प्रचण्डसंग जंगिदै माधवकुमारले भने- मलाई प्रधनमन्त्री बनाएको होइन, राजीनामा मागेको हो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधि र विधानमा चलाउन माग गरेका छन् । उनले विधानमा रहेर पार्टी नचलाउने हो भने समस्या उत्पन्न हुने बताए ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीको कार्यशैलीको घुमाउरो भाषामा आलोचना गरेका नेता नेपालले भने, ‘विधि र विधानलाई नमान्ने हो भने किन पार्टी चलाउने ?’ पार्टीभित्र असन्तुष्टि रहेपनि मिल्नै नसक्ने अवस्था भने नरहेको उनले बताए ।

पार्टीभित्रको विवादलाई लिएर आफ्नाविरुद्ध समाचार आएको बताएका नेता नेपालले भने, ‘म त अचम्ममा परेको छु । समानान्तर पार्टी संगठन बनाउँदै छु भनेर समाचार आएका छन् । त्यस्तो केही पनि होइन । पार्टीमा असन्तुष्टि छन् । तयसलाई मिलाउन सकिन्छ ।’ नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वाता दिँदै नेता नेपालले पार्टीभित्र कुनै पनि गुट वा समानान्तर संगठन नचलाएको दाबी गरे ।

मलाई मेरो पार्टी र गिरिजाप्रसादले प्रधानमन्त्री बनाएका हुन्

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तपाईलाई प्रधानमन्त्री बनाएको कुरा सत्य हो ? भनेर सोधिएको प्रश्नको जवाफमा वरिष्ठ नेता नेपालले जंगिदै भने, ‘कुरा ठिक्क राख्नुस् । प्रचण्डले मलाई प्रधानमन्त्री बनाएको होइन । मेरो पार्टीको स्थायी समिति र गिरिजाप्रसाद कोइरालाले बनाएको हो ।

प्रचण्डजीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि म प्रधानमन्त्री बन्ने परिवेश सिर्जना भएको हो । प्रचण्डजीले त मेरो राजीनामा मागेको होइन ? उहाँले मेरो विरुद्ध आन्दोलन नै गर्नुभएको थियो ।’ नेता नेपालले त्यस बेला प्रचण्डले आफूलाई संविधानसभाको सदस्य बनाउन भूमिका खेलेको बताए ।

केपी ओली नेतृत्वको सरकार पाँच वर्षसम्म काम गर्छ भन्ने प्रश्नमा नेता नेपालले भने, ‘यो सरकार पाँच वर्षका लागि बनेको हो । दायाँबायाँ हुँदैन ।’ वामदेव गौतमलाई डोल्पाबाट सांसदमा जिताएर ल्याउने विषयमा पार्टीभित्र छलफल चलेको नेता नेपालले बताए । ‘वामदेवजीलाई वर्दियामा पार्टीकै नेताहरूले हराएका हुन्’, उनले भने, ‘पार्टीलाई वामदेवजीको आवश्यक्ता छ । उहाँलाई सांसद बनाइनुपर्छ ।’

तपाई प्रधानमन्त्री र नेकपाको अध्यक्षमा रुचि राख्नु हुन्छ भनेर सोधिएको जिज्ञासामा वरिष्ठ नेता नेपालले त्यो अहिले जवाफ दिने समय नरहेको बताए । उनले भविष्यका बारेमा आफूले अहिले नै केही भन्न नमिल्ने बताए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने बेला आफू पहिलो नम्बरको वरिष्ठ नेता बन्न अस्वीकार गरेको उनले बताए । ‘मलाई वरिष्ठ नेता बनाउन खोज्दा मैले मानेको थिइँन’, नेता नेपालले भने, ‘पार्टीमा तपाईको आवश्यक्ता छ भनेर सबैको जोडबलले गर्दा पहिलो नम्बरको वरिष्ठ नेता बन्न स्वीकार गरेको हुँ ।’ उनले आफूलाई पदको कुनै पनि लोभ नभएको दाबी गरे ।

सञ्चारमाध्यममा नभएका समाचार आउने गरेको भन्दै नेता नेपालले असन्तुष्टि राखे । ‘नभएका समाचार जथाभावी आउने गरेको छ’, उनले भने, ‘नयाँ मुलुकी ऐनले व्यक्तिको गोपनीयतालाई रक्षा गरेको छ । जथाभावी समाचार लेख्नेलाई ठीक पारेको छ ।’ नेता नेपालले सहि समाचार लेख्नेलाई मुलुकी ऐनले केही नगर्ने बताए ।

Credit : onlinepana.com

जनकारवाही गरेको हप्तादिन नपुग्दै राेल्पामा वडा सदस्यकाे घर नेकपाद्वारा कब्जा, यस्तो छ कारण

आफ्नो जनकारवाहीमा परेका एक वडा सदस्यको घर नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ । उनले भ्रष्टाचार गरेको पुष्टि भएको जानकारी दिँदै नेकपाले कारवाहीमा परेको हप्तादिन नपुग्दै माडी गाउँपालिका वडा नम्बर १ का सदस्य हरि प्रसाद घर्तीको घर कब्जा गरेको हो ।

घर्तिलाई नेकपा माडी गाउँपालिकाको स्थानीय जनसरकारकाे कारवाहीमा परेका घर्तीलाई जनताका बीचमा राखेर छलफल गर्न बोलाइएको भए पनि उनी उपस्थित हुनुको साटो भागेको भन्दै उनले भ्रष्टाचार गरेको ठहर भएको सो पार्टीले जनायो ।

