वि.स.२०७५ साल जेष्ठ ०३ गते आजको राशिफल

वि.स.२०७५ साल जेष्ठ ०३ गते । बिहिबार । ईश्वी सन् २०१८ मे १७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण शुक्ल पक्ष । तिथि द्धितिया २२ घडी ०३ पला,दिउसो २ बजेर ०५ मिनेट उप्रान्त तृतिया । नक्षत्र रोहिणी १० घडी १० पला,बिहान ०९ बजेर २० मिनेट उप्रान्त मृगशिरा ।

योग सुकर्मा ४२ घडि ०८ पला,बेलुकी १० बजेर ७ मिनेट उप्रान्त धृति । करण कौलव,दिउसो २ बजेर ७ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा उत्पात योग । चन्द्रराशि बृष,बेलुकी ८ बजेर ३८ मिनेट उप्रान्त मिथुन । विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस ।

काठमाडौंमा सूर्योदय ५ बजेर १६ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ४४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कुनैपनि निर्णय गर्दा वा महत्वपुर्ण विषयमा दिईने प्रश्तुतिमा ध्यान दिनुहोला पर्याप्त तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ । सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने लगानि डुब्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा कमजोर भएको आभास हुनेछ । माया प्रेममा सामान्य मनमुटाव हुनेछ भने घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा भनाभन हुँने योग रहेकोछ

शुभ अंक — २,३ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

 समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ ।

शुभ अंक — २,६ शुभ दिशा —उत्तर

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ । घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा समयमा नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ । काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ ।

शुभ अंक — ४,५ शुभ दिशा — उत्तर

शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्राबिधिक शिक्षाको सदुपयोग गरि परिणाममुखि काम गर्न सकिनेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । सानो लगानिबाट सुरु गरिएका व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेम सफल रुपमा अगाडि बड्ने समय रहेकोछ भने जीवन साथिको सल्लाह लिएर अगाडि बढ्दा नतिजा राम्रो आउनेछ ।

शुभ अंक — ५,९ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ । स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको फितलो उपश्थितिले गर्दा अरुभन्दा पछाडि परिनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक सम्पति तथा सवारि साधनको प्र्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । व्यापारमा समय दिए अनुशार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तुलनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा केहि समय खर्चिय राम्रा तथा उपलब्धिमुलक कामहरु बन्नेछन् । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — ४,८ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।

शुभ अंक — २,९ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ ।

शुभ अंक —३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हँुनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने पति पत्नि बिच मनमुटाब बड्न सक्छ । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य तथा पेट सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — १,६ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ । आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

शुभ अंक — ३,८ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ ।

शुभ अंक — ४,८ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट : राशिफलमा जे जस्तो भए पनि व्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यवाद ।

Credit : onlinepana.com

तीतो करेला स्वास्थ्यका लागि अति लाभदायक

स्वास्थ्य रहन खानपानमा ध्यान दिन जरुरी छ । कस्तो खानपान कुन व्यक्तिले सेवन गर्ने जस्ता कुराहरु थाहा पाउन जरुरी हुन्छ । जसले गर्दा स्वस्थ रहन सकिन्छ । हाम्रो वरिपरी धेरै प्रकारका तरकारीहरु रहेका छन् । सवैको भुमिका उत्तिकै रहेका छन् ।

तरकारीमा साग, आलु, भेन्टा, फर्सी, काउली, बरेला, करेला आदि जस्ता तरकारीहरु बजारमा पाइन्छ भने गाउँ घरमा खेत बारीमा पाइन्छ । खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि अति लाभदायक छ ।

शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्या‍उँछ । पाचनशक्ति बलियो बनाउने र भोक जगाउने काम करेलाले गर्छ ।

गर्मी याममा करेला सेवन गर्नु लाभदायक हुन्छ जसले शितल बनाउँछ । दमको समस्या भएकाहरूले मसला नराखी पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ । पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।

बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा हुन्छ । बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ । डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्नुको साथै रगत सफा हुन्छ ।

Credit : onlinepana.com

तपाईँको आज–मेष र कुम्भ अनुकूल

२०७५, वैशाख २७ गते बिहिबार, शुद्धकृष्ण ज्येष्ठ दशमी, शतभिषा नक्षत्र, ऐन्द्रयोग, कुम्भमा चन्द्रमा,
मेषः दिन उत्तम रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । मुख्य काम हात लाग्नेछ । मन प्रफुल्ल हुनेछ ।

वृषः दिन अनुकूल रहनेछ । मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।

मिथुनः दिन मध्यम छ । धर्मकर्ममा व्यवधान आउन सक्छ । काममा ढिलासुस्ती हुनेछ । मनोबल घट्नेछ ।

कर्कटः दिन प्रतिकूल छ । काम गर्ने जाँगर हराउनेछ । साना साना समस्याले दु:ख दिनसक्नेछ । खर्चमा वृद्धि हुनेछ ।

सिंहः दिन अत्युत्तम रहनेछ । आँटे ताकेको काम बन्नेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ ।

