बौद्ध सम्मेलनको तयारी तीब्र पार्न मन्त्री पोखरेलको निर्देशन

रक्षामन्त्री ईश्वर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी सिंगो नेपाली जनताको साझा गौरव गर्ने ठाउँ भएकाले लुम्बिनीमा आयोजना हुने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई भव्यरुपले सफल पार्न तयारीमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनका लागि नेपाली सेनाले करिब एक महिनाको अवधिमा निर्माण गरेको तीन हजारभन्दा बढी क्षमताको सभागृह तथा बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ती तथा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनको तयारी सम्बन्धमा जानकारी लिन रक्षा मन्त्री पोखरेल आज लुम्बिनी आउनुभएको हो ।

उहाँले भन्नुभयो – “यही वैशाख १५ र १६ गते आयोजना हुने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनले नेपालसँगै अन्तर्रा्ष्ट्रिय जगतमा समेत महत्वपूर्ण सन्देश दिने भएकाले यसलाई सफल बनाउनु सबैको कर्तव्य हो ।”

नेपाली जनताको आस्थाको धरोहर लुम्बिनीको संरक्षण तथा प्रचारप्रसार गर्ने काम सबैको चासोको विषय हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

लुम्बिनीको विकासमा स्थानीय जनता, नागरिक समाज, राजनीतिक दलको विशेष चासो भएमा यसको विकास प्रभावकारी ढंगले अगाडि बढाउन सकिने बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको साझा महत्वपूर्ण क्षेत्रको संरक्षण, सम्वद्र्धन र सुरक्षामा सबै लाग्नुपर्छ ।”

उहाँले लुम्बिनीको योजनाबद्ध विकासका लागि चार दशकदेखि कार्यान्वयनमा रहेको लुम्बिनी गुरुयोजनाको काम विगतमा देशमा जारी द्वन्द्व लगायतका कारणले प्रभावकारीरुपमा अघि बढ्न नसकेको स्वीकार्दै सरकारले लुम्बिनीको विकासका लागि राजनितिक क्रिडास्थल बन्न नदिने, योग्यता, क्षमता र योगदानलाई हेरेर दक्ष र विज्ञ व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिने समेत बताउनुभयो ।

रु चार करोड लागतमा उक्त सभागृह नेपाली सेनाले करिब एक महिना लगाएर निर्माण सम्पन्न गरेको हो ।लुम्बिनीमा हुने तीन दिने कार्यक्रमको सम्पूर्ण तयारीका बारेमा मन्त्री पोखरेललाई प्रदेश ५ का पर्यटन मन्त्री लीला गिरी र लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव इन्जिनियर सरोज भट्टराईले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा मन्त्री पोखरेलले जिल्लास्थित उच्च सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग सम्मेलनका लागि भएका सुरक्षा प्रवन्धबारे जानकारी लिनुभएको थियो । मन्त्री पोखरेलले सभागृहको अवलोकनपछि मायादेवी मन्त्रीको अवलोकन तथा दर्शनसमेत गर्नुभएको थियो ।

यही वैशाख १५ र १६ गते अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन तथा १७ गते २५६२ औँ बुद्धजयन्ती कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओली तीन दिन लुम्बिनीमा रहनुहुने कार्यक्रम रहेको छ । यस्तै, बुद्ध जयन्ती कार्यक्रमका लागि प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आउनुहुने कार्यक्रम रहेको छ ।

Credit : onlinepana.com

नेकपाले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीभित्र खैलाबैला, सिन्धुली प्रहरीमा शक्तिशाली भूकम्प

नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरी भित्र खैलाबैला मच्चिएको छ । उता सिन्धुली प्रहरीभित्र भने यो खबरले भूकम्प नै गएको छ ।

शनिबार बिहान पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको दावी गरेपछि पुरै प्रहरीभित्र हलचल ल्याएको छ। यद्धपि यसबारे कुनै आधिकारिक पुष्टि भने हुन् सकेको छैन ।

यसैबीच प्रहरीले सिन्धुलीबाट नेकपनिकट अखिल (क्रान्तिकारी) का २ जना नेतालाई गिरफ्तार गरेको छ । डिएसपी शर्माले एकजना केन्द्रीय नेता र अर्का जिल्लास्तरीय नेतालाई गिरफ्तार गरेको बताएका छन् ।

