पाँच वर्षपछि आयो ‘ध्रुवे’ हात्ती, अनौठो प्रेमले चितवन निकुञ्जमा तनाव

चितवनस् मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ ।

पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट क्षेत्रमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी र सेना त्रसित बनेका छन् ।

प्रेममा पर्यो

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले आज बिहान २:४० बजे साङ्लो चुँडाएर जंगलतर्फ लगेको छ ।

त्यही पोष्टमा हात्ती हेर्दै आएका रामकुमार चौधरीका अनुसार ध्रुवे हात्तीले तीर्थमान कलीसँगै बाँधिएको भाले हात्ती ‘पारस गज’लाई दाह्राले हानेर सामान्य घाइते बनाएको छ ।

राति ध्रुवे आएर पारस गजलाई हान्यो, तीर्थमान कलीको साङ्लो चुडाएर जंगलतर्फ लग्यो, उनले भने । पोष्ट नजिकै तीर्थमान कलीसँगै ध्रुवे रहेको उनले बताए ।

दुई दिनअघि रासन कोठाको झ्याल पनि फोरेको छ । एक महिना अघिदेखि सो क्षेत्रमा ध्रुवे हात्ती रहेको उहाँले बताउनुभयो । चौधरीका अनुसार सबैलाई हात्तीले त्रसित बनाएको छ ।

सोही क्षेत्रमा पर्यटक घुमाउन सौराहाबाट शनिबार पुगेका जीप चालक गौरीराम विश्वकर्मालाई ध्रुवे हात्तीले लखेटेको थियो । हामीलाई ध्रुवेले लखेटेपछि भागेर बच्यौँ, उनले भने, बाटोको छेउछेउ गाडीको पिछा गरेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले प्राविधिक, गाइड, हात्तीसारका कर्मचारी सबैले अहिले देखिएको हात्ती ध्रुवे भएको जनाएको बताए ।

गत साता शुक्रनगर क्षेत्रको मानव वस्तीमा पसेपछि लखेटेर जंगलतर्फ धपाएको उनले बताए । ध्रुवे हात्तीले यतिबेला खासै बितण्डा नमच्चाएको भन्दै उनले सामान्य क्षतिबाहेक केही नगरेको बताए । उनले भने, अहिले सज्जन भएर आएछ ।

ध्रुबेको उपद्रव

त्यही हात्तीले २०६६ देखि २०६९ सालसम्म नेपाल र भारतमा गरेर १५ जनाको ज्यान लिएको निकुञ्जका अधिकारीले जनाएका छन् । २०६६ सालमा एक जना, २०६७ सालमा तीन, २०६८ सालमा एक र २०६९ सालमा १० जना सर्वसाधारणको ज्यान लिएको थियो ।

जसमध्ये चितवनको माडीमा छ, मेघौलीमा दुई, कसरामा एक, बाराको रुपही र कोवीमा चार तथा भारतमा दुईजनाको ज्यान लिएको बताइएको छ । ध्रुवेले ५० भन्दा बढी घर नष्ट गरेको थियो ।

त्यही हात्तीले टाइगर टप्स होटलका शमशेरगज हात्ती मारेको थियो । २०६९ सालमा सो हात्तीलाई निकुञ्जमा गोली प्रहार गरिएको थियो । तर त्यो बेला नमरेको निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए ।

उनका अनुसार उमेर पुगेर उन्मत्त हुँदै गएपछि समूहबाट छुटेर पोथी हात्ती खोज्ने क्रममा ध्रुवे चितवन राष्ट्रिय निकुञ्ज आएको हो । जुन ठाउँमा ध्रुवे थियो त्यस क्षेत्रमा रहेका अन्य भाले हात्तीका कारण पोथी नपाएपछि ध्रुवे मात्तिएको बेला चितवन राष्ट्रिय निकुञ्ज आउने गर्दछ ।

