पूर्वराजा, प्रधानमन्त्रीदेखि साधुसन्तसम्‍मको रोजाइमा त्रिपुरा सुन्दरी

डोल्पा : चारैतिर होचो भूभाग, दायाँ-बायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ, बीचैमा उठेको जमिन अनि त्यसैको थाप्लाेमाअडिएको विशाल संरचना। त्रिपुराकोट मन्दिरबाट तल हेर्दा जिउ नै जिरिंग हुने भीर। प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिंगाहरू।

त्यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी नदी।  मन्दिरको पारिपट्टि देखिने हिँउले सिँगारिएका मुकुटेश्वर, कागमारालगायतका प्रसिद्ध हिमाल, आँखैमा टाँसिएजस्तो देखिने सोत्तर उम्रेका उराठ नांगा डाँडा-पाखाहरू।  मन्दिर अवस्थित जमिनसँग जोडिएकाे समथर विशाल उब्जाउयोग्य फाँट। सरर लाग्ने हावासँगै लहलह झुल्ने धान, मकै, गहुँ,जौलगायतका अन्नबाली। उब्जाउयोग्य जमिन मासेर बनाइएका रंगीचंगी जस्ताले छाइएका घररूको बस्ती। मन्दिरको बाहिरी आकर्षणका केन्द्र बिन्दु हुन्। मन्दिर पुगेपछि देखिने यस्ता दृष्यहरूले जो कोहीको पनि मन लोभिने गर्दछ।

यो हो, डोल्पा जिल्ला त्रिपुरा सुन्दरी मन्दिरको बाहिरी संरचना र यहाँबाट देखिने दृष्यहरू यस्तै छन्। उक्त मन्दिर नेपालका प्रायः मन्दिरहरू भन्दा फरक शैली र आकार छ। मन्दिर अवस्थित भू-गोल अनौठो नै रहेको छ। मन्दिरबाट देखिने गाउँबस्ती, हिमाल, पहाड नदीनालको दृष्य पूजाआजापछि भक्तजनको मुख्य रोजाइमा पर्ने गरेको मन्दिरका पूजारीहरू बताउँछन्। त्रिपुरा सुन्दरी मन्दिरमा दर्शन गरिसकेपछि भक्तजनलाई तस्‍बिर खिचाउन भ्याइनभ्याई हुने गरेको पूजारी निर्मलप्रसाद उपाध्यायले बताए। चारैतिर होचो भू-भागबीचको अग्लो टाकुरामा मन्दिर भएकाले यहाँबाट देखिने मनमोहक दृष्य अवलोकनका लागि मात्रै बर्सेनि हजारौँ भक्तजनहरू आउने गरेको उनको भनाइ छ। मन्दिरमा पूजाआजा गर्नेहरूको पनि दैनिक घुइँचो लाग्ने गर्दछ। त्रिपुराकोट पहिलेको भन्दा मन्दिरमा व्यवस्थापकीय पक्षमा सुधार हुँदै गएपछि भक्तजनहरूको चाप पनि दिन प्रतिदिन बढ्न थालेको उनले बताए।

फोटो खिच्‍न पालो

नेपाल मात्र नभई भारतमा समेत प्रसिद्ध उक्त मन्दिर ठूलो शक्ति पीठको रूपमा चिनिन्छ। उक्त मन्दिर निर्माणका लागि भारत सरकारले समेत तीन करोड ३३ लाख सहयोग गरेको थियो। त्रिपुरा सुन्दरी मन्दिर पूजाआजाको लागि मात्रै नभई र मन्दिरबाट देखिने अनौठो मनमोहक  दृष्य अवलोकनका लागि पनि प्रशिद्ध छ।

मन्दिर पुग्ने भक्तजनहरू आफ्ना फोटोको पछाडि नागबेली आकारको ठूलो भेरी नदी, हिउँले सेताम्य हिमाल, समथर फाँट अनि विशाल अनि नांगा डाँडाकाँडालाई क्यामेरामा कैद गर्न आतूर देखिन्छन्। अझ नयाँ वर्ष, दसैँ, तिहारलगायतका विशेष चाड पर्वहरूमा त फोटो खिच्न पालोसमेत पर्खनु पर्दछ।

पूर्वराजादेखि साधुसन्तसम्‍म

प्राचीन शैलीमा निर्माण गरिएको उक्त मन्दिरमा देशका प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरूको प्रमुख गन्तव्यस्थल बन्न थालेको छ। पछिल्लो एकवर्ष यता मात्रै त्रिपुरा सुन्दरीमा नेपाली सेनाका प्रमुख, राजदूतदेखि प्रधानमन्त्रीसम्मले त्रिपुरा सुन्दरीकाे दर्शन गरिसकेका छन्। पञ्चायतकालमा पनि राजा महाराजाहरू समेत दर्शनका लागि आउने गरेको बुढापाकाहरू बताउँछन्।

पूर्वराजा वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र शाहदेखि गुरु शंकराचार्य, पुरीनाथ बाबालगायतका साधु शन्तको पनि प्रमुख रोजाइ बन्न पुगेको छ त्रिपुरा सुन्दरी मन्दिर। दुर्गम र विकट जिल्लामा अवस्थित शक्ति पीठ भएकाले अझै यसको महत्व सवैले थाहा पाउन नसकेको पूजारी रवीप्रसाद न्यौपानेले बताए। ‘यो मन्दिर नेपालकै प्रमुख शक्ति पीठ हो। त्रिपुरा सुन्दरी देवीहरूको उत्पतिस्थल, सतीदेवीको कन्ड्याउ पतन भएको ठाउँ मानिन्छ।

त्रिपुरा सुन्दरी १० महाविद्यासमेत उत्पति भएकाले यस मन्दिरको महत्व अनौठो छ,’ उनले भने। ‘याे ठाउँले उचित प्रचारप्रचार हुन नसक्दा धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको छ,’ उनले थपे। मन्दिरको तलपट्टि खाली समथर जमिन भएकाले प्राय भिभिआइपीहरू हेलिकोप्टरमा त्रिपुरा सुन्दरी आएर पुजाआजा गर्ने गर्दछन्।

३० चैत्रमा मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिपुरा सुन्दरी आई पूजाआजा गरेका थिए। डोल्पाको इतिहासमै पहिलोपटक वहालवाला प्रधानमन्त्रीको रूपमा ओलीले त्रिपुरा सुन्दरी मन्दिरमा अाएर पूजाआजा गरेको पूजारीहरूले बताए। प्रधानमन्त्रीको दर्शनले भए पनि मन्दिरको प्रचारप्रसारमा सघाउ पुगेको पूजारीहरूको भनाइ छ। त्यस्तै, २९ चैत्रमा नै भारतीय तीन पूर्वराजदूतहरूले पनि त्रिपुरा सुन्दरीको दर्शन गरेका थिए।

