सुरक्षाको उपाय खोजौँ

समाजमा दैनिक अपराधका घट्ना हुने गर्दछन् । सामाजिक सद्भाव र सुरक्षालाई नै चुनौति दिदैँ समाजमा ठुला दुर्घट्नाहरु हुदैँ आएको छ । कहिले आफ्नै बुवाबाट छोरी बलात्कृत हुन्छिन् त कहिले महिलामाथि एसिड प्रहार हुने गर्दछ । यस्ता घट्नाहरुलाई न्युनिकरण गर्न सरकारले दुर्गामी उपाय रोज्नुपर्ने देखिन्छ । प्रविधिको प्रयोग गर्न सके सुरक्षाको सवालमा केहि हदसम्म सकारात्मक कदम चाल्न सकिन्छ ।

अहिले पनि महिला सुरक्षित तरिकाले समाजमा हिँड्न सकिरहेका छैनन् । महिला हिंसा सम्बन्धि समाचारहरु दिनहुँ आउने गर्दछ । आफ्नै घरपरिवारबाट महिला पिडित बन्नु परिरहेको छ । दहेजको नाममा अहिले पनि नेपाली चेलिबेटिले हिंसा सहनुपरेको अवस्था छ । महिलाको सुरक्ष र हक अधिकारकालागि स्थापना भएका संघ, संस्थाले महिलाको अधिकारका लागि खासै योग्दान दिन सकिरहेका छैनन् ।

नेपाली समाजमा पुरुषको भन्दा महिलाको संख्या बढि छ । तर पनि महिलाहरुनै हिंसाको सिकार बनिरहेका छन् । शिक्षाको अभाव र परम्परागत सोचले महिला हिंसा वृद्धि भएको छ । तसर्थ, महिला हिंसालाई न्युनिकरण गर्न सम्बन्धित निकायले महत्वपुर्ण कदम चाल्न आवश्यक छ । प्रेदश दुर्इृमा महिलको सुरक्षाका लागि नयाँ प्रविधिको प्रयोग गरिदैँ छ ।

एपको प्रयोग गरेर महिलालाई सुरक्षित बनाउने योजना प्रदेश दुईले लिएको छ । यसैगरि, सातवटै प्रदेशमा वैकल्पिक उपाय खोजेर महिलालाई सुरक्षित बनाउन सम्बन्धित निकाय लाग्नुपर्छ । यतिमात्र नभएर पुरुषहरुले पनि महिलाको सुरक्षाको जिम्मेवारी लिन जरुरी छ । अतः समाजमा महिला हिंसालाई रोक्न र उनीहरुलाई सुरक्षाको प्रत्याभुति दिन सम्बन्धित निकायले विशेष कदम चाल्न आवश्यक छ ।

Credit : onlinepana.com

बर्सेनि नेपालमा हुने डुबानको समाधान गर

नेपालको करिब १५० नदी भारततर्फ भएर जाने गर्दछ । भारतले सीमावर्ती क्षेत्रमा बाँध बनाएका कारण प्रत्येक वर्ष तराईका धेरै जिल्ला डुबान हुने गरेको छ । नेपाल–भारतबीच उच्चस्तरमा छलफल हुन नसक्दा प्रत्येक वर्ष नेपालमा डुबान हुने गरेको हो । भारतले सीमावर्ती क्षेत्रमा बाँध, ड्याम्म बनाएका कारण प्रत्येक वर्ष नेपालमा डुबान हुने गरेको छ ।

सीमावर्ती क्षेत्रमा हुने डुबानको समाधानका लागि दुई देशबीच उच्चस्तरमा छलफल गर्नुपर्ने देखिन्छ । तराईमा डुबानका कारण धेरैको मृत्यु हुने र कैयौँ घरबारविहीन भएको विगतका घट्नाले देखाउँछ । तसर्थ, सरकारले उच्चस्तरिय बैठक बसेर समस्याको समाधान खोज्नुपर्छ र उद्धारकालागि पुर्व योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।

बाढीपहिरो र डुबानबाट तल्लो तहका मानिस बढी मारमा परेको हुँदा संवेदनशिल क्षेत्रमा पुर्वयोजना बनाएर राहतका कार्यक्रम सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । अतः डुबानको दिर्घकालिन समाधान खोज्न सरोकारवाला निकायको बेलैमा ध्यान जानुपर्दछ ।

Credit : onlinepana.com

अब काम देखाऊ, भाषण पुग्यो !