कन्याः दिन उत्तम रहनेछ । नयाँ कामको अवसर आउनेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ । दीर्घकालीन काम बन्नेछ ।

तुलाः दिन मध्यम रहनेछ । मनमा डर, चिन्ता बढ्नेछ । काम गर्ने वातावरण बन्न कठिन। हुनेछ । निर्णय क्षमता घट्नेछ ।

वृश्चिकः दिन प्रतिकूल रहनेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

धनुः दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मकरः दिन मध्यम रहनेछ । बोलीवचनमा सावधान रहनु नै बेस हुनेछ । आर्थिक मामिलामा पनि सचेत रहनु पर्नेछ । शरीर अस्वस्थ हुनेछ ।

कुम्भः दिन भाग्योदयकारक रहनेछ । मनोबल उच्च रहनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । निर्णय क्षमताको विकास हुनेछ ।

मीनः दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । मानसिक चिन्ता पर्नसक्छ । खर्चमा वृद्धि हुनेछ ।

Credit : onlinepana.com

आँखाको तेज बढाउनका लागि गर्नुस् यी योगासन

काठमाडौं, २६ वैशाख – आजकल धेरै मानिस कम्प्युटरअगाडि बसेर दिनभरि काम गरिरहने हुँदा आँखाको समस्या सामान्य भइसकेको छ । यसबाट छुटकारा पाउनका लागि औषधि लिनुभन्दा विभिन्न योगासन प्रभावकारी हुन्छन् ।
आँखाको मांसपेशी, मायोपिया र हाइपरमेट्रोपिया लगायतका ठीक पार्न यी योगासन लाभदायक हुन्छन् । अनि यी योगासनले आँखाको तेज पनि बढाउँछन् ।

प्राणायाम
दिनदिनै अनुलोम विलोम गरेर आँखालाई स्वस्थ राख्न सकिन्छ । सबभन्दा पहिले समतल स्थानमा बसेर कम्मर र गर्दन सीधा बनाउनुस् । त्यसपछि आँखा बन्द गरेर सीधा हातलाई नाकमा पु–याउनुस् । अनि औंला सीधा गरेर औंलाले नाकको दाहिने प्वाल थिच्नुस् र देब्रे नाकको प्वालबाट बिस्तारै सास बाहिर निकाल्नुस् । अनि देब्रे नाकको प्वाल थिचेर दाहिने प्वालबाट सास छोड्नुस् । दिनमा कम्तीमा चारपाँचचोटि यसो गर्नुस् । यसले आँखाको थकान हटाएर मानसिक तनाव पनि हटाउँछ ।

योगासन
यो योग गर्नका लागि सीधा उभिनुस् र दाहिने हातलाई अघिल्तिर सीधा तन्काउनुस् । अनि हातको मुट्ठी बन्द गरेर बूढी औंलालाई मास्तिर सीधा ठड्याउनुस् र बूढी औंलामा ध्यान केन्द्रित गर्नुस् । परेला नझिम्क्याइकन यस स्थितिमा केही समय बसेर बिस्तारै सामान्य स्थिपतमा आउनुस् । यो योगासन दिनदिनै कम्तीमा तीनचार मिनेट गर्दा आँखाका समस्या ठीक हुन्छन् ।

व्यायाम
यो व्यायाम जहाँ गरेपनि हुन्छ । आँखा एक मिनेटसम्म बन्द गर्नुस् र फेरि खोलेर आँखालाई घडीको दिशामा १० चोटि गोलोगोलो गरी घुमाउनुस् । अनि आँखालाई घडीको उल्टो दिशामा घुमाउनुस् । दिनमा दुई मिनेट जति यो व्यायाम गर्नुस् ।

सर्वांगासान
यो योगले आँखाका साथसाथै मुटुलाई फाइदा गर्छ । ढाड तल पारेर भुइँमा पल्टिनुस् र दुवै गोडालाई बिस्तारै जमीनमाथि उठाउनुस् । अब कम्मरलाई भुइँबाट अलिक माथि उठाएर टाउको र गोडालाई गर्दनको ९० डिग्रीमा ल्याउनुस् । नलड्नका लागि हातले कम्मर समात्नुस् । यस स्थितिमा केही बेर बसेपछि सामान्य स्थितिमा आउनुस् ।

त्राटकासन
यो आसन गर्ने सबभन्दा सही समय राति हो तर दिनमा पनि गर्न सक्नुहुन्छ । दिनमा गर्दा कोठा अँध्यारो बनाउनुस् र मैनबत्ती बालेर प्राणायामको मुद्रामा बस्नुस् । आँखा नझिम्क्याई मैनबत्ती हेरिरहनुस् । अनि आँखा बन्द गरेर ऊँको मध्यम उच्चारण गरेर आँखा खोल्नुस् । यो आसन कम्तीमा तीनचोटि गर्नुस् र त्यसपछि हत्केलाहरू घोट्नुस् । त्यो तातो हत्केलाले आँखालाई छोएर आँखा खोल्नुस् ।