सोझासाझा जनतालाई अनेक प्रलोभन देखाएर चुनावमा भोट माग्ने र जनप्रतिनिधि भएर गइसकेपछि काम गर्ने बेलामा भ्रष्टाचार गरेर कालोधन आर्जन गर्न खोजेको भन्दै उनको घर नै कब्जामा लिइएको सो पार्टीले जनाएको छ ।

वडा सदस्य घर्तीले कृषि क्षेत्रमा आएको कुल रकम १८ लाख ७० हजार ५को हिसाब नदेखाएको भन्दै कार्वाही स्वरुप र उक्त रकम असुल गर्न घर कब्जा गरेको नेकपाले जनाएको छ । घर्तीले भ्रष्टचार गरेको तथ्य प्रमाण आफ्नो पार्टीसँग सुरक्षित रहेको समेत विप्लव नेतृत्वको नेकपा माडी गाउँपालिका प्रमुख सुर्य खड्काले जानकारी दिए ।

घर कब्जाको क्रममा नेकपा माडी गाउँपालिका प्रमुख सुर्य खड्का, अभियान कमान्डर कुशल वली, दिनेश वली स्थानीय जनतासहित दर्जनौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो । सोहि क्रममा माडी गाउँपालिका तथा रोल्पा नगरपालिका अभियान कमान्डर वलीले घर कब्जा गरी भ्रष्टाचारको रकम असुल गर्ने र भ्रष्टाचारीलाइ नछोड्ने बताए ।

उक्त बिषयमा थप अनुसन्धान गर्न  नेकपा माडी गाउँपालिकाले बिजय घर्ति मगरको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बुधबार नै गठन गरिसकेको समेत अमरसिङ घर्ति ‘मित्रमनी’ले जानकारी दिए ।

Credit : onlinepana.com

बामदेवलाई सांसद बन्न नदिन नेकपा भित्र शुरु भयो ठुलो षडयन्त्र, नारायणकाजी बने कमाण्डर !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेता वामदेव गाेतमलाई सांसद बनाउने कुरामा एकाएक युटर्न हुने संकेत देखा परेको छ ।सत्तारुढ दलका नेता गौतमलाई डोल्पाबाट सांसद बनाउने चर्चासँगै यसलाई रोक्न नारायणकाजी श्रेष्ठको पत्ता फालिएको छ ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड र झलनाथ खनालको समर्थनमा सांसद बन्ने बाटो खोलेका नेता गाैतमलाई काजी कार्ड फ्याँक्दै आेलीले साइजमा ल्याउने नीति लिएको बुझिएको छ । प्रचण्ड र खनालको सम्बन्ध बाक्लिएसंगै आेलीले नेता नेपाललाई काखि च्यापेर राखेका छन् । तथापि आेलिले नेपाल पक्षलाई प्रदेश ५ मा क्लिन स्विप गर्न खोजेकाले केहि जटिलता देखा परे पनि आेलीले मिलाएर अगाडी बढ्न नेपाललाई वचन दिइसकेका छन् ।

आशन्न नेकपाको महाधिवेशनलाई प्रभावमा पार्न प्रचण्डले नेता गाैतमलाई सांसद वनाएर शक्ति संचय गर्न खोजेको भन्दै आेली त्रसित बनेका हुन् । अर्का नेता नेपाललाइ आेलीले अवको अध्यक्ष तपाईँ नै हो भनेर भनेकाले प्रचण्डका विरुद्द हिजो मात्रै आफूलाई प्रधानमन्त्रीमा सहयोग नगरेको बरु गिरिजाले आफूलाई प्रधानमन्त्री बनाएको भनेर नेपालले प्रचण्ड विरोधी स्वरुपको झल्को दिइसकेका छन् ।

गौतमले गत साता सचिवालय बैठकमा आफू संसदमा आउनेसम्बन्धी विषयलाई छलफलका निम्ति प्रस्ताव गर्दै डोल्पाका प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले पदबाट राजीना दिन तयार रहेको बताएका थिए । नेताहरूले गौतमको कुरा सुने पनि निर्णयका निम्ति कसैले पनि तत्परता लिएनन् । वामदेवको प्रस्तावका विरुद्ध जाने आँट पनि कुनै नेताले गरेका छैनन् ।

सचिवालयको बैठक छोटो समयका लागि राख्ने र अन्य जरुरी महत्वका विषयमा छलफल भएको थियो । सचिवालयका नौ सदस्यमध्ये वामदेव गौतम र नारायणकाजी श्रेष्ठ मात्र सांसद छैनन् । गौतम बर्दिया १ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । गोरखाबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए । वामदेवले आफूलाई ओलीले पराजित गरेको बताउँदै आएका छन् ।

ओलीविरुद्ध अहिले बोल्दा झन् काम बिग्रने भएकोले गौतम यस विषयमा मौन छन् । नारायणकाजी श्रेष्ठलाई प्रचण्डको इसारामा चुनाव हराइदिएको बताइन्छ । श्रेष्ठलाई पराजित गर्न स्वयम् प्रचण्डका स्वकीय सचिवसमेत रहेका चूडामणि खड्कालाई विशेष रूपमा खटाइएका थिए ।

ओली र नेपाल समूहले गौतमलाई रोक्न नारायणकाजी श्रेष्ठलाई पनि अगाडि सार्न सक्ने स्रोतको भनाइ छ । गौतम सांसद बन्ने चर्चासँगै श्रेष्ठले पनि मुख मिठ्याएर सांसद बन्न लविङ गर्न थालेको आरोप छ ।

Credit : onlinepana.com

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच फाटो, यस्तो छ कारण !

