कर्णाली प्रदेशमा नेकपालाई दलको नेता छान्न सकस

कर्णाली प्रदेशमा नेकपाका शीर्ष नेताबीच कुरा नमिल्दा संसदीय दलको नेता चयन हुन सकेको छैन । पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भए पनि दलको नेता छनोटमा सहमति बन्न सकेको छैन । दलको नेताको हुने भन्ने विवाद प्रदेशस्तरमा नमिलेपछि केन्द्रमा लबिङ सुरु भएको छ ।
कँडेल र शाहीको दाबी
संसदीय दलको नेताका लागि पूर्वएमाले नेता यामलाल कँडेल र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच प्रतिस्पर्धा छ । शाही पूर्वमाओवादी नेता हुन् । कँडेल पूर्वएमालेका संसदीय दलका नेतासमेत हुन् । शाहीलाई मुख्यमन्त्रीमा कायम राखेर आफूलाई दलको नेता बनाउनुपर्ने कँडेलको माग छ । तर, उनलाई दलको नेता बनाउँदा दुईवटा शक्तिकेन्द्र बन्ने भन्दै शाही आफैँले पाउनुपर्ने लबिङमा छन् ।
आजको नयाँ पत्रिकामा समाचार छ

Credit : raranews.com

विपदमा परेका नागरिकहरुलाई राहत दिन कर्णाली प्रदेशका सांसदहरूको माग

कर्णाली प्रदेशको प्रदेश सभाका सांसदहरूले प्राकृतिक विपत्तिमा परेमा परेका नागरिकहरुलाई उचित राहत र क्षतीपूर्ति दिन सरकारसँग माग गरेका छन्। मंगरवार बसेको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले माग गरेका हुन्। सांसद कौशिलावती खत्रीले

जाजरकोटको जुनिचाँदे ३ मा बसोबास गर्दै आएका भक्तबहादुर बुढाको घरलाई बाढीले बगाएको र उहाले पत्नी र नातिनी गुमाउनु भएको छ उनलाई सरकारले राहात दिन माग गर्नु भएको छ ।

यसै गरी बैठकमा सांसद अमृता शाहीले कञ्चनपुरको भीमदत्त नगरपालिकामा बालिका बलात्कार पछि हत्या भएको परिवारले न्याय पाउन नसकेको बताउनु भयो ।

यो देशमा कानुनी राज छ कि छैन किन बलात्कारीलाई कारवाही गर्न सक्दैन कि कानुन नै कमजोर छ देशमा उहाँले प्रश्न थियो। आक्रोशित मुद्रामा प्रस्तुत भएकी सांसद शाहीले घटनाका दोषीलाई कडा कारवाही गर्न प्रदेश सरकार मार्फ केन्दिय सरकारलाई माग गरेकी छन्।

संसद बैठकमा कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ।
छलफलमा सांसद गुलाबजंग शाह, अमर थापा, सीता नेपाली र धर्मराज रेग्मीले भाग लिएका थिए।

उनीहरूले सचिवको उमेर र सेवा सुविधा स्पष्ट पार्न सरकारलाई सुझाव दिएका छन्। सैद्धान्तिक छलफल भएपछि सभामुख राजबहादुर शाहीले संशोधन हाल्नको लागि ७२ घण्टे समय दिइएका थिए ।

Credit : raranews.com

जुम्ला चौधबिसमा चुकेनी जलविद्युत् आयोजना निर्माण हुदै

जुम्ला जिल्ला अन्तगत पर्ने पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुदै छ। यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने

तयारी गरिएको हो । यसका लागि भदौ महिनाको पहिलो सातासम्म टेण्डर हुने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले रारा न्युजलाई जानकारी दिनु भयो ।

आयोजना निर्माणार्थ नेपाल सरकार वैकल्पिक ऊर्जा प्रर्वद्र्धन केन्द्रबाट रु २५ करोड ९९ लाख तीन हजार ५४९ बजेट छुट्यिएको छ। एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरमार्फत यो आयोजना निर्माण हुन थालेको परियोजना इन्जिनियर सिंहले जानकारी दिनु भयो । इञ्जिनियर सिंहले विद्युत् गृहका लागि रु २६ करोड

