एनएमबि बैंक र क्यान्सर अस्पतालबीच सम्झौता

एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र सँग विभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।

सम्झौतामा एनएमबि बैंकका प्रमुख व्यापार अधिकृत सुदेश उपाध्याय र अस्पतालका कार्यकारी प्रमुख डा. सुदिप श्रेष्ठले संयुक्त हस्ताक्षर गरे । यस अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट विभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

सम्झौता अनुसार एनएमबि भिसा डेविट तथा एनएमबि क्रेडिट कार्डको प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्कृनिङ प्याकेज, रेडियोलोजी, ल्याब्रोटरी र बेड शुल्कमा १० प्रतिशत र रेडियसन थेरापी र ब्रेचथेरापीमा ७ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता विभिन्नखाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।

Credit : onlinepana.com

फेसबुक पनि बूढो भो !

 

सन् २०१५ मा १३ देखि १७ वर्ष उमेर समूहका ७१ प्रतिशत अमेरिकी इन्टरनेट प्रयोगकर्ता नियमित फेसबुक प्रयोग गर्थे । सन् २०१८ मा भने फेसबुकलाई जित्दै नयाँ पुस्तामाझ युट्युब, इन्स्टाग्राम लोकप्रिय बनेका छन् ।

अध्ययन प्रतिवेदन अनुसार ‘टिएनजर’ हरु आफ्नो स्मार्ट फोनमा सबैभन्दा बढी युट्युब प्रयोग गर्न रुचाउँछन् । अमेरिकी अनुसन्धान संस्था पिउ रिसर्चको भर्खरै प्रकाशित एक रिपोर्टले भन्छ– अहिले १३ देखि १७ वर्ष उमेर समूहका ठूलो संख्याका अमेरिकी प्रयोगकर्ताको फेसबुक एकाउन्ट त छ तर उनीहरु यसको प्रयोग विरलै गर्छन् । उनीहरुको रोजाइमा अरु नै छन् ।

यो सन्दर्भ नेपालीसँग पनि मिल्छ कि भन्ने प्रश्नका साथ यो खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

झापाका १४ बर्षका रेमन प्रसाई बालकले एन्टी ह्याकिङ सफ्टवेयर बनाए लगत्तै गुगलले ३० लाख तिरेर किन्यो

रेमन प्रसाई उमेरले जम्मा १४ बर्षका भए । तर उनको काम कुनै ठूलो मान्छे वा पाको मान्छेको भन्दा कम छैन । रेमनले बनाएको एन्टी ह्याकिङ सफ्टवेयर गुगलले ३० लाख रुपैयाँ दिएर किनेको छ ।

दमकको सिद्धार्थ बोर्डिड स्कुलमा कक्षा–९ मा अध्ययन गर्ने रेमनले घरैमा कम्प्युटर चलाउँदै अनलाईनमा आएका विभिन्न कुरा सिक्दै गएँ, कति आइडिया त्यहींबाट सिकेर यो सफ्टवेर बनाएको प्रतिक्रिाया दिएका छन् ।

सफ्टवेयर बनाएपछि गुगलमा अनलाइनबाट नै पठाएको र गुगलले परीक्षणका लागि विभिन्न प्रकृयाहरू पूरा गरेर अन्तत ३० लाख रुपैयाँ तिर्न राजी भएपछि रेमनले ३० लाखमा बेचेका हुन् । सात महिनासम्म निरन्तर मेहनत गरेर बनाएको सफ्टवेयरको नाम उनले ‘रेमेक्स’ राखेका छन्।

सफ्टवेयरले महत्त्वपूर्ण दस्तावेज तथा सुचनाहरूको गोपनियतालाई रक्षा गर्ने बताए । संसारभर बनिएका ह्याकिङ् ‘ट्रिक्स’भन्दा रेमेक्स सफ्टवेयर बलियो भएकै कारण गुगलले पनि पत्याएको उनले बताए ।

Credit : onlinepana.com

अब सबै विद्यालय र स्थानीय तहमा इन्टरनेट पुर्‍याइने

आगामी आर्थिक वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा पुर्‍याइसक्ने महत्त्वकांक्षी योजना सरकारले अघि सारेको छ ।

आगामी आर्थिक वर्षभित्र सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गरेका हुन् । नेपालका १ सय ५० भन्दा बढी गाउँपालिकामा इन्टरनेट सेवाको अभावमा बैंकहरू सञ्चालनमा आउन नसकेको सरकारी तथ्यांक छ ।