१५ दिने डोल्पा पदयात्रा बनाएका नेपालका लागि भारतीय पूर्वराजदूतहरूको पहिलो गन्तव्य त्रिपुरा सुन्दरी बनाएका थिए। पूर्व राजदूत रणजित राय, श्यामशरण, देव मुखर्जी डोल्पा पुगेका थिए। डोल्पाले धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको पूर्वराजदूत रायले भ्रमणका क्रममा बताएका थिए। पूर्व राजदूत रायले डोल्पा अाउन सबैको चाहना हुन्छ, तर कसरी पुग्न सकिने भन्ने जानकारी नभएर पनि डोल्पा आउन नसकेको बताए। सँगसँगै डोल्पासम्म पुग्ने हवाई र सडक यातायातको विकास भए डोल्पाले धार्मिक पर्यटन विकासको हिसावमा फड्को मार्नेसमेत उनको भनाइ छ।

त्रिपुरा सुन्दरी मन्दिरको इतिहास

इ.स.१११४ मा स्थापना भएको बताइएको त्रिपुरा सुन्दरी मन्दिर भौगोलिक रूपमा पनि पृथक् छ। मन्दिरको पश्चिममा ताम्रा वणीनदी,उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगालगायतका प्रसिद्ध तीर्थस्थलहरू रहेका छन् भने बीचको टाकुरामा त्रिपुरा सुन्दरीको मन्दिर अवस्थित छ। परापूर्वकालमा डोल्पाको त्रिपुराकोट गाउँ विकास समितिको कोटमा विक्रम शाही महाराजको दरबार थियो।

शाहीले यसै कोट गढीका १४ घर विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए। अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो। दरबारनजिकै एउटा धान कुट्ने ओखल थियो। ओखलमा धान कुट्ने गरिन्थ्यो। धान कुट्दै जाँदा एकाएक यस ओखलमा अनौठा क्रियाकलापहरू देखिन थाले भन्ने किम्बदन्ती छ। धान कुट्न जाँदा कहिले चारपाथी धान कुट्दा आठपाथी चामल हुने र कहिले दुईपाथी धान कुट्दा दुईमाना चामल हुने किम्बदन्ती छ। यस्ता अचम्मका कुराहरू देखिन थालेपछि यो कुरा मन्त्री विष्टका कजिनीहरूले आफ्ना काजी विष्टहरूलाई बताएका थिए रे।

काजीहरूले यस्ताे अनाैठाे सूचना पाएपछि आफ्ना राजा विक्रम शाहीलाई सुनाएका थिए रे। शाहीले यस्तो अचम्मको सूचना थाहा पाएपछि तत्काल आफ्ना प्रजाहरूलाई बोलाएर ओखल उत्खनन गर्ने सल्लाह गरे भन्ने किम्बदन्ती छ। राजाले गाउँबस्तीबाट मान्छे बोलाएर रात दिन लगाएर ओखल उत्खनन गर्न लगाए। ओखलभित्र अनौठा दृष्यहरू देखिए।ओखल तलपट्टि तामाको ओदान, ओेदानमाथि घ्यूको कराई, कराईमाथि तामाको थालीमाथि षटकोणयन्त्र, त्यसमाथि कुँडेस र त्यसभित्र नव दुर्गा भगवतीका नौ बहfनका स्वरूप देखिए। किम्बदन्तीअनुसार उत्खनन गर्दै जाँदा तामाको षटकाेण लिखित यन्त्र भेटियाे।

ओखल उत्खननका अगुवा काजी बेहोस भए। पुतलीरूपी देवीहरू उडेर  बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रण सैनी त्रिपुरेश्री, बाजुराको बडीमालिकामा पुगेकाे किम्बदन्ती छ। अहिले पनि ती ठाउँ प्रशिद्ध छन्। बाँकी चार बहिनी देवी वाला, त्रिपुरा सुन्दरी, डोल्पाको त्रिपुरा सुन्दरीमा विराजमान छन्। विराजमान चारदेवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध डोल्पामा प्रसिद्ध छन्। डोल्पाको यस त्रिपुरा सुन्दरीमा परापूर्वकालदेखि नै न्यौपाने थरका पूजारीले पूजाआजा गर्दै आएका छन्।

बहादुर शाहको टोली चकित

नेपालका बाइसे चौबिसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाको तारगाउँ पुग्यो। डोल्पाको नौ राज्य एकीकरण गर्ने क्रममा तारा गाविसको बादरफड्काे पुग्यो। त्यहाँ एउटा खोला थियो। खोलामा पुल थिएन्। असार साउनको वर्षाले खोलको पानी बढेर तर्नै नसकिने थियो। खोला तर्न नसक्दा बहादुर शाहको टोली खोलावारि नै रोकियो।

डोल्पाका नौवटा टुक्रे राज्य एकीकरणको लक्ष्य पूरा गर्न खोलमा पुल बनाउने निधाे भयाे। शाहको टोलीले लक्ष्यअनुरूप काठ जम्मा गरेर पुल लगाउन तयार भयो। तर, खोलमा कसैगरी पुल लाग्न सकेन। अन्ततः मुस्ताङ हुँदै डोल्पा पुगेको बहादुर शाहको टोली एकीकरण नगरेर नै फर्किने निश्चित भयो। बहादुर शाहको टोलीले धार्मिक विश्वास खोतल्न थाल्यो। टाेलीले स्थानीयसँग साेधखाेज गर्‍याे। स्थानीयवासीले त्रिपुराकोट भन्ने ठाउँमा त्रिपुरा सुन्दरी देवीकाे पूजाआजा गर्ने सल्लाह दिएअनुसार पूजापाठ गरेपछि बादरफड्काेमा पुल बनाउन सफल भएकाे स्थानीयकाे भनाइ छ। बहादुर शाहको टोलीकाे पूजापाठ र भाकलले खोलामा पुल लाग्नु, डोल्पा एकीकरणको काम सफल हुनु, त्रिपुरा सुन्दरी देवीकाे शत्तिकाे देन मान्छन् स्थानीयवासी।

सतीदेवीको अंग पतन भएको ठाउँ त्रिपुरा सुन्दरी

यस मन्दिरमा सत्य युगमा श्री महादेवले हिमाललय पर्वतकी पुत्री सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा त्रिपुरा सुन्दरीमा सतिदेवीको कन्डाउ (ढाड) पतन भएको कुरा हिन्दू धर्मको प्रसिद्ध धर्मग्रन्थ श्री स्वस्थानीमा उल्लेख गरिएको छ।

त्यसैले यस भूमिलाई नेपालकै प्रसिद्ध शक्ति पीठको रूपमा मान्ने गर्दछन्। यस मन्दिरको महत्वलाई हिन्दू धर्मका विभिन्न धर्म ग्रन्थमा उल्लेख गरिएको र यदि जो कसैले यस मन्दिरमा आएर दर्शन मात्र गरे मुक्ति मिल्ने पूजारी देवीकृष्ण उपाध्यायले बताए। उपाध्यायका अनुसार आफूले देखेका मन्दिरहरूमध्ये यस मन्दिरको भौगोलिक अवस्था पृथक् रहेको बताए। उनले मन्दिरमा भाकल गरेको सम्पूर्ण कुरा पुग्ने भएकाले देशका उच्च पदस्थ व्यक्तित्वहरू पूजाआजाका लागि आउने गरेको पनि बताए।