र ट्रान्समिसन लाइनका लागि रु १० करोड लागत बजेट रहेको समेत जानकारी दिनु भयो । केही प्रतिशत समुदायको योगदान रहने बताउँदै उनले अपुग रकम एडिपीको सहयोगमा बैकमार्फत ऋण लिइने पनी जानकारी दिएका छन्।

विसं २०६९ देखि पहल थालिएको उक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले केहि रकम अनुदान दिने भएको छ। यो आयोजना निर्माण भएसँगै सिंगो जुम्ला उज्यालो हुने आयोजना निर्माण समितीका अध्यक्ष बुढाको  बिश्वास छ । चुकेनी विद्युत् निर्माण भएमा पातारासी

गाउँपालिकाका तीन हजार ३२० घरधुरीका करीब १६ हजार जनताले प्रत्यक्ष लाभ पाउने बताइएको छ । उक्त लाइन सदरमुकाम जुम्ला खलंगासम्म ल्याउने तयारी भइरहेको आयोजना निर्माण समितिका अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

Credit : raranews.com

सल्यानमा होटेल भन्दा राम्रो हिरासत कक्ष

सल्यान प्रहरीले बनायो सुविधायुक्त अत्याधुनिक हिरासत, मानवअधिकारका दृष्टिकोणले उपयुक्त बनाएका हौँ : डिएसपी विक

यस्तो छ हिरासत कक्ष

-छुट्टाछुट्टै बेडको व्यवस्था गरिएको छ । ओढ्ने–ओछ्याउने सफा छन् । झ्यालको व्यवस्था गरिएको छ, कोठाभित्र राम्रोसँग उज्यालो छिर्छ । कैदीबन्दीलाई पत्रपत्रिका पढ्ने व्यवस्था पनि गरिएको छ ।

-यसअघि हिरासतमा महिला र पुरुषका लागि दुई कोठा थिए, जसमा कम्तीमा २५ जना राख्ने गरिएको थियो । कोठाभित्रै पिसाब फेर्नुपथ्र्यो । ओढ्ने–ओछ्याउने कपडा मुस्किलले पुग्थे । रातभरि नसुतेर बस्न बाध्य थिए । दिउँसै बत्ती बाल्नुपर्ने अवस्था थियो ।

सफा र चिटिक्क परेका बेड तथा उज्यालो कोठा भएको  होटेल भेट्टाउन सल्यान सदरमुकाम खलंगामा मुस्किल हुन्छ । यहाँका होटेलभन्दा पनि राम्रो व्यवस्था भएको हिरासत कक्ष तयार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले तयार पारेको हिरासत कक्षमा सफा, चिटिक्क बेड, उज्यालो छिर्ने कोठा छन् । सदरमुकाममा रहेका होटेलको भन्दा पनि राम्रो बेड रहेको शारदा नगरपालिका मेयर सुरेश अधिकारीले बताए । ‘यो जिल्लामा रहेका ठुल्ठूला होटेलमा समेत यस्तो व्यवस्था रहेको मैले पाएको छैन,’ मेयर अधिकारीले भने, ‘हिरासतमा रहेकाजस्तै बेड पैसा तिर्छु भने पनि होटेलमा पाइँदैन ।’

जिल्ला प्रहरी कार्यालयले ‘आधुनिक र स्वस्थकर हिरासत’ नाम दिएर नयाँ हिरासत कक्ष तयार गरेको जनाएको छ । ‘मानवअधिकारका दृष्टिकोणले उपयुक्त हिरासत कक्ष बनाएका हौँ,’ डिएसपी भरतबहादुर विकले भने । थुनुवा भन्नेबित्तिकै नराम्रो दृष्टिले हेर्ने, अमानवीय व्यवहार गर्ने, दुःख दिने परिपाटी हटाउन यस्तो सुरुवात गरिऐको उनको भनाइ छ । ‘थुनुवाका आधारभूत मानवअधिकारका लागि हिरासत कक्षलाई व्यवस्थित बनाएका छौँ,’ डिएसपी विकले भने ।