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच अविश्वास बढेको छ । अविश्वासकै कारण सिटौलाले आफ्नो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् ।अनुपम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता–कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो संकेत दिएका हुन् ।

जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्वारा आयोजित ‘वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्रमाथिका चुनौती’ विषयक कार्यक्रममा सिटौला पक्षीय नेता–कार्यकर्ताको मात्रै उपस्थिति थियो । केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईंसहित आफू पक्षीय सांसद, जिल्ला कार्यसमिति सभापतिसहितका नेता–कार्यकर्तामाझ सिटौलाले तेस्रो समूह अब पार्टी सुधारका लागि केन्द्रित हुने उद्घोष गरे ।

केही महिनाअघि त्यही पार्टी प्यालेसमा पौडेल र सिटौलासहित दुवै पक्षका नेताले हात मिलाएर एक भएको सन्देश दिएका थिए । कार्यक्रममा दुवै पक्षका नेता उपस्थित हुन्थे । यी दुई नेताबीच अविश्वास बढ्न थालेपछि सिटौला अलग अस्तित्वका लागि आफ्नै समूहलाई अघि बढाउने अभियानमा क्रियाशील भएका हुन् ।

‘कोइरालाहरूले आफ्नै समूह बनाउन थाले, पूर्वमहामन्त्री प्रकाशमान सिंह आफ्नै ढंगले अघि बढेका छन्,’ सिटौलानिकट एक केन्द्रीय सदस्यले कान्तिपुरसँग भने, ‘यसबीच पौडेलसँगै मिलेरै अघि बढ्न धेरैपटक उठबस पनि भयो तर अविश्वास मेटिएन । पौडेलजीको हेराइ र बुझाइ फेरिएन । यस्तो अवस्थामा आफ्नै ढंगले मुभ गर्नुपर्छ भन्नेमा सिटौला पुग्नुभएको हो ।’

केही दिनअघि कान्तिपुरको फायरसाइड अन्तर्वार्तामा पौडेलले ‘सिटौलाजी अहिले पश्चाताप गरिरहेका छन्, मसँगै हिँडिरहेका छन्’ भन्ने अभिव्यक्ति दिएपछि सिटौला चिढिएका छन् । ‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ’ भन्दै १३ औं महाधिवेशनको प्रसंगलाई कोट्याएर पौडेलले बेलाबखत सिटौलाप्रति अविश्वास कायमै रहेको संकेत दिँदै आएका थिए । हालै सम्पन्न कांग्रेसनिकट डेमोक्र्याटिक लयर्स एसोसियसनको अधिवेशनमा दुवै नेताले छुट्टाछुट्टै प्यानल खडा गरेपछि दुई पक्षबीच अविश्वास झांगिँदै गएको थियो ।

यी दुई नेताबीचको अविश्वास १३ औं महाधिवेशनदेखिकै हो । त्यतिबेला देउवा, पौडेल र सिटौला चुनावी मैदानमा थिए । पहिलो चरणमा ५१ प्रतिशत नआएपछि दोस्रोपटक सबैभन्दा बढी मत ल्याउने देउवा र पौडेलबीचको प्रतिस्पर्धामा सिटौलाले देउवालाई सघाए ।

त्यही समयदेखि गहिरिएको अविश्वास संसदीय निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि सभापति देउवाको पार्टी सञ्चालन र भूमिकाको विरोध गर्न एउटै कित्तामा जोडिएका थिए । १४ औं महाधिवेशनसम्म संस्थापन इतरपक्ष गोलबन्द हुने अभियान सुरु भएको थियो । सँगै अघि बढ्ने विश्वासिलो वातावरण नभएपछि सिटौला आफ्नै समूहलाई अघि बढाउन पुगेका हुन् ।

सिटौलाले आफ्नै समूहलाई क्रियाशील बनाउने अभियानमा अघि बढे पनि पार्टी सभापति देउवालाई साथ दिने पक्षमा छैनन् । बरु संस्थापन इतरपक्षमै कोइरालाहरूसँग उनको निकटता बढ्न थालेको छ ।

सिटौलाले पार्टी नेतृत्वदेखि नीति, कार्यक्रम र योजनामा आमूल परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि आफू क्रियाशील भएको कार्यक्रममा बताए । पार्टी एकताका लागि संरचना, नीति र कार्यक्रममा सम्झौता गरेर अघि बढ्न सकिएला तर घरमूलीले नराम्रो गरे कसरी सहेर बस्ने भन्दै सिटौलाले सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाए । कान्तिपुर दैनिकमा खबर छ ।

Credit : onlinepana.com

एकीकरणको असन्तुष्टि सम्बोधन गर्न भट्टराईको नयाँ प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले नयाँ मापदण्ड बनाएर जिल्ला कमिटीको अध्यक्ष चयन गर्नुपर्ने धारणा अघि सारेका छन् । नेकपाको प्रदेश, जिल्ला र जनसंगठन एकीकरण कार्यदलको सिफारिशलाई लिएर पूर्वएमालेमा असन्तुष्टि चुलिँदै गएका वेला भट्टराईले नयाँ मापदण्ड बनाएर जिल्ला अध्यक्ष चयन गर्नुपर्ने धारणा अघि सारेका हुन् ।

‘कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको छैन भने अब बन्ने एकीकृत कमिटीको अध्यक्ष उसैलाई बनाऔँ । यदि अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिऊँ ।