यस मन्दिरमा सत्यदेवीको कन्डयाउ पतन हुँदाको बखतमा यस स्थानमा वर्षाका देवता मेघ वर्षा आएर विभिन्न आरधना गरेर देवीकोे पूजाआजा गरेकाले ईश्वरी प्रसन्न भएर यस क्षेत्रमा महा खडेरी परेको वेला पानी पार्न सफल भएको भनी वरदान दिएकाले यस क्षेत्रमा महाखडेरी परेपछि सम्पूर्ण गाउँवासी आएर पूजाआजा गरे पानी पर्ने जनविश्वास पनि रहेको छ। यसै वखतमा भैरबेश्वर महादेव पनि उत्पति भएको मन्दिर पनि यही रहेको छ। डोल्पामा खडेरी परेका वेला गाउँले आएर विधिविधानका साथ पूजाआजा गरे पानी पर्ने स्थानीयवासी परमानन्द देवकोटाले बताए।

यसरी पुग्न सकिन्छ त्रिपुरा सुन्दरी

त्रिपुरा सुन्दरी नगरपालिका-१ त्रिपुराकोटमा पर्दछ त्रिपुरासुन्दरी मन्दिर। धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको त्रिपुरासुन्दरी मन्दिर उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। डोल्पा प्रवेशद्वारको रूपमा जुफाल विमानस्थल रहँदै आएको छ।  डोल्पा पुग्नको लागि जुफाल विमानस्थल र सडक यातायात प्रयोगमा आउने गर्दछ। डोल्पा पुग्नका लागि नेपालगञ्ज विमानस्थल पुग्नुपर्दछ। नेपालगञ्ज सुर्खेत जाजरकोट रुकुम हुँदै जाने पनि डोल्पा पुग्ने अर्को गन्तव्य हो। नेपालगञ्ज विमानस्थलदेखि जुफाल विमानस्थलसम्म हवाई जहाजको सुविधा छ।

नेपालगञ्जदेखि हवाइजहाजमा २५ देखि ३५ मिनेट मै जुफाल विमानस्थल पुगिन्छ। नेपालगञ्ज विमानस्थलदेखि जुफाल विमानस्थलसम्मको हवाइजहाज भाडा झन्डै नौ हजार रहेको छ। डोल्पाका लागि सीता, गोमा, तारा, मकालुलगायतका एअरलायन्सकम्पनीले उडान भर्दै आएका छन्। एअरलायन्सहरूको हप्ताको दुईवटासम्म सेडुअल उडान रहेको छ। सेडुअल उडानको भाडा चार हजार मात्रै रहेको छ।

जुफालमा दिउँसो हावा बढेर जहाज अवतरणमा समस्या हुने भएकाले बिहान ११ बजेसम्म मात्रै जहाज अवतरण गरिन्छ। नेपालगञ्ज विमानस्थलदेखि दैनिक पाँचदेखि छवटासम्म उडान हुने गर्दछन्।  नेपालगञ्जदेखि जुफाल झरेपछि त्रिपुराकोटमा रहेको त्रिपुरा सुन्दरी मन्दिरका लागि हेलिकोप्टरबाट ल्याइएका जिपहरू आन्तरिक रूपमा सञ्चालनमा ल्याइएका छन्। जिपबाट त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत पर्ने सुँपानीसम्म आउन जुफालदेखि सुँपानीसम्मको दूरी झन्डै चार किमी रहेको छ।

जिपबाट जुफालबाट सुँपानीसम्म तीस मिनेट समय लाग्दछ। गाडीबाट झरेपछि सुँपानीदेखि ठूली भेरीमा लगाइएको पुल तरेर पारि पुगेपछि बगरबजार आइपुिगन्छ। बगरबजार जिल्लाकै मुख्य व्यापारिक केन्द्र पनि हो।  बगरमा थुप्रे होटल पसलहरू सञ्चालनमा छन्। मोरिम्ला धो हुँदै रुपैडिहा जोड्ने सडक, कर्णाली राजमार्गअन्तर्गत जुम्ला डोल्पा जोड्ने सडकले पनि त्रिपुराकोट बगर बजार जोडिन्छ। त्यसकारण पनि बगरबजार डोल्पाकै मुख्य केन्द्रबिन्दु मानिन्छ। बगर बजारदेखि त्रिपुरा सुन्दरी मन्दिरसम्मको यात्रा गर्न १० मिनेट लाग्दछ।

Credit : raranews.com

ओलीको रारा भ्रमण र सपनाको खेती

मुगुको अनुपम दृश्य हो राराताल । नव वर्ष २०७५ वैशाख १ गते सूर्योदयको लाल किरण सँगै राराको डिलमा बसेर प्र.म. केपी ओलीले सम्बोधन गरेका हुन् । त्यहाँबाट समृद्धि र विकासका लड्डु सबैलाई बाँडे । यो हो ओलीको सपनाको खेती । सपना त हुनुपर्छ । त्यसलाई पूरा गर्न दृढ विश्वास, सङ्कल्प, योजना तर्जुमा र कार्यक्रम पनि हुनुपर्छ । तर उडन्ते गफ गरेर एकादेशको कथा मात्र दोहोरिन्छ । कथित वाम गठबन्धन तय भएदेखिको कथा हो सपनाको खेती । यो ठोस छैन । यसमा कुनै आधार छैन ।

यसमा पङ्क्तिकारको आग्रह, पूर्वाग्रह पनि छैन । व्यवहारमा लागू नगरेसम्म मुखले शब्दको खेती गरेर केही बन्दैन । दिनको सङ्केत बिहानीले दिन्छ भनेजस्तो यस प्रकारका मनका लड्डू पहिले पनि नबाँडिएको होइन । भ्रम छरेर दुनियालाई भुलाउनेबाहेक अरू केही हो भन्ने कुरा शङ्काको बादलभित्र रहन्छ ।

रारा कर्णालीलाई पर्यटकीय क्षेत्र बनाउने कुरा राम्रो हो । कर्णाली सबैभन्दा ठगिएको प्रदेश हो । यो अति दुर्गम विकट क्षेत्र हो । यहाँ खेती योग्य समतल जमिन छैन । पानी छ तर  सिंचाइ छैन । पक्की बाटो छैन । यातायातको पहुँच छैन । हेलिकप्टरबाट सामान ढुवानी गर्नुपर्छ । यहाँ अझै विकासको घामलागेको छैन । तर पनि यहाँ महत्वपूर्ण जडीबुटीको भण्डार छ । आदिम  संस्कृति र सभ्यताको स्थल हो कर्णाली । लेकहरूको गर्भमा खनजि पदार्थ लुकेर बसेको अवस्था छ । ऊर्जाका लागि पानी प्रशस्त छ । कस्तूरी, यार्चागुम्बा, स्याउको भण्डार हो यो । भेडा च्याङ्ग्राबाट सक्कली ऊन उत्पादन हुन्छ । वास्तवमा भन्ने हो भने राज्यको मुटु हो कर्णाली । मधेस जीवन दाता हो भने पहाडी भेग हात र आँखा हो, जसले कर्णाली र मधेसको सन्तुलन मिलाउँछ । पहाडका खस आर्यका सभ्रान्त सामन्त नेताहरू मधेस र कर्णालीको गल्छेडा बनेको अनुभूत हुन्छ ।

