर्देशनअनुसार काम गर्नुपर्छ ।

तपाई कसरी राजनीतिमा आउनु भएको हो ?

म ०४६ सालमा विद्यार्थीबाट राजनीतिमा आएको हुँ । आरआर क्याम्पसमा पढेको हुँ । त्यस बेला नै म अनेरास्ववियुमा काम गर्थें । ०४९ सालतिर नेकपा (एमाले)को सर्लाही जिल्लाको विशेष कमिटी सदस्य भइसकेको थिएँ । बीचमा राजनीतिक उतार चढाव पनि भयो । शिक्षण पेशा पनि गरेको थिएँ । राजाको सक्रिय शासनका बेला आन्दोलन पनि गरियो । घाइते पनि भइयो । ०६२र६३ को जनआन्दोलनका बेला घाइते भएको थिएँ । लोकतान्त्रिक आन्दोलनका बेला सर्लाहीमा म घाइते भएको थिएँ । सर्लाही जिल्लाको पाँचौँ नम्बरको घाइतेमा पर्छु । गृहमन्त्रालयबाट घाइतेको परिचय पत्र कार्ड पनि दिएको छ ।

त्यही बेला अचानक तराईमा आगो बल्न थाल्यो । त्यस बेला मधेसी जनअधिकार फोरम थियो । त्यसपछि हामीले चुरेभावर एकता समाज खोल्यौँ । त्यसमा सचिव भएँ । आन्दोलन भयो । राज्यसँग विभिन्न चरणमा सहमति पनि भयो । त्यही पार्टीको महासचिव भएँ । ०६४ सालमा चुरेभावर पार्टीले सभासद् जितेको थियो । केशव मैनाली सभासद् हुनुहुन्थ्यो । त्यसपछि म सांसद भएँ । सभासद् हुँद महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पनि सम्हाले । ०७० सालको महाधिवेशनबाट पार्टीको अध्यक्ष भएको हुँ । सर्लाही २ मा प्रत्यक्षबाट निर्वाचनमा प्रतिस्पर्धा गरेँ । केही मतले म पराजित भएँ ।

नाकाबन्दीका बेला तपाईहरूले मधेसी मोर्चाको किन प्रतिकार गर्नुभएको हो ?

भारतले नाकाबन्दी लगाएको थियो । त्यो नाकाबन्दीलाई मधेस केन्द्रित दलहरूले समर्थन र साथ दिइरहेका थिए । मधेस केन्द्रित दलहरूको आन्दोलन एक ठाउँमा सहि थियो होला । तर, उनीहरूले जसरी देश र जनतालाई दुःख दिने गरेर गतिविधि गर्न थाले त्यसपछि बाध्य भएर हामीले उनीहरूको प्रतिकार गरेका हौँ । सडक बन्द गर्न आएका बेला खेदेका हौँ ।

मेरो नेतृत्वमा मधेसी मोर्चाको आन्दोलनलाई निस्तेज पार्ने काम भएको हो । सडक बन्द गर्न आएका बेला मधेसी मोर्चाको प्रतिकार गरेर त्यो आन्दोलन तुहाउने काम पनि चुरेभावर पार्टीले गरेको थियो ।

चुरेभावर पार्टीको संगठन कति जिल्लामा थियो ?

२४ जिल्लामा हाम्रो संगठन छ । ती साथीहरूले नेकपामा समायोजनका लागि दवाव दिइरहनु भएको छ । अध्यक्ष केपी ओलीज्यूले पनि समायोजन गर्ने आश्वासन दिनुभएको छ । चुरेभावरले राष्ट्रियताको विषयमा के गरेको थियो । इतिहाँसले भन्नेछ ।

तपाईहरूले नाकाबन्दीको किन विरोध गर्नुभयो ? त्यस बेला मधेसी मोर्चा भनेपछि तपाईहरूको किन टाउको दुख्थ्यो ?