उनका अनुसार अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजन बस्नेत र सिन्धुली जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेल गिरफ्तार परेका हुन् । उनीहरुबारे थप अनुसन्धान भैरहेको डिएसपी शर्माले बताए ।

सैन्य बेसक्याम्प चलाएको हल्लापछि सिन्धुलीमा व्यापक प्रहरी परिचालन गरिएको सूचना समेत प्राप्त भएको छ ।

Credit : onlinepana.com

‘एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन्’

नेकपा एमालेका स्थायी कमिटी सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने,‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु।’

उनले पार्टी एकता भनेको कुरा केटाकेटीको खेलजस्तो नभएको स्पष्ट पारे । उनले भने,‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए ।

भोलि बैशाख ९ गतेको लागि एकता घोषणा गर्ने भनिएपनि त्यो सम्भावना नहरेको उनको भनाई थियो । यद्धपी उनले भोलि दुवै पार्टीले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने जानकारी दिए ।

फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नेहरु राम्रो गर्नेको विरोधीमात्रै भएको टिप्पणी गरे । भारत र चीन नेपालका लागि दुवै अनन्य मित्र रहेकोले दुवै देशसँग पारस्परिक रुपमा सम्बन्ध अघि बढाउन ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई थियो ।

यस्तै सो कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारको बारेमा टिकाटिप्पणी गर्नु हतारो हुने भएपनि सरकारले हतार गरेर अघि बढेको आरोप लगाए । लेखकले भने,‘वर्तमान सरकार केही गर्न नसक्ने मनोविज्ञानका साथ पूर्व तयारी गरिरहेको छ।’

वर्तमान सरकारका नीतिहरु हेरेर ठिक छ भने सहयोग गर्ने र गलत छ भने विरोध गर्ने आफूहरुको तयारी रहेको लेखकले जनाए । केन्द्रिय कार्यसमिति बैठकपछि कांग्रेस एक ढिक्का हुने उनको विश्वास थियो ।

उनले भने,‘पार्टीभित्र केही मतभिन्नताहरु हुनु स्वभाविक हो, ती सबै भावनाहरुलाई सम्बोधन गरेर अघि बढ्छौं।’ मुलुक संघीय संरचनामा गएकोले पार्टीको संगठनात्मक ढाँचामा अघि बढाउने उनले जनाए ।विधान संशोधन, पदाधिकारी मनोनित र महासमिति बैठकको सुनिश्चिततापनि यो बैठकले गर्ने उनको भनाई थियो ।

Credit : onlinepana.com

एकाएक ओली सरकारको समर्थनमा किन उत्रिए गगन थापा, बालुवाटारमा खुसियाली

नेपाली कांग्रेसका युवा नेता गगन थापा केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनमा उत्रिएका छन्। विरोधका लागि विरोध गर्ने प्रवृति चिर्दै नेता थापा ओली सरकारले चालेको सकारात्मक कदमको पक्षमा उभिएका हुन् ।

हुन त थापाले यसअघि संसद बैठकमा पनि सरकारका रचनात्मक काममा सहयोग गर्ने र गलत कामको विरोध गर्ने बताइसकेका छन्। सोही प्रतिबद्धताअनुसार गगन थापाले सार्वजनिक यातायातको सिण्डिकेट तोड्ने सरकारको प्रयास स्वागतयोग्य भएको बताएका छन्।

उनले यसलाई सार्थक निष्कर्षमा पुर्याउन निजी क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण, ग्रामिण भेगमा सार्वजनिक यातायातको सुनिश्चितता एवं दुघर्टना हुँदा क्षतिपूर्तिजस्ता विषयलाई पनि तत्काल मापदण्ड बनाएर व्यवस्थित गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको रारा सम्बोधन, विद्यार्थीलाई भर्ना अभियानले सरकारको आलोचना भइरहेका बेला सिण्डिकेट तोड्ने प्रयासको भने सर्वत्र प्रशंसा भइरहेको छ । कांग्रेसबाट पनि युवा नेता थापाले यो कदमको स्वागत गरेका हुन्।

Credit : onlinepana.com

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओलीले आफ्ना प्रवक्ता एवं सञ्चार राज्यमन्त्रीमार्फत बराबरीमा एकता हुनै नसक्ने सन्देश दिएपछि माओवादी अध्यक्ष प्रचण्डले ओलीकै शैलीमा एमालेलाई कडा जवाफ दिएका छन्।