कर्णालीको हावापानी चिसो भएको हुनाले यो क्षेत्रलाई निश्चय नै अग्र्यानिक क्षेत्र बनाउन सकिन्छ तर नेपाललाई अग्र्यानिक क्षेत्र बनाउन यस किसिमको रवैयाले सकिँदैन । के तराईका लाखौं बिगाहा जमिनलाई रसायनिक मलको प्रयोगविना लाखौं क्विन्टल धान उत्पादन गर्न सकिन्छ ? करेँसा बारी भने अग्र्यानिक हुनसक्छ ।  कुरै खानु कुरै लगाउनु भनेको यही हो । मूल नै धमिलो छ भने धाराहरूबाट कसरी सङ्लो पानीको अपेक्षा गर्न सकिन्छ ? भ्रष्टाचार, तस्करी, कमिसनखोरी आदिबाट देशको ढुकुटी रित्तिइसकेको छ । नेपालको आर्थिक स्रोत भनेको राजस्व, वैदेशिक सहायता र बैङ्कहरू हुन् । राजस्वमा कमिसनको खेल र चुहावट छ । भनेको समयमा काम सम्पन्न गर्न नसकेर विदेशीदाताहरू पनि सहयोग दिन अकमकाई रहेको अवस्था छ । आईएनजीओबाट प्राप्त रकम बिल भौचर मिलाएर भान्सा गर्ने र विदेश भ्रमणमा जाने संस्कृति बसेको छ ।

अहिले सरकारी बेरुजु मात्र १ खर्ब ११ अरब पुगेको छ । औषधिखर्च र विदेश भ्रमण बाक्लिएको अवस्था छ । जनताले खाने गाँस काटेर दिएको राजस्वबाट वर्षमा अरबौं पैसा विदेश भ्रमणमा जान्छ । तेलमा जान्छ । बेरोजगारी छ । महँगी आकासिएको छ । यस प्रकारको विकृति विसङ्गतिलाई कसले हेर्ने ? आफूलाई चित्त नबुझेमा न्यायालयलाई महाभियोग ? अदालतले छाडिदिएको थुनुवालाई पूर्वाग्रहले पुनः पक्राउ गरिन्छ भने कसरी न्यायालय स्वतन्त्र हुन सक्छ ? चेक एन्ड ब्यालेन्स त हुनुपर्छ तर अहिले प्रमको फाँसीवाद र पपुलिज्म चलेको अवस्था छ । एमालेका उपमहासचिव घनश्याम भुसालले त्यसै भनेका होइनन् यो कुरा– प्रम केपी ओलीको फाँसीवाद र पपुलिज्मले उनैलाई सिध्याउनेछ । जब समान हैसियत, समान अवस्था भनिन्छ, राराको भ्रमणमा पुष्पकमल दाहाल प्रचण्डलाई पनि लगेर संयुक्त रूपमा उद्घाटन गर्नुपथ्र्याे । हुन त यो उनीहरूको आन्तरिक मामला हो । फाँसीवाद भनेकै यही हो । सरकार एक्लौटी ढङ्गले चलेको छ । मन्त्रालयका सचिवहरूको सरुवा र बढुवामा एक आक्षर पनि माकेलाई  सोधिएन भन्ने दुखेसो छापा र रेडियोबाट धमाधम सुनिन थालेको छ । सहकर्मी वामदेव गौतमलाई उपेक्षा भावले हेरिएको अनुभूति हुन्छ । बर्दिया चुनावको साँठगाँठ अन्तर्घात छ ।

आफ्नो पार्टीभित्रबाट असन्तोषका छालहरू आइरहेका छन् । पार्टी बाहिर  त उछाल्ने काम भएको छ । लोकतन्त्र भनेकै यही हो ? अत्तालिएर आजसम्म नभएको निषेधित क्षेत्रको घोषणा । आज माइतीघर मण्डलमा छ । भोलि उपत्यकाका सबै सहरी क्षेत्र हुन्छ ।  नेपालमा माओवादी नबढून् भन्ने भारतको एउटा चासो हो । अर्को चासो र चिन्ता हो, चीन विकासको निहुँमा नेपालमा नपसोस् । यसैले त चीनले बनाएको ऊर्जा भारतले नकिन्ने पूर्वसङ्केत दिइसकेको छ ।  भ्रमणको दोस्रो दिन इन्डियन एक्सप्रेसमा प्रकाशित ज्योती मलहोत्राको टिप्पणीमा चिनियाँ कम्पनीले लगानी गरेको र बनाएको ऊर्जा भारतले किन्ने छैन भन्ने सन्देश दिन मोदीले ओलीलाई चाँडै नै भारत बोलाएका हुन् भन्ने छ । खै ओलीको भारत भ्रमणको के अपेक्षा के अनपेक्षा ? एक घण्टासम्मको कुराकानी गोप्य राखिए पनि रेल मार्ग र जल मार्गको लड्डुबाहेक अरू देख्न सकिएन ।

दुवैको अनुहार त्यति फुरेको देख्न सकिन्नथ्यो । भारतीय लगानीको याचक भएको त पाइयो तर १९५० को असमान सन्धिको खारेजीको त के कुरा, यससम्बन्धी चूँ गरेको पनि केही चाल पाइएन । सुस्ता कालापानी, टनकपुर, लिपुलेकलगायतका दर्जनौं ठाउँमा भएको सीमा अतिक्रमणबारे केही कुरा चलेन । आजसम्म ६१ ठाउँबाट ७१ हजार ६३० हेक्टर जमिन भारतले मिचेको छ ।  आगोमा घिउ थपेजस्तै कोशी उच्च बाँध अझ उच्च बनाएर जलमार्ग बनाउने कुराले तराईका जिल्लाबासी चिन्तित भएको बुझ्न सकिन्छ । शिर उच्च राख्ने भनेको कोशीको बाँध उच्च राख्ने भनेको हो ? राम्रो काम गर्दा केही जोखिम त उठाउनुपर्छ नै तर त्यहाँ डुबानमा सन्त्रस्त ३१ जिल्लाको जीवन छ । मधेस आन्दोलनको लगाम भारतले समाएको छ । अब राजनीति नफेरिएसम्मद मधेसमा आन्दोलन हुने अवस्था पातलो भएको अनुभूति हुन्छ । दास युगदेखि आजसम्मको गति द्वन्द्वात्मक भौतिकवाद हो । कम्युनिस्टको कुरा छाडौं चार्लस डार्भिनले पनि विकासको गतिलाई मानेका छन् तर केपी महोदयले मानेको बुझिँदैन ।