Credit : onlinepana.com

महासंघमा लगाइएको ‘सिन्डिकेट’ विरुद्ध पत्रकारहरु आन्दोलनमा

 नेपाल पत्रकार महासंघको प्रदेश चुनावमा ‘सिण्डिकेट’ लगाइएको भन्दै पत्रकारहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

महासंघ सबै पत्रकारको साझा संगठन भएको तर तीन संगठनले सिण्डिकेट लगाइएको भन्दै विभिन्न ७ ओटा पत्रकार संगठन संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनहरुले सिण्डिकेटको घोषणा गरेका छन् । उनीहरुले अरु संगठनको प्रतिनिधित्व हुन नदिने गरी चुनावी तालमेल गरेका छन् ।

तीन संगठनले छाता संस्थामा सिण्डिकेट लगाइएको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउने, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, प्रेस सोसाइटी, नेपालका उपाध्यक्ष केशव अर्याल, संघीय प्रेस फोरमका महासचिव सरोज खिलाडी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले संयुक्त विज्ञप्ति जारी गरेर आन्दोनलका कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनले पत्रकार महासंघमा सिन्डिकेट लगाउने अभ्यास गरेको बताएका छन् ।

“महासं सबै श्रमजीबी पत्रकारहरुको छाता र साझा संस्था हो । श्रमजीबी पत्रकारका हक, हित, अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षक तथा नागरिक समाजको अगुवा संस्थाको रपमा महासंघ रहेको छ ।

महासंघ नेपाली समाजको विविधिता झल्किने सम्पूर्ण रुपमा समावेशी र प्रतिनिधित्वमूलक हुनपर्दछ । तर, प्रदेश निर्वाचन हुँदै गर्दा महासंघलाई साझा बन्न नदिने प्रयन्त भइरहेका छन् । महासंघ जस्तो उच्च गरिमा र व्यापक भूमिका भएको संस्थामा सिन्डिकेट तथा मनपरी लाद्ने प्रयन्त भइरहेका छन् र कार्यसमितिले अमूर्त रुपमा त्यसलाई मान्यता दिने काम भइरहेको छ” जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा महासंघ अगाडि बढाएको चुनावी प्रक्रियाको वैधानिकतामाथि नै प्रश्न उठाइएको छ । प्रदेश चुनाव पनि शाखाको निर्वाचनकै निरन्तरता भएको बताउँदै नविकरणको नाममा शाखा निर्वाचनमा सहभागी भएका ५० प्रतिशत पत्रकारहरुलाई मतदानबाट बञ्चित गर्न लागिएको बताइएको छ ।

महासंघलाई सबै पत्रकारहरुको साझा संस्था हुनबाट रोक्ने कार्य रोक्न माग गर्दै वर्तमान नेतृत्व सिन्डिकेटमा पक्षमा लागे २४ घण्टाभित्र महासंघमा तालाबन्दी गर्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

यस्ता छन् संघर्षका कार्यक्रमः

१. प्रदेश निर्वाचनका क्रममा भइरहेका विवादित गतिविधिहरु रोक्न आम पत्रकारहरुलाई आह्वान गर्ने ।

२. कार्यसमितिका काम तथा प्रदेश निर्वाचनका सन्दर्भमा गरिएका गतिविधि तथा सिन्डिकेटका विरुद्ध महासंघका पूर्वसभापति, अध्यक्ष तथा सबै सरोकारवाहरुबीच अन्तरक्रिया गर्ने ।

३. महासंघ सबेको साझा बनाउने र प्रतिनिधित्व सुनिश्चित हुने अवस्था सिर्जना नगरी जबरजस्त सिन्डिकेट र मनपरी लाद्ने प्रयत्न गरिएमा महासंघमा तालाबन्दी गर्ने ।

४. प्रदेश निर्वाचनको वैधानिकतामाथि उठेको प्रश्नको छलफलका लागि कानुनी उपचार खोज्ने ।

