अनेरास्ववियु अध्यक्ष तथा सांसद नविना लामाको बिहेमा जे देखियो…

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री केपी ओलीका खास मानिन्छन् ।मुख्यमन्त्री बनाउनकै लागि पोखरेलको इच्छाअनुसार ओलीले उनलाई प्रदेश पठाएर निर्विकल्प मुख्यमन्त्री चुनिदिए । उनी निर्विरोध पनि भएका थिए ।

यति खास मान्छेले एउटै कार्यक्रममा भेट हुँदा समेत ओलीको अनुहार नै राम्रोसँग देख्न पाएनन् ।

घटना यस्तो रोचक छ ।

विहीबार अनेरास्ववियु अध्यक्ष तथा सांसद नविना लामाको विहेको बधाई तथा शुभकामना कार्यक्रमबाट प्रधानमन्त्री ओली निस्कँदै थिए, स्वागत गर्न बसेका नविनाका आफन्तबाट शंकर पोखरले पुष्पगुच्छा लिन व्यस्त थिए ।

सर्वसाधारणको भिँडको घेराभित्र हिँडका होचा प्रधानमन्त्रीले अग्ला कदका शंकर पोखरेललाई देखेनन् । जम्काभेट भयो, तर पोखरेलले दुई हात जोडेर नमस्कार गर्दा पनि प्रधानमन्त्रीले चालै पाएनन् । भीड यस्तो थियो, एकले अर्कालाई चिन्ने अबस्था थिएन ।

विहेको कार्यक्रममा पुगे पनि ओली खाना राखिएको ठाउँतिर छिरेनन् । अन्य नेता र मन्त्री आउने जाने क्रम जारी थियो । मन्द मुस्कानमा छिरेका प्रधानमन्त्री त्यस्तै मुस्कान लिएर केही मिनेटमा कार्यक्रमस्थलबाट बाहिरिए, धेरैले उनी आएको र गएको पत्तै पाएनन् ।

उक्त भोजका अन्य रोचक दृश्य पनि देखिए ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भोजस्थलमा पुगे । उनले त्यहाँ राखिएको खाजा सिंगडा र जुलवी लिए र सामान्य मानिस जसरी नै बसेर चपाएर खाए । उनले मिठो मानेर विहे भोज खाएको नजिककालाई साउती मारिरहेका थिए ।

नविना दम्पत्तीलाई बधाई दिनका लागि प्राय सबै भीआइपी पुगेका थिए । माओवादीका तर्फबाट नेता नारायणकाजी श्रेष्ठ, एमाले वरिष्ठ नेता, उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता प्रदिप नेपाल, कांग्रेस नेता शंकर भण्डारी, धनराज गुरूङ, चन्द्र भण्डारीलगायत पुगेका थिए ।

बधाई दिन पुगेका नेता मध्ये लालबाबु पण्डित आम साधारणका लागि सेल्फि हिरो बनेका थिए । लालबाबु बसुन्जेल र त्यहाँबाट हिँड्ने बेलासम्म सेल्फी लिनेको लर्को थियो । उनी पनि मन्द मुस्कानमा सेल्फी पोज दिइरहेका भेटिए ।

यसैबीच नविनालाई कम्तिमा ४ हजार अतिथिले बधाई र शुभकामना दिएको बताइएको छ । अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा उक्त संख्यामा अतिथि पुगेका थिए । बधाईको क्रम १ बजेदेखि थालिएको थियो ।

Credit : onlinepana.com

यस्तो छ अनावश्यक रौँ हटाउने घरेलु तरिका

शरीरको कतिपय भागमा आउने अनावश्यक रौंले सौन्दर्यमा बाधा सिर्जना गरिरहेका हुन्छन् । रौं आउनै नदिने वा सदाका लागि हटाउने अनेक उपायको खोजीमा विशेष गरी महिलाहरु लागिपर्छन् । रौं हटाउन बजारबाट ल्याईने केमिकमयुत्त क्रिमले छालालाई समेत असर गर्न सक्छ त्यसैले रौँ हटाउन घरेलु उपाय अपनाउ सके छालामा यसले नकारात्मक असर पादैन । रौं हटाउन निम्न घरेलु उपायले समस्याको समाधान गर्न सक्छन् ।

  • चिनी र कागती मिसाएर फाल्नुपर्ने रौँ भएको ठाउँमा लगाउने र १५ मिनेटजति मसाज गर्ने र पानीले सफा गर्ने गर्दारौं कम हुदै जान्छ ।

 

  • मह, कागती र चिनीको मिश्रण बनाउने र यसलाई मनतातो बनाएर रौँ भएको ठाउँमा लगाउने । त्यसपछि सुतीको कपडाले यसलाई

 

  • छोप्दै, निकाल्दै गर्ने । यसो गर्दा कपडासगै रौँ निस्किन थाल्छ र छाला चम्किलो बन्छ ।

 

  • बेसनमा दही मिलाएर पेस्ट बनाई अनावश्यक रौँ भएका ठाउँमा दल्ने र केही बेरपछि यसलाई रगडेर चिसो पानीले धुने गर्दै गयो भने रौँ क्रमशः हराउदै जान्छ

 

  • बजारमा ‘प्युमिक स्टोन नाम गरेको पत्थर पाइन्छ । नुहाउनुअघि अनावश्यक रौँ भएको ठाउँमा यो पत्थरले रगड्ने गर्नाले रौं झर्छ ।

Credit : janasanchar.com