प्रचण्डले नेता देवेन्द्र पौडेलमार्फत माओवादी खतरा मोल्ने पार्टी भएको र युद्धमा सेनालाई समेत जितिसकेको एमालेसँग नडराउने भन्दै सचेत गराएका हुन्।

माउन्टेन टेलिभिजनको खरो प्रश्न कार्यक्रममा बोल्दै नेता पौडेलले प्रचण्डको व्यक्तित्वलाई नजरअन्दाज गरेर पार्टी एकिकरण गरियो भने त्यो कुरा सहज हुँदैन भन्ने एमालेले बुझ्नु जरुरी भएको बताए।

साथै थुप्रै हण्डर र प्रतिकुलताका वावाजुद पनि पार्टीलाई एउटा प्रणालीमा टिकाएर ल्याउने काम जसरी एमाले वृतका साथीहरुले गरे र विधी र प्रणालीमा टिकाए र माओवादीको लहर चल्दा पनि एमाले पार्टी टिक्यो, त्यो माओवादीले बुझ्नुपर्नेमा उनले जोड दिए।

पौडेलले अगाडि भने, ‘माओवादी पार्टी खतरा मोल्ने पार्टी हो। पृथ्वीनारायण शाहको पालादेखि जग बसेर आएको नेपाली सेनासँग त खतरा मोलेर लडाईमा भाग लियौं,गणतन्त्रको अपिल गर्यौ भने त्यो भन्दा एमालेसँगको एकता आरामदायी छ,किन डराउने ?’

उनले एकीकृत पार्टीको सहअध्यक्ष भएपनि कार्यकारी अधिकार प्रचण्डले लिएर पार्टी चलाउनुपर्ने भन्दै दुई बर्षपछि एकिकृत पार्टीको महाअधिवेशन गरिन सक्ने बताए। महाअधिवेशनले गर्ने निर्णय स्विकार गर्ने र पाँच बर्षसम्म स्थायी सरकारमा तलमाथि नहुने पौडेलको भनाई छ।



Credit : onlinepana.com

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग पनि पार्टी एकीकरणका विषयमा कुरा मिलेको छैन ।

एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ राख्न दबाब दिएका छन् । पार्टी संगठनमा ५०–५० को हिस्सेदारी र विधानमा ‘जनयुद्ध’ शब्द राख्ने/नराख्ने विषयमा एमाले–माओवादीबीच तीव्र विवाद छ ।

‘जनयुद्ध’लाई एकीकृत पार्टीको विधानमा राख्न र केन्द्रीय नेतृत्वमा समान हिस्सेदारी सिद्धान्त अनुमोदन गर्न दाहालको आग्रहलाई ओलीले ठाडै अस्वीकार गरेको स्रोतको दाबी छ ।

स्रोतले भन्यो, ‘१० वर्षे जनयुद्ध र त्यसले पुर्‍याएको मानवीय एवं भौतिक संरचनाको क्षतिका आधारमा आज पनि अन्तर्राष्ट्रिय जगत्ले माओवादीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । यस्तो अवस्थामा एकीकृत पार्टीको विधानमै जनयुद्ध शब्द राख्न सकिँदैन ।’

ओलीले निर्वाचनका बेला उम्मेदवारी दिँदा भएको ७०–३० को रेसियोमा पार्टी संगठनमा जिम्मेवारी बाँडफाँडमा जोड दिएका थिए । संगठन सहभागितामा केही लचिलो हुँदै ओलीले पूर्ववत् सहमतिमा एक/दुई प्रतिशत तलमाथि गर्न सकिने बताएका थिए ।

‘कुनै हालतमा ५०–५० हुन सक्दैन । यसले पार्टीलार्ई एकता होइन, अनेकतामा पुर्‍याउन सक्छ’, ओलीको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो ।

नेताद्वयको वार्ताबारे जिज्ञासा राख्दा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले एमाले र माओवादीबीच पार्टी एकतामा नेताद्वय प्रतिबद्ध रहेकाले वार्ता पनि एकतातर्फ नै केन्द्रित रहेको बताए ।