जिल्ला प्रहरी कार्यालयले दुई लाख खर्च गरेर हिरासत कक्षलाई व्यवस्थित बनाएको जनाएको छ । यसको अवलोकनपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आधुनिक हिरासतलाई दीगो बनाउनुपर्ने बताए । ‘सुरुवात राम्रो छ, अब यसलाई निरन्तर व्यवस्थित बनाउनका लागि सबैले सघाउनुपर्छ,’ प्रजिअ घिमिरेले भने ।

जिल्लाभरि नै व्यवस्थित गरिने
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिलाई अँध्यारो कोठामा राख्ने, खाना राम्रो नदिने, यातना दिने, श्रममा लगाउने परिपाटीको अन्त्य गर्न हिरासत कक्षलाई व्यवस्थित गर्न लागिएको डिएसपी विकले बताए । यसपछि इलाका प्रहरी कार्यालय, श्रीनगरको हिरासत कक्षलाई आधुनिक बनाइने उनले बताए । ‘जिल्लाका सबै हिरासत कक्ष व्यवस्थित गर्छौं,’ उनले भने ।

सल्यानमा तयार भएको आधुनिक हिरासत कक्षका बारेमा कर्णाली प्रदेशका प्रहरी प्रमुखलाई पनि जानकारी दिइएको छ । प्रदेशभरि नै व्यवस्थित हिरासत बनाउने अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ । यो समाचार आजको नयाँपत्रिकाबाट लिएका छौ

Credit : raranews.com

डोल्पामा बिष सेवनबाट एकको मृत्यु दुईको अवस्था चिन्ताजनक

डोल्पा विष सेवनबाट एकजनाको आज मृत्यु भएको छ भने दुईजना गम्भीर बिरामी छन्। मृत्यु हुने जगदुल्ला गाउँपालिका(२ बस्ने २९ वर्षीया दर्शन बुढाथाकीको हुन भने सोही ठेगानाकै वर्ष ४३ का इन्द्रजित बुढाथोकी र ४५ वर्षीया चन्द्रा कुमारी बुढाथोकीको अवस्था गम्भीर

रहेको डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिएका छन् । ति व्यक्तिहरू जगदुल्ला गाउँपालिका(२ मा पर्ने सिमलाग्ना रहको होटेलमा साँझ ९ बजेर ३० मिनेटतिर चिया खाएर इप्रका काइगँउतर्फ जाँदै गरेको र शुक्रबार राति २ बजेतिर घटना भएको प्रहरीको

भनाइ रहेको छ । प्रहरीको अनुसार विष सेवनबाट मृत्यु भएका दर्शन बुढाथोकीसहित गम्भीर बिरामी परेका चन्द्रा कुमारी र इन्द्रजित बुढाथोकीलाई उपचारका लागी बिहान ९ बजेर ३० मिनेटमा हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ।

गम्भीर बिरामी परेको दुईजनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र दर्शन बुढाथोकीको पोष्टमाटम गरिदै छ। चिया खाँदै गर्दा जाजरकोट जिल्ला साविकको ढिमे गाविस खुर्पा बस्ने अन्दाजी वर्ष २४ ओम बहादुर बिसी पनि सँगै रहेको घटना घटेलगत्तै निज ब्यक्ति

फरार रहेको प्रहरीले जनाएको छ। मृतक दर्शन बुढाथोकी र चन्द्रा कुमारी बुढाथोकी देवर भाउजु रहेको र होटेल पनि चन्द्रा कुमारीकै रहेको बुझिएको प्रहरीको जनाएको छ। घटना विष सेवनबाट भएको आशंका गरिएको र घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

