“गुड नेवर्स इन्टरनेशनलद्धारा प्रसुति गृहलाई उपकरण हस्तान्तरण”

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको आयोजनामा राजापुर नगरपालिका वार्ड नंं.—१, मा अवस्थित दौलतपुर स्वास्थ्य चौकीलाई सोलार सहितको बिद्युतिय इन्भरटर सेट औपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ ।

सोही अवसरमा रु ५५,५००÷— को उपकरण राजापुर न.पा. वाड नंं.—१, का वडा अध्यक्ष श्री खुशीराम
थारु ज्युबाट स्वास्थ्य चौकीको प्रमुख श्री बिजय कुमार शाह ज्युलाई हस्तान्तरण गर्नु भएको थियो ।

सोनाहा विकास समाजको अध्यक्ष श्री शान्ती सोनाहा ज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजापुर न.पा.—१, का वडा अध्यक्ष श्री खुशीराम थारु, गुड नेवर्स इन्टरनेशनल नेपाल बर्दियाका संयोजक श्री नारायण चौधरी, स्वास्थ्य चौकीको प्रमुख श्री बिजय कुमार शाह,र अनमी श्री गोमा आचार्य लगायतका ब्यक्तिहरुले मन्तव्य दिनु भएको थियो ।

गुड नेवर्स इन्टरनेशनल नेपालकै सहयोगमा उक्त स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति गृह संचालनकालागि भवन निमार्ण तथा प्रसुती सामाग्री सहयोग भएको थियो ।

सोनाहा विकास समाजको सहजता तथा समन्वयमा गत २०७४ पौष, १७ मा संचालन आएको उक्त प्रसुति केन्द्रमा सेवालाई प्रभावकारी तथा नियमित र गुणस्तरिय बनाउनका साथै बिजुली नभएको बेलामा पनि सेवा प्रदान गर्न सक्ने उद्धेश्यले उक्त सामाग्री मिति २०७५ साल जेठ १७ गतेका दिन हस्तान्तरण गरिएको थियो ।

Credit : onlinepana.com

एआईको लागि नयाँ चिप्स बनाउँदै फेसबुक

लोकप्रिय सामाजिक सञ्जाल कम्पनी फेसबुकले भिडयोको विषयवस्तुहरुको विषयमा अध्ययन गर्ने तथा छनोट गर्ने चिप्स निर्माण गर्ने भएको छ । शुक्रबार फ्रान्सको पेरिस सहरमा एक सम्मेलनमा बोल्दै फेसबुका एआई प्रमुख यान लेकुनले फेसबुकको योजना सार्वजनिक गरेका हुन् ।

परम्परागत हिसाबमा भिडियोहरुको विषयमा अध्ययन तथा अनुसन्धानमा धेरै समय तथा ऊर्जा खर्च हुने भएकोले यस किसिमको चिप्स निर्माण गर्न लागिएको हो । अघिल्लो महिनामा ब्लमवर्गले फेसबुक कम्पनीले आफ्नै सेमिप्रोसेसर निर्माण गरिरहेको विवरण सार्वजनिक गरेको थियो ।

फेसबुकले अहिले इन्टेलको कम्प्युटरको माध्यमबाट आफ्नो धेरै एआईका सेवाहरु प्रदान गरिरहेको छ । यस्तोमा फेसबुक नयाँ विशेष किसिमको चिप्स बनाउने योजनामा अघि बढेको हो ।

यसले भिडियोको माध्यमबाट कसैले आत्महत्याको प्रयास गरेको वा अन्य कुनै किसिमको हिंसाको प्रयास गरेको पनि छिटो पत्ता लगाउन सकिन्छ । साथै आतंकवादी गतिविधिहरुलाई बढावा दिने किसिमको कार्य गरेको खण्डमा पनि त्यसलाई पहिचान गरी हटाउन सकिने फेसबुकले बताएको छ ।

पछिल्लो समय व्यापकमात्रामा फेसबुकमा फोटो तथा भिडियोको क्रम बढेको अवस्थामा फेसबुकले उक्त विवरणहरुलाई सन्तुलनमा राख्नका लागि जीपीयू र एएमडी जस्ता प्रोसेसरको सहयोग लिँदै आएको छ  ।
अहिले एप्पल, गुगल र अमेजनजस्ता कम्पनीहरु विशेष किसिमको चिप्सको सहयोगमा एआई सेवालाई थप विस्तार गर्ने दिशामा अघि बढिरहेका छन् ।

Credit : onlinepana.com

मनोरेलका लागि काठमाडौंका कुन-कुन स्थानमा हुदै छ सम्भाव्यता अध्ययन ?