प्रेस विज्ञप्तीको पूर्णपाठः 

नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनका सन्दर्भमा महासंघको वर्तमान कार्यसमितिले अगाडि बढाएको प्रक्रिया र सोही आधारमा सतहमा भइरहेका अभ्यासप्रति हामी तल उल्लेखित संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ सबै श्रमजीवी पत्रकारहरुको छाता र साझा संस्था हो । श्रमजीवी पत्रकारका हक, हित, अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षक तथा नागरिक समाजको अगुवा संस्थाका रुपमा महासंघ रहेको छ । महासंघ नेपाली समाजको विविधता झल्किने सम्पूर्ण रुपमा समावेशी र प्रतिनिधित्वमूलक हुनुपर्दछ । तर, प्रदेश निर्वाचन हुँदै गर्दा महासंघलाई साझा बन्न नदिने प्रयत्न भइरहेका छन् ।

महासंघ जस्तो उच्च गरिमा र व्यापक भूमिका भएको संस्थामा सिन्डिकेट तथा मनपरी लाद्ने प्रयत्न भइरहने र कार्यसमितिले अमूर्त रुपमा त्यसलाई मान्यता दिने काम भइरहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका रक्षा र महासंघको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेका र महासंघका सबै प्रक्रियामा सहभागी भएका अरु सरोकारवालाहरु पनि छन भन्ने हेक्का महासंघलाई छ भन्ने हामीलाई लाग्छ । तर, महासंघको वर्तमान नेतृत्वले त्यसखालको पहल गरेको हामीलाई अनुभूति भएको छैन ।

कार्यसमितिले अगाडि बढाएको प्रक्रियाले अब हुने प्रदेश निर्वाचनको बैधानिकतामाथि नै ठूलो प्रश्न उठ्ने छ । प्रदेश निर्वाचन यसअघि सम्पन्न शाखाहरुको निर्वाचनकै निरन्तरता हो । शाखाको निर्वाचनबाट प्रदेश सभा र केन्द्रका लागि प्रतिनिधि समेत निर्वाचित भइसकेका छन् । तर, अहिले नविकरणको मात्र मापदण्ड बनाएर शाखाको निर्वाचनमा सहभागी नभएका करिव ५० प्रतिशत सदस्यहरुलाई प्रदेश निर्वाचनमा भोट हाल्ने अधिकारबाट बञ्चित गरिदैछ । शाखाको निर्वाचनमा सहभागी भएका सबै सदस्यहरुलाई मतदान अधिकार दिइनुपर्छ । अविछिन्न उत्तराधिकारवाला संस्था महासंघको विगतका नेतृत्वले गरेका अभ्यास र अहिलेको विधानमा समेत दुई वर्षभित्र नविकरण गर्न सकिने व्यवस्था छ ।

त्यसैले सदस्यहरुको मताधिकार खोस्ने सोचप्रति हामी गम्भीर आपत्ती जनाउँदछौ । महासंघको इतिहासमा पहिलो पटक बन्दै गरेको प्रदेश संरचनालाई सबै हिसाबले समावेशी, सबैको अपनत्व बोध हुने र प्रतिनिधित्वमूलक बनाउन सरोकारवाला संघ संगठनहरुसँग गम्भीर छलफल गरिनुपर्छ । प्रदेश निर्वाचनको वैधानिकतामाथि नै प्रश्न उठिरहेको अवस्थामा तत्काल प्रक्रिया रोकी छलफल अगाडि बढाउन माग गर्दछौ ।

सुरुवातदेखि नै यसलाई विवादित बनाएर महासंघलाई नै छाता, साझा र अगुवा संस्था बन्न नदिने भइरहेका गतिविधि रोक्न माग गर्दछौ । यदि कार्यसमितिले यो पहल गर्दैन र कसैको सिन्डिकेट तथा मनपरीलाई नै स्वीकार गरी अरु संघ संगठन तथा सरोकारवालाहरुलाई यो प्रक्रियामा सहभागी हुन नदिन महासंघको वर्तमान नेतृत्व लाग्छ भने त्यो ठूलो विडम्वना हुनेछ । तसर्थ महासंघको वर्तमान कार्यसमितिले उत्पन्न विवादलाई समाधान गर्न २४ घन्टाभित्र पहल नगरेमा तालाबन्दीसहितका निम्न कार्यक्रम गर्न बाध्य हुने जानकारी गराउदछौ ।