१६ हजार नेपालीका जनताका छोराछोरीको रगतमा मस्ती मार्न पल्केका महासयहरूले आफ्नो टाउको रक्षा गर्न खटिएका बालकृष्ण ढुङ्गेललाई थुनेको रमिते भएर हेरेका छन् । कसको खटनमा चलेका हुन् बालकृष्ण ? यसको पनि हेक्का राख्नुपर्छ ।  कोही जेल, कोही अपाङ्ग, आफू भने ४ तले अलिसान महलमा बस्न मिल्छ ? उसबेला चप्पल लगाएर हिँड्नेलाई अहिले ४ करोडको गाडीमा गुड्ने र हेलिकप्टरमा उड्ने कसले गरायो ? काउत्स्की, खुस्चेभ र तङ्साओका शिस्यहरूले आफ्ना गुरुको गीत गाउँछन् । यो कुनै अचम्मको कुरा होइन । न त वाम गठबन्धन नै आश्चर्याको कुरा हो । एउटै विचार भएपछि एउटै पार्टी हुन्छ । यो कसैलाई टाउको दुख्ने कुरा भएन । टाउको दुख्ने त कम्युनिस्टको विभ्रम फैलाएको कुरामा छ । युरोपियन युनियन वा पश्चिमा शक्तिबाट प्रभावित भएर पार्टी अफिसबाट माक्र्स र लेनिनका तस्बिर हटाउनु अवसरवाद हो । उनीहरूप्रति जघन्य अपराध हो । यही क्रममा पछि पार्टीको नाम र झण्डा पनि फेरिने छ । आखिरमा ठूलो भनेको विचार होइन । कुर्सी पो रहेछ । अहिले अध्यक्ष र भावी प्र.म.को भागबण्डाको कुरा नमिल्दा पार्टी एकीकरणमा हलो अड्केको छ ।

हामीले राष्ट्रिय पुँजी जति लागू गर्नसक्छौं, जति जति जनतालाई सचेत बनाउन सक्छौं, वैज्ञानिक समाजवाद धेरै टाढाको कुरा हुँदैन ।  कुनै पनि राजनीतिक समस्याको समाधान राजनीतिबाट नै हुन्छ । जनतासँग गाँसिएका कुरामा पार्टीका नेताहरूलाई उत्तेजित पारेर समाधान हँुदैन । जति दमन भयो उति उभार हुन्छ । शान्तिपूर्ण रूपले घरैमा बसेका वा गाडीमा हिँड्दै गरेका नेता कार्यकर्तालाई पक्राउ गर्न त सजिलो हुन्छ तर महँगो पर्छ ।

आफैले विश्वको उत्कृष्ट भन्दै आएको संविधानको उल्लङ्घन हुन्छ । पङ्क्तिकार आफै मानव अधिकारकर्मी र पत्रकार भएको नाताले भन्न कर लाग्छ कि सत्ताको मातमा मानव अधिकार तथा मौलिक अधिकारको उल्लङ्घन भएको अनुभूति हुन्छ ।   छिमेकीसँग सन्तुलित सम्बन्ध हुनुपर्छ । मोदीले ओलीलाई चीनमा हुने बोआओ सम्मेलनमा भाग लिनबाट रोक्नुथियो । प्रम आफै नगएर परराष्ट्र मन्त्रीलाई पठाइएको अवस्था छ । यसले मित्रतामा खलल नपारोस् भन्ने हो ।  आफ्नो पार्टीलाई पनि माक्र्सवादको अवमूल्यन र अपव्याख्या गरेको चित्त बुझेको छैन । घनश्याम भुसालको पनि यही अभिव्यक्ति हो । कम्युनिस्टकै लोगो किन चाहियो ? दुनियालाई किन विभ्रम ? इमानदारिता हो भने कम्युनिस्टको लोगो फालेर राजनीति गर्नुपर्छ ।  अब महेन्द्रको पालाजस्तो शब्दको खेती गर्ने बेला छैन । अहिले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा सल्केको छ । अब विकास, समृद्धि, न्याय, जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनताका लागि सबै देश भक्त, साम्राज्यवाद विरोधी शक्तिहरू एकजुट हुनेबेला आएको छ । देश सिक्किमीकरण नहोस् भन्ने मुख्य चिन्ता हो ।

 

साभार रातो पाटी

Credit : raranews.com

घरघरमा इन्डक्सन चुल्हो बाल्नेगरी विद्युत उत्पादन :मन्त्री पुन

रसुवा : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले जनताको घरघरमा इन्डक्सन चुल्हो बाल्नेगरी विद्युत उत्पादन हुन लागेको बताएका छन् ।

१० वर्षमा कम्तीमा १० हजार मेगावाट विद्युत उत्पादन गरेर नेपाललाई जलबिद्युतमा आत्मनिर्भर बनाउने नीति अगाडि ल्याउन लागेको बताएका हुन् ।

रसुवामा निर्मार्णाधिन जलबिद्युत आयोजनाको अवलोकन गरेर काठमाडौं फर्कने क्रममा आइतबार बिहान कालिका गाँउपालिकामा गरिएको स्वागत कार्यक्रममा मन्त्री पुने स्थानीयको ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन् ।

उनले जनमतबाटै परिमार्जन गर्न सक्ने संविधान आएको बताउदै अब विकास निमार्णका लागि स्थायित्वको जग खडा भएको उल्लेख गरे  ।

उनले भने–‘नेपाली जनताको चाहना विकास र समृद्धि हो । विकास र समृद्धिबिना कुनै पनि राजनीतिक परिवर्तन संस्थागत हुन सक्दैन । सत्तापक्ष र प्रतिपक्ष मिलेर राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि काम गर्नुपर्छ । अहिले हामीप्रति जनअपेक्षा बढी छ । जनअपेक्षा अनुसार काम नभए सरकार खुकुरीको धारमा हुन्छ । सरकार अत्यन्तै गंभिर ढंगले जनअपेक्षा पूरा गर्न प्रतिबद्ध छ ।’

मन्त्री पुनले भूकम्पपछि रसुवा व्यापारिक र पारवाहन केन्द्रका रुपमा स्थापित गराउन लागेको जानकारी गराए । उनले रसुवामा नयाँ सम्भावनाको ढोका खुलेको बताँउदै उत्तरतिरबाट आउने रेलको बाटो, र नेपाल, भारत, चीन जोड्ने त्रिदेशीय प्रसारण लाइन यहीँबाट सुरु हुने बताए ।

रसुवा सबै कोणबाट आकर्षणको केन्द्र बन्दै गरेको बताउँदै मन्त्री पुनले अहिले ट्रान्समिटर लाइनमा समस्या आएको बताए ।