एजेन्सी

Credit : raranews.com

करिश्मा कपुर १५ वर्षपछि काठमाडौंमा

बैशाख, काठमाडौं । बलिउड अभिनेत्री करिश्मा कपुर काठमाडौं आएकी छिन्। सोमबार विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी करिश्मा १५ वर्षपछि नेपाल भ्रमणमा आएकी हुन्।

उनले आजै मेरिगोल्ड ज्वेलर्सको दरबारमार्गमा खुलेको शाखाको रिबन काटेर उद्घाटन गरेकी छिन्। मेरिगोल्ड ज्वेलर्सकी संचालिका ज्योत्सना श्रेष्ठका अनुसार करिश्मा ज्वेलरी उद्घाटनकै लागि काठमाडौं आएकी हुन्।

शाखा उद्घाटनका क्रममा करिश्माले आफू १५ बर्ष अगाडि नेपाल आएको र फेरि पनि आउने बताइन्। सगरमाथाको देश नेपाल आफूलाई मनपर्ने ठाउँ भएको भन्दै यहाँ आउन पाउँदा खुसी लागेको उनले बताइन्।

Credit : raranews.com

वि.स.२०७५ साल वैशाख २४ गते : तपाईको आजको राशिफल

आजको राशिफल

वि.स.२०७५ साल वैशाख २४ गते । सोमबार । ईश्वी सन् २०१८ मे ०७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि सप्तमी २६ घडी ५१ पला,बेलुकी ४ बजेर ०७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र श्रवण,अहोरात्र । योग शुभ १५ घडि १९ पला,बिहान ११ बजेर ३० मिनेट उप्रान्त  शुक्ल  । करण बव,बेलुकी ४ बजेर ७ मिनेट उप्रान्त वालव ।

आनन्दादिमा सिद्धि योग । चन्द्रराशि मकर । अष्टमी व्रत। किरातहरूको समाज सुधार दिवस ।

काठमाडौंमा सूर्योदय ५ बजेर २२ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४० मिनेट । दिनमान ३३ घडी १४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन कमाउँन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

शुभ अंक — २

शुभ रंग — गुलावी

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरि पुरस्कृत हुँने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुँनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुँनेछ ।

शुभ अंक — ५

शुभ रंग —  खरानि

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुँनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउँन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुँनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भ्रष्टचार सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

शुभ अंक — ३

शुभ रंग — प्याजी

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त हुँनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुँने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै बिलाशि जीवन व्यातित गर्न सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सत्रु तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरिका प्रबेसको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुँने तथा रमाउँन सकिनेछ ।

शुभ अंक — २

शुभ रंग —  कफि

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पढाई लेखाईमा शुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानिले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाईने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुँनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुँने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरि मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसाय मन्दी आउँनेछ ।

शुभ अंक — ७

शुभ रंग — खरानि

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नोकरिमा सम्मान तथा राजनितिमा लाग्नेहरले बिषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपुण उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तब्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुँनाले साथिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुँनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुँदा महत्वपुर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रेममा बिश्वास बढ्नेछ भने जीवन साथिको सहयोगलो नयाँ कामको थालनि गर्न सकिनेछ । बिद्यार्थिहरुले थोरै समय दिदा पनि उत्कृष्ट नतिजा ल्याउँन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानिको बाताबरण बन्नेछ ।

शुभ  अंक — ६

शुभ रंग —  रातो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अन्य प्रतिष्पर्धिहरुलाई टप्न सकिनेछ भने सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

शुभ अंक — २

शुभ रंग — खरानि

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । लामो दुरिको बिदेश यात्राको तय हुँनेछ ।

शुभ अंक — ३

शुभ रंग — हरियो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साथिभाई तथा नाता गोताबाट सहयोग पाईने हुँनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोत फेला पर्नेछन् भने थोरै समय दिदा पनि व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — सुन्तला

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

Credit : onlinepana.com

योनिबाट अावाज अाउँछ किन ?

म १६ वर्षीया किशोरी हुँ । यौन सम्पर्कपछि मेरो योनिबाट ग्याँस बाहिर निस्किएजस्तो आवाज आउँछ । यस्तो आवाज आउनुको कारण के हो

किशोरावस्थामा यौनसम्पर्क

यसो विचार गर्दा तपाईं १६ वर्षकै उमेरमै विवाहित हुनुहुन्छ जस्तो लाग्दैन । तपाईंले के–कस्ता व्यक्तिसँग यौनसम्पर्क गर्नुभएको छ, केही लेख्नुभएको छैन । यो पक्कै हो कि किशोरावस्थामा यौनचाहना तीव्र हुन्छ, तैपनि यो उमेरमा यौनसम्पर्क गर्ने क्रममा धेरै कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

त्यसमा पनि विवाहपूर्व यौनसम्पर्क राख्नुको आफ्नै किसिमको प्रभाव हुन्छ । अहिलेको आधुनिक समाजमा विवाहको उमेर पछिल्तिर धकेलिएको छ, तर यौन चाहना किशोरावस्थादेखि नै तीव्र हुन्छ । किशोरावस्थामा हुने असीम यौनचाहनालाई शान्त पार्न कतिपयले विवाहपूर्व नै भए पनि यौनसम्पर्क गर्छन् ।