Credit : raranews.com

कर्णाली प्रदेश सरकारले छापामार शैली अपनाएको जुम्लाका सांसद : श्रेष्ठको आरोप

प्रतिपक्षी दल नेपाली कांग्रेसका कर्णाली प्रदेशस्थित सांसद्हरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले छापामार शैली अपनाएको आरोप लागएका छन् । शुक्रवार बसेको कर्णाली प्रदेशको वैठकमा बोल्ने सांसद्हरुले डा केसीलाई काठमाडौं लैजाने बहानामा प्रदेश र संघीय सरकारले छापामार शैली प्रयोग गरेकोआरोप लगाए हुन।

‘गत साउन ३ गते अस्पतालबाट अनसनरत डा गोविन्द केसीलाई काठमाडौं लैजाने बहानामा हतियारसहित अस्पतालमा प्रहरी पठाएर जुम्ला वासीलाई आतंकित पारिएको भन्दै जुम्लाका सांसद् दिनबन्धु श्रेष्ठले भने ‘प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले छापामार शैली प्रस्तुत गरेको आरोप लगाएका छन्।

सरकारले स्थानीय निकायहरुसंग छलफल गरी शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्नुको साटो अस्पतालको संरचना क्षति पुग्नेगरि बल प्रयोग गरेको प्रति सांसद श्रेष्ठले आपत्ति जनाएका छन । आगामी दिनहरुमा सरकारले अस्पताल जस्तो संम्बेदन शिल निकायमा यस्ता कार्यहरु नदोहोरिने गरि मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानून मन्त्रीले संसद्मा प्रतिबद्धता गर्नुपर्ने सांसद् श्रेष्ठको माग छ ।

यस्तै, आज संसदमा बोल्ने क्रममा नेकपाका जाजरकोटका सांसद् गणेशप्रसाद सिंहले भेरी करिडोरको विभिन्न भागमा पहिरो गएकोले तत्काल पन्छाउन सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । सडका बिभिन्न ठाउँमा पहिरो जाँदा यात्रुहरुको विचल्ली भएको भन्दै तत्काल डोजर उपलब्ध गराई करिडोरलाई सञ्चालनमा ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन ।

मुगुबाट निर्वाचित सांसद् दानसिंह परियारले कर्णाली राजमार्गलाई मृत्यु मार्गबाट समृद्ध मार्गमा रुपान्तरण गर्ने गरि सरकारले कदम चाल्नुपर्ने बताए । कालीकोटको नाग्मादेखि मुगुसम्मको सडकको अवस्था दयनीय भएको बताउँदै उनले सरकारले तत्काल उक्त सडक खण्डलाई कालोपत्रे गर्न माग समेत गरेका छन् ।

त्यस्तै रुकुमका सांसद देवी ओलीले राप्ती लोकमार्गको अवस्था नाजुक बन्दै गएको बताईन । राप्ती लोकमार्गको प्राय ठाउँहरुमा पहिरो जाँदा नागरिकले सास्ती पाइरहेकाले त्यसको समाधानका लागि प्रदेश सरकारको ध्यान जानुपर्नेमा सांसद ओलीको जोड् छ ।

कर्णाली प्रदेश सभाको शुक्रबार बसेको ३३औँ बैठकमा केहि विधेयक टेबुल भएका छन् । भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तर्फबाट ‘कर्णाली प्रदेश सहकारी विधेयक–२०७५’ टेबुल भएको छ

Credit : raranews.com

कर्णाली प्रदेशमा लगानी गर्न आउनेलाई १० वर्षसम्म कर र राजश्वमा छुट

कर्णाली प्रदेशको विकासका लागि लगानी आकर्षित गर्ने उद्धेश्यले कर्णाली प्रदेश सरकारले आज महत्वपुर्ण निर्णय गरेको छ । विहिवार सम्पन्न कर्णाली प्रदेशको मन्त्रिपरिषद वैठकले लगानी आकर्षित गर्न वैदेशिक ऋण, अनुदान, सहायता एवं अन्तराष्ट्रिय लगानी प्राप्त गर्न