यो समस्या समाधानका लागि स्थानीयले पनि लाभ पाउने गरी नयाँ मोडेलमा नयाँ नीति शूरु गर्न खोजेका उनको भनाई छ ।

उनले भने–‘प्रभावित क्षेत्रका बासिन्दालाई सबैभन्दा बढी लाभ पाउने र समग्र नेपाली जनताले पनि लाभ पाँउने नीति निर्माण गर्न खौज्दैछौँ । सबै आयोजनाबाट स्थानीयले लाभ पाउने कार्ययोजना अगाडि बढाउन गइरहेका छौँ । ५ सय मेगावाट अहिले नै छ, अरु थप योजना पनि थपेर रसुवाबासीलाई थप शेयर दिएर सम्पन्न बनाउने हाम्रो योजना छ ।’

मन्त्री पुनले अहिले सबा खर्ब भन्दा बढी इन्धन आयात भइरहेको र त्यसलाई  प्रतिस्थापन गरेर ब्यापार घाटा कम गर्ने सरकारको रणनीति रहेको बताए । उनले  १० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादन गरेर  हरेक घर घरमा बिद्युतिय चुलो अभियान अगाडि बढ्ने उल्लेख गरे ।

रसुवाबासीको मागलाई संबोधन गर्दै उनले रसुवामा स्नातकोत्तर तहसम्म अध्यापन हुने क्याम्पस लगायतका अन्य विकास निर्माणको कामका लागि पहल गर्ने बताए ।

मन्त्री पुनलाई ज्ञापनपत्र बुझाउदै कालिका गाँउपालिकाका उपाधयक्ष भवानी प्रसाद न्यौपानेले रसुवामा उत्पादित जलबिद्युत आयोजनाको प्रतिफल कालिका गाउँपालिकालाई पनि उपलब्ध गराउन आग्रह गरे ।

उनले गाउँपालिकाका कृषियोग्य भूमि भएपनि सिंचाइको असुविधा भोग्नुपरेको गुनासो गरे । जलबिद्युत आयोजनाबाट प्राप्त प्रतिफलाई रसुवाको मिडिया क्षेत्रको विकासमा पनि सहयोग गर्नुपर्ने बताए ।

यस्तै माओवादी केन्द्रका रसुवा जिल्ला अध्यक्ष इन्द्र गौतमले रसुवामा निर्माणाधिन झन्डै ५ सय मेगावाट जलबिद्युत  आयोजना रहेको बताउदै जिल्लाको विकासमा यसको समुचित प्रयोग हुनुपर्ने बताए । रसुवा पर्यटकीय क्षेत्र समेत रहेको बताउँदै उनले पर्यटन विकासका लागि विशेष कार्ययोजना ल्याउन आग्रह गरे ।

यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष माधव अर्यालले रसुवाका जलबिद्युत आयोजनाबाट समग्र स्थानीय तहले लाभ लिने नीति बनाँउन आग्रह गरे । उनले रसुवामा एउटा पनि नगरपालिका नभएको बताउदै कालिका गाउँपालिकालाई नगरपालिकाका लाई नगरपालिका बनाँउन पहल गर्न आग्रह गरे । उनले जलबिद्युत आयोजनामा कुनै पनि बहाना बनाएर स्थानीयले बन्द हडताल गर्ने कामलाई प्रश्रय दिन नहुने उल्लेख गरे ।

Credit : raranews.com

कर्णाली रारा पर्यटन वर्षले रारा वा कर्णालीमा के भयो र अब के हुन्छ ?

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढासंग रारा न्युज डटकमले गरेको सम्बाद

मन्त्री ज्यू, कर्णाली रारा पर्यटन वर्षको उद्घाटन कस्तो रहयो ?
समग्रमा राम्रो रहयो, प्रदेश सरकारले जे अपेक्षा गरेको थियो त्यो भयो ।

के थियो त्यस्तो अपेक्षा ?

पहिलो कुरा त राराबाट कर्णाली पर्यटन वर्षको सुरmवात गर्ने र कर्णालीको समृद्धिको लागि पर्यटन उद्योग प्रथामिकताको उद्योग हो र सरकारको प्रथामिकताको क्षेत्र पनि हो भन्ने सन्देश दिने र पर्यटक आकर्षण गर्ने लक्ष्य सरकारको थियो । त्यसमा सम्माननीय प्रधानमन्त्री ज्यूले राराबाट देशवासीका नाममा आफ्नो पहिलो सम्वोधन गर्नु भयो यसले प्रदेश सरकारले राखेको लक्ष्यको प्रचारप्रसारमा झन् मद्दत मिल्यो ।
प्रधानमन्त्रीले रारावाट सम्वोधन गर्दा कर्णालीलाई  के फाईदा भो ?
देशको कार्यकारी प्रमुखले देशवासीका नाममा पहिलो सम्वोधन भन्ने वित्तिकै सवैको ध्यान जान्छ नै, नेपालको बहु संख्यक जनसंख्याले यस्तो सम्वोधन हेर्ने गर्छन् यसप्रकारको सम्वोधन कर्णाली प्रदेशवाट भयो भन्दा किन त्यहाँवाट भन्ने सन्देश जान्छ नै यसको व्यास्थपकिय जिम्वेवारी प्रदेश सरकारले लिनुले सरकारको क्षमताको कुरा पनि मासमा जान्छ । धेरै प्रदेश आन्तरिक व्यावस्थापन व्यस्त भएको समयमा कर्णाली सरकार भने आफ्ना प्रथमिकताको क्षेत्रको पहिचान गरि कार्यान्वयनको दिशामा हिडेको सकारात्मक सन्देश दिन सफल भयो । यसको प्रचारमा प्रधानमन्त्री ज्यू को सम्वोधनले सहयोग गर्यो ।

हतारमा आयोजना गरेको कार्यक्रमले खासै उपलव्धि दिन सकेन भन्ने छ नि ?
हतारको कुरै हैन, हाम्रो प्रदेश गरिविको मारमा छ हामीले समयसंँग निकै प्रतिस्पर्धा गर्नु छ । यो बेला हाम्रो गतिलाई निकै तिब्र वनाउनु पर्ने केही रिस्क लिन पनि तयार हुनु पर्ने छ । मलाई त यति समय प्रयाप्त लागेको थियो । कार्यक्रम उपलव्धी भएन भन्ने व्याक्तिले कमिसन पायन भन्ने बुझ्नु पर्छ । खाली कमिसनको पछाडि हिड्ने प्रवृतिको विरmद्ध हामी मन्त्री आफै सक्रिय भएर समितीहरmको संयोजक भै न्यूतम खर्चमा जंगलको विचमा एक बृहतकार्यक्रम ग¥यौं यसवाट केही फाइदाको पछि हिड्ने व्याक्तिलाई गारो प¥यो होला आरोप लगाउनु भयो होला । तर, तिन घन्टा जंगलको वाटो हिडेर कार्यक्रम स्थलमा गरिएको व्यावस्थापन काठमाण्डौंको रंगशालामा गरेको जस्तो व्यावस्थित खोज्नु हुन्न । यदि त्यस्तो खोज्यौं भने कर्णाली नवुझेको ठर्हछ ।