कार्यक्रमहरु

१. प्रदेश निर्वाचनका क्रममा भइरहेका विवादित गतिविधिहरु रोक्न आम पत्रकारहरुलाई आह्वान गर्ने ।

२. कार्यसमितिका काम तथा प्रदेश निर्वाचनका सन्दर्भमा गरिएका गतिविधि तथा सिन्डिकेटका विरुद्ध महासंघका पूर्व सभापति, अध्यक्ष तथा सबै सरोकारवालाहरुबीच अन्तरक्रिया गर्ने ।

३. महासंघ सबैको साझा बनाउने र प्रतिनिधित्व सुनिश्चित हुने अवस्था सिर्जना नगरी जवरजस्त सिन्डिकेट र मनपरी लाद्ने प्रयत्न गरिएमा महासंघमा तालाबन्दी गर्ने ।

४. प्रदेश निर्वाचनको वैधानिकतामाथि उठेका प्रश्नको छलफलका लागि कानुनी उपचार खोज्ने ।

प्रभात चलाउने
अध्यक्ष क्रान्तिकारी पत्रकार संगठन, नेपाल

नारायण शर्मा
अध्यक्ष, प्रगतिशील पत्रकार संघ, नेपाल

इन्द्र राउत
अधयक्ष, क्रान्तिकारी पत्रकार महासंघ

केशव अर्याल
उपाध्यक्ष, प्रेस सोसाइटी नेपाल

गोपाल पौडेल
अध्यक्ष, मिडिया नेपाल

सरोज खिलाडी
महासचिव, संघीय प्रेस फोरम

मोहन सिंह
अध्यक्ष, मधेशी पत्रकार समाज

२०७५ बैशाख ५

यद्यपी, संघर्षका कार्यक्रम घोषणापछि महासंघले शाखा निर्वाचनमा सहभागी भएका सबै पत्रकारहरु प्रदेश निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको छ ।

Credit : onlinepana.com

घरपायक जागिरका लागि आवेदन वैशाख १८ सम्म

काठमाडौं :  स्वेच्छिक अवकाश योजना स्थगन गर्दै कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले स्थानीय तहमा घरपायक सरुवा हुन चाहने  निजामती कर्मचारीलाई १८ वैशाखसम्म आवेदन दिन समय दिएको छ। कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले

वैशाखभित्र सबै स्थानीय तहमा कर्मचारी खटाइने तयारीसहित अवकाश रोज्नेलाई घरपायक उपहार दिन नयाँ रणनीति ल्याएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि कर्मचारीलाई घरपायक जागिर दिने योजनासहितको नयाँ मापदण्ड सार्वजनिक

गरिसकेको छ। यसअनुसार कर्मचारीले वैशाख १८ सम्ममा आफू कार्यरत रहेको कार्यालयमा नै सरुवा चाहने स्थानीय तह तोकी निवेदन दिन सक्नेछन्।  यसरी निवेदन दिदाँ कर्मचारीले ५ जिल्लाका कुनै १५ स्थानीय तहको नाम निवेदनमा उल्लेख गर्नु पर्नेछ। सो निवेदन जिल्ला

समन्वय समितिमार्फत २१ वैशाखभित्रै सम्बन्धित सेवा सञ्चालन गर्ने मन्त्रालयमा पठाएपछि सरकारले कर्मचारीकाे स्थानीय ठेगाना र आवश्यकता हेरी सकभर माग गरेकै स्थानीय तहमा खटाउनेछ।
राजधानी दैनिक

Credit : raranews.com

यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले

काठमाडौँ, ६ बैशाख- व्यवसायीलाई आन्दोलनमा उत्रिन आह्वान गरिरहेका समितिले धमाधम खाताबाट पैसा निकाल्न थालेका छन्

सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् ।

बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बैंक प्रयोग गरी करिब ३ करोड निकालिसकेका छन् । सरकारी कार्यालयमा दर्ता भएका कुनै पनि संस्था–समितिले विनाकारण एकैपटक त्यति ठूलो परिमाणमा पैसा निकाल्न पाउँदैनन् । तर, यातायात व्यवसायी समितिले मुद्दती खाताबाट करोडौँ पैसा निकाल्न थालेका हुन्,

नयाँ पत्रिका

Credit : raranews.com

यो वर्ष युएईमा रहेको नेपाली दूतावास कुन कुन दिन बन्द हुन्छ ? (तालिका)

एईमा रहेको नेपाली दूतावासले यस वर्ष कार्यालय बन्द हुने दिनहरु सार्वजनिक गरेको छ । सेवाग्राहीले समस्या भोग्न नपरोस भनेर प्रधानमन्त्री कार्यालयबाट आएको परिपत्र अनुसार वार्षिक बिदाका दिन सार्वजनिक गरिएको हो ।

दूतावासको वेवसाइट, सूचना पार्टी तथा सामाजिक सञ्जाल मार्फत बिदाका दिन सार्वजनिक गरिएको छ । विदेशस्थित नियोगले सम्बन्धित देशका सार्वजनिक बिदा समेतलाई ख्याल गरी सालभरमा बढीमा १८ दिन बिदा आफैंले व्यवस्थापन गर्न सक्ने व्यवस्था छ ।

त्यसै अनुसार २०७५ सालभरीमा १७ दिन दूतावास बन्द हुने द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिनुभयो ।

बिदा हुने दिनहरु 

Credit : onlinepana.com

जिल्ला स्तरीय खुल्ला नकआउट टि–ट्वान्टी क्रिकेट समुद्घाटन खेलमा भण्डारा वारियर्सले विजयी

पूर्वी चितवनको खैरहनीमा आज (बुधबार)देखी सुरु भएको जिल्ला स्तरीय खुल्ला नकआउट टि–ट्वान्टी क्रिकेटमा भण्डारा वारियर्सले विजयी सुरुवात गरेको छ ।

खैरहनीको गौचरन खेल मैदानमा भएको समुद्घाटन खेलमा भण्डाराले बहेरा स्पोर्टस् क्लवलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस जितेर बहेराले फिल्डिङ राजेपछि पहिले व्याटिङमा उत्रिएको भण्डारा वारियर्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४७ रन जोडेको थियो । भण्डाराका लागि आर्य महतोले ३४, पवन थापाले ३२ र सशिल थापा मगरले नटआउट २० रन बनाए । बहेराका आशिष सेढाईले ३ विकेट लिए १४८ रनको लक्ष्य लिएर मैदान उत्रिएको बहेरा १४ ओभरमा मात्रै ४५ रन बनाएर अलआउट भयो ।

भण्डाराका ध्रुव खत्रीले ३ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) खैरहनी नगरकमिटि र रत्ननगर नगरकमिटिको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेता टिमले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।प्रतियोगिताको आज एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समुद्घाटन गर्नुभएको थियो ।

समुद्घाटन कार्यक्रम वाईसिएल खैरहनीका अध्यक्ष विकास श्रेष्ठ र रत्ननगरका अध्यक्ष सिजन बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Credit : onlinepana.com

साफ च्याम्पियन्ससिपमा नेपाल समूह ‘ए’ मा

आगामी सेप्टेम्बर ४ देखि बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ।

बंगलादेशको ढाकामा बुधबार भएको सार्वजनिक ‘ड्र’ मा नेपाल आयोजक बंगलादेश, पाकिस्तान र भुटान सम्मिलित समूह ‘ए’ मा परेको हो।

यस्तै समुह ‘बी’ डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका छन्। च्याम्पियनपसिपमा दक्षिण एसियाका ७ टोलीको सहभागिता रहनेछ । यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ भएको हो।