Credit : onlinepana.com

नेपालमा पूरा हुनेभयो भारतीय प्रधानमन्त्री मोदीले चाहेको कुरा, प्रधानमन्त्री ओलीले सघाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पवित्र धार्मिकस्थल जनकपुर दर्शन गर्ने चाहना पूरा हुने भएको छ । यसको प्रबन्ध मिलाइदिएको छ केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारले । यसअघि ओली सरकारकै कारण भ्रमण रद्ध गरेका मोदी ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि जनकपुर र मुक्तिनाथको दर्शन गर्न नेपाल आउन लागेका हुन् ।

भारतीय मिडिया हिन्दुस्तान टाइम्सका अनुसार मोदी आउँदो मे ११ अर्थात यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने छन् । उनी त्यहि दिन धार्मिकस्थल जनकपुर जाने तय भएको छ ।

मोदीको यसपटकको नेपाल भ्रमण उनी सत्तामा आएदेखि तेस्रो हुनेछ । तर नयाँ संविधान जारी भएर चुनाव भइ फेरिएको राजनीतिक परिवेशमा हुन लागेको मोदीको पहिलो भ्रमणलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।

केही हप्ताअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा गएका थिए । त्यहि बेला ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । ओली गएको चैत २३ देखि २५ सम्म भारतमा थिए ।

यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघिको भ्रमणमा मोदी जनकपुर जान चाहेका थिए तर सम्भव भएको थिएन ।

पहिले ओलीको भारत भ्रमण र अहिले हुने तयारी रहेको मोदीको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुद बन्ने देखिएको छ ।

Credit : onlinepana.com

विधानमा ‘जनयुद्ध’ राख्न विदेशीले मान्दैनन्, ५०-५० हिस्सा ज्यान गए हुँदैनः ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धका कारण अन्तर्राष्ट्रिय जगतले माओवादी केन्द्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताएका छन् । शुक्रबार भएको वार्तामा ओलीले अन्तर्राष्ट्रिय जगतको दृष्टिकोण परिवर्तन नभएकै कारण एकीकृत पार्टीको विधानमा जनयुद्ध शब्द राख्न नसकिने बताए ।

“१० वर्षे जनयुद्ध र त्यसले र्पुयाएको मानवीय एवं भौतिक संरचनाको क्षतिका आधारमा आज पनि अन्तर्रा्ष्ट्रिय जगतले माओवादीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । यस्तो अवस्थामा एकीकृत पार्टीको विधानमै जनयुद्ध शब्द राख्न सकिँदैन” स्रोतले उदृत गर्दै अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।

जनयुद्ध शब्द राख्न प्रचण्डले दबाब दिएपनि ओलीले ठाडै अस्वीकार गरेका छन् । त्यसैगरी पार्टी संगठनमा ५०/५० को हिस्सेदारीलाई ओलीले अस्वीकार गरेका छन् । “कुनै हालतमा ५०÷५० हुन सक्दैन । यसले पार्टीलार्ई एकता होइन, अनेकतामा पुर्याउन सक्छ’, ओलीले प्रचण्डसँग भने ।

शुक्रबारको बैठकमा ‘जनयुद्ध’लाई एकीकृत पार्टीको विधानमा राख्न र केन्द्रीय नेतृत्वमा समान हिस्सेदारी सिद्धान्त अनुमोदन गर्न दाहालको आग्रहलाई ओलीले ठाडै अस्वीकार गरेको स्रोतको दाबी छ ।

ओलीले निर्वाचनका बेला उम्मेदवारी दिँदा भएको ७०/३० को रेसियोमा पार्टी संगठनमा जिम्मेवारी बाँडफाँडमा जोड दिएका थिए । संगठन सहभागितामा केही लचिलो हुँदै ओलीले पूर्ववत् सहमतिमा एक÷दुई प्रतिशत तलमाथि गर्न सकिने बताएका थिए ।

नेताद्वयको वार्ताबारे जिज्ञासा राख्दा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले एमाले र माओवादीबीच पार्टी एकतामा नेताद्वय प्रतिबद्ध रहेकाले वार्ता पनि एकतातर्फ नै केन्द्रित रहेको बताए ।