भारतले नेपालमा नाकाबन्दी लगाएको थियो । मधेसी मोर्चाले आन्दोलनका नाममा सीमापारी गएर आन्दोलन गरेको थियो । आफ्नो देशको आन्दोलन अर्काको देशमा गएर गर्न पाइन्छ ? भारतले लगाएको नाकाबन्दीको विरोध गरेको हो । नाकाबन्दी गर्ने अधिकार भारतलाई छैन । भारतले अन्तर्राष्ट्रिय कानून विपरित नाकाबन्दी लगाएको थियो । मधेसी मोर्चाको प्रतिकार गर्न कोही पनि सडकमा नआएका बेला चुरेभावरले हिम्मत गरेर प्रतिकार गरेको हो ।

मधेस केन्द्रित दलहरूको आन्दोलनको मात्रै प्रतिकार गर्नुको कारण के हो ?

उनीहरू राजनीतिक मुद्धा लिएर आएका होलान् भनेर पहिला चुप बसेका थियौँ । सर्वसाधारण जनतालाई दुःख दिन थालेपछि सोँच बाध्य भयौँ । सडक बन्द गर्ने तथा घर जलाउने काम हुन थालेपछि बाध्य भएर चुरेभावर पार्टीले त्यस बेला मधेसी मोर्चाको प्रतिकार गरेको हो । उनीहरूलाई पाठ सिकाएको हो ।

तपाईहरूको त्यो आन्दोलन केपी ओलीले चलाएको भन्ने आरोप थियो नि ?

चुरेभावर पार्टी जन्मिने बेला केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो र ? त्यस्तो केही पनि होइन । भारतको बुइ चढेर मधेसी मोर्चा हिँड्ने । नाकाबन्दी भारतले गर्ने । त्यो नाकाबन्दीको समर्थनमा सीमामा बसेर नेपालमा आमहड्ताल गर्ने । हामीले त शान्तिपूर्ण जुलुस गरेका थियौँ । उनीहरू आएपछि झडप भयो । हामीले राम्रो काम गर्दा सबै देश भक्त नेपालीहरूले राम्रो भयो भन्नु भयो होला । तर, ओली वा अरु कसैले पठाएर हामी प्रतिकार गर्न गएका होइनौँ ।

जनता र राष्ट्रियताका पक्षमा नाकाबन्दी र मधेसी मोर्चाको अराजक आन्दोलनको प्रतिकार भएको हो । धेरै नेपालीहरूले चुरेभावर पार्टीले ठीक गरेको छ भनेका थिए । हामीले मंसिरबाट प्रतिकार गरेका थियौँ । मधेसी मोर्चाको आन्दोलनको चार महिनापछि हामीले प्रतिकार गरेका हौँ । ओलीले भनेको भए त भदौ आसोजदेखि नै प्रतिकार हुने थियो नि । उदण्ड काम गरेको हुनाले मधेसी मोर्चाको त्यस बेला हामीले प्रतिकार गरेका हौँ । भूकम्पबाट थिलोथिलो भएको देशमा मधेसी मोर्चाले उदण्डता देखाएपछि हामीले सम्झाएको मात्रै हो । प्रतिकार गरेको होइन ।

Credit : onlinepana.com

कांग्रेस नेता केसीले गरे बजेटबारे अहिले सम्मकै ठुलाे खुलासा, अझै मालामाल हुने भए ठुल ठुला कराेडपति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारले आगामी आर्थक वर्षभित्र कुनैपनि स्रोत नखुलाई लगानी गर्न दिने भनेर गरेको घोषणाको विरोध गर्दै बजेटमार्फत कालो धन र भ्रष्टाचारलाई बैद्यता दिन खोजेको आरोप लगाएका छन्।