उपाध्यक्ष पनि जनप्रतिनिधि भए सचिवलाई र सचिव पनि जनप्रतिनिधि भए उपसचिवलाई जिम्मेवारी दिऊँ । पदाधिकारी सबै जनप्रतिनिधि भएमा सहमतिका साथ वरिष्ठ सदस्यमध्येबाट जिम्मेवारी दिने व्यवस्था मिलाआैँ ।’

Credit : onlinepana.com

सरकारी निकायमा बेरुजु हुन नदिने मुख्यसचिवको प्रतिवद्धता

 सरकारले बेरुजु हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । नेपाल सरकारका मुख्य सचिव एवम् बेरुजु फछर्यौट मूल्यांकन तथा अनुगमन समितिका अध्यक्ष लोकदर्शन रेग्मीले चालू आर्थिक वर्षबाटै बेरुजु हुन नदिने गरी बेरुजु फछर्यौट मूल्यांकन र अनुगमनको कामलाई कडाईका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संसदको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मुख्यसचिव रेग्मीले बेरुजु हुन नदिन बजेटको निकासा, खर्च र खर्च प्रतिवेदनको लेखा परीक्षणको काममा महालेखा परीक्षकको कार्यालयसँग बलियो समन्वय गर्ने योजना पनि अघि सारे ।

मुख्यसचिव रेग्मीले बेरुजु हुन नदिन सार्वजनिक खरिद ऐन संशोधनको कामलाई अघि बढाउन लागिएको पनि जानकारी दिए । उनले भईरहेको बेरुजु घटाउने कामलाई पनि उच्च प्राथमिकता दिने कार्ययोजना पनि समिति समक्ष पेश गरे ।

मुख्य सचिव रेग्मीले राजस्व असुलीको काममा ढिलाई नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै राजस्व असुली सरकारको दायित्व भएकाले यसलाई समयमै असुली गर्ने कामलाई तीव्रता दिने समितिलाई जानकारी दिए । मुख्यसचिव रेग्मीले संसदीय समितिले दिएको निर्देशन पूर्ण कार्यान्वयनका लागि आफ्नै अध्यक्षतामा सचिवालयको व्यवस्था गरिएको जानकारी दिँदै समितिको निर्देशन पालनामा प्रतिबद्ध भएर लाग्ने बताए ।

बैठकमा समितिका सदस्यहरुले सरकारले बेरुजु घटाउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । समितिका सदस्य तेजुलाल चौंधरीले बेरुजु घटाउने काममा किन नलागेको भनि मुख्य सचिव रेग्मीलाई सचेत गराए ।

समितिका अर्का सदस्य राजेन्द्रकुमार केसीले स्थानीय र प्रदेश सरकार पनि भएकाले त्यसलाई पनि बेरुजु हुन नदिने गरी आवश्यक व्यवस्था गर्न मुख्य सचिव रेग्मीको ध्यानाकर्षण गराए । उनले बेरुजु हटाउने गरी अनुगमनको काममा ढिलाई गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराए ।

सार्वजनिक लेखा समितिले सरकारको बेरुजु फछर्यौंट मूल्यांकनका विषयमा छलफल गरेको हो । बैठकमा बेरुजु फछर्यौट मूल्यांकन तथा अनुगमन समितिका अध्यक्ष समेत रहनु भएका मुख्य सचिव रेग्मीले बेरुजु फछर्यौंट मूल्यांकन र त्यसका भावी कार्ययोजनाबारे समितिलाई जानकारी गराएका थिए ।

Credit : onlinepana.com

विरोधीलाई प्रधानमन्त्रीको जवाफः ‘हामी अनुशरण गर्न सक्छौं, अनुकरण गर्न सक्दैनौं ’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि किसिमको तानाशाही बन्न नसक्ने बताएका छन् । प्रतिनिधिसभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खासगरी सरकारप्रति प्रतिपक्षले उठाउँदै आएको प्रश्नको जवाफ दिने क्रममा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुमा आगामी बिहिबारबाट काठमाडौमा हुने विमस्टेक सम्मेलनको तयारीबारे धारणा राखेका थिए । त्यसपछि उनले सरकार, संघीय व्यवस्था, कर न्यायलयलगायतमा उठेका प्रश्नको जवाफ दिए ।

‘म लिक्वान बन्दिन’

‘कतिपय साथीहरुले अधिनायकवादको कुरा गर्नुभयो । यो व्यवस्था कसैले किस्तीमा हालेर दिएको होइन । हामीले नै लडेर ल्याएका हौ । तानाशाही व्यवस्थामा कालकोठरी विताएकाले मात्रै होइन, अरुले पनि अधिनायकवादको कुरा गरेको सुनिन्छ । मैले लोकतन्त्रप्रति सारा जिन्दगी समर्पण गरेको हुनाले अलि बढी आशक्ति हुनसक्छ लोकतन्त्रप्रति । विकासका लागि म लिक्वान यु जति कठोर हुन सक्दिन’ सम्बोधनका क्रममा प्रधानमन्त्री अ‍ोलीले भने ।

लोकतन्त्रको बाटोबाटै विकास हासिल गर्न सकिने भन्दै उनले आफु कसैको अनुशरण गर्ने तर अनुकरण नगर्ने बताए ।  ‘हामी अनुशरण गर्न सक्छौ तर अनुकरण गर्न सक्दैनौ, कुनै प्रकारको डिक्टेटर हुन सक्दैनौ’ प्रमुख प्रतिपक्षीप्रति संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘कुनै दलले जे गरेपनि लोकतन्त्र हुने अरुले केही गरेपनि नहुने ? यस्ता कुरा आउटडेटेड भए । एउटा मिडियाले पास मात्रैको प्रमाणपत्र दियो । राम्रै गरेछ । तर,म कसैको प्रमाणपत्र लिन आवश्यक ठान्दिन ।’