प्रदेश सरकार आफैले वार्ता, संवाद र सहमति गर्न पाउनुपर्ने माग गर्दै नेपाल सरकार र अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशको समग्र विकासका लागि ठुलो लगानी आवश्यक भएको र लगानी मैत्रि वातावरण निर्माण गर्न प्रदेश सरकार तत्पर रहेको

पर्यटन मन्त्री नन्द बुढाले बताउनु भयो नीजि क्षेत्रवाट लगानी हुने , आयोजना, कार्यक्रम र उद्योगमा राज्यवाट संकलन हुने कर र राजश्वमा १० वर्षसम्म छुट हुने व्यवस्था मिलाई दिन पनि नेपाल सरकार र अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री बुढाले जानकारी दिनुभयो ।

त्यसै गरि आजको मन्त्रीपरिषद वैठकले कर्णाली प्रदेश गौरवका आयोजनाहरुको लागि विशेष अनुदान, समपुरक अनुदान, आन्तरिक ऋण तथा वैदेशिक सहायता एवं लगानीको व्यवस्थापनका लागि पनि नेपाल सरकार तथा अर्थ मन्त्रालयलाई अनुरोध गरि पठाउने निर्णय गरेको मन्त्री बुढाले वताउनुभयो ।

वैठकले प्रदेश लोकसेवा आयोग विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने र सल्यान जिल्लाको छत्रेश्वरी गाँउपालिकाको केन्द्र विवाद र गाउपालिकाको नाम परिवर्तनको विषयलाई प्रदेश सरकारको राजनैतिक समितिमा पठाउने निर्णय गरेको पनि उहाँले जानकारी दिनु भयो ।

Credit : raranews.com

आफैँले चलाएको गोली लागेर डोल्पामा सैनिक घाइते

डोल्पामा एकजना नेपाली सेनाका जवान आफँैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफँैले गोली चलाई घाइते भएका थिए ।

आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए ।

डा अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना) भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको बताए ।

ड्यूटीमा रहेका जवानले एकैपटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत हँुदै काठमाडौँ लगिएको छ ।

घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेकाले घटनाका बारेमा तथ्य कुरा भन्न नसकिने ईश्वरीबक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिए ।

ड्यूटीमा रहेका २२ वर्षीय ध्रुवको स्थायी घर कैलालीको धनगढीमा भएको नेपाली सेनाले जानकारी दिएको छ । घाइते जवानको अवस्था गम्भीर भए पनि होस्मा नै रहेकाले उपचार राम्रैसँग हुने चिकित्सकले जानकारी दिए । घाइते सैनिक जवान ध्रुव लेखेर नै आफ्ना भनाइ राख्छन् ।

Credit : raranews.com

जुम्ला अस्पताल तोडफोडमा डा केसीकै समर्थन गर्ने समुह संलग्न भएको खुलासा

अनसनरत गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गरेको कुरा अहिले खुब चर्चाको विषय बनेको छ । केसी पक्षकाले नेपाल प्रहरीले अस्पताल भित्र पसेर तोडफोड गरेको भन्ने आरोप लगाएका छन् भने अर्को पक्षले त्यसलाई अस्विकार गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई मान्ने हो र भिडियो हेर्ने हो भनेपनि केसीले अब म काठमाडौं जान्छु भनेको अवस्थामा केहीले मुख्यमन्त्री सहितको टोलीलाई केसीसग भेटवार्ता गर्न दिएनन् । केसी काठमाडौं जान्छु भन्ने अवस्था पुगिसकेका बेला पनि सरकारी टोलीले भेट्न नपाउनु दुखद भएको सरकारी पक्षको भनाई छ ।