यसबाट पर्न सक्ने प्रभावका सम्बन्धमा किशोर–किशोरीले जानकारी राख्नु आवश्यक छ । यस्तो यौन व्यवहार सामाजिक रूपमा अमान्य भएका कारणले सामाजिक बहिष्कार तथा हेलाको सामना गर्नुपर्ने हुन सक्छ ।

यस किसिमको यौनसम्पर्क प्राय: जसो हतारमा गरिने भएकाले गर्भनिरोधका उपायहरू अपनाइँदैन । त्यसैले गर्भ रहन सक्ने सम्भावना हुन्छ ।

यदि गर्भ रहिहाले बेइज्जती सहनुपर्ने, वैवाहिक सम्बन्धमा बाँधिन बाध्य हुनुपर्ने, परिपक्व नै नभै अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने आदि हुनसक्छ । त्यसबाट गम्भीर आर्थिक तथा सामाजिक असुरक्षाजस्ता समस्याको सामनासमेत गर्नुपर्ने हुन्छ । अर्को पक्ष, गर्भ तुहाउन गरिने प्रयासको आफ्नै समस्या छ ।

त्यसकारण यस्ता यौन सम्पर्कबाट जोगिनु आवश्यक छ । जति सानो उमेरमा यौन सम्पर्क सुरु गर्‍यो त्यति नै धेरै यौनसाथी हुने सम्भावना हुन्छ, जसले जोखिम बढाउँछ भन्ने कुरा त हामीलाई थाहै छ । त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय दुवै जना मिलेर गर्नु उपयुक्त हो ।

यस्ता निर्णय वा भनौं अठोट पालना गर्न नसक्दा समस्यामा परिन्छ । किशोर–किशोरीहरूलाई वैकल्पिक यौन आनन्दका उपाय वा सुरक्षाका उपायहरूको पनि राम्रो जानकारी हुनुपर्छ ।

योनिबाट आएको आवाज

कतिपय व्यक्तिले यौनसम्पर्कका बेला योनिबाट आवाज आएको अनुभव गरेका हुन्छन् । यसलाई असामान्य मानिँदैन । यो विशेषत: यौनसम्पर्कका बेला योनिमा लिङ्ग प्रवेश गराउने कार्यको भौतिकी (physics) सँग सम्बन्धित छ ।

प्रवेश गर्ने बेला लिङ्गले योनिभित्र रहेको हावालाई दबाब दिन्छ र त्यसको चाप बढ्दै गएपछि हावा बाहिर निस्कन खोज्छ । त्यस्तो हावा लिङ्गको वरिपरिबाट बाहिर आउँछ । यही क्रममा आवाज आउँछ । आवाजको कुरा गर्दा यो एक किसिमले ‘अपान वायु’ अर्थात् पाद आएको बेलाजस्तै हुन सक्छ, तर सामान्यत: यो गन्हाउँदैन ।

योनि एक नली आकारको अङ्ग भए पनि योनिको भित्ता एक–आपसमा टाँसिएर रहने भएकाले यसमा हावा हुँदैन, तर कतिपय अवस्थामा यसमा हावा पस्न सक्छ । तपाईलें याद गर्नुभएकै होला, योनिद्वार बन्द अवस्थामा हुन्छ तर कारणवश यो केही मात्रामा खुला भयो भने हावा भित्र जाने सम्भावना हुन्छ ।

तपाईंलाई थाहै हुनुपर्छ, यौन उत्तेजनाका बेला योनिद्वार खुला हुन्छ । यौन उत्तेजनाका बेला योनि तथा भग क्षेत्रमा रक्तप्रवाह बढ्छ र लिङ्ग प्रवेशका लागि तयार रहन्छ । यस्तो स्थितिमा हावा भित्र रहने र त्यो दबाबका साथ बाहिर आउने सम्भावना बढी हुन्छ ।

यौनसम्पर्क गर्ने क्रममा लिङ्ग पूरै बाहिर निकालेर पुन: प्रवेश गराएको स्थितिमा हावा भित्र पस्ने र दबाबका साथ बाहिर आउने स्थिति हुन्छ । त्यसका साथै केही निश्चित यौन आशनमा यस्तो समस्या बढी देखा पर्न सक्छ । यो कुरा तपाईंले पनि याद गर्नु भएको हुन सक्छ ।

त्यसबाहेक केही महिलाले यौन चरमसुख प्राप्तिपछि योनिबाट आवाज आएको अनुभव गर्छन्, किनभने चरमसुख प्राप्तिपछि योनि उत्तेजना नभएको पुरानै अवस्थामा आउँदा त्यसमा भएको हावा निस्कने क्रममा यस्तो आवाज आउँछ ।

समाधान के हुन सक्ला ?