Credit : onlinepana.com

मन्त्रिपरिषद्को बैठकका निर्णयः १२ मन्त्रालयका ६ विभाग खारेज

सरकारले संघमा रहने मन्त्रालयको विभाग र कर्मचारी दरबन्दी घटाउने सन्दर्भमा हालसम्म १२ वटा मन्त्रालय मातहातका ४० विभाग रहेकामा त्यसलाई घटाएर ३४ कायम गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यसरी विभागको संख्या घट्दा २६ दशमलव ७६ प्रतिशत अर्थात ९४६ कर्मचारीको दरबन्दी कटौती हुनेछ । अरु २१ वटा विभागको बारेमा छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको उनले बताए ।

यस्तै सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए ।

चिनीको हाल भन्सार मूल्य १५ प्रतिशत कायम रहेको छ । नयाँ भन्सार मूल्य अब तुरुन्तै लागू हुने राज्यमन्त्री बाँस्कोटाले बताए । सरकारले उखुको मूल्यमा प्रति क्वीन्टल पाँच रुपैयाँ ५६ पैसाका दरले वृद्धि गरेको छ । उखु किसानलाई राहत दिने उद्देश्यले उखुको मूल्य प्रति क्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा कायम गरेको हो ।

हाल उखु प्रति क्वीन्टल ५३१ रुपैयाँमा बिक्री हुँदै आएको छ । उखुको मूल्यसँगै चिनीको कारखाना उत्पादन मूल्य प्रतिकिलो ७० रूपैयाँबाट मूल्य बढ्न नदिन आवश्यक संयन्त्र निर्माण गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए । नयाँ पत्रिकाबाट

Credit : onlinepana.com

एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैनः नेपाल

बर्दिवास : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् ।  महोत्तरीको बर्दिवासमा आज नेकपा (एमाले) बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभई एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकीकरण नटर्ने बताए ।

“दुवै कम्युनिष्ट पार्टीबीच एकीकरणको कुरा अब घोषणा हुन् मात्र बाँकी छ”, उनले भने । दुवै पक्षका नेताहरुको व्यस्तताका कारण एकीकरणको कामले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो । वैशाखभित्रै एकीकरण घोषणा भइसक्ने उनले दाबी गरे ।

“दुबै पक्षका कार्यकर्ता र जनता एकीकरण पर्खेर बसेका छन्”, नेपालले भने, “यो पर्खाइ अब खेर जाँदैन ।”

प्रदेश नं २ को विकास र समृद्धिका लागि वामगठबन्धन र वर्तमान सरकारले योजनाबद्ध काम थाल्ने नेता नेपालले बताए । “हामी निकट भविष्यमै प्रदेश नं २ मा बृहद् उद्यम भेलाको आयोजन गर्दैछौँ”, उाले भने । प्रदेश नं २ को विकासका लागि सङ्घीय सरकार प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको नेपालको भनाइ थियो ।

नेता नेपालले बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय पुगेर आर्थिक रुपले कमजोर दुई बालबालिकालाई विद्यालय भर्ना गराई स्वेच्छिक अभिभावकत्व लिएका छन् । औरही–१ की सात वर्षीया सवनम खातुन र बर्दिवास–१४ का पाँच वर्षीय कृष्ण महराको अभिभावकत्व उनले लिएका हुन् । सबनम कक्षा एकमा तथा कृष्णलाई बाल कक्षामा भर्ना गरिएको छ ।

Credit : raranews.com

मुसहर र माझी बालकलाई प्रचण्डले गरे विद्यालय भर्ना

चितवन, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गरेका छन् ।

बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा एक कार्यक्रमकाबीच सोही क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकलाई अभिभावकत्व ग्रहण गर्दै प्रचण्डले विद्यालय भर्ना गरेका हुन् ।
अध्यक्ष प्रचण्डले विद्यालय भर्ना गरेका बालकहरुको नाम पत्रुस मुसहर र अरुण माझी रहेको छ ।

Credit : raranews.com