यसैविच, अस्पतालमा तोडफोड भएको, प्रहरीले प्रहरी कै गोली हानी हत्या गरेको समाचार सामाजिक संजालमा अफवाह फैलाउन सफल केही तत्वहरुले यसलाई खुब जोडतोडका साथ प्रस्तुत गरे । यसैक्रममा अस्पतालमा तोडफोडको एउटा भिडियो सार्वजनिक भएको छ । जहा केही विद्यार्थी अस्पतालका कुर्चि माथिल्लो तलाबाट धमाधम प्रहरीको भिडमा फाल्दैछन् । प्रहरीमाथि कुर्चि प्रहार भएको भिडियो तपाई आफै हेर्नुहोस् र आफै तोडफोड कसले गरेछ बुझ्नुहोस्

https://platform.twitter.com/widgets.js

Credit : raranews.com

कर्णालीमा एक प्रहरीलाई तीन सय नागरिकको सुरक्षा जिम्मेवारी

भौगोलिक रूपले विकट मानिएको कर्णालीमा एक प्रहरीलाई तीन सय १९ नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी छ । २८ हजार ९ सय ७३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कर्णालीको जनसंख्या १६ लाख २३ हजार ६ सय २३ छ । प्रहरी दरबन्दी ५ हजार ९० छ । प्रदेशमा सिभिल, ट्राफिक, नेपाली सेना र प्राविधिक प्रहरी छन् ।

शान्ति सुरक्षामा १० करोड विनियोजन
कर्णाली प्रदेशले आर्थिक वर्ष ०७५/७६ को बजेटले ‘समृद्धि र विकासका लागि शान्ति सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा’ नारा अवलम्बन गरेको छ । चोरी, डकैती, गुन्डागर्दी, कालोबजारी, जबर्जस्ती असुली, मानव बेचबिखन, महिला हिंसाजस्ता अपराधको प्रभावकारी रूपमा नियन्त्रण गर्न विशेष शान्ति सुरक्षा अभियान सञ्चालन गर्ने सरकारको लक्ष्यसहित १० करोड विनियोजन भएको छ । प्रदेश प्रहरी गठन एवं प्रदेश प्रहरी मुख्यालयलगायत आवश्यक संरचना तयार गर्ने सरकारको लक्ष्य छ ।

स्थानीय आवश्यकता, भौगोलिक अवस्था र विशिष्टीकरणका आधारमा सुरक्षा सेवाको वर्गीकरण गरी पर्यटकीय क्षेत्रमा पर्यटकीय प्रहरी सेवा, ग्रामीण क्षेत्रमा सामुदायिक प्रहरी सेवा र नगर क्षेत्रमा नगर प्रहरी सेवा स्थापना र विस्तार गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दाबी छ । स्थानीय सरकार र सरोकारवालासँगको सहकार्यमा ‘हाम्रो प्रहरी, हाम्रो साझेदारी’ कार्यक्रमद्वारा सहरदेखि गाँउसम्म सुरक्षाको अनुभूति दिलाउन ‘प्रहरी युवा हातेमालो अभियान’ सञ्चालन गर्ने सरकारी योजना छ ।

२१५ इकाइबाट सुरक्षा
कर्णालीका १० जिल्लामा २ सय १५ इकाइबाट सुरक्षा गर्नुपर्ने प्रहरीको बाध्यता छ । भूगोलका आधारमा एक प्रहरीले झन्डै ६ किलोमिटरसम्मको सुरक्षा दिनुपर्छ । भौगोलिक विकटता र स्रोत–साधनको कमीले पनि सबै क्षेत्रको सुरक्षाका लागि चुनौती भएको एसपी ओलीले बताए ।

भू–बनोटले चुनौतीपूर्ण
प्रदेशको भूबनोट सुरक्षाका दृष्टिले चुनौतीपूर्ण रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी वीरबहादुर ओलीले बताए । ‘कर्णालीमा भौगोलिक विकटता छ, कुनै ठाउँमा घटना भए घन्टौँ हिँड्न बाध्य भए पनि कहिलेकाहीँ प्रहरीको सुरक्षा प्रभावकारी नभएको नागरिक गुनासो आउने गरेको छ,’ उनले भने ।खगेन्द्र भट्टराईले आजको नयाँ पत्रिकामा समाचार लेखेका छन्

Credit : raranews.com