यसरी पादेको बेलाजस्तै यौन सम्पर्कका बेला कुनै गन्धबिना आवाज मात्र आउनु असामान्य कुरा नभएकाले यसमा विशेष उपचारको आवश्यकता पर्दैन । कतिपयले यो कुरालाई लिएर लज्जाबोध गर्छन्, तर लाज मान्नुपर्ने पनि केही कारण म देख्दिनँ ।

कुरा जे भए पनि यसलाई कम गर्ने केही उपाय भने अवलम्बन गर्न सकिन्छ । तपाईंले आफ्नो यौनसाथीसँग कुरा गरेर यौन क्रियाकलापमा केही परिवर्तन ल्याउन सक्नुहुन्छ । यौनसम्पर्क गर्दा गर्दै यदि तपाईंले यौन आसन परिवर्तन गर्न खोज्नुभएको छ भने लिङ्ग योनिबाट पूरै ननिकाली गर्नुभयो भने योनिमा हावा पस्दैन र यस्तो आवाज आउने सम्भावना पनि हुँदैन वा कम हुन्छ ।

अर्को कुरा, तपाईंको यौनसाथीले लिङ्ग बिस्तारै योनिमा प्रवेश गराए भने पनि आवाज निकै कम हुन्छ वा आवाज नै नआउन सक्छ, किनभने यसो गर्दा योनिमा भएको हावा बिस्तारै फुस्कन्छ ।

यसैगरी लिङ्गलाई भित्रसम्म प्रवेश नगराई हल्का रूपमा प्रवेश गराउँदा पनि योनिबाट आउने आवाज कम हुन्छ । त्यसबाहेक कुनै निश्चित यौन आशनमा यौनसम्पर्क गर्दा बढी आवाज आउँछ भने त्यस्तो आशन प्रयोग नै नगर्नु यसबाट जोगिने सरल उपाय हो ।

यी उपाय अवलम्बन गर्दा पनि समस्या कम नभए वा गन्धयुक्त आवाज आए जस्ता केही स्थितिमा तपाईंको योनिको संरचना केही फरक वा असामान्य किसिमको हुन सक्छ, तर तपाईंले त्यस्तो कुनै लक्षण उल्लेख नगर्नु भएकाले त्यस्तो कुनै खराबी भएजस्तो बुझिँदैन ।

योनिको संरचनागत खराबी भएको स्थितिमा भने उपचारको आवश्यकता पर्छ । योनिमा के–कस्तो खराबी छ भन्ने यकिन गर्न एकपटक स्त्रीरोग विशेषज्ञबाट परीक्षण गराउनुपर्छ ।

कान्तिपुर साप्ताहिकबाट

Credit : onlinepana.com

याेनीबारे १० रोचक जानकारी, जुन तपाईलाई आजसम्म थाहै नहुनसक्छ

यौन मानिसको सर्वाधिक चासो हो । तर हाम्रो समाजमा यसबारेमा खुला रुपमा छलफल र चर्चा गर्न वर्जित छ । त्यसैले यो थप जिज्ञासापूर्ण र चासोको विषय बन्ने गरेको छ । आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ ।

झन महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील र महत्वपूर्ण अंग हो । यसबारे सबै जानकार छन् । तर सम्भोगको सन्तुष्टिदेखि, गर्भाधान र सन्तान उत्पादन गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने कमैलाई थाहा होला ।

योनी बारेका १० रोचक तथ्य यस्ता छन्

१. योनीको औषत आकार ३–४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।

२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।

३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।

७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।

८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

Credit : onlinepana.com

यौन ब्यवसायीसँगको एकदिन

पत्रकारिता गरेको लामै समय भएपनि शहरीया परिवेश मेरालागि नयाँ थियो । बजारको नियमलाई उल्घंन गर्दै बिहान ५ बजे अघिनै म उठ्ने गर्दथे । एक दिनको कुरा हो, करिब ६ बजेको थियो पत्रकारिताकै माध्यबाट चिनजान भएका साथी इन्द्रको फोन आयो‘‘। हेलो तयारी रहनुहै हामी ९ बजे एउटा कार्यक्रममा जानु छ ।

मैले जवाफ दिए मेरो म्यागजिनको लागि एउटा रिर्पोटिङ्ग गर्ने योजना छ, आज मलाई फुर्सद मिल्दैन हओ । रिर्पोटिङ्ग पनि हुन्छ भिजिटिङ्ग पनि हुन्छ जानुपर्छ है । उनले ढेट गरे पछि मैले स्वीकारे चिनजानी भएको धेरै नभएपनि भेटघाट र उठबसको हिसावले हाम्रो मित्रता गाढा भईसकेको थियो ।

उनी र म बिचमा फरक यती थियो की उनी धनाड्य परिवारमा हुर्किएका थिए, म मध्यम वर्गको मान्छे । उनले दिएको समय हेर्दै म आफ्नो तयारीमा लागे । उनले दिएको समयमा हामी जम्मा भयौँ । उनैको स्कारपियोमा हाम्रो यात्रा अघि बढ्यो । करिब एक सय मिटर पर अरु २ सााथी थपिए, मानौ योजना बनाए जस्तै गरेर चारजना जवानको करिब १ घण्टाको यात्रा पछि सधै झैँ चिया खाने निधो भयो ।