सुशासन र समृद्धिको संकल्पलाई अघि बढाउन पनि सबै स्थानीय तहमा तत्काल इन्टरनेटको व्यवस्था गर्न लागिएको मन्त्री बाँस्कोटाले प्रष्ट्याएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले देशभरका सबै सामुदायिक विद्यालयहरूमा समेत आगामी आर्थिक वर्षभित्रै इन्टरनेट सेवा सञ्चालनमा ल्याइसकिने तयारी गरिएको जानकारी दिएका हुन् ।

नयाँ पुस्तालाई प्रविधिको पहुँचमा पुर्‍याउन सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्नुको विकल्प नरहेको मन्त्री बाँस्कोटाले बताए । नेपालमा रहेका २९ हजार सामुदायिक विद्यालयमध्ये अहिलेसम्म ८ हजार विद्यालयमा मात्रै इन्टरनेट सेवा उपलब्ध छ ।

सरकारसँग पर्याप्त स्रोत–साधनको व्यवस्था नभए पनि यथेष्ट सहयोगी हातहरु रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

Credit : newskoseli.com

दुईहजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएन

नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ ।

विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको हो । विभागमा हाल १० हजार ६४४ ट्याक्सी दर्ता भए पनि आठ हजार ३५४ ले मात्र प्रिन्टर मिटर जडान गरेका छन् । दुई हजार २९० ट्याक्सीले हालसम्म पनि प्रिन्टर मिटर जडान नगरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पछिल्लो समय प्रिन्टर मेशिन जडान नगर्ने सवारीसाधनलाई विशेष कारबाही चलाएको जानकारी दिए । ‘प्रिन्टर मेशिन जडान नगरेका ट्याक्सीलाई ट्राफिक प्रहरीको सहयोगमा विभागको टोलीले अनुगमन गरेको र रु एक हजार जरिवाना तिराउँदै आएका छौँ’, उनले भने ।

पक्राउ परेका ट्याक्सीमध्ये १८० ट्याक्सीले मिटर जडान गरेको र बाँकी ३० ट्याक्सी पनि मिटर जडान प्रक्रियामा रहेको विभागले जनाएको छ ।

विभागले २०७३ पुस १७ देखि उपत्यकाका ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्ने काम शुरुवात भएको थियो । २०७४ साउनसम्म प्रिन्टर मेशिन जडान गर्ने भने पनि दुई हजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएको छैन ।

उपत्यकाका अधिकाशं ट्याक्सीमा प्रिन्टर मेशिन जडान गरे पनि यात्रुले भने बिल नपाउने गरेको गुनासो गरेका छन् भने अधिकाशं यात्रु ट्याक्सीबाट ठगिनेसमेत गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले प्रिन्टर मेशिन जडान गरेर पनि बिल नदिने ट्याक्सीमाथि महाशाखाले विशेष कारबाही गर्ने बताए । ‘प्रिन्ट बिल नदिने भए ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्नुको के औचित्य छ’, उनले भने ।

महाशाखाका प्रमुख पन्तले पछिल्लो समयमा मिटरमा जान नमान्ने तथा बिल नदिने ट्याक्सी चालकमाथि विशेष कारबाही अभियान चलाएको बताए ।हाल काठमाडौं उपत्यकामा मात्र ११ लाखभन्दा बढी र देशभर झण्डै २८ लाख सवारीसाधन आवतजावत गर्छन् ।

Credit : onlinepana.com

असार मसान्तसम्म सवारी लाइसेन्सको आवेदन बन्द

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयमा सवारी लाइसेन्स आवेदन लिने कार्य रोकेको छ। यातायात कार्यालय एकान्तकुना, सुकेधारा, जगाति, ठूलोभर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयमा आवेदन लिन रोक लगाएको हो। विभाग कुनैपनि कार्यालयलाई फारम नलिन निर्देशन दिएको छ।

अनलाइनबाट फारम भरेकाहरुको असार मसान्तसम्म ट्रायल, रिट्रायल सकेर राजश्व लगायतको हिसाव मिलान गर्नुपर्ने भन्दै चालु आर्थिक वर्षको लागि फारम लिन रोकेको जनाएको छ।

विभागका प्रवक्ता तुल्सीराम अर्यालका अनुसार फारम भरेकाहरुको ट्रायल लिन समय लाग्ने हुँदा आवको संकलित राजश्वको हिसाव मिलाउनको लागि रोक लगाएको हो।