इतिहास नबिर्सन आग्रह 

प्रधानमन्त्रीले इतिहास नबिर्सन प्रतिपक्षलाई आग्रह गरे । भने ‘इतिहास हेरौ । त्यसका डोवमा हामीले बगाएका रगत पसिनाको तुलना गरौ । कुनै एस्क्युज खोज्दिन । व्यवहारमा स्वस्थ प्रतिश्पर्धा उपयुक्त हुन्छ ।’ प्रधानमन्त्री ओलीले मुलुकी ऐनका विषयमा आएका प्रतिकृयाहरुको पनि चर्चा गरे । ‘आजकाल खुब सुनिन्छ ।

मुलुकी ऐन, फौजदारी संहिताका बारेमा । चलनचल्तीमा भन्ने गरिएको छ–दुई तिहाइको दम्भ । यो त गत बर्ष भदौमा यहि सदनबाट पास भएर राष्ट्रपतिबाट लालमोहर लागेको र त्यसैवेला ७५ भदौ १ बाट लागू हुन्छ भनिएको हो । कोहिले यो जारी भएकोमा गर्व गरेका वक्तव्यहरु पनि पढेको छु । अनि त्रुटि भएको पनि । यस्ता विषयलाई किन राजनीतिको मुद्दा बनाउने । त्रुटि भए सच्याउन सकिन्छ । गरौं । हामीले नै गरेको हो भने एकातिर पिठ्यौ थपथपाउने अनि अर्कोतिर मुट्ठी बजाउने ?

पोहोर मरिन् सासु अहिले आए आँशु 

पोहोर बन्यो ऐन । तर, पोहोर मरिन् सासु अहिले आए आँशु जस्तै भयो । यो के भएको हो ? सच्याउनु छ भने सच्याउ । म कसैलाई आरोप लगाउँदिन । सच्याउने यो सदनको अधिकार र कर्तव्य पनि हो ।

सभामुख महोदय, सुन्छु कहिलेकाही ओलीको राष्ट्रवाद विसर्जन भयो, सकियो भन्ने शब्दहरु सुनिन्छ । यो सरकार र हाम्रो पार्टी छिमेक सम्बन्ध र राष्ट्रियताको मामालामा पहिला जहाँ थियो, अहिले पनि त्यहि छ । कतै नढल्कदा विसजर्नवाद भनेको हो भने शब्द अलि मिलेन । आरोप लगाउँदा विचार गरौ भन्ने गरेको छु । पछि नातिनातिनाले सोध्दा आफैंलाई अप्ठयारो होला ।

छिमेकीसँग भएका सहमति तीव्र कार्यन्वयनको चरणमा

प्रधानमन्त्री ओलीले छिमेकीसँग भएका सहमतिहरु तीव्र कार्यन्वयनको चरणमा रहेको दावी गरे । ‘छिमेकीसँग गरेका सहमति तीव्र कार्यन्वयन भएका छन् । सन् १९५० को सन्धी नामै उच्चारण गर्न ठानिदैन थियो । तर तिनीहरुलाई नयाँ ढंगले अध्यावधिक गरिएको छ । चार  वटा एयर इन्ट्रि थप भएका छन् ।

डुवानको समस्यामा हामी को थियौं, बाँध बाध्दा त्यहाँ ? अहिले टोली गएर समस्या समाधानको बाटोतर्फ गएको छ । अनि केही पनि भएन ? मैले जुन विषय छिटै सम्पन्न हुन्छन् भनेको थिए, भएको छ । रसुवागढी रेलमार्ग, विराटनगरको क्याम्प उठेको छ । भारत र नेपालका बीचमा वीरगन्ज काठमाडमा रेलवेको सर्भेको काम अघि बढ्न लागेको साथीहरुलाई थाहै होला’ सम्बोधनका क्रममा उनले यातायातबारे सेप्टेम्बरमा पहिलो बार्ता नेपालमै हुदैछ भनेर जानकारी दिए ।

उनले टर्कीमा भन्सार महसुल सुन्यमा झारेको पनि बताए ।  जसले ६ अर्व नाफा भएको भन्दै कुनै मुलुकसँगको व्यापार नाफा भएको भए त्यहि एउटा देशसँग भएको बताए ।

जेष्ठ नागरिक भत्ताको पिर नगर्नुस्

सम्बोधनका क्रममा प्रधानमन्त्री ओली अगाडी फर्किएर बजेटबारे पनि चर्चा गरे । उनले जेष्ठ नागरिकको भत्ता नबढाएको भन्नेलाई जावफ दिए । ‘अहिले निकै टिप्पणी गरेर सरकारलाई गाली गर्ने विषय बजेटलाई बनाइएको छ ।

‘जेष्ठ नागरिक भत्ताको चिन्ता लिने साथीहरुलाई म भन्छु– पिर नगर्नुस् । गोपालप्रसाद रिमालको कविताजस्तो त्यो आउँदैछ । किन ढिला भयो अघि भने होला सायद । श्रोत सुनिश्चित नभएको खर्चहरु हाम्रो आम्दानी भन्दा बढी, सरकार नचल्ने अवस्था भएको सन्दर्भमा मैले धेरै भनिसके ।