उनले भने,‘कालो धनलाई वैद्यता दिनेमात्रै हो, काला धनहरुसँग कमिशन खाने र उसको लगानी गर्न बैद्यता प्रदान गर्ने कुरामात्रै हो, बैद्यता प्रदान गरी मालामाल भएका ठुल ठुला कराेडपतिहरुलार्इ अझै मालामाल बनाउने तिर सरकार लागेकाे छ, यसमा अन्तरंग भ्रष्टाचारको र्दुगन्धहरु आउँछन्, त्यसलाई हामीले केलाउन सकेका छैनौं, हाम्रा पार्टीका अर्थविदहरुले पनि यसबारेमा एक्सपोज गर्नुपर्छ।’ बजेटमा नयाँपन केहीपनि समावेश नभएको बताउँदै उनले भने,‘बजेट प्राथमिकताविहीन छ, यसले विपन्न वर्गको आधारभुत आवश्यकत्तालाई सम्बोधन गर्न सकेन्।’

वर्तमान सरकारका हरेक मन्त्रीहरुले समेत भ्रष्टाचारको ठूलो स्वरमा विरोध गरेपनि साँढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका जुनसुकै राजनीतिक दलका जोसुकै व्यक्ति होस् जरोसम्म पुगेर भएपनि कारबाही गरेर देखायो भनेमात्रै वास्तवमा त्यो दिनदेखि यो सरकार भ्रष्टाचार विरोधी हो रैछ भनेर आफूहरुले विश्वास गर्ने केसीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अहिलेको कुल बजेटको ११ प्रतिशत बजेट आफूमा केन्द्रित गरेर राख्नुको कारण के हो भन्दै केसीले प्रश्न समेत तेर्साए । उनले भने,‘लेनिनको जनवादी केन्द्रियतातर्फ यो सरकार उन्मुख छ।’ संघीयताको मर्म र भावना अनुसार बजेट नआएकोमा उनको गम्भिर आपत्ति छ ।

फरक प्रसँगमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भएको चार बुँदे सहमति उपलब्धिमूलक रहेको बताए । उनले भने,‘उहाँहरुबीचको वार्ता सफल भएको दाबी गरिएको छ, यो विश्वको लागि पनि राम्रो हो, किमको लागि त झनै उपलब्धिमूलक हो।’

संसारको कुनै पनि भू–भागमा शान्तिको विकल्प नभएको बताउँदै उनले भने,‘शान्तिको विकल्प छैन र हिंसाको भविष्य छैन, त्यसैले यो वार्ता उहाँहरुले भनेजस्तो यो वार्ता गौरवान्तित र ऐतिहाँसिक छ।’ उनले समग्र विश्व शान्ति प्रक्रियाका ेलागि यो वार्ता गौरवको विषय भएको बताए ।

Credit : onlinepana.com

उफ बर्दियामा गर्मी वढयो ! जनजिवन प्रभावित

अत्यधिक गर्मीका कारण बर्दिया जिल्लाको जनजिवन प्रभावित बनेको छ । जेठ अन्तिम साता एक्कासी अत्याधिक गर्मी बढेका कारण बर्दिया जिल्लाको जनजिवन प्रभावित बनेको हो ।एक साता यता बर्दिया तापक्रम ४० डिग्री पुगेको बताईएको छ । तापक्रम हरेक दिन बढीरहेकोे छ ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार गर्मीले तापक्रम बढेसंगै टाउको दुख्ने, ज्वरो आउने, आँखा दुख्ने, रिङ्गटा लाग्ने, झाडा पखला, छाला लगायतका समस्या भएका बिरामी बढेको जिल्ल स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र अधिकारीले बताए ।

जिल्ला अस्पताल र आठ ओटै स्थानिय तहमा रहेका स्वास्थ्य चौकीमा गर्मीबाट प्रभावित बनेका विरामीहरु दैनिक रुपमा आउने क्रम बढेको जिल्ला अस्पतालले जनाएको छ । स्थानिय क्लिनीकहरुमा पनि गर्मीले गर्दा बिरामीको चाप बढेको छ । गर्मीले विशेषगरी वालवालिका र बृद्धवृद्धाहरु बढी प्रभावित भएका छन् ।