विभागका शाखा अधिकृत राजन पोखरलेका अनुसार आजसम्म लिएका आवेदनको भने असार १५ भित्र ट्रायल तथा रिट्रायल परिक्षा हुनेछ। १५ गतेसम्म नभ्याइएको तथा त्यो भन्दा पछाडिको लागि फारम भरेकाको अनलाइन फारम भने रद्द गरिनेछ। पोखरेलका अनुसार आर्थिक वर्षको सम्पन्नसँगै साउन १ गते नियमित रुपमा आवेदन लिइनेछ।

Credit : onlinepana.com

जुम्लामा कृषिजन्य औजार उपकरण सञ्चालन तथा मर्मत सम्बन्धी २ दिने तालिम

जुम्लामा आजबाट कृषिजन्य औजार उपकरण सञ्चालन तथा मर्मत सम्बन्धी २ दिने तालिम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ सुपरजोन जुम्लाले आयोजना गरेको तालिममा नगरपालिका भित्रका किसानहरु सहभागी छन् ।

समृद्धिको लागि कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रीकरण गर्ने उद्देश्यका साथ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ स्याउ सुपरजोन जुम्लामा स्थपना भएको छ ।

२ दिने कृषि जन्य औजार उपकरण सञ्चालन तथा मर्मत सम्वन्धी किसानहरुलाई तालिम दिईएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ स्याउ सुपरजोन जुम्लाका कृषि अधिकृत जोगेन्द्र कान्दुले जानकारी दिनुभयो ।

Credit : onlinepana.com

जुनकिरीले उज्यालो देला तर, सडक सौर्यबत्ती बलेन !

बुटवल–बेलहिया व्यापारिक मार्गलाई रातिमा उज्यालो र सुन्दरता राख्ने उद्देश्यले सडकबीच भागमा राखिएका सडक सौर्यबत्तीले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् ।

सडककोबीच भागमा राखिएका सडक सौर्यबत्तीको उज्यालो जुनकिरीझैँ मधूरो टल्किने उज्यालो मात्र दिन्छन् । बुटवल बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडकमा रातिमा उज्यालो बनाएर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएका सडक सौर्यबत्ती प्राविधिक रुपमा दुई वर्ष नपुग्दै काम नलाग्ने अवस्थामा छन् ।

बुटवलको राजमार्ग चौराहादेखि भैरहवाको नेपाल भारत सीमा बेलहियासम्मको सिद्धार्थ राजमार्गलाई सरकारले व्यापारिक मार्गको रुपमा आधुनिक र फाराकिलो बनाउने काम भइरहेको छ । उक्त सडकबीचमा रहेको डिभाइडरमा पोल गाडेर राखिएका सौर्यबत्ती अहिलेसम्म साढे पाँच किलोमिटरमा राखिएको छ । सडककोबीच भागमा राखिएका यस्ता एक सय ५० सौर्यबत्ती प्राविधिक रुपले नै काम नलाग्ने अवस्थामा देखिएका छन् ।

व्यापारिक मार्गको बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलसम्मको झण्डै साढे ४ किलोमिटर खण्डमा र भैरहवामा एक किलोमिटर क्षेत्रमा एक सय ५० बत्ती राखिएको छ । व्यापारिक मार्ग आयोजनाको करीब दुई करोड रूपैयाँको लागतमा करीब दुई वर्षअघि मात्र यी बत्ती राखिएका हुन् । महेश निर्माण सेवा कम्पनीले उक्त सोलारबत्ती जडानबापतको दुई करोड रूपैयाँ भुक्तानी पाइसकेको छ ।

उक्त सोलारबत्ती जडान गरेको करीब दुई वर्षमै झण्डै ५० प्रतिशत भन्दा बढी बत्ती त बल्नै छाडेका छन् । बत्तीले उज्यालो दिन छाडेपछि आयोजना कार्यालयले मर्मतका लागि काम भइरहेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रवक्ता इन्जिनियर गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सडकमा प्रर्याप्त उज्यालो हुन नसक्नुमा सोलार बत्तीको पावर कम हुनु र प्रत्येक पोलको दुरी बढी हुनु नै मुख्य रहेको छ । सडकको डिभाइडरमा राखिएका सोलार बत्तीको पोलको दुरी २० मिटरमा रहनुपर्नेमा ३५ मिटरमा राखिएकाले पनि उज्यालो प्रर्याप्त हुन नसकेको उनको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले सडकमा रातिको समयमा पनि उज्यालो राखेर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएको सोलार बत्तीले प्रभावकारी रुपमा काम गर्न नसकेकाले यसको विकल्पमा अन्य व्यवस्था गर्नुपर्ने उनले बताए ।