आफ्नो जीवनमा सकारात्मक प्रभाव पर्ने खालको परिणाम नआउने या आउन नसक्ने ठम्याइमा पुगेपछि नागरिक चुप बस्दैनन् । नेपालकै कैयन सन्दर्भ र विश्वका अन्य मुलुकमा देखिएका घटना–परिघटनाबाट नेपालका वर्तमान शासकहरूले पाठ सिक्न नखोज्नु विडम्बनापूर्ण छ ।

विरोधी दलहरूलाई समेत सरकारमा अंशियार बनाएर सत्ताको पकड कसिलो तुल्याइरहेको केपी ओली नेतृत्वको सरकार आमजनताको दृष्टिमा ‘आशाको केन्द्र’बाट अब ‘निराशाको भकारी’मा रूपान्तरण हुने सम्भावना बढेको छ । सरकारले गुजारेको साढे तीन महिनाको समयावधि नागरिकलाई राहत दिनेभन्दा पीडा थप्ने काम–कारबाही गरेर गुज्रिएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यस सरकारबाट फेरि पनि तिनै तत्वहरू मात्र लाभान्वित हुने सङ्केत मिलेको छ जो हिजो–अस्तिका शासन व्यवस्थामा फल्दै, फुल्दै र फस्टाउँदै आए ।

वामपन्थीको बहुमत भएको वर्तमान सरकार देशलाई समाजवादी बाटोमा लैजाने बताइरहेको छ । तर, सामाजिक न्याय क्षेत्रमा अनुदारवादी नीति अनुशरणको लक्षण दर्शाएको ओली सरकारका भनाइ र गराइबीच ठूलो अन्तरको महसुस हर तह–तप्काका नागरिकले गरेका छन् । केपी ओलीबाट केही हुने आशाको वशीभूत भई हिजो अन्धसमर्थनमा उत्रिएका जनतामा असन्तुष्टि पैदा हुन थालिसकेको छ, तर असन्तुष्टि चुलिन नदिनेतर्फ कदम चाल्ने लक्षण सरकारले देखाइरहेको छैन ।

हो, प्रधानमन्त्री र उनका मन्त्रीहरू सार्वजनिक भाषणमा असाध्यै मनमोहक सुनिन्छन् । उनीहरू चौतर्फी विकास–निर्माणको जग तयार भएको दाबी गरिरहेका छन् । तिनका दृष्टिमा मुलुक पछौटेपनको अँध्यारोबाट मुक्त भइसक्यो, अब समृद्धिको उज्यालोमा कावा खान मात्रै बाँकी छ । शासकहरूको आग्रह छ, ‘हामी जे–जे गर्छौँ तिम्रै निम्ति गर्छौँ, जनता हामीलाई साथ देऊ !’ अहिलेसम्म जनता त साथमै छन् । मागेअनुसार सबै दिएकै छन्, तर सरकार भने दिनेभन्दा अझै लिन उद्यत् छ । यस्तोमा जनता के गरून् ?

राम्रा भाषणले नै विकास र समृद्धि प्रदान गर्न सक्दैन भन्ने ओली सरकारका अगुवाहरूलाई यथेष्ट ज्ञान हुनुपर्छ । मीठो भाषण त लागूपदार्थजस्तै हो, जसले प्रदान गर्ने आनन्द क्षणभङ्गुर हुन्छ । पञ्चायतकालमै पनि एक–दुई नेता राम्रै भाषण दिन्थे, त्यो कालखण्ड अब ‘महाअतीत’ भइसक्यो । प्रजातन्त्र पुनस्र्थापनायताकै कुरा गर्नुपर्दा ०४६ को ऐतिहासिक परिवर्तनसँगै अत्यन्त स्वादिष्ट भाषण–कलाका साथ नेता मदन भण्डारी उदाए । भाषणको मिठास कस्तो हुन्छ भन्ने तमाम नेपालीलाई भण्डारीकै बोली–शैलीले सिकायो भन्न सकिन्छ । वास्तवमा भाषण पिलाएर जनताको मन हर्ने राजनीतिक प्रतिस्पर्धा त्यहीँबाटै आरम्भ भयो भन्दा अत्युक्ति ठहरिने छैन ।

अल्प अवधिमै पाँचपटक इन्धनको मूल्य वृद्धि गरेर चौतर्फी महँगीको माहोल पैदा गर्ने, दुर्नाम अभियुक्तहरूलाई गणतन्त्रको नाममा उन्मुक्ति दिने, तस्कर–माफियाहरूलाई संरक्षण प्रदान गर्ने, भ्रष्ट मन्त्रीका क्रियाकलापमाथि आँखा चिम्लने अनि अधिकारजति आफूकेन्द्रित तुल्याएर अधिनायकीपनले ‘सुसज्जित’ हुन खोज्ने सरकारप्रमुख केपी ओलीले एकपटक छातीमा हात राखेर आफ्ना बोली र व्यवहारको निष्पक्ष मूल्याङ्कन स्वयम् गरून्, सत्य उजागर भइहाल्छ ।