राजधानीका तीन स्थानमा मोनोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरू भएको छ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी कार्यक्रमअनुसार तीन स्थानबाट रेल सञ्चालन गर्ने गरी सम्भाव्यता अध्ययन शुरू भएको हो।

काठमाडौंका तीलगंगा–नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन शुरू गरेको हो।

कामपा सार्वजनिक निजी साझेदारी इकाइ (पीपीपीयू) प्रमुख महेश काफ्लेले तीन ठूला कम्पनीले अध्ययन शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल काठमाडौं महानगरपालिकामा तीनवटा मोनोरेल सञ्चालन गर्ने प्रस्ताव अघि बढेको छ।

रिङरोडका लागि चाइना रेल्वे कम्पनी (सीआरसीसी भन्ने चाइनाको कम्पनी) महानगरपालिकाभित्र बग्ने नदी किनारालाई आधार बनाएर चीनकै चाइना रेल्वे सियुयान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड र बिवाइडीका नेपाली प्रतिनिधि साइमेक्सले कलंकीदेखि तीलगंगासम्म मोनोरेल बनाउने प्रस्ताव अघि बढाएका छन्।

कामपाभित्रको धोवीखोला, विष्णुमती र बागमती नदी किनारामा मोनोरेल सञ्चालन गर्ने तयारी गरेको कम्पनीले सम्पूर्ण प्रस्ताव तयार गरी कामपासमक्ष पेस गर्ने र कामपासँग सम्झौता गरी कम्पनीकै नामबाट रेल सञ्चालन गर्ने जनाएको छ।

त्यस्तै रिङरोडमा मोनोरेल सञ्चालन गर्न इच्छुक कम्पनीले अध्ययन शुरू गरिसकेको छ।

कलंकी–तीलगंगाको कम्पनीले पनि अध्ययन शुरू गरी प्रतिवेदन बुझाउने तयारी गरेको इकाइको भनाइ छ। नेपाल समाचारपत्रमा खबर छ ।

Credit : onlinepana.com

आजदेखि नौतपा, ग्रहरुको चालगति फेरियो, अत्यधिक गर्मी, वर्षा, आँधी, हुरी र बाढीको उच्च खतरा

ज्योतिशास्त्र मान्नेहरुका लागि आजदेखि नौतपा शुरु हुन गइरहेको छ ।नौतपमा सूर्य रोहिणी नक्षत्रमा प्रवेश गर्ने गर्दछ । यो अवस्था २५ मे देखि २ जुनसम्म कायम रहनेछ ।ज्योतिषशास्त्रका अनुसार, यो वर्ष मंगल र केतुको संयोगबाट गर्मीको भीषणाता निकै हुने छ ।

सूर्य रोहिणी नक्षत्रमा ८ जुन सम्म रहने छ । यो वर्ष मंगल र केतुको संयोग रोहिणीमा हुँदा प्राकृतिक विपदाको अवस्थ देखिन्छ । ज्योतिशसास्त्रमा यसलाई रोहिणी गल्ने पनि भनिन्छ । त्यसैले भारी वर्षा हुने सम्भावना रहेको छ ।

अत्यधिक गर्मी, आँधी तुफानको खतरा भएकोले सावधानी अपनाउन ज्योतिशासास्त्रीले बताएका छन्यतिमात्रै होइन यो अवस्थामा राजनीतिक दुर्घटना, आगलागी, पनि हुने सम्भावना रहन्छ ।