माओवादी सचिवालय सदस्य मणि थापाले ‘जनयुद्ध’ शब्द विधानमै राखेर पार्टी एकता नगर्न शक्तिकेन्द्रबाट दबाब आएको हुन सक्ने बताए ।
थापाले भने, “प्रचण्डले पार्टीको केन्द्रीय निकायमा समान हिस्सेदारीको अवधारणा ल्याउँदा भविष्यमा पार्टी कब्जा हुन्छ कि भन्ने ओलीको चिन्ता हुन सक्छ ।”

Credit : onlinepana.com

फुट्‍यो राजपा, नयाँ पार्टी घोषण, महतो र ठाकुर राष्ट्रियताको लागि खतरा

राष्ट्रिय जनता पार्टी नेपाल औपचारिक रुपमा विभाजन भएको छ । विभिन्‍न मधेसवादी पार्टी मिलेर नयाँ पार्टी गठन भए लगत्तै विवाद सुरु भएको राजपा अन्ततः विभाजन भएको हो ।

शुक्रबार उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) को घोषणा छ । यादवसहित ३३ जना केन्द्रीय सदसस्यहरुले राजपाबाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका हुन् ।

संविधान संशोधनमा कुनै भूमिका नखेलेको, मधेस अान्दोलनमा निर्दोष जनताको ज्यान गुमाउँदा अध्यक्षमण्डलले व्यक्तिगत रुपमा फाइदा उठाएको भन्दै नयाँ पार्टी गठन गर्नु परेको घोषणा सभामा नेताहरुले बताए ।

पार्टीको महाधिवेशन गरेर समग्र कार्यविभाजन गर्ने बताउँदै यदवले तत्काल तदर्थ समिति बनाएर पार्टी संचालन गर्ने जानकारी दिइएको थियो । जसको संयोजकमा अशोककुमार यादव, सह-संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा रहेका छन् ।

यस्तै प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

सह-संयोजक रीतेश कुमार सिंहले आफूहरुले पद नपाएर पार्टी नफुटाएको बताउँदै राजपाका अध्यक्ष मण्डलहरुले राष्ट्रियताविरुद्ध गतिविधि गर्दै आएको समेत अारोप लगाए । उनिहरुबाट राष्ट्रियतामाथि खतरा देखेकोले हामीले बाध्य भएर पार्टी फुटाएको उनको बताए ।

Credit : onlinepana.com

राजनीतिक स्थायित्वका लागि वाम एकता

दुई वाम दलबीचको एकता प्रक्रिया लम्बिँदै जाँदा एकतामा अनेक आशङ्का उब्जिए पनि वाम विश्लेषकले भने राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वाम एकता अनिवार्य रहेको बताउनुभएको छ ।

गएको असोज १७ गते पार्टी एकता गर्ने गरी वाम गठबन्धनका दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच सातबुँदे सहमति भएको थियो । त्यसपछि यही वैशाख ९ गते भव्य कार्यक्रमसहित पार्टी एकता घोषणा गर्ने तयारी भए पनि त्यो मिति पर सरेको छ । अब पार्टी एकताको घोषणा वैशाख २२ गते कार्ल माक्र्स जन्मेको दिन गर्ने तयारी दुवै दलले थालेका छन् ।

दुई दलको एकता यसअघि प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि चैत २१ गते नै गर्ने तयारी गरिएको थियो तर त्यस बेला पनि एकता प्रक्रियाको गृहकार्य पूरा हुन नसकेपछि एकता घोषणा हुन नसकेको बताइयो । त्यसपछि कार्यदलले सिफारिस गरेअनुरूप कम्युनिस्ट पार्टी स्थापना भएको दिन वैशाख ९ गते (अप्रिल २२) गर्ने तयारी दुवै दलको थियो ।

अब कार्ल माक्र्सको जन्मदिन वैशाख २२ गते पार्टी एकता घोषणा उपयुक्त हुनसक्ने आकलन वाम नेताहरूको छ । त्यस दिन माक्र्स जन्मेको दुई सय वर्ष पुग्ने र सो दिन पार्टी एकता घोषणाको उपयुक्त समय हुने कार्यदलका सदस्य तथा एमाले नेता वेदुराम भुसाल बताउनुहुन्छ ।

कार्यदलले आगामी पार्टीको चुनाव चिह्न र माओवादीद्वारा प्रस्तावित ‘जनयुद्ध’ शब्दमा सहमति नजुटाई नै प्रतिवेदन दियो । सो विवादित विषय मिलाउन कार्यदलले निकै गृहकार्य गरेको थियो । कार्यदल बैठकले मिलाउन नसकेपछि एमाले महासचिव तथा कार्यदलका सदस्य ईश्वर पोखरेल र संयोजक थापालाई सहमति गर्ने अख्तियारी दिएको थियो ।