भण्डारीको भौतिक अवसानको अढाइ दशकपछि उनै प्रखर भाषणवाज नेताका अनुयायीहरू आज देशको डाडुपन्यु स्वच्छन्दताका साथ चलाउने ओहोदामा पुगेका छन् । बोलीकै निम्ति बढ्ता चिनिएका ओलीबाहेक पनि भाषण दिएर आसन कब्जा गर्ने बुता भएका नेता बग्रेल्ती छन् सत्तासीन दलभित्र । ती भाषणकै बलमा जनताको दिल जित्न खोजिरहेछन्, यता जनताको मानसिकता भने बदलिइसकेको छ । अब भाषणले अघाएका छन् नेपाली, बरु समृद्धिको भोक बेस्सरी जागेको छ । यो यथार्थको महसुस भने अझै गर्न सकेका रहेनछन् जनतासँग जोडिएको दाबी गर्ने ‘कम्युनिस्ट’ नेताहरूले ।

जतिसुकै राम्रा कुरा गरे पनि सरकारले जनताप्रतिको आफ्नो कर्तव्य पूरा गर्न नसक्दा देशमा भ्रष्टाचार, अनियमितता, असुरक्षा, महँगी, बेरोजगारी र गरिबी बढ्दै जान्छ । गफाडी सरकारले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन सक्दैन भन्ने धारणामाथि विश्वास गर्नैपर्ने परिवेश यतिबेला सिर्जना हुँदै छ । परिवर्तनकामी जनताले आफ्नो पक्षमा परिवर्तन भएको ठानेका थिए, तर अब त्यो मिथ्या या भ्रम साबित हुँदै छ ।

फगत सरकारको आलोचनाका निम्ति यी शब्द खर्चिएको होइन– अल्प अवधिमै पाँचपटक इन्धनको मूल्य वृद्धि गरेर चौतर्फी महँगीको माहोल पैदा गर्ने, दुर्नाम अभियुक्तहरूलाई गणतन्त्रको नाममा उन्मुक्ति दिने, तस्कर–माफियाहरूलाई संरक्षण प्रदान गर्ने, भ्रष्ट मन्त्रीका क्रियाकलापमाथि आँखा चिम्लने अनि अधिकारजति आफूकेन्द्रित तुल्याएर अधिनायकीपनले ‘सुसज्जित’ हुन खोज्ने सरकारप्रमुख केपी ओलीले एकपटक छातीमा हात राखेर आफ्ना बोली र व्यवहारको निष्पक्ष मूल्याङ्कन स्वयम् गरून्, सत्य उजागर भइहाल्छ ।

सरकार इमानमा रहेन, यो आफ्नो निम्ति भएन भन्ने जब जनतालाई लाग्छ, त्यतिबेला निर्णायक भूमिकामा उत्रिनबाट तिनलाई कसैले रोक्न सक्दैन । आफ्नो जीवनमा सकारात्मक प्रभाव पर्ने खालको परिणाम नआउने या आउन नसक्ने ठम्याइमा पुगेपछि नागरिक चुप बस्दैनन् । नेपालकै कैयन सन्दर्भ र विश्वका अन्य मुलुकमा देखिएका घटना–परिघटनाबाट नेपालका वर्तमान शासकहरूले पाठ सिक्न नखोज्नु विडम्बनापूर्ण छ ।

नयाँ युग प्रवेशको कुरा मात्र गरेर हुँदैन, ‘अग्रगमनकारी’ सरकारले उज्यालोतर्फको प्रवेशमार्ग पनि प्रस्टै देखाउन सक्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यो सरकारले भाषणमा बाहेक उज्यालो गन्तव्यको प्रवेशद्वार यथार्थमा देखाउन सकेको छैन । सरकार जनताप्रति उत्तरदायी, हितकारी र इमानदार भएको झट्टै देख्न पाइयोस् ।

Credit : onlinepana.com

जातीय भेदभाव निर्मूल पारौँ

नेपाली समाजमा अहिले पनि भेदभावको व्यवहार हटेको छैन । दलितहरूले आफ्नो त्यो हक अनुसार व्यवहार गर्दा बारम्बार प्रताडित हुनु परेका घटना आउने गरेका छन् । जातीय भेदभावका कारण समाजमा रहेको शान्ति र सद्भावनै बिथोलिने गरेको छ । त्यसैगरि, जातीय भेदभाव विरुद्धका घटनामा प्रशासनमा बस्नेहरूले कानुनी कारवाही गर्नुभन्दा मेलमिलाप गर्ने गर्दछन् । प्रशासनको यस्तो प्रयासले पीडक सधै प्रोत्साहित हुन्छन् । जातीय भेद्भावको आगो सल्काउनेहरुले फेरि फेरि त्यस्तै गर्दछन् । यस्तो घटनालाई केहि माथिल्लो जातकाले भेदभाव निर्मूल हुन्छ भन्दै आस्वासन दिन खोज्दछन् ।

दलित एकता बलियो भएको ठाउँमा र प्रशासनमा आधुनिक हावाले छोएकाहरू भएको ठाउँमा कहिँकतै कानुनी कारवाही गर्न थालिएको छ । त्यस्तो कारवाहीले केही सजग र सतर्क त पारेको छ तर सबै ठाउँमा त्यस्तो भएको छैन । त्यसैले पीडित, उपेक्षित र दलितहरू अझ पनि पिल्सिएर, दबिएर र शोषित हुन बाध्य हुनु परेको छ ।