व्यापारिक मार्गको अधिकांश क्षेत्र जिल्लाको तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्दछ । तिलोत्तमा नगरपालिकाका प्रमुख वाशुदेव घिमिरे आयोजनाले राखेका सोलार प्लान्ट बत्तीले प्रभावकारी रुपमा उज्यालो दिन नसकेको बताउँदै पहिले राखेका र अब नयाँ ठाउँमा राख्ने बत्ती प्रभावकारी हुने गरी राख्न आयोजनालाई आफूहरुले अनुरोध गरेको बताए ।

उनले आयोजनाले राजमार्ग क्षेत्रमा राख्ने यस्ता बत्ती पूर्णरुपले उज्यालो दिने खालको राख्ने प्रतिबद्धता जनाएको नगरप्रमुख घिमिरे बताए ।

Credit : onlinepana.com

नोकिया यसरी उदायो र डुब्यो, के सम्भव छ नोकियाको पुनरागमन ?

सन् १८६५ मा फिनल्याण्डमा बहुराष्ट्रिय कम्पनीको रुपमा नोकिया स्थापना भएको थियो । नोकिया सञ्चार, सूचना प्रविधि र विद्युतिय सामाग्रीको उत्पादक थियो ।

नोकियाको परिचय सूचाना प्रविधि र संञ्चार क्षेत्रमा बृहत रुपमा फैलियो । जब पहिलोपटक नोकियाले मोबिरा नामक मोबाईल उत्पादकलाई खरिद गरेर सन् १९८२ मा पहिलो कार फोन निर्माण गरेको थियो जसको तौल १० किलो थियो ।

सन् १९८७ मा नोकियाले मोबिरा सिरिजको मोबिरा सिटी म्यान नाम दिईएको फोन निर्माण गर्यो । ८ सय ग्राम तौल सहितको यो फोनले नोकियाको मोबाइल फोनको मार्ग उज्वल देखायो ।

सन् १९९१ म फिनल्याण्डका प्रधानमन्त्रीले नोकियाको फोनबाट पहिलो जिएसएम सेवाको फोन गरे । जसले नोकियालाई विश्व बजारमा फैलिन अघोषित प्रचार गर्यो ।

सन् १९९२ मा आफ्ना १०११ मोडलको फोन मार्फत युरोप र अमेरिकाको बजारमा नोकिया फैलियो । १९९४ सम्म पुग्दा नोकियाले सार्वजनिक गरेको २१०० मोडलको मोबाइल फोनले नोकियालाई संसारकै उत्कृष्ट फोन निर्माता मात्र बनाएन उत्कृष्ट विक्रेता पनि बनायो । ४ लाख फोन विक्रिको लक्ष्य सहित सार्वजनिक भएको यो फोन २ करोड विक्रि हुन पुगेको थियो ।

१९९९ सम्म पुग्दा मोबाईल फोनको बजार ४० मिलियन बारबरी हुन्छ भन्ने अनुमानलाई नोकियाले गलत सावित गर्दै २ सय ५० मिलियन पुर्यायो । ९० को दशकमा नोकियाले विश्व बजारको २५ प्रतिशत हिस्सा आफ्नो पोल्टामा पारेको थियो ।

सन् २००० सम्ममा विश्वभरका उत्कृष्ट २० मोबाइल मोडलको नाम लिदाँ नोकियाकै वर्चस्व हुन्थ्यो । सन् २००३ मा मोबाइल फोन बजारको ७० प्रतिशत हिस्सा नोकियाको थियो । नोकिया संसारकै ठूलो मोबाईल उत्पादक र विक्रेता कम्पनी बन्यो ।

संसारकै ठूलो यो कम्पनी बजार, विक्रि र उत्पादनको गरुगों भारी सहित मोबाइलको मार्गमा एक्लै थियो । नोकियाकै मार्ग पच्छ्याउँदै स साना कम्पनी आईरहेका थिए । जसलाई नोकियाले ख्यालै गरेन् । थोरै पूँजी र हलुको भार सहित आएका ति कम्पनीहरु नोकियाको भारी भरकम बजारलाई उछिन्दै आगाडी गए । अर्थात नयाँ प्रविधि र मोबाइल फोनको स्वरुपमा परिवर्तन गरेर आएका ती कम्पनी नोकियलाई पछाडी पार्न सफल भए ।