गोरु गाढाको पनि कर तिरेको थिए 

अर्को कर प्रणाली सरकारका विरुद्ध प्रयोग गर्ने हतियार बनाइएको ओलीले बताए । ‘केपी ओली हैन, करप्रसाद ओली भनेर हौवा चलाइएको छ । केहीले प्राकृति श्रोत र वित्तिय आयोग नबनेर पनि भनेका छन् । सरकारले विकास र सुशासनको कमिट्मेन्ट बोकेको छ । परिणामबाट त्यो पुरा हुन्छ’  ओलीले भने । उनले संसदबाट जनतालाई भ्रम पर्ने कुराहरु गर्नु बान्छनिय नहुने पनि बताए ।

‘पहिला गोरु गाडामा पनि करको स्टिकर लाग्थ्यो । पञ्चायतकालमै कर तिरेको हो मैले । रेडियोको कर तिर्नुपथ्र्याे । तर अहिले साइकल पसलमा कर लगाइयो भनेर भनेको सुन्छु । मरेका कुखुराको कर तिर्नुपरेको छ ? नगरपालिकाका अधिकारी कुखुराले अण्डा पार्यो पारेन भनेर खोरखोर पुगेका छन् ? होला नयाँ अभ्यास गर्दा केहीकेहीमा कमजोरी पनि भयो होला । तर, हल्ला चलाएजस्तो होइन । अनुचित कर लगाउनु हुँदैन । तर कर तिर्ने बानी लगाउनुपर्छ ।  मैले कुखुराको अण्डामा कर लाग्यो भन्ने सुने ।

अण्डाको व्यवसाय गर्छ भने कर लाग्छ । हजार गाई पाल्नुस कर लाग्दैन चिज बनाउनुस र बेच्नुस कर लाग्छ । वित्तिय अयोगले कर निर्धारण र तोक्ने हाइन । त्यसले व्यवस्थापन बाँडफाँड गर्ने हो’ प्रधानमन्त्री ओलीले प्रष्ट्याए ।

संसदीय सुनुवाई समिति गठन नभई आयोग बन्न नसक्ने र  आयोग गठनमा किन ढिला भयो भन्ने सवैलाई थाहा भएको उनले बताए ।

प्रदेशसभामा सम्बोधनबारे 

प्रधानमन्त्री ओलीले आफुले प्रदेशसभालाई सम्बोधन गरेकोमा कोकोहोलो मच्चिएको बताए । ‘म प्रदेश नघुम्नु ? प्रदेश र केन्द्रबीच समझदारको विकास नगर्नु भनेर चेतावनीको भाषामा पनि केहीले भन्नुभयो । म संसदको प्रतिनिधि हो । सदनले छानेको हैसियतमा र सदनको काननु र नीति उद्देश्यअनुरुप हामीले सम्वाद गर्नुपर्दैन ?

केन्द्र, प्रदेशबीच एकता असमझदारीको अन्त्य गर्नुपर्दैन ? एउटा देशको प्रधानमन्त्री अर्को देशको संसदमा गएर सम्बेधन गर्छ । यसै संसदमा पनि गरेका छन् । त्यसका औचित्य छन् । अनि प्रधानमन्त्रीले आफ्ना देशभित्रका गाउँ नगर, महानगर वा प्रदेशमा गएर सम्बोधन गर्दा खासगरी २ नम्बरमा गएर सम्बोधन गर्दा निकै कोकोहोलो मच्चियो ।

समाज अशिक्षा, गरिबी र पछ्यौटेपनाका लक्षण छन् । तराई मरुभुमिकरण बन्दैछ । त्यसलाई कसरी सजीव, कसरी आधुनिकिरण गर्ने विषयमा मैले नभन्ने ? सम्बाद गर्न नहुने ? अचम्म लाग्छ त्यसकारण यस्ता कुराका पछाडी हामी बहकिनुहुँदैन जस्तो लाग्छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध

प्रधानमन्त्री ओलीले कार्यपालिका र व्यवस्थापिकाबीचको अन्तरसम्बन्धबारे पनि चर्चा गरे । ‘व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाबीचको अन्र्तसम्बन्धबारे विद्वान मित्र भएको स्थानमा मैले धेरै भनिरहनु पर्दैन । सुनुवाई समिति संसद रवर स्ट्यामप होइन ।

न्यायपरिषदले योग्यता पुगेका व्यक्तिको लिष्ट पठायो । तर, संविधानले सुनुवाइ समिति जसलाई कसको सुनुवाई र सिफारिस गर्ने भन्ने व्यवस्था गरेको छ । त्यसैअनुसार समितिले निर्णय गर्यो ।  संसदले गरेका निर्णय, म त्यस समितिमा नहुन सक्छु । तर, त्यसले गरेका निर्णयको खिल्ली उडाउँदा के हुन्छ ?’ उनले प्रश्न गरे ।

बलात्कार र हत्याबारे 

प्रधामन्त्रीले कन्चनपुरकी निर्मला पन्त बलात्कार र हत्या तथा अन्य घटानाप्रति सरकारले सुक्ष्म अनुसन्धान गरिरहेको र दोषीलई कुनै हालतमा नछोड्ने दावी गरे । ‘कतिपय अप्रिय घटना घटेका छन् मुलुकमा । अपराध गर्ने मानसिकतातर्फ समाजलाई उत्तेजित गर्ने प्रयास भएका छन् । तर, अपराध कर्महरुको सबैभन्दा घिनलाग्दो प्रयास महिला हिंसा भएका छन् ।