विज्ञानका आँखामा नौतपा

वैज्ञानिकहरुका अनुसार, नौतपाको अवस्थामा सूर्यका किरण सोझै पृथ्वीमा आउने गरको कारण पृथ्वीको तापमान बढ्ने गर्दछ । अत्यधिक गर्मीका कारण तराई क्षेत्रमा निम्न दबाबको क्षेत्र बन्ने गर्दछ । यो क्षेत्रले समुन्द्रका छालहरुलाई आकर्षित गर्दछ ।

ज्योतिशास्त्रका आँखामा नौतपा

ज्योतिशसास्त्र अनुसार रोहिणी नक्षत्रको स्वामीग्रह चन्द्रमा र देवता ब्रम्हा हुन । सूर्य भने ताप र तेजको प्रतिक मानिन्छ । चन्द्रमा शितलताको । चन्द्रमाबाट पृथ्वीलाई शीतलता प्राप्त हुन्छ ।

त्यसैले जब सूर्य चन्द्रको नक्षत्र रोहिणीमा प्रवेश गर्छन् यसबाट त्यो नक्षत्रलाई पूर्णरुपमा आफ्नो प्रभावमा लिने गर्दछन् । जसले गर्दा पृथ्वीलाई शीतलता प्राप्त हुँदैन । त्यसो त सूर्य १५ दिनसम्म रोहणी नक्षत्रमा भ्रमण गर्छन् तर शास्त्रीय मान्यताका अनुसार, शुरुका नौ दिन नै नौतपा अन्तर्गत मानिन्छन् ।

Credit : onlinepana.com

सामसुङ–एप्पल लडाइँ : एप्पललाई ५३.९ करोड डलर तिर्न सामसुङलाई आदेश

 

एप्पल कम्पनीलाई ५३.९ करोड अमेरिकी डलर तिर्न दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई अमेरिकी अदालतले आदेश दिएको छ । एप्पल आइफोनका विशेषताहरु चोरेको आरोपमा अदालतले सो निर्णय सुनाएको हो ।

दुई ठूला स्मार्टफोन निर्माता कम्पनीबीच लामो समयदेखि कानुनी लडाइँ चल्दै आइरहेको थियो । सन् २०११ मा सामसुङमाथि आफ्नो पेटेन्ट उल्लंघन गरेको आरोप एप्पलले लगाएपछि यो विवाद सुरु भएको थियो । एक वर्षपछि सामसुङले एप्पललाई १.०५ अर्ब डलर तिर्नुपर्ने निर्णय सुनाइए पनि दुवै कम्पनीले उक्त आदेशमा चित्त नबुझाएकाले कानुनी लडाइँमा छन् ।

एप्पलका तीन वटा डिजाइन प्याटेन्ट उल्लंघन गरेका भन्दै ५३.३३ करोड डलर र दुई वटा फङ्सनको प्याटेन्ट उल्लंघन गरेको भन्दै बाँकी रकम तिनुपर्ने बताइएको थियो । एप्पलले वक्तव्य जारी गर्दै अदालतको निर्णयको स्वागत गर्दै अब सामसुङले आफूलाई सो रकम तिनुपर्ने बताएको छ ।

यो मुद्दा पैसाको विषयभन्दा पनि एप्पलमा काम गर्नेहरुको मेहनतको सवाल भएको एप्पलले बताएको छ । सामसुङले भने आफूले २.८ करोड डलर मात्र तिर्नुपर्ने तर्क गर्दै आइरहेको छ ।

Credit : newskoseli.com

इलाममाप्याराग्लाइडिङको परीक्षण उडान

पर्यटकीय क्षेत्रमाप्रचुर सम्भावनाबोकेको इलाममाप्याराग्लाइडिङको सफल परीक्षण उडान गरिएको छ ।

सूर्योदयनगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्मबुधबार सफल परीक्षण उडान गरिएको हो ।

इलाममाप्याराग्लाइडिङले थपपर्यटक भित्ररयाउन सहयोग पु¥याउने पर्यटन व्यवसायीले आशालिएका छन् ।