युरोप र अमेरिका एन्ड्रोईड, गुगलको आगमनसगैं युरोपीयन र अमेरीकन बजारबाट नोकिया विस्तारै बाहिरियो । यतिन्जेलसम्म एसियाको केही हिस्सामा भने नोकियाकै बाहुल्यता थियो । यही समयमा फेरी एप्पल पनि मोबाइल फोनको बजारमा प्रवेश गर्यो । युरोप र अमेरिकामा गुगल जस्ता मोबाईल फोन चलिरहँदा एसिया र अफ्रिकाका बजारमा भने मोट्रोला र सामसुगंले आफ्नो प्रभुत्व विस्तार गरिरहेका थिए ।

ठूलो बजार हिस्साको ह्यागंओभर सहित मोबाइल फोन बजारमा नोकिया सुस्त सुस्त गतिमा चल्न थाल्यो । विरासतको गरुगों भारी सहित नोकिया मोबाईल फोन बजारमा पछाडी पर्न थाल्यो ।

इता चीनले गरिब देशका लागि दु्रत गतिमा फिचर फोनको विकास गर्न थाल्यो । भनिन्छ जतिबेरमा नोकियाका इन्जिनियर मोबाईलको डिजाईन बनाउथे त्यो भन्दा कयौँ कम समयमा चीनमा मोबाईल उत्पादन भईसक्थे । चीनको यो दु्रत मोबाईल उत्पादन देखेर संसारभरका ठूला मोबाइल कम्पनीले आफ्ना उत्पादन कक्ष चीनमा सार्न थाले ।

२००७ सम्म नोकियाले साना ठानेका गुगल र एप्पल २०१० सम्म आईपुग्दा नोकियाको बजार हिस्सा खोस्ने ठूलो कम्पनी बने । एप्पल र गुगलको अनपेक्षित विकास देखेपछि नोकियाले पनि आफना उत्पादनमा सुधार ल्याउन प्रयास नगरेको होइन् । तर नोकियाले आफुलाई कसरी सुधार गर्ने भनेर आन्तरिक छलफलमै लामो समय खर्च गर्यो । उसको त्यही फाईदा उठाउँदै गुगल, एप्पल र सामसुगंले मोबाईल बजारबाट नोकियाको होर्डिगं बोर्ड नै हटाउनुपर्ने अवस्था सिर्जना गरे ।

गुगल र एप्पलको आगमनसंगै विश्व बजार सफ्टवेरको दौडमा थियो । तर नोकिया हार्डवेरको भारी सहित बजारमा थियो ।एप्पल र गुगलसंग ५ लाख भन्दा धेरै मोबाईल एप्लीकेसन तयार थिए । गुगलले एन्ड्रोईड सिस्टम सबैका लागि खुल्ला गरेपछि संसारभरका एप विकासकर्ताका लागि भविष्यको बाटो खुल्ला भयो । जसको फलस्वरुप संसार एन्ड्रोइस सिस्टममा गयो । ग्लोबलाईजेशनको यो छलागंमा नोकिया पछाडी पर्यो ।

नोकियाले सुधारको नाममा दैनिक आफ्ना कर्मचारी घटाउन थाल्यो । सन २०११ मा आएर आफ्नो सिईओ पनि परिवर्तन गर्यो । सिईओको परिवर्तन संगै बजारमा कमब्याक गर्ने बाटो बनाउने प्रयासमा नोकिया लाग्यो ।

संसारभर खुल्ला बजार सहित एन्ड्रोइड फैलिएको थियो । तर नोकियाले भने एन्ड्रोइडको साटो माइक्रोसफ्टको साथ रोज्यो । कम्युटिरको लागि तयार पारिएको विन्डोज मोबाईलमा राखेर नोकिया विन्डोज फोन सहित बजारमा देखियो । कम्पूयुटरको विन्डोज मोबाइलमा मानिसले रुचाएनन् । आर्थत प्रयोगकर्ताका लागि विन्डोजसंग आवश्यक सफ्टवेर नै थिएनन् । यही गुगल र एप्पलसंग संसारभरका हरेक प्रयोगकर्ताको चाहाना अनुरुपका एप्लीकेसन थिए ।

कुनै समय एकलौटी राज गरेको नोकियाको मोबाइल फोन बजार अब मोबाईल फोन एप्लीकेसनका मालिक, एप्लीकेसन विकासकर्ता र मोबाईल फोन उत्पादकको भयो । पछिल्लो समयका मोबाईल बजारका तीन महत्वपूर्ण हाँगा गुगलको एन्ड्रोईड सिस्टममा सामेल हुन आए । यसरी गुगगलले आफ्नो एन्ड्रोईड सिस्टममा सबैलाई आर्कषित मात्रै गरेन, आफुमाथि निर्भर पनि बनयो ।