म तेसताका चियाको निकै पारखी थिएँ । त्यही भएर होला चिया खाने प्रस्तावलाई मैले सहज स्वीकारे । इन्द्रले स्कारपियो हुइक्याए र एक आलिसान महलको गेट भित्र हुले । गेटमा बसेका पहरेले हाम्रो प्रवेशमा स्यालौट मारि रहेका थिए । मलाईपनि यो आलिसान महलको प्रवेश असहज भईरहेको थियो । तर केही योजना होला भनेर बोलेको थिईन । मजस्तै अरु दुई साथी पनि हाम्रो यात्राको गन्तब्य बारे अन्योलमा रहेछन् । ‘स्कारपयिो हलको पार्किंङ्गमा छि-यो र रोकियो । इन्द्र अघि लागे हामी पछि–पछि । उनकै तालमा हामी तेश्रो तलामा सटासट पुग्यौँ, जहाँ दुबै पट्टि आधुनिक किसिमले सजाएका सफा टेवल र कुर्सीहरु थिए । इन्द्रले त्यही बस्न प्रस्ताव गरे ।

मैले प्रश्न गरे– हामी यहाँ किन आईरहेका हौं रु इन्द्रले हास्दै जवाफ दिए नो प्रोब्लोम । माल हान्ने हो क्या आज । मानौँ उनी रेला गरिरहेका छन् । मैले सोचे पसलका केही सामानहरु लानु रहेछ क्यारे‘। माल भन्नाले मलाई दोकानका सामान होला भन्ने लाग्थ्यो । इन्द्र फुर्केईलो पाराले आफ्नै शैलिमा फोनमा बोल्न थाले ।’

‘भान्जी चार थान माल लिएर अस्तिको ठाउँमा आउ है । हाम्रो एक राउन्टको चिया नसकिँदै हल्का मेकअपमा सजिएका सेतो र खैरो कपाल फररर छाडेका छोटो स्कट र जालिदार कमिज लगाएका चार युवतीको प्रस्थान भयो ।

इन्द्रले उनीहरुलाई हौसलाका साथ स्वागत गरे । हामी भने मुखामुख गर्न थाल्यौ । उनीहरुको यस्तो हल्का प्रस्तुती थियो की मानौँ हामी सधैँ भेटभई रहने निकटका साथि हौँ । हामी बसेको भन्दा ठिक अपोजिट सोफामा उनीहरु बसे । विना संकोच उनीहरुले सबैलाई मामा सम्बोधन गरे र छिटोन भन्दै हतारीरहेका थिए । इन्द्रले हतार–हतार केही खुसुक्क भनुला झैँ गरेर जुरुक उठे र एउटीको कान फुके अनी हामीलाई भने–‘साथी हो ल माल छान्नुहोस् हैँ‘। मलाई बल्ल झस्का खुल्यो यसले माल भनेको त यो पो रहेछ ?

समय वित्न नपाउदै इन्द्रले जुरुक्क उठेर चार मध्ये बिचकी एउटीको हात च्याप्प समाते उनी जरुक्क उठिन र मुसुक्क हाँसिन । बनावटी हाँसो जस्तै गरेर उनीहरु एक अर्काको अंगालोमा बेरिएर पर्दा पछाडी पसे । हामी तीन मध्येका एक पनि इन्द्रकै सिको गरे झैँ गरेर अर्कौ कोठाको पर्दा भित्र हराए अब हाम्रो नम्बर आइसकेको थियो ।

धेरै समय सुन्यतामा रयो । म मनमनै सोचिरहेको थिएँ, यीनीहरु कसरी यो पेसामा लागे होलान ? यीनीहरुसँग आन्तरिक कुरा खोतल्न सके न्यूज हुनेथियो की ? या हामीलाई यीनीहरुले नामर्द भन्दाहुन‘ या ‘ यस्तै खुल्दुली भइरयो ।

सुन्यतालाई तोड्दै दुवैले एकै स्वरमा सोधे– सर, तपाईहरु‘‘रु साथी बोल्न नपाउँदै म अघि सरेर भने– हामी ऊ त्यो खुल्ला चौरीको कुर्शीमा जाऊ न है, उनीहरु मुखामुख गरेर हेरिरहे । न कि उनीहरुलाई लाग्दै थियो होला हामीबाट उनीहरुको रोजीरोटी नचल्ने भो । मेरो स्थान टनौटमा उनीहरुको असहजतालाई चिर्दै भएपनि चौरीतर्फ लाग्यौं । चौरीमा सजाइएका टेवल कुर्शीमा हाम्रो बसाई आम्ने साम्नेको भयो ।

बसाइको क्रमले चौरीमा पनि हाम्रो बसाई जोडी जोडी नै भयो ।अर्को जोडीले के गफ ग-यो मैले चासो राखिन । तर मेरो भागमा परेकी उनीलाई मैले सरल रुपमा प्रश्न राख्दै गएँ, उनी छिट्टै भावुक बनिन् र आँशु झारेर भक्कानीदै मेरा प्रश्नको जवाफ दिइरहिन् ।