Credit : onlinepana.com

भौगोलिक विकटता परिचयपत्रको बाधक

बाजुराको हिमालीगाउँपालिकाकाअधिकांशअपाङ्गताभएकाव्यक्तिले जिल्ला सदरमुकाम सम्मपुगेर अपाङ्गता परिचयपत्रलिननपाएको गुनासो गरेका छन् । भौगोलिक रुपमा विकट रहेको मालीगाउँपालिकाका अपाङ्गता भएकाव्यक्तिले गाउँबाट जिल्ला सदरमुकामपुग्न टाढा भएकै कारण समयमै अपाङ्गता परिचयपत्रनपाएको र राज्यबाट पाउने सुविधाबाट बन्चीतहुनु परेको गुनासो गरेकाहुन् ।

हिमालीगाउँपालिका वडा नं १ देउसैनकाविरबहादुर थापाका सातजनाजहानमध्येपाँचजनाअपाङ्गताभएका छन् । आमाबुवाले बोल्न सक्दैनन् र श्रवण शक्तिगुमेको छ भने तीनजना छोरा छोरीले आँखा देख्न सक्दैनन् ।

आमाबुवाबोल्ननसक्ने, आफूले आँखानदेख्ने भएकाकारण अरु भाईबहिनीलाई जिल्लामालिएर परिचयपत्रबनाउननसकेको विर बहादुरलेगुनासो गर्नुभयो । २५ बर्षकाविर बहादुरले आफन्तको सहयोगमा परिचयपत्रबनाएपनिउहाँकी २० बर्षिया बहिनीअन्जनाथापा र सातबर्षकाभाई विशालथापाको परिचयपत्रबन्न सकेको छैन ।

सोहि ठाउँका लालबहादुर थापाकीदुई जुम्ल्याहा छोरी पनिजन्मदेखि नै दृष्टिविहिन छन् । पाँचबर्षकीधर्मकला र कर्मकलादुवैले आँखानदेखेपछि उनीहरुलाई जिल्ला सदरमुकाम सम्म लगेर परिचयपत्रबनाउन समस्याभएको थापाले बताउनुभयो । हुम्लाजिल्लाको सिमामा पर्ने बाजुराको हिमालीगाउँपालिकाको वडा नम्बर तीनमा पर्ने गुम्वागाउँका स्थानीयले जिल्ला सदरमुकाममार्तडी पुग्नचार दिनलाग्ने भएकै कारण नागरिता समेत लिननपाएको गुनासो गरेका छन् ।

गाउँका २८ जनाको मात्रनागरिकताबनेको र करिव ५० जनाको नागरितानबनाएकाले मतदान समेत गर्न नपाएको गुनासो गुम्वाका कृष्ण लामाले गर्नुभयो । उहाँले गाउँकाअपाङ्गताभएकाव्यक्तिले समेत टाढा भएकै कारण परिचयपत्रनपाएको बताउनु भयो ।

यताहिमालीगाउँपालिकाकाअध्यक्षगोविन्दबहादुर मल्लले जिल्लाप्रशासनकार्यालय बाजुरासंग हिमाली गाउँपालिकामाशिविर सञ्चालनकालागिआग्रहगरिरहेको बताउनु भएको छ । प्रमुखजिल्लाअधिकारीसंग यस विषयमा कुरा भएको र यहि जेठ महिनाभित्रै शिविर सञ्चालनगरि नागरिकता, अपाङ्गता परिचयपत्रलगाएतकाकागजबनाउन पहलगरिने बताउनुभयो ।

Credit : onlinepana.com

मेगा बैंकमा इन्टरनेटबाटै खाता खोल्न सकिने सुबिधा

मेगा बैंक नेपाल लिमिटेडले स्वदेश तथा विदेशमा रहेका ग्राहकले इन्टरनेटबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । ग्राहकलाई नविनतम सुविधा थप्दै जाने क्रममा बैंकले स्वदेशी तथा विदेशी नागरिकलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको जनाएको छ।

यो सुविधापछि अब नयाँ ग्राहकले कार्यालयमै आएर खाता खोल्नुपर्ने बाध्यताको अन्त्य भएको बैंकले जनाएको छ ।