हाम्रो समाजमा अझै पनि जातीय समानता छैन । संविधानले धर्म निरपेक्षता घोषणा गरे पनि व्यवहारमा त्यो लागू भएको छैन । संविधान, कानुन र व्यवहारमा जब तालमेल मिल्दैन अथवा समाज संविधान र कानुन अनुसार चल्दैन, तब त्यहाँ अव्यवस्था उत्पन्न हुन्छ र अराजकता पनि हुनसक्दछ । अतः जातीय भेदभावलाई निर्मुल गर्न स्वयं जनता तथा सम्बन्धित निकायले अहम मुख्य खेल्न जरुरी छ ।

Credit : onlinepana.com

आर्थिक विकास गर

आर्थिक विकासका लागि सबभन्दा आवश्यक आर्थिक वातावरण हो । त्यो आर्थिक वातावरण निर्माण गर्न सम्बन्धित सबै निकाय जुट्नुपर्छ । बन्द भएका उद्योगहरू संचालन हुनुपर्छ ।

विडम्बना, नेपालमा बन्द, हडताल गरिएका उद्योगहरु संचालनमा ल्याउन सरकारले प्राथमिकता दिइरहेको देखिदैन । सरकारी पक्षबाट त्यसमा कहिले सकारात्मक कदम चालेर सुरु भई समस्या समाधान गर्नेतिर लागेनन् । अधिकाँश राजनीतिक पार्टीरूले निजी क्षेत्रहरूलाई कुन स्थान दिने भन्ने कुरा पनि यकिन गरेका छैनन् ।

निजी क्षेत्रलाई अवसर दिए भने उनीहरूले पनि केही गर्न सक्छन् भन्ने कुरा २०४८ सालपछिका घटनाक्रमले देखाएको छ । त्यसबेला शिक्षा, स्वास्थ्य र सञ्चारमा सरकारले केही खुकुलो के गरेको थियो कि निजी क्षेत्र लगानी गर्न अग्रसर भयो। कसैलाई मन परेपनि, नपरे पनि शिक्षा, स्वास्थ्य र सञ्चारमा अभूतपूर्व प्रगति देखिएको छ ।

कुरा ठूलो गर्ने काम नगर्ने रोगबाट हाम्रा नेताहरू ग्रस्त छन् मूल्य वृद्धि दिनप्रतिदिने भइरहेको सरकारी आँकडाले देखाएको छ । उद्योगधन्दा केही बन्द छन् भने केही पलायन भएका छन् । सञ्चालित परियोजनाहरू राष्ट्रियताको नाममा बन्द गरिएका छन् ।

देशभित्रको वर्तमान यथार्थ यस्तो छ । यसलाई बनाउनतिर कसैको ध्यान छैन । तैपनि नेताहरू आर्थिक विकास गर्ने, आर्थिक क्रान्ति गर्ने र लगानी भिœयाउने कुरा ठूल्ठूला स्वरले चिच्याइरहेका छन् । अतः आर्थिक विकासका लागि सबै राजनैतिक दलले सरकारलाई सहयोग गर्नुपर्छ र सरकार पनि लचिलो बनेर आर्थिक विकासमा केन्द्रित बन्नुपर्छ ।

Credit : onlinepana.com

विपी राजमार्गको वर्तमान अवस्थाले सबैलाई पिरोल्नुपर्छ !

राजधानीलाई पूर्वी तराइसँग जोड्ने विपी राजमार्गको वर्तमान अवस्था दयनिय छ । काठमाडौँबाट बनेपा, सिन्धुली, बर्दिबास जोड्ने विपी राजमार्ग केहि व्यक्ति, व्यवसायी र राजनैतिक दलको स्वार्थका कारण दिनानुदिन दोहन भइरहेको छ ।

जापान सरकारले २० वर्ष लगाएर बनाएको विपी राजमार्गको व्यवस्थापन पक्षमा देखिएको कमिकमजोरीले राजमार्गको अवस्था दिनप्रतिदिन बिग्रदै छ । राज्यले पनि विपी राजमार्गको सुरक्षाकालागि खासै महत्वपुर्ण कदम चालेको पाइदैन । विपी राजमार्गमा पर्ने धेरै जसो सडक भक्तिएका छन् ।

देशकै सुन्दर राजमार्गलाई दिनदिनै बलात्कार गरिदैछ तर पनि सरोकारवाला निकायको यस राजमार्गमा ध्यान जान सकेको छैन । विभिन्न समयमा राजमार्गको सुरक्षाकालागि नियमहरु बनाइए पनि तीनको कार्यान्वयनमा स्थानिय प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राजनैतिक दल लगायत सरोकारवालाले चासो नदेखाएको अवस्था छ ।