यता नोकियाले सार्वजनिक गरेको विन्डोज फोनले गुगलमाथिको यो निर्भरता कम गर्न सकेन् । नोकियाको पहिलो पुनरागमन व्यर्थ सावित भयो । एन्ड्रोईडले खुला बजार रोज्यो, एप्पलले अन्तरसम्बन्धित बन्द बजार रोज्यो जहाँ तेस्रो विकल्प भएर आएको नोकियालाई कसैले रोजेनन् ।

कसले डुबायो नोकिया ?

नोकियाले सन् २०१० को अन्तमा नयाँ सिईओ ल्याएको थियो । जसको नेतृत्वमा नोकियाले बजारमा विन्डोज फोन लुमिया सिरिज सहित आफ्नो उपस्थीती देखायो । नयाँ सिईओको रुपमा आएका स्टिीफन इलप नोकियामा सिईओ बन्नु अगाडी माईक्रोसफ्टका उच्च पदस्थ कर्मचारी थिए ।

बताईन्छ की उनले नोकियाका सबै आवश्यकता बुझेर पनि माईक्रोसफ्टलाई चर्चामा ल्याउनकै लागि नोकियालाई माईक्रोसफ्टको शरणागत बनाए । नोकियाको आफ्नै अपरेटिगं सिस्टम मि गो लाई समेत बन्द गरेर उनले नोकियालाई बजारबाट झन टाढा पुर्याए । अन्तर्राष्ट्रिय समाचार अनुसार स्टिीफनले माईक्रोसफ्टको सिईओ बन्ने लोभमा नोकियालाई माईक्रोसफ्टको विन्डोज अपरेटिगं सिस्टम प्रयोग गर्न बाध्य बनाएका थिए ।

विन्डोज फोनको असफलतापछि माईक्रोसफ्टले नोकियालाई ७.२ विलियनमा खरिद गर्यो । ५० विलियनको कम्पनी ७ विलियनमा विक्री भयो । नोकिया आफ्नो मातहतमा आएपछि माईक्रोसफ्टले नोकियाको हार्डवेर प्रयोग गरेर माइक्रोसफ्छ मोबाईल बजारमा पठायो ।

विन्डोज अपरेटिगं सिस्टम सहितको यो मोबाइल पनि असफल भयो । र यसैकारण माईक्रोसफ्टले नयाँ सिईओ ल्याउनु पर्यो । माईक्रोसप्mटका नयाँ सिईओ भएर गएका सत्या नडेलाले नोकिया खरिद गर्नु र्माइक्रोसफटको सबैभन्दा ठूलो गल्ती भएको बताएका थिए ।

नोकियाको पुनारगमन ?

सन् २०१६ मा नोकियाका पुराना केही कर्मचारी मिलेर एचएमडी ग्लोबल नामक कम्पनी स्थापना गरे । यो कम्पनीले अहिले नोकियाको ब्रन्ड नेम प्रयोग गरेर मोबाईल फोन निर्माण गरिरहेको छ । अब बजारमा एन्ड्रोइड सिस्टम सहितको नोकिया फोन पाउन थालिएको छ ।

नोकियाको यो पुनरागमन निकै सानो भएपनि नोकियाको नाम लोप हुनबाट भने जोगाएको छ । अहिले नोकियाले ४ सय भन्दा धेरै वितरक संसारभर राखेको छ । जुन पहिले नोकियाले गरेको थिएन् । अहिले ३ सय भन्दा धेरै सहरमा नोकियाका सर्भिस सेन्टर पनि उपलब्ध छन् ।

Credit : onlinepana.com

अब इन्टरनेट शुल्क महँगिने…

 

सरकारले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर बुझाउनुपर्ने प्रावधान ल्याएपछि इन्टरनेट शुल्क महँगिने भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को आर्थिक विधेयकमार्फत सरकारले इन्टरनेट सेवा प्रदायकहरुले पनि दूरसञ्चार सेवा दस्तुरवापत १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था गरेपछि इन्टरनेट महँगिने भएको हो ।

यसअघि इन्टरनेट सेवा प्रदायकहरुले दूरसञ्चार सेवा दस्तुर तिर्नु नपर्ने प्रावधान भएको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com