मेगा बैंकमा खाता खोल्न चाहने ग्राहकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन खाता खोल्ने सुविधा ल्याएको बैंककी निमित्त सिइओ रविना देशराज श्रेष्ठले बताएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Credit : onlinepana.com

बहिरा महिलाहरुलाइ चार महिने गुडिया तथा बुटिक बनाउने तालिम सुरु

कास्कीका बहिरा महिलाहरुलाइ चार महिने गुडिया तथा बुटिक बनाउने तालिम शनिवारदेखी सुरु भएकाे छ । बहिरा संघ अन्तरगत बहिरा महिला विकास समितिकाे अायाेजनामा सुरु भएकाे तालिमकाे सामाजिक अभियन्ता तथा अधिवक्ता सुष्मा पाैडेलले उद्घाटन गर्नुभएकाे हाे ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य समेत रहेकी पाैडेलले तालिमको उद्घाटन गर्दै यस्ता तालिमले महिला सशक्तीकरणमा सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे साथै सिकेकाे सिप व्यवसायीकरण गर्न अनुराेध गर्नुभयाे ।

उहाले अपांगता भएकालाई माया भन्दा अवसर र उत्प्रेरणाकाे खाचाे भएकाे भन्दै अपांगता भएकाहरुलाइ सरकारले शिप र शिक्षाकाे निशुल्क व्यवस्था गर्नुपर्ने अावश्यकता अाैल्याउनु भयाे । त्यस्तै राष्ट्रिय बहिरा महासंघका वरिष्ठ उपाध्यक्ष जमानसिंह गुरुङले बहिराहरुलाइ सरकारले उपेक्षा गरेकाे भन्दै अपांगलाइ माया हाेइन अवसर दिनुपर्नेमा जाेड दिनुभयाे । साथै अपांगता भएका संस्थाहरु धेरै छरिलिनु भन्दा एकिकृत हुनुपर्ने अावश्यकता अाैल्याउनु भयाे ।

संघमा उपाध्यक्ष कृष्ण बरालले वहिरा र अन्यलाइ कामका अाधारमा पारिश्रमिक दिन भेदभाव गर्न नहुने धारणा व्यक्त गर्नुभयाे । कार्यक्रममा युवा नेता शेखर गाैतमले फरक क्षमता भएका व्यक्तिहरुलाइ राज्यले उचित सम्मान र व्यवस्थापन गर्नुपर्नेमा जाेड दिनुभयाे । त्यस्तै पाेखरा उद्योग बाणिज्य संघका सदस्य गिता तिवारीले उद्योग बाणिज्य संघले सहयाेग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयाे ।

तालिममा प्रशिक्षक शशि श्रेष्ठ ,सुमित्रा श्रेष्ठ ,पाेखरा व्यवसायी महिला क्लवका रजनी श्रेष्ठ,सृजना बहिरा अावासिय मा.वीका सहप्राध्यापक राजेन्द प्रसाद शर्मा ,सल्लाहकार चन्द्रकान्त पाैडेल, संस्थापक महिला सदस्य रश्मिला तुलाचन,जर्मनी नागरिक करिना,राेविन लगनयतले बाेल्नुभएकाे थियाे ।

समितिका अध्यक्ष प्रमिला थकालीकाे अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य प्रशिक्षार्थी कान्ता लामिछानेले व्यक्त गर्नुभएको थियाे भने सहभागी जशाेधा कडेलले वाेल्नुभएकाे थियाे भने कार्यक्रमकाे संचालन पार्वती भुजेलले गर्नुभएको थियाे ।

कार्यक्रममा दाेभाषेकाे सहजिकरण रुद्र बहादुर पहारीले गर्नुभएको थियाे । पाेखरा लेखनाथ महानगर पालिकाकाे सहयाेगमा संचालित चार महिने तालिममा १० जना भन्दा वढि सहभागी भएका छन् ।

Credit : onlinepana.com

प्रेम विवाह बन्यो मृत्युको कारण : फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या

प्रेम विवाह घरपरिवारले अस्वीकार गरेपछि फेसबुकमा सुुसाइड नोट लेखेर अर्घाखाँचीका एक युवाले आत्महत्या गरेका छन्।  सन्धिखर्क नगरपालिका ११ डिभर्ना जोगिमारेका एक युवाले आफ्नो प्रेम विवाह घर परिवारले अस्वीकृत गरेको भन्दै फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्।