उद्घाटन गर्न रारा नै किन रोजेको ?
रारासंग सौन्दर्यता छ, प्रदेशको गरिमा छ, अपनत्व छ त्यसैले प्रदेशको पर्यटनको प्रमुख गन्तव्य हो रारा । यसको विकास र प्रर्वद्धन मार्फत कर्णाली समृद्धिकोवाटो खुल्ने आधार प्रदेश सरकारले देखेको हुँदा यहिवाट पर्यटन वर्षको सुरुवात गरेको हौं ।

तपाईले अपेक्षा गरेको भन्दा वढि जनसहभागिता भयो व्यावस्थापन कसरी गर्नु भयो ?
हो सरकारले तिन चार हजार मानिस जम्मा हुने अपेक्षा गरेको थियो तर पन्ध्र हजार भन्दा वढिको सहभागिता भयो । आफ्नो जिल्लावाट देशको नाममा प्रधानमन्त्रीले सम्वोधन गर्ने भन्ने समचारले जिल्लावासि र छिमेकी जिल्लावाट व्यापक सहभागिता भयो । आफ्नो प्रदेश सरकारको मन्त्री परिषद् बैठक रारामा हुने र अन्य विशिष्ट व्यक्तिको आगमन हुने समाचारले छुट्टै उत्साह लिएर नागरिकहरु कार्यक्रममा सहभागी वने । मूल आयोजक समितिले नागरिकको सुरक्षा र सहजरmपमा घर फर्कने वातावरणका लागि निकै चुस्त गतिमा कार्यक्रम संचालन ग¥यो र तिन बजे औपचारीक रmपमा कार्यक्रमको समापन भयो । तत्पश्चात नागरिकहरm समयमै घर फर्किन पाए र व्यावस्थापनमा सहज भयो । यो कार्य सरकारले लिएको सहि निर्णय थियो ।
आधारभुत सुविधाको पहुँचवाट टाढा रहेको रारामा पर्यटकको व्याबस्थापन निकै चुनौतिपुर्ण छ यस्तो अवस्थामा कसरी रारालाई पर्यटको

रोजाईको गन्तव्य वनाउन सकिन्छ ?

राष्ट्रिय निकुन्ज भित्रको क्षेत्र भएको हुँदा र वातावरणिय जोखिमताका कारण रारा भित्रै सवै खालका सुविधाको व्यावस्थागर्न सकिदैन तर, आधारभुत सुबिधा जस्तो सौचालयहरु निर्माण, फोहोर व्यावस्थापन र पानीको व्यवास्थाप, अवलोकन गर्ने घरहरm र विश्राम कक्ष निर्माण, पर्यावरण मैत्री सुविधाहरm साइकिलिङ्ग, घोडा सवारी र वोटिङ्गको सहज प्रवन्धको लागि सरकार आलागी परेका छ । पर्यटकको लागि खाना तथा आवासको लागि रारावाट आधि घन्टाको दुरीमा रहेको माझघट्ट, मुर्मा, पीना र झ्रीका सामुदायिक लज तथा होम स्टेको विकास गर्ने तयारी गरेका छौ भने ठुला लगानीकर्तालाई आकर्षित गर्न आवस्यक नीतिगत व्यवस्थाप गर्दै छौ ।

यि काम गर्न अहिलेको कर्मचारीतन्त्रले साथ दिन्छ त ?
कर्मचारी नीतिको कार्यान्यनकर्ता हो । नीति हामिले दिने हो कार्यान्वयन कर्मचारी गर्ने हो । लामो समयको संक्रमणकालिन अवस्थावाट देशले स्थायित्वको वाटो समातेको छ । हिजोको अस्थिर अवस्थामा जस्तो कानूनी अड्चन देखाएर आराम गर्ने समय अहिले होइन । सरकार प्रति जनताका अपेक्षा धेरै छन् इमान्दार भएर काम गर्ने वेला भैसकेको छ । मैले प्रक्रिया देखाएर काम छल्न कर्मचारी लाई छुट छैन भनि निर्देशन दिईसकेको छु अव कामको आधारमा आवश्यक कदम चाल्छु ।

यो कार्यक्रममा तपाईलाई निकै असहयोग भयो भन्ने हल्ला थियो नि ?
त्यस्तो होइन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय यो कार्यक्रमको मुख्य भुमिकामा थियो केहि कर्मचारीको व्यावस्थापकिय अनुभवको अभावले केही अलमलमा परेको हो । नयाँ काम गर्दा अप्ठेरो महशुस हुनु स्वभाविक हो मैले अभिभावकत्व प्रदान गरे कार्यक्रम सफल भयो सवै अवस्था ठिक छ । केही सुधार्नु पर्ने कुरामा सुझाब दिन्छु ।

त्यतिका मान्छेको भिड रारा जम्मा हुँदा रारा फोहोर भयो होलानी ?
हामी पहिले देखि नै यो कुरामा सजग थियौं । विभिन्न स्थानमा अस्थायि सौचालय र फोहोर संकलन केन्द्र निर्माण गरेका थियौं । हल्ला न्यूनिकरण गरेका थियौं । पर्यावरणमैत्री इभेन्टमात्र संचालन ग¥यौ । कार्यक्रम समापन भै सकेपछि मेरै नेतृत्वमा रारा ताल आसपासको क्षेत्र सरसफाई कार्यक्रम आयोजना गरि पुर्ण सफाई ग¥यौं । महत्वपुर्ण कुरा के भने रारा क्षेत्रमा यस अघि भएको फोहोर पनि यस पटक सफा भयो ।
तपाईहरुले निकै खर्चेर पत्रकारलाई रारा पु¥याउनु भयो तर मिडियामा खासै स्थान पाएन नी ?
मिडिया स्वतन्त्र निकाय हो लेख्ने नलेख्ने उसको कुरा हो तर प्रदेश सरकारले मिडियालाई स्पेस दिएर कार्यक्रमा लिएको हो ।भरखरै कार्यक्षेत्रमा फर्कनु भएको छ अब लेख्नु हुन्छ होला भन्ने मलाई बिश्वास छ ।