अझ स–साना बालिकामाथि हुने बलात्कार र घटना । कञ्चनपुरको घटनाले दुखी तुल्याएको छ । पहिला प्रहरीको भुमिकाप्रति शंका उठेपछि छानविन समिति पठायौ । त्यसले पनि चित्तबुझ्दो काम नगरेको पाइएपछि नयाँ प्रहरी प्रमुख, सिडियो र डिएसपी पठाएपछि पनि नभएपछि उच्चस्तरको छानविन समिति बनायौ ।

प्रमाण नष्ट होला भनेर एसपीलाई निलम्बननै गरियो र अरुलाई पठाएर छानविन हँुदैछ । सरकारले पीडित बालिकाको परिवारलाई दश लाख दिने घोषणा गर्यो । कुनैपनि अपराधमा कहिलेपनि हामी उदार हुन सक्दैनौ, होलो खुकुलो हुदैनौ । सक्रियताका साथ कडा कारवाही र सर्तकताका साथ सजग रहन्छौ । सरकार सजग रहेको छ’ प्रधानमन्त्रीको प्रतिबद्धता थियो ।

Credit : onlinepana.com

कांग्रेसबाट जीतेका मेयर उपमेयरले भने, ‘ सरकारले कर बढाएर ढाड भाच्यो हामी बढाउन्नौ ‘

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सङ्घीय सिद्धान्त र संविधानको मर्मअनुसार प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून तत्काल बनाउन माग गरेको छ ।

कांग्रेसले आयोजना गरेको पार्टीकातर्फबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसँगको अन्तरसंवाद कार्यक्रममा उक्त प्रस्ताव पारित गर्दै सम्बन्धित तहले बनाउने कानून सोही तहले बनाउने र निर्णय गर्ने कुरालाई समेत सहज बनाउन माग गरेको हो ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको मर्यादाक्रम पदीय गरिमाअनुरुप नरहेको भन्दै कांग्रेसले उक्त मर्यादाक्रममा तत्काल पुनरावलोकन गरी निर्वाचित प्रतिनिधिको मर्यादा र प्रतिष्ठा कायम गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

संविधान र कानूनको अधीनमा रही न्यायोचित, सरल र न्यूनतम कर लगाउने नीतिमा पार्टीको विश्वास रहेको कार्यक्रमपछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सिर्जना गरी लगानी र आर्थिक गतिविधि बढाउने र यसमार्फत करको दायरा वृद्धि भई राजश्व बढ्ने प्रस्तावसमेत पारित गरेको छ । केन्द्रीय सरकारले अत्यधिकमात्रामा कर वृद्धि गरेको आरोप लगाउँदै कांग्रेसले तत्काल घटाउनसमेत माग गरेको छ ।

कांग्रेस नेतृत्वको तत्कालीन सरकारद्वारा निर्णय गरिएको सामाजिक सुरक्षा भत्ता, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता, स्वास्थ्यसम्बन्धी सुविधालगायत र भूकम्पपीडितलाई दिने थप सुविधा अविलम्ब लागू गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रतिपक्षको नेतृत्वमा सर्वदलीय सहभागिता भएको निष्पक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तत्काल गठन गर्न माग कांग्रेसले गरेको छ । “कांग्रेस जितेको स्थानमा बजेट नदिने, थोरै दिने, किस्ताबन्दीमा दिने वा सशर्तमा दिने जस्तो भेदभावपूर्ण बजेट विनियोजन कार्य तत्काल बन्द गर्न माग गर्दै समान वितरणका लागि माग गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

बैठकले निर्मला पन्तमाथि भएको बलात्कार र हत्या जस्तो जघन्य अपराधको भत्सर्ना गर्दै अबिलम्व अपराध नियन्त्रण गर्न, अपराधी पक्रन र कारबाही गर्न माग गरेको छ ।

साथै शान्तिपूर्ण जनप्रदर्शनमा प्रहरीको गोली लागी बालक सनी खुनाको हत्या भएको घटनाप्रति पनि भत्सर्ना गर्दै मृतक आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

बैठकले विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीलाई लक्षित गर्दै अज्ञात समूहले बम विष्फोट गराई क्षति पुर्‍याएको घटनाको निन्दा गर्दै घटनामा संलग्न आपराधिक व्यक्तिलाई तत्काल खोजी गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा मुख्यतया चार वटा विषयवस्तु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्करप्रसाद शर्माले स्थानीय तहमा आर्थिक नीति र विकास योजना, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले नगरपालिकाको काम र कर्तव्यः न्यायिक र कानूनी पक्ष, पूर्वसचिव कृष्ण ज्ञवालीले स्थानीय पार्टीसँगको समन्वय र सम्बन्ध तथा ध्रुव वाग्ले एवं भीम ढुङ्गानाले कांग्रेसकोतर्फबाट नगर र नगरपालिका सङ्घको प्रतिनिधित्व गर्नेको भूमिकाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कांग्रेसले जीतेका मेयर उपमेयरले स्थानिय स्तरमा जनतालाई मार पर्ने गरि करको वृद्धी नगर्ने समेत कार्यक्रममा प्रतिवद्धता जनाएका छन्।

Credit : onlinepana.com

गाईजात्रा विशेषः ओलीले बाँदरको शरीरमा आफ्नो टाउको राख्नेलाई भेटेपछि…

प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक सन्देश फैलाउने किसिमले तस्वीर सामाजिक संजालमा सेयर गरेर काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका ५ का सचिव होमनाथ सिग्देल पक्राउ परे । के झोंक चलेछ कुन्नि सिग्देलले बाँदरको शरीरमा ओलीको टाउको राखेर सेयर गरे ।