डिभर्नाका २३ वर्षीय सम्राट भुसाल भन्ने नारायण प्रसाद भुसालले फेसबुकमा स्टाटस लेखेर सन्धिखर्क वडा नम्बर २ को त्रिवणी होटेलको कोठामा आत्महत्या गरेका हुन्। भुसालले त्रिवणी होटेलको दुई तल्लामाथि कोठामा आत्महत्या गरेको अवस्थामा प्रहरीले  फेला पारेको हो।

सन्धिखर्क नगरपलिका वाङ्ला आमडाँडाकी शुष्मा क्षत्रीलाई दुईहप्ता अगाडि प्रेम विवाह गरेका थिए। उनको प्रेम विवाहलाई घरपरिवारले अस्वीकृत गरेका थिए। भुसालले फेसबुकमा स्टाटस लेखेपछि आफ्नो केटी साथी शुष्मासँग  झण्डै २५ मिनेट होटेलमा बसेका थिए। उक्त समयमा उनिहरुले फेसबुकमा लेखेको स्टाटस समेत हटाएका थिए। उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेर फेसबुकमा पोष्ट गरेका थिए।

होटेलमा उनले एक जना बस्ने भनेर आफ्नो नाम लेखाएका थिए। शुक्रबार बिहान अबेरसम्म बाहिर खाजा खान नआएपछि त्रिवणी होटेलका कर्मचारी हेर्न जाँदा झुन्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदिप डिसीका अनुसार उनका भिनाजुले फेसबुकमा स्टाटस लेखेको देखेर प्रहरीलाई समेत खबर गरेका थिए। भुसालले फेसबुकमा जिन्दगी जिउन धेरै गारो भएको जस्ता बिभिन्न खालका स्टाटस लेखेका थिए।   उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेका थिए।

अर्घाखाँची जिल्लामा पछिल्लो समय आत्महत्याका घटनामा बृद्धि भएको देखिन्छ। पछिल्लो समयमा अर्घाखाँचीमा आत्महत्या गर्नेको सख्यामा ह्वात्तै बृद्धि भएको छ।  जिल्लाको अबस्था हेर्दा गएको १५ बर्षदेखि लिएर ६० बर्ष माथीका समेतले आत्म हत्या गरेका छन्। जुन अघिल्लो बर्षको तुलनामा ४३ प्रतिशतले बढी हो।

  जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको तथ्यांक अनुसार गत साउनदेखि अहिलेसम्म  ४२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताए। उनका अनुसार  आर्थिक बर्ष २०७३।७४ मा २८ जनाले आत्महत्या गरेका थिए। यस बर्षको बिष्लेषण गर्दा आबेशमा आएर १८, गरिबीको कारण ३ , दीर्घ रोगका कारण ३ र अन्य कारणबाट १६ जनाले आत्महत्या गरेका छन्।

मानिसहरुमा आउने मानसिक तनाब, डिप्रेसन, नकारात्मक सोच, वातावरणिय तत्व, असफलता, उमेरगत रुपमा हुने शारिरिक विकास, मानिसले जन्मजात रुपमा लिएर आएको सम्बेग तथा उतेजनाको कारणले पनि आत्म हत्या गर्छन्।  मानिसले सकारात्मक सोचको सट्टा नकारात्मक सोच लिदा पनि आत्महत्या गर्ने अबस्था सृजना हुन्छ।

अर्घाखाँची जस्तो पहाडी जिल्लामा १०  महिनामा ४२ जनाले आत्महत्या गरेको बिषयलाई चानचुनको रुपमा लिन नहुने प्रहरीको ठम्याई छ।

इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालले आत्महत्या गर्नु अघि मानिसले केही न केही संकेत गर्ने गरेको बताउँछन्। ‘परिवार साथीभाईले त्यस्ता सकेंत बुझेर बचाउनतर्फ लाग्नुपर्छ’ उनले भने।

Credit : onlinepana.com