राजमार्ग निर्माण भएर सरकारलाई हस्तान्तरण हुँदै गर्दा गरिएको एक प्राविधिक अध्ययनले खुर्कोट–सिन्धुलीगढी सडकमा १० टन भन्दा धेरै लोडका सवारी चलाउन नहुने यदि त्यसरी चलाए सडकले भारबाहन गर्न नसक्ने बताएको थियो ।

योसँगै सरकारले विपी राजमार्गमा १८ सिट भन्दा माथिको सवारीसाधन चलाउन प्रतिबन्ध गरेको थियो । त्यसैगरि, विपी राजमार्ग अन्तर्गत सिन्धुली देखि खुर्कोटसम्म १० टन भन्दा माथि बजन भएको सवारीसाधनलाई गुड्न बन्द गर्ने निर्णय पनि गरिएको छ । तर, स्थानिय प्रशासन, जिल्ला प्रहरी र सरोकारवाला निकायको उदासिनताले निर्वाध रुपमा १० टन वजन भन्दा माथिका ठुला सवारीसाधन चलिरहेका छन् । यतिमात्र नभएर विपी राजमार्गमा टिफर, हाय्स तथा साना सवारीसाधनले आतंक मच्चाइरहेको छ ।

दिनहुँ जसो राजमार्गमा दुर्घट्ना हुने गर्दछ । राजमार्गलाई दोहन गर्नेमात्र नभएर राजमार्गलाई असुरक्षित बनाउने काम भइरहेको छ । राजमार्गमा बढ्दो सवारीसाधन चापलाई नियन्त्रण गर्न यातायात व्यवस्था विभागले निर्णायक निर्णय गर्न आवश्यक छ । जापान सरकारले राजमार्ग हस्तान्तरण गरेको दस्तावेजको अध्ययन गरेर सम्बन्धित सबै निकायले राजमार्गलाई सुरक्षित बनाउन महत्वपुर्ण भुमिका खेल्नु पर्दछ ।

औसतमा प्रति किलोमिटर १६ करोड भन्दा माथि लागत परेको राजमार्गलाई जोगाइराख्न यातायात व्यवस्था विभाग, स्थानिय प्रशासन, जिल्ला प्रहरी, नागरिक समाज, पत्रकार लगायत सम्पुर्ण सरोकारवाला निकायले समयमै केहि गर्नुपर्ने आवश्यकता देखिएको छ । अन्यथा, देशकै नमुना राजमार्गको अस्थित्वमाथि नै प्रश्न उठ्ने छ ।

जिल्ला प्रहरी संगठन सिन्धुलीले नयाँ प्रमुख पाएसँगै रामेछापमा नाकाबन्दिनै लाग्ने गरि ठुला मालबाहक सवारीसाधनलाई प्रतिबन्ध गर्दा यस्ले चर्चा बटुलेको छ । केहिले यो कदमलाई सकारात्मक ठाने भने केहिले सस्तो लोकप्रियता कमाउन सुरु सुरुमा व्यपारीलाई थकाएर स्वार्थपुर्तिको लागि रचिएको डिजाइन भनेर आरोप समेत लगाएका छन् । त्यसैले जिल्ला प्रहरी कार्यालयले अहिले देखाएको तदारुकताले निरन्तरता पाइरहोस् । आलोचकहरुले भने जसो कहिले पनि नहोस् ।

विपी राजमार्गमा बढ्दो सवारीसाधनको चाप घटाउन व्यपारी लगायत सम्बन्धित निकायहरुले १० टन भन्दा मुनि वजन भएका ३० सिटे लगायत ठुला सवारीसाधनको विपी राजमार्गमा आवगमनतर्फ सोच्नुपर्दछ ।

विपी राजमार्गलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर सरोकारवाला निकायसँग बृहत छलफल हुन आवश्यक छ । अतः विपी राजमार्गलाई इतिहासमा सम्झिने स्थिति सिर्जना हुन नदिन जिल्लावासी एवं सम्बन्धित सबै निकायको बेलैमा ध्यान जान जरुरी छ ।

Credit : onlinepana.com

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको कार्ययोजना पुरा होस्

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रमणि खनालले आफ्नो कार्यकालमा सम्पन्न गर्ने गरी ५८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । उनका कार्ययोजनामा महत्वुर्ण बुँदा परेका छन् ।