केहि समयपछि उनले आप्mनो जीवन जीउने बाध्यात्मक कलाको कथा यसरी सुनाइन्– “मेरो बुबा आजभन्दा आठवर्षअघि द्वन्दको वेला बेपत्ता हुनुभयो, बुबा बेपत्ता भएपछि घरमा आमा, म र सानी बहीनी मात्र भयौं, हाम्रो परिवार गरीव थियो, गरीवीका कारण समाजलेपनि हामीलाई हेँला ग-थ्यो, सानी बहीनीलाई माइजुले पढाइदिन्छु भनेर मावली लानुभयो, त्यो वेला पटक–पटक हाम्रो घर घेरिन्थ्यो, नकाबधारीहरुले बुबाको बयान सोध्थे, थाहा छैन भन्दा म र आमालाई कुट्थे र पालै पालो बलात्कार गर्थे, आमाको आँखा अगाडी म चिथोरिँदा र मेरै अगाडी आमा लुछिँदा पनि निरीह बनेको त्यो समाजले हाम्रो पीडामा चूँ बोल्न सकेन ।

यावत क्रममा समय वित्तै गयो, दुइवर्षपछि मेरी आमालाई पाठ्यघरमा घाउ भएको थाहा भयो, उपचार गर्न जाँदा धेरै पैसालाग्ने भएपछि थप समस्या भयो । मैले आफन्त र नातागोता सबै गुहारेँ तर कसैले सहयोग गर्न चाहेनन्, म आमालाई मर्नदिने पक्षमा पनि थिइँन, म पैसाको खोजिमा भौतारिरहेकी थिएँ ।

मेरो ठूलोबुबाले हामीसँग भएको घरखेत बन्दकी राख्ने भए उपचारमा खर्च सगाउने आश्वासन दिनुभयो, हामीले स्वीकार्यौ । तर कागजी काम सकेर पूर्जा हातपारेपछि ठूलोबुवाले पैसादिन आलटाल गर्दै जानुभयो, समय सार्दै जानुभयो र अन्त्यमा मैले पैसा दिन छैन, कागज बोल्छ भनेपछि हामीलाई षड्यन्त्रपूर्ण ढंगबाट फसाइएको रहछ । ठूलोबुवाले जे गर्छौ गर भन्दै हामीलाई घरबाट निकाल्नु भयो, ।”

बुबाको अभावमा हामीले धेरै हण्डर बेहोर्नु परेको थियो । आमाको उपचार गर्नू मेरो दायीत्व पनि थियो । म कामको खोजीमा भौतारिएकी थिएँ, त्यहीबेला छिमेकी काकाले मलाई शहरमा काम पाइन्छ भनेर काठमाण्डौं लानुभयो । मलाई एउटा होटलमा काम भनिदिएर काका घर फर्किनु भयो । म त्यही होटलमा भाँडा धुने काम गर्थेँ र आमालाई खर्च पठाउँथेँ । पछि म त्यही होटल मालिकबाटै लुटिएँ । अनि दिनदिनै होटल साहूले ग्राहकको सन्तुष्टीकालागि प्रयोग गरे । एक रातमा नौ दश जनासँग सुत्नुपथ्र्यो । त्यहाँबाट उम्कन मैले पटक–पटक प्रयास गरेँ ।

तर पालेले समातिहाल्थो । तीन महिनापछि साहू वाहिर गएको मौका छोपेर म भाग्न सफल भएँ । मैले होटलमा भएको ज्यादतीबारे मानवअधिकारबादी र एक महिला प्रहरीलाई पनि सुनाएँ । उनले ठीकै छ म बुझौला भनेकी थिइन् तर प्रहरीले होटलबाट कमिसन लिँदो रहेछ र उनीहरुपनि ग्राहकको रुपमा आउन पाउँदा रहेछन् ।

म आमालाई भेट्न भनेर काठमाण्डौबाट हिँडेँ । त्यही दिन विहान आमाको देहवास भईसकेको रहेछ । अव त म बुवा आमा बेगरकी टुहुरी भएँ । आमाको अन्त्येष्टी सकेर महिला सञ्जाल मार्फत न्याय खोज्न पुन काठमाण्डो आउदै थिएँ । म चढेको गाडी बाटामा पम्पचर भयो । गाडी बनाउन झण्डै तीन घण्टा समय लागेका कारण म काठमाण्डौं ओर्लिदा साँझ परिसकेको थियो । बसपार्कवाट कहाँजाने भनेर म सोचिरहेकी थिएँ । एकजना दिदीले मलाई बोलाइन्, मैले आप्mनो कामवारे बताएँ । उनले आज राती भयो, यतै बसौं भोली सबेरै जानु , भनेपछि म उनीसँगै गएँ ।

विहान उनले मलाई सहयोग गर्ने आश्वासन दिइन् र सँगै बानेश्वर सम्म गयौं, तर उनले मलाई एउटा होटलमा लगिन र मलाई आँखा छलेर होटल मालिकसँग खासखुस कुरा गरिन् मैले उनले मलाई फसाउन षड्यन्त्र गरेको कुरा सहज बुझिहाले ।