एक सातासम्म दुईजना नेताले गृहकार्य गर्दासमेत सहमति जुट्न नसकेपछि विवादका विषय जस्ताको तस्तै पार्टी एकता संयोजन समिति अर्थात् दुई अध्यक्षको नेतृत्वको समितिमा पठाउने निक्र्योलमा कार्यदल पुग्यो । त्यहीअनुरूप अहिले दुई दलका अध्यक्ष सहमतिको प्रयासमा लाग्नुभएको छ ।

समृद्धिका लागि एकता

वाम विश्लेषक मुमाराम खनाल दुई पार्टीको एकता मुलुकका लागि आवश्यक भएकाले ढिलोचाँडो पार्टी एकता हुनेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ । मुलुकको समृद्धि हासिल गर्न राजनीतिक स्थायित्व अनिवार्यजस्तै रहेको बताउँदै उहाँले अहिलेको राजनीतिक परिवेशले त्यसको झलक दिइरहेको छ भन्नुभयो ।

“वाम एकता नहोस् भन्न चाहने पनि तमाम होलान् तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि दुई दलको एकता अनिवार्य छ, दुई अध्यक्षहरू आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । “नेपाली वामपन्थी नेताहरू बढी व्यक्तिवादी छन्, यो सबैलाई थाहा छ तर उनीहरूले चाहेमा मुलुक बनाउन पनि सक्छन्”, विश्लेषक खनालले भन्नुभयो, “प्रतिशतमा समानताको कुरा माओवादीको बार्गेनिङ मात्र हो, अन्ततः ६०–४० मा कुरा मिल्ने म देख्छु । ”

अर्का वाम विश्लेषक श्याम श्रेष्ठले पार्टी एकता मुलुकको आवश्यकता भए पनि नेताहरूको व्यवस्थापनले एकतामा आशङ्का उब्जाएको बताउनुभयो । “पहिलो पार्टीको सैद्धान्तिक र वैचारिक विषयलाई टुङ्गो लगाएर एकता प्रक्रिया अगाडि बढ्नुपथ्र्यो, त्यो नमिलाएर जाँदा अहिले समस्या देखिएको हो”, श्रेष्ठले भन्नुभयो, “पार्टी एकीकरण गर्ने हो कि एकअर्कामा विलीन गर्ने हो ?”

एकताको सवाल महŒवपूर्ण रहेको भन्दै विश्लेषक श्रेष्ठले भन्नुभयो, “अब बन्ने नयाँ पार्टीको केन्द्रीय कमिटीमा ५०–५० प्रतिशतको हैसियत नहुने हो भने माओवादीको एउटा पनि एजेन्डा पारित हुने अवस्था रहँदैन, त्यही डरले अध्यक्ष प्रचण्डले ५० प्रतिशतको कुरा उठाउनुभएको हो । ” श्रेष्ठले ठूलो दल एमाले हो, त्यसैले उसले छाती ठूलो पार्न सक्नुपर्छ भन्नुभयो ।

वाम विश्लेषक तथा पूर्व एमाले नेता मोदनाथ प्रश्रितले पार्टी एकता घोषणा वैशाख मसान्तभित्रै हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रमुख दुई नेताको सही व्यवस्थापन हुन सके बाँकी विषय गौण हुन् भन्दै उहाँले त्यसकै लागि अहिले एकतामा ढिलाइ भइरहेको टिप्पणी गर्नुभयो ।

“वाम एकता अहिलेको मुलुकका लागि बाध्यता हो, कुन दललाई फाइदा वा घाटाको विषय होइन”, विश्लेषक प्रश्रितले भन्नुभयो, “६०–४० को हैसियतमा दुवै दलको एकता हुनुपर्छ, त्यसरी नै दुवै दलको सम्मान हुन्छ, अनावश्यक बार्गेनिङमा लाग्नु हुँदैन । ” उहाँले वाम एकता नभएमा मुलुक पुनः राजनीतिक अस्थिरतामा धकेलिने र मुलुकको आर्थिक समृद्धि सपना मात्र हुने बताउनुभयो ।

Credit : onlinepana.com