उनले सार्वजनिक गरेका कार्ययोजनाहरु कृषकको हकहितमा रहेको छ । त्यसैगरि, सगरमाथाको वैज्ञानिक तरिकाले उचाई नाप्ने, जनयुद्धमा माओवादीले कब्जा गरी कारोबार गरेका जग्गाहरूको समाधानका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने, आधारभूत कृषि उपजहरूमा आत्मनिर्भर बनाउने, भण्डारण गृह स्थापना गर्ने, उत्पादक सहकारीलाई त्यहाँको २५ प्रतिशत बिक्री स्टल उपलब्ध गराउने, आगामी ६ महिनाभित्र कृषियोग्य जमिनलाई व्यवसायीक प्लटिङ र बाँझो राख्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने, गरिब पहिचान भएका घरपरिवारलाई आत्मनिर्भर र व्यवसायिक बनाउन आवश्यकतामा आधारित ब्याज अनुदान र किसान शिक्षाका विशेष प्याकेज ल्याइने लगायतका कार्ययोजनाहरुलाई मन्त्री खनालले कार्यान्वयन गर्न सके उनी सफल मन्त्रीका नाममा गन्निेछन् ।

नेपालमा कृषि क्षेत्रमा प्रचुर संभघाना रहदा रहदैँ पनि यस क्षेत्रको विकास हुन सकिरहेको छैन । राज्यबाट पाउनुपर्ने सहयोग पनि कृषकले पाउन सकिरहेका छैनन् । कृषकको नाममा आएका राहत योजनाहरु नक्कलि कृषकहरुले उपयोग गरिरहेको अवस्था छ ।

तसर्थ, मन्त्री खनालले आफ्नो कार्यकालमा कृषकको हितमा निति निर्माण गरि कार्यान्वयनामा ल्याउन सक्नुपर्छ । विगतमा सरकारमा रहेका मन्त्रीहरुले झुटा आश्वासन मात्रै बाढेको इतिहास छ । आफ्नो कार्यकालमा विभिन्न कार्ययोजनालाई सफलताका साथ सम्पन्न गराउने बताएपनि उनीहरुले कार्ययोजनामै सिमित गराएको अवस्था थियो ।

केपी ओलीको सरकारलाई जनताले धेरै विश्वास गरेको हुँदा पनि उनको कार्यकाललाई सफल बनाउन सबै मन्त्रीपरिषद्का सदस्यहरुले आफ्नो भुमिका निर्वाह गर्न जरुरी छ । अतः कार्ययोजना सार्वजनिक गर्ने मात्र नभएर त्यसलाई कार्यान्वयनमा पनि ल्याउन जरुरी छ ।

Credit : onlinepana.com

जनकपुरको सफाईले दिएको संदेश !

भारतका प्रधानमन्त्री नरेन्द्र मोदि नेपाल आउने भनेसँगै जनकपुरमा बृहत सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा राजनैतकि दलका नेताहरु, विभिन्न कार्यालयका प्रमुखहरु लगायत उच्च पदका कर्मचारीहरु समेतको सहभागिता रहेको छ ।

वर्षौँदेखि अव्यवस्थित फोहोरले जनकपुरलाई दुर्गन्धित मात्र नभएर जनकपुरको एैतिहासिक विशेषतामाथि नै धावा बोलिरहेको अवस्था छ । तर, भारतिय प्रधानमन्त्रीको भव्य स्वागतकालागि जनकपुर उपमहानगरपालिकालाई सफा बनाउने प्रयास भइरहेको छ ।

उपमहानगरपालिकामा देखिएको सफाईले जनकपुरवासिलाई हर्षित मात्र नभएर सफा गर्न हौसला पनि दिएको छ । तर, छिमेकि राष्ट्रको कार्यकारी प्रमुख आउनेबेलामात्र सरसफाई गर्नु आफ्नो शरीरमा देखिएको ठुलो दागलाई केहि समयकालागि छोप्नुमात्र हो । तसर्थ, सम्बन्धित सबै निकायले जनकपुरमा देखिएको स्वच्छताबाट धेरै संदेश लिन आवश्यक छ ।

अल्पकालिक रुपमा मात्र जनकपुर सफा हुनुहुदैँन । यसको मतलब यो होइन कि मोदिको भ्रमणमा फोहोर हुनुपर्छ । दिर्घकालिन रुपमा जनकपुरलाई स्वच्छ, व्यवस्थित एवं सुन्दर बनाईनुपर्छ ।

देशकै फोहोर ठाउँको रुपमा चिनिदै आएको जनकपुरलाई सफा बनाउन सम्बन्धित सबै निकायको बेलैमा ध्यान जान आवश्यक छ । त्यसैगरि, जिल्लावासीले पनि फोहोरप्रति संवेदनशिल बन्नुपर्दछ ।

सबै कुराको दोष सरकारलाई थोपरेर आफू पन्छिने प्रवृद्धिको अन्त्य गर्दै सरसफाईमा लाग्नुपर्छ । अव्यवस्थित फोहोर र पार्किङको व्यवस्थापनमा सम्बन्धित सबै निकायको ध्यान जानुपर्दछ । जनकपुर एतिहासिक हिसाबले पनि महत्वपुर्ण ठाउँ भएकाले सरसफाईमा सबैको सहभागिता आवश्यक छ । अतः जनकपुरको सरसफाईले निरन्तरता पाइरहनु पर्दछ । त्यसैगरि, सर्वसाधरणहरुले पनि फोहोर रहित जनकपुर बनाउन सहयोग गर्नुपर्छ ।