म त्यहाँवाट एउटा बहाना बनाएर वाहिर निस्के र पुलिसको सहायता लिएर महिला सञ्जालको अफिसमा गएँ, मेरो कामवारे सवै बताएँ । तर त्यहाँपनि एकहप्तापछि आउने आश्वासन मात्र पाएँ । मेरो सहारा कोही थिएन । खल्तीपनि रित्तो भइसकेको थियो । अव के गर्ने होला ? सडक पेटीमा उभिएर म सोचिरहेकी थिएँ । दुइभाइ जवान केटाले मलाई फलो गरिरहेका रहेछन्, उनीहरु मेरो छेउमा आए र कहाँ जान लागेको बैनी भनेर सोधे, मैले कामको खोजिमा छु, भनेपछि उनीहरुले एउटा अफिसमा काम लगाइदिने बताए । केहिसमयपछि एउटाले बदाम किन्यो । अर्कोले चिसो किनेर ल्यायो र मलाइपनि बदाम दिए, म भेकाएकी थिएँ, बदाम खायौं ।

चिसो खान भने तर मैले नखाने भनेपछि मलाई अलिपरको दोकानबाट फ्रुटी किनेर ल्याइदिए । फ्रुटी खाएपछि मलाई रिगटा लागेजस्तो भयो । त्यसमा लट्याउने औषधी मिसाएको रहेछ, म बेहोस भएँछु । म होसमा आउँदा एयरपोर्टको पछाडीको चौरीमा थिएँ । मलाई उनीहरुले बलात्कार गरेर भागेछन् । म पागल जस्तै भएँ, मेरो दिमागले के गर्ने र के नगर्ने छुट्याउनै छाडिसकेको थियो । त्यसपछि मलाई धेरैले प्रयोग गर्दै गए । जताततै हिड्न थालैँ ।

मसँग पौडेर त्रिप्ति लिनेको संख्या एकिन छैन । अहिले मेरो ब्यवसाय नै अर्कालाई सन्तुष्टी दिनु भएको छ । म कहिले पोखरा बसेँ त कहिले विराटनगर, इटहरी र विर्तामोड । मसँग कन्ट्याकमा आउने पछारिने, मलाई चुस्ने र सन्तुष्टी लिने धेरै छन् । कति दोहोरिन्छन् त कति तेहेरिन्छन् । कतिपय चिनेका आउँछन त कति अपरिचित । तर मलाई सवैले फ्रेस माल भन्छन्, त्यो किन हो उनीहरु नै जानुन् । तर अहिलेसम्म मलाई कसैले यसरी सोधेको थिएन । न की मैले बताउन चाहेकी पनि थिइँन ।

आज मलाई तपाईले यसरी सोध्दा मेरो बाबाको याद आइरहेछ, सायद म बाबाको साथ भएको भए मेरो यो कर्म हुने थिएन होला । मेरो बाबापनि मलाई सानामा मायाँ गरेर स्कुलबाट फर्केपछि दैनिकी सबै सोध्नुहुन्थ्यो । म खुलेर बाबासँग यसरी नै कुरा गर्थे ‘।”

उनी डाको छाडेर रुन थालिन्, भक्कानीएर मेरो छात्तीमा टाउको राखेर रुँदै भनिन्– प्लिज म तपाईलाई बाबा भन्छु है‘ । (कथा सत्य घटनामा आधारित भएपनि कथाका पात्रको नाम काल्पनिक भएकाले कसैसँग मिल्न गए संयोग मात्र हुनेछ ।)

(समकालीन साहित्यमा विमल लामिछाने)

Credit : onlinepana.com

बसपार्कमा राखिएको विज्ञापन देखाइने पर्दामा एक्कासी ब्लू फिल्म चलेपछि

 भारत बिचित्रताले भरिएको देश हो । भारतमा बेलामा रोचक घटनाहरु घट्छन् । पछिल्लो समय केरलाको वायनाड जिल्लाको कलपेट्टा कस्बेमा रहेको एक बसपार्कमा खुले आम निलो फिल्म प्रदर्शन भएको हो ।

त्यहाँ हजारै मानिसहरुले हेरिसकेकाछन् । बसपार्कमा राखिएको विज्ञापन देखाइने दुइवटा पर्दामा अचानक निलो फिल्म चलेको हो । त्यहाँ रहेका सबै मानिसहरुले निलो फिल्म देखे पछि छक्क परेका थिए । अहिले प्रहरी आएर फिल्म बन्द गर्न लगाएको छ ।

खासमा केबल अपरेटरले बिज्ञापन लोड गर्नुपर्ने ठाँउमा गल्तीले पोर्न फिल्म लोड भएको जानकारी प्राप्त भएको छ । ड्युटीमा रहेका मंजुर नामको अपरेटरले गल्ती स्वीकारेको छन् ।

उनलाई गिरफ्तार गरिएको र आइपीसी धारा २९२ को आधारमा कारबाहि प्रक्रिया अगाडि बढाइएको छ ।

Credit : onlinepana.com