बर्दियाका मुख्य बजारहरु सदरमुकाम गुलरिया, राजापुर, भुरिगाँउ, बाँसगढी, सानोश्री ,शान्तिवजार लगाएतका बजार क्षेत्रहरुमा मानिसहरुको चहलपहल पनि कम देखिने गरेको छ । हपहपी पोल्ने गर्मिका कारण घर बाहिर हिँडडुल गर्न समेत समस्या भएको छ ।

बबई नदीको नहर सिँचाई संरचना निर्माण भइरहेका कारण खोला र गाँउका अधिकाँश कुलामा पानी नहुँनाले चिसोपन पनि महशुस गर्न सकिएको छैन । कर्णाली नदीको भंगालो गेरुवा नदीमा पानीको मात्रा कम हुँदा बर्दिया निकुञ्जका वन्यजन्तुलाई समेत पानीको अभाव हुन थालेको निकुञ्जले जनाएको छ ।

यस्तै अत्याधिक लोडसेडिङ र कम भोल्टेजका कारण पनि सर्वसाधारणहरु समस्यामा परेका छन् । अधिकाँश ठाउँमा बत्ती आएपनि कम भोल्टेजले गर्दा पंखा नचल्दा पनि समस्या परेको छ । गर्मीका कारण अधिकाँश निजी तथा सामुदायिक विद्यालयहरु विहान ६ देखि ११ सम्म संचालन भईरहेका छन् । भने केही विद्यालय दिवामा संचालन भईरहेका छन् ।

गर्मीका समयमा घाममा धेरै नहिड्न, प्रशस्त पानी लगायत झोलिलो पदार्थ पिउन चिकित्सकले सुझाव दिएका छन् । जरुरी काममा वाहिर निस्कनु पर्दा छाताको प्रयोग गर्न समेत चिकित्सकको सुझाव छ ।

Credit : onlinepana.com

गृहमन्त्री थापाले दिए कुलमान घिसिङलाई यस्तो निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि निर्देशन दिएका हुन् ।

नियमित विद्युत् आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात् विद्युत् कटौती हुँदा अध्यागमनलगायत स्थानमा अनधिकृत वा गैरकानूनी काम हुने भएकाले त्यसलाई नियन्त्रण गर्न समस्या पर्ने गृहमन्त्री थापाको भनाइ छ ।

‘कुन स्थानमा कस्तो समस्या छ, त्यसको पहिचान गर्नुस्, कमसे कम अत्यावश्यक क्षेत्रमा नियमित र कुनै पनि समस्या आउँदासमेत विद्युत् कटौती नहुने प्रबन्ध गर्नुस् । आवश्यक परेको विषयमा सरकारले सहयोग गर्छ’ उनले कार्यकारी निर्देशक घिसिङलाई भने ।

विमानस्थलमा थोरै मात्रै विद्युत् अवरुद्ध हुँदा पनि त्यसबाट ठूलो समस्या आउने भएकाले विशेष ध्यान दिन मन्त्री थापाले कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए ।

कार्यकारी निर्देशक घिसिङले ‘भोल्टेज’ मा देखिने समस्याका कारण कहिलेकाहीँ सामान्य समस्या आउन सक्ने भएकाले त्यसलाई समाधान गर्न प्राधिकरण क्रियाशील रहेको बताए ।

समस्या समाधानका लागि प्राधिकरणले विशेष ध्यान दिएको अस्पताल, विमानस्थल तथा अत्यावश्यक क्षेत्रमा कुनै पनि समय विद्युत् आपूर्तिमा समस्या आउन नदिन हदैसम्मको प्रयास गर्ने घिसिङको भनाइ थियो ।

“सामान्यखालका समस्या आउन नदिन प्राधिकरण लागिपरेको छ । अत्यावश्यक क्षेत्रमा त झन समस्या आउनै हुँदैन भनेर हामीले प्रयास गरिरहेका छौँ” घिसिङले भने ।

विद्युत् चुहावट नियन्त्रणका लागि गृहमन्त्रालयलको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइदिन घिसिङले गृहमन्त्री थापालाई अनुरोध गरेका थिए ।

Credit : onlinepana.com