Credit : onlinepana.com

नेपालमा शिक्षक र गुणस्तरियता

नेपालका शैक्षिक संस्था शान्तिक्षेत्र बनाउने सरकारी प्रतिबद्धता भए तापनि राजनीतिक हावा चलेपछि त्यो क्षेत्र अशान्त हुने गरेको छ । बाह्य राजनीतिको प्रभाव शिक्षण संस्थामा परेको छ । त्यो प्रभावले गर्दा कहिलेकाही शिक्षण संस्था बन्द, हड्ताल हुने र कहिँकतै तोडफोड पनि हुने गरेका छन् ।

शिक्षण संस्थामा बराबर बन्द हड्ताल गरिने शिक्षकहरू राजनीति पार्टी विशेषमा संलग्न हुँदा शिक्षक–शिक्षकबीच विवाद बढ्ने र त्यसरी राजनीतिमा सक्रिय भएका शिक्षकले विद्यालयभित्रको आफ्नो कर्तव्यलाई भन्दा आफूसम्बद्ध पार्टीकोकामलाई प्राथमिकता दिने गरेका छन् । जसले गर्दा विद्यालयमा पठन–पाठन राम्ररी हुन सकेको छैन ।

त्यस्ता विविध कारणले गर्दा विद्यालयको स्तर ह्रास भएको र एसएलसीमा कम प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । निजी क्षेत्रको शिक्षण संस्थाको स्तर र सार्वजनिक क्षेत्रको विद्यालयको स्तर तुलना गर्दा त्यो कुरा प्रष्ट देखिन्छ । सरकारी विद्यालयका शिक्षक अनेक तालिम प्रशिक्षण आदि लिएका पनि छन् । तैपनि स्तर खस्कनु दुःखलाग्दो छ ।

एकातिर समानताको नारा छ । शिक्षाको स्तर भने असमान हुँदै गएको छ । त्यो देखेर निजी विद्यालय बन्द गर्नुपर्ने नारा पनि कहिलेकाँही लाग्ने गरेको छ । भएको गुणस्तरलाई घटाएर समानता गर्ने कि खस्केको स्तरलाई माथि उठाउने, मुख्य प्रश्न यो हो । अतः शिक्षकले राजनिति गर्न बन्द गर्नुपर्छ र शिक्षा क्षेत्रको गुणस्तरियतामा ध्यान दिन आवश्यक छ ।

Credit : onlinepana.com

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

धनी नेपाली : नागरिक

गरिवी र पछौटेपनमा पिल्सिएका नेपालीको प्रतिव्यक्ति आय पहिलोपटक एक हजार चार अमेरिकी डलर एक लाख पाँच हजार रुपैयाँ पुगेको छ ।

गतभन्दा यो बर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले बढेको हो । यो बर्ष मुलुकको कुल गार्हस्थ उत्पादन करिव ६ प्रतिशत बढेर ३० खर्ब रुपैयाँ पुगेका कारण प्रतिव्यक्ति आया पनि बढेको हो ।

सरकारी निकाय केन्द्रिय तथ्यांक विभागले यो बर्ष कुल गाहस्थ उत्पादनको स्थिर मुल्य बृद्धिद्धर आधारभुत मुल्यमा ५.८९ प्रतिशत हुने अन्ुमान गरेको छ ।

यतिखेर प्रतिव्यक्ति आम्दानी एक हजार पुग्यो दक्षिण एसियामा नेपालको स्थान कहाँनेर छ भनेर खोज्ने बेला भएको छ ।

विगतमा नीति निर्माणमा भएको कमजोरीको समीक्षा गर्दै आर्थिक विकासलाई केन्द्रविन्दु मानेर काम गर्ने हो भने अर्को आधा दशकमा हाम्रो आय पनि दुई हजार पुग्न गाह्रो छैन ।

अधिकार कार्यान्वयनमा अन्यौल : नेपाल समाचारपत्र 

स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको झन्डै एक वर्ष भयो । तर न जनताले सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएको अनुभूत गरेका छन्, न जनप्रतिनिधिहरू नै यसबारे गम्भीर देखिएका छन् । संविधानले स्थानीय तहलाई दिएको अधिकार अझै कार्यान्वयन हुन सकेको छैन ।

कर्मचारी संयन्त्रको जालो, कानुनी अस्पष्टता, नगर र गाउँपालिकामा बहुमत र अल्पमतको खेल, कानुनको अभावजस्ता कारणले स्थानीय तह सञ्चालनमा अनेक अप्ठ्याराहरू रहेको जनप्रतिनिधिले नै बताएका छन् ।

स्थानीय तह सहजरूपले सञ्चालन गर्ने कार्यमा धेरै चुनौती रहेको अवस्थामा संविधानले दिएको अधिकारको कार्यान्वयन अझै टाढाको विषय रहेको जनप्रतिनिधिहरूले अनुभूत गर्न थालेका छन् ।

