वि.स.२०७५ साल वैशाख १८ गते । मंगलबार । ईश्वी सन् २०१८ मे ०१ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि प्रतिपदा २ घडी २६ पला,बिहान ०६ बजेर २५ मिनेट उप्रान्त द्धितिया । नक्षत्र विशाखा २५ घडी ५१ पला,दिउसो ३ बजेर ४८ मिनेट उप्रान्त अनुराधा । योग व्यातीपात १० घडि ४२ पला,बिहान ०९ बजेर ४४ मिनेट उप्रान्तल वरियान । करण कौलव,विहान ६ बजेर २५ मिनेट उप्रान्त तैतिल,बेलुकी ६ बजेर ४६ मिनेट उप्रान्त गर । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि तुला,बिहान ९ बजेर २८ मिनेट उप्रान्त बृश्चिक । श्रमिक दिवस।
काठमाडौंमा सूर्योदय ५ बजेर २७ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ५४ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिदिबहिनिबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । भौतिक शुख सुबिधा एबम् सत्कार मिल्ने समय रहेको छ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । पारिवारिक जमघट तथा सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । बिद्यामा तथा प्रतिश्पर्धामा तपाईकै जित निश्चित छ ।
शुभ अंक — २,५ शुभ दिशा — दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मन परेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवन साथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने समय रहेकोछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ ।
शुभ अंक — २,३ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले धन सम्पति तथा अचल सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउने हुदा मन प्रशन्न रहनेछ । मध्यान्हबाट सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला ।
शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ ।
शुभ अंक — ४,५ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने हुँदा मन प्रशन्न रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।
शुभ अंक — ५,८ शुभ दिशा — उत्तर
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँगको सम्बन्मा आत्मियता बढ्नेछ । मध्यान्हबाट साय मध्ययम रहेकोले बिभिन्न अवसर प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।
शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसाय अगाल्नेहरुले आजको दिन मनग्गे आम्दानि गर्न सक्नेछन् ।
शुभ अंक — ४,७ शुभ दिशा — उत्तर
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । बिहानको समयमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
शुभ अंक — २,९ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
संकट व्यावस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने प्रतिश्पर्धिहरु हार खानेछन् । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् । बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुँने योग रहेको छ । सरकारि तथा गैर सरकारि सस्थामा नोकरि तथा पदोन्नति हुँने गतिलो सम्भावना रहेको छ ।
शुभ अंक —३,९ शुभ दिशा — उत्तर
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।
शुभ अंक — २,६ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाई लेखाईमा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै उत्तम हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । बिहानको समय राम्रो रहेकोले धार्मिक कार्यमा मन जानेछ भने धर्म कर्म प्रति समयले आस्थावान बनाउनेछ । शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
शुभ अंक — २,५ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसायमा लगानि गर्न वा नाँफा कमाउँन केहि समय कुर्नु पर्नेछ । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँने तथा घर परिवारमा एक अर्काबिच राए बाजिनेछ ।
शुभ अंक — ४,६ शुभ दिशा — पुर्व
शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट : राशिफलमा जे जस्तो भए पनि व्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यवाद ।
Credit : onlinepana.com