उनलाई प्रधानमन्त्रीको सचिवालयले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखलाई फोन गरेरै पक्राउ गर्ने ठाडो आदेश दिइएपछि प्रहरीले पक्राउ गर्यो ।

गत भदौ १ गते फौजदारी संहिता लागू भएपछि पक्राउ पर्ने सिग्देल पहिलो हुन् ।

जब प्रधानमन्त्री ओलीले सिग्देललाई भेटे, त्यसपछि के भने, के भयो संवाद, यो गाईजात्रा प्रस्तुति–

ओली –हैन के भनेर बाँदरको शरीरमा मेरो टाउको मिलायौ ?
सिग्देल– खोइ दिमागमा त्यही आयो अनि सेयर गरें ।

ओली –तिमीलाई थाहा थिएन भदौ १ देखि तिमीले मलाई गाली गर्न पाउँदैनौ भनेर ?
सिग्देल – गाली नै गर्न नपाउने पनि नियम बनाउने हो त ? मन नपर्नेलाई गाली नगरेर के माया गरिरहनु ? अहिलेसम्म जनताले गरेको मायाको कहिल्यै कदर गरेको भए पो ।

ओली– के गरिन है मैले जनतालाई ? गरेकै त छु नि । कसैले नबाँडेको आश्वासन भए पनि बाँडेकै त छु । जे सक्यो त्यही गर्ने त हो नि ।
सिग्देल – काम चाहिं केही गर्न नपर्ने ?

ओली– त्यो पनि कामै त हो नि । बिहान उठेदेखि त्यत्रो भाषण तिमीले गर्न सक्छौ ? यत्रो औषधि खाएर बोलेको बोल्यै छु । त्यसको कदर गरेका छौ ?
सिग्देल – कदर नगरेको भए बोलीमा मात्र ओली राष्ट्रवादी हो भन्ने थाहा पाएर पनि दोस्रो पटक प्रधानमन्त्री बनाउँथे त जनताले ?

ओली – अनि म के कारणले बाँदर भएँ ?
सिग्देल –बाँदर भन्न पनि कारण चाहिन्छ र । बाँदरको जस्तो व्यवहार गरेपछि बाँदर नभनेर के भन्ने त ?

ओली– बाँदरले त घर बनाउँदैन । मेरो त दुई दुई वटा घर छ । बाँदरले त खोसेर खाएको छ । मैले खाएको छु ?
सिग्देल – सर्वहारा नेताका घर के काम ? मानसिकता त भ्रष्ट देखिइहाल्यो नि । कम्युनिष्ट भन्ने अनि निजी सम्पत्ति जोड्ने ? बाँदर र कम्युनिष्टमा के फरक छ र ? बाँदरको पनि आफ्नो घर हुँदैन । कम्युनिष्टको पनि आफ्नो घर हुँदैन । मैले त गहन भएर सोचेर पो तपाई सच्चा कम्युनिष्ट हो भनेर ‘बाँदर’ को संज्ञा दिएको हुँ । तर तपाईले मलाई उल्टै पक्राउ गर्न लगाउनु भो । के तपाई कम्युनिष्ट हैन ?

ओली – ओहो ! मैले त तिमी काँग्रेस नै हौ त्यसैले मेरो अपमान गर्यौ भनेर पो विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत कार्वाही गर्न खोजेको त ।
सिग्देल – तपाईले मान्छे नचिनेरै दुःख पाउनु भइरहेको छ । अहिले पनि के नौलो भयो र ।

ओली– मैले त विपक्षीलाई तर्साउनका लागि पो यो कदम चालेको । तिमी त आफ्नै पुर्खाको सोचबाट आएका परेछौ । लौ धन्यबाद है । मेरो आँखा खोलिदियौ ।
सिग्देल – अनि मलाई गरिएको कार्वाही ?

ओली– त्यो त नियममा भएको कुरो । पख । दुई तिहाईको सरकार छ यसो साइत हेरेर तिम्रो व्यवस्था मिलाई हाल्छु नि।

Credit : onlinepana.com

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट, अब के होला ?

पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टिकरण सोध्नु भएको छ ।

उहाँले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिनुभएको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अपराधीलाई जस्तै गरेर फर्काइएको  थियो ।

विमानस्थलबाट प्रहरीले कोइरालाई प्रधानमन्त्री निवास वालुवाटारमा आघा घण्टा राखेर बिदेश जान रोक लगाएको थियो । कोइरालाई बिमानस्थलबाट फर्काएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भएको थियो ।

तर सोमवार प्रधानमन्त्री निवासमा सम्पदाकहरुको भेटघाटमा प्रधानमन्त्री ओलीले पूर्व लडाकु विष्टलाई बिमानस्थलबाट फर्काइएको घटनाको विषयमा गृह मन्त्रीसंग लिखित स्पष्टिकरण मागेको बताउनुभएको छ ।

कार्यकारी प्रधानमन्त्रीले आफू मतहत रहेका निकायले गरेको काम कारवाहीप्रति चित्त नबुझेको अवस्थामा सिधै बोलाएर स्पष्टिकरण लिने अधिकार छ । प्रधानमन्त्री ओलीले उपकुलपति कोइरालाई बिमानस्थलबाट फर्काएको घटना सेलाउन नपाउदै पूर्व लडाकु विष्टलाई फर्काएको विषयमा भने असन्तुष्टि जनाउनुभएको छ ।

पूर्व लडाकु बिष्ट प्रकरणमा प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाबीच असमझदारी बढ्दै गएको छ ।,आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

Credit : onlinepana.com