स्थानीय तह सञ्चालनका लागि आवश्यक पर्ने ऐनको रूपमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ गत असोजदेखि कार्यान्वयनमा आएको छ ।

स्थानीय सरकार कार्यसञ्चालन ऐन बने पनि त्यसको उपयोग गर्न नसक्दा उनीहरू अन्यौलमा परेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरूले समेत स्वीकारेका छन् । यसरी स्थानीय निकायका अधिकार कार्यान्वयनमा अन्यौलता सृजना हुनु भनेको सेवाग्राही मर्कामा पर्नु हो ।

अनुसन्धानलाई निष्कर्षमा पुर्याउ : कान्तिपुर 

प्रधानमन्त्री कार्यालयले संगठित रुपमा भईरहेको सुन तस्करीबारे अनुसन्धान गर्न विशेष समिति गरेपछि अवैध स्वर्ण धन्दा का अनेकन घटनाहरु सतहमा आएका छन् ।

यी पछिल्ला घटनाक्रम नितान्त नया भने होईन । विगतमा पनि सुन तस्करी रोक्ने भन्दै अनेकन समितिहरु बनाईएका थिए । सरकारैपिच्छे जस्तो सुन तस्करी रोक्ने वाचा सार्वजनिक हुन्थ्यो । तर त्यस्तो प्रतिवद्धताका व्यावहारिक कार्यन्वययन हुँदैन ।

स्मृतिमा ताजै रहेका त्ही तीतो विगतका कारण अहिलेको बहुचर्चित सुन काण्ड पन कतै त्यत्तिकै सेलाउने त होईन भने आम आशंका छ ।

आशा गरौँ, सरकारले त्यस्तो आशंकालाई चिर्दै यसपटकको अनुसन्धानलाई निष्कर्षमा पुर्याउनेछ र दोषीलाई कानुनी कठघरामा उभ्याउनेछ ।

अर्थतन्त्रमा आशालाग्दो वृद्धि : नयाँ पत्रिका 

राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्ष ९०७४-७५० को आर्थिक वृद्धिदर ६ दशमलव २९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत वर्षको परिमार्जित वृद्धिदर ७ दशमलव २ रहेको भन्दै पेस गरिएको नयाँ तथ्यांकले नेपालीको औसत आम्दानीमा पनि केही वृद्धि हुँदै एक लाख चार सय नेपाली रुपैयाँ अर्थात् अमेरिकी डलरमा एक हजार नाघेको छ ।

विभागका अनुसार यो वर्ष कृषि क्षेत्रको वृद्धिदर गत वर्षको भन्दा केही घटेको भए पनि अन्य क्षेत्रमा भएको वृद्धिले यो आँकडा हासिल भएको हो । एक महिनापहिले अर्थतन्त्रको व्यवस्थापकीय पक्षबारे अर्थमन्त्रीले प्रस्तुत गरेको निराशाजनक तस्बिरबाट दिक्क भएका नेपालीलाई विभागको यो सूचकले उत्साहित बनाएको छ ।

विश्व बैंक र एडिबीलगायत संस्थाका नकारात्मक प्रक्षेपण र अर्थमन्त्रीको अभिव्यक्तिले थपेको निराशालाई यसले चिरेको छ । कमसेकम गत वर्ष र यो वर्षको वृद्धिदरलाई निरन्तरता मात्र दिन सक्दा पनि नेपालले छिटै विकासको टेकअफ स्टेजमा पुग्न समय नलाग्ने अनुमान गर्न थालिएको छ । नेपालले लामो समयदेखि आर्थिक विकास र वार्षिक वृद्धिदरमा अनेक दबाब झेल्दै आएको छ ।

खासगरी राजनीतिक अस्थिरता, नीतिगत निरन्तरताको कमी, राज्य र बजारका क्षेत्रबीच सन्तुलनको कमी र सरकारी बजेटको पुँजीगत खर्च कहिल्यै पनि पूरा उपयोग नहुने जस्ता अवस्था व्यहोर्दै आएको थियो ।

विश्वव्यापीकरण र उदारीकरणले हामीकहाँ वस्तु आयात बढ्ने तर निर्यात नबढ्ने उल्टो धारा बलियो हुँदै गयो । सरकारी खर्चको मुख्य स्रोत नै आयातमा लगाइने भन्सार बन्यो । देशभित्रको उत्पादकत्व वृद्धि स्थिर जस्तो हुन पुग्यो । यसले लगातार नकारात्मक देखिएको या कम दरले बढिरहेको कुल गार्हस्थ उत्पादनमा गत वर्ष र यस वर्ष आएको बढोत्तरीले एउटा विच्छेदको बिन्दुको काम गर्न सक्ने अनुमान गरिँदै छ ।

Credit : onlinepana.com