तपाईले मिडियाकर्मीलाई सहयोग गर्नु भएन भन्ने छ नी ?
यो गलत हो, पर्यटन वर्षको उद्घाटनको लागि विभिन्न समितिहरm मन्त्रीको संयोजकत्वमा बने यो कुरा मैले भनि राख्नु परेन तपाईहरmलाई थाहानै छ । मेरो जिम्वेवारीमा मिडिया मोविलाईजेसन थिएन र म मिडियाको नजिक पर्न सकिन त्यसैले यसो भनिएको होला । अर्को कुरा मैले सकेसम्म सवैलाई सहयोग गरे यतिसम्मकी ताल्चा एर्पोटमा भेटिएका केहि व्यक्तिलाई व्याक्तिगत सहयोग सम्म गरे । त्यसै क्रममा एकजनाले केही पैसा मागे मैले भने मसँंग भएको सकियो पैसा नपाउँदा उनले गुनासो गरे छन् । सवैलाई वाटोवाटोमा पैसा दिन सकिदैन त्यति सस्तो पैसा कसैसँग हुदैन । पैषा नपाएको भरमा सहयोग भएन भन्नुलाई मैले स्विकार्दिन । फेरि मिडिया मोविलाईजेसनको जिम्वेवारी मेरोमा थियन । म त के भन्छु भने तपाई जस्ता मिडिया कर्मीले मिडियामा भएका यि मगन्ते नियतलाइ निरुत्साहित गर्नु पर्छ ।

पत्रकारलाई वोलाउने अलपत्र पार्ने यो राम्रो भएन नी ?
मैले भनेनी, सके जति सहयोग र सहजिकरण गर्ने हो । यसमा पनी कार्य विभाजन थियो मैले सवै क्षेत्रमा ध्यान दिन सक्ने अवस्था थियन, मिडिया परिचालन र प्रचार प्रसार मेरो समितिमा पर्दैनथ्यौ र मलाई यस विषयमा जानकारी थियन । व्याक्तिगत रmपमा गर्ने सहयोग केहिलाई गरे तर बाँकी मिडियाकाकर्मीहरm सुर्खेत र काठमाण्डौंवाट हिड्दा कसको अभिभावकत्वमा हिड्नु भएको थियो उहाँको समन्वयमा रहनु पथ्र्यो । एकाएक किन मसँग असन्तुष्टि मैले कुरा बुझिन, तपाई आफै भन्नुहोस व्यावसायिक मान्छेले यो गर्न सक्दैन त्यसवाट वरm असन्तुष्टि व्यक्त गर्नहरुको अपरिपक्ता प्रष्ट हुन्छ ।

रारामा होटलवालाले व्रहमलुट गरे भन्ने कुरा आयो के भन्नु हुन्छ ?
यस वारेमा हामी समिक्षा गर्दैछौ सत्य तथ्य सार्वजनिक गरौंला ।
अन्तमाः कर्णाली प्रदेश अरु प्रदेश भन्दा निकै गतिमा अगाडि वढेको छ भन्ने व्यापक चर्चा छ वढि गतिमा हिड्दा कतै दुर्घटना त हुदैन ?
एउटा नियम छ नि हाई रिस्क हाई प्रोफिट । हामी व्याक्तिगत रmपमा वडि जोखिम मोलेर अहोरात्र लागि परेका छौ । यहि स्पिडमा कर्मचारी परिचालन गर्न खोज्दै छौ । किनकी विकासको तिव्र इच्छामा रहेका नागरिकको प्यास मेटाउनु छ । प्रदेश सरकारलाई लामो समयसम्म प्रकृयाको नाममा ढिलासुस्ती गर्ने छुट छदै छैन । कुशलता पुर्वक रचनात्मक काम गर्नु अहिलेको प्रमुख अभिभारा हो । प्रदेश सरकार यसमा एक पछि अर्को सफलता हाँसिल गरि रहेको छ । जनताको अपारमाया र समृद्धिको वाटोमा व्यापक सहभागिता हुने दखिन्छ त्यसैले तपाईले भनेको जस्तो दुर्घटनाको कल्पना पनि गर्न सकिदैन ।

तपाईले नेपालमै सवै भन्दा वढि मत अन्तरले विपक्षिलाई पराजित गर्नु भयो । अर्थात ८२ प्रतिशत मत तपाईले प्राप्त गर्नु भयो मतदाता भेट्न कहिले जानुहुन्छ ?
मैले मेरा मतदाता लाई प्रत्येक दिन काममार्फत भेटि रहेको छु । उहाँहरmको मायाले आज यो स्थानमा छु र उहाँहरmको उर्जाले काम गर्ने शक्ति मिलिरहेको छ । नयाँ संरचनाको रmपमा स्थापित प्रदेश सरकारको मन्त्रीको भुमिकामा छु मन्त्रालयलाई गतिशिल वनाउन विभिन्न विधेक, कार्यविधि र व्यवस्थापनमा व्यस्त छु । यसलाई चलायमान वनाएर मलाई अपारमाया र अमुल्य मत प्रदान गर्ने मतदाताको माझमा पुग्ने छु ।

Credit : raranews.com

कर्णालीको एक फन्को

दबदबे हिलो छिचोलेर मालीचउर पुग्दा सल्ला सुसाइरहेका थिए, स्वागतमा । सिरसिर चल्ने बताससँगै कान ठोक्किन आइपुग्ने सिरेटो । अनि आङ सिरिंग पार्दै वेलावेला चल्ने बतास । घाम भन्नु मात्रै थियो । फिटिक्कै थिएन न्यानो । बरु, धुम्म हुन्थ्यो घरिघरि । अघिल्लो रात परेको झरीले हिलाम्मे थियो घोडेटो । सल्लाघारीभित्रको हिलाम्मे ओरालो । त्यसमाथि घोडाको ओहोरदोहोरले जहाँ टेक्यो त्यहीँ चिप्लिँदो । झन्डै १० मिनेट लाग्यो छिचोल्न हिलाम्मे चिप्लो घोडेटो । अनि सल्लाघारीको बीचबाट देखियो नीलो, स्निग्ध, कञ्चन तलाउ ।

अलिक पर चउर थियो । त्यही चउरमा स्वागत गेट बन्दै थियो आगुन्तकका लागि । चउरको छेउमै थियो तलाउ । चउरबाट पारिपट्टि देखियो चंखेली हिमाल । एक रुपैयाँको नोटमा देखिने हिमाल त्यही चंखेली हो भन्थे भरतबन्धु । हो, त्यही चंखेली हिमाल छल्किरहेको थियो तलाउमा, पानी जसरी छल्किन्थ्यो । अनि पूर्वपट्टि लहरै टल्किएका हिमाल पनि त्यसरी नै छल्किरहेका थिए, उही तलाउमा ।

तलाउको वरिपरि सल्लाघारी छ । अनि लाग्छ, स्निग्ध, सुन्दर, शान्त, कञ्चन पानीको सुरक्षा जिम्मा ती सल्लाहरूको हो । घना जंगलको बीचमा असरल्ल फैलिएको छ तलाउ । त्यसरी लमतन्न तलाउमा पातपंतिगर कतै देखिन्न, कञ्चन पानीबाहेक । ‘स्नो ट्राउट’ धेरै सुनिएको माछाको प्रजाति । अन्यत्र कतै नपाइने माछा यही तलाउमा पाइन्छ । अनि ती वरिपरिको जंगलामा पाइन्छ, कस्तुरी, रतुवा । त्यसमा थप शोभा बढाएको छ डाँफेले । अर्थात् ३० चैतको त्यो मध्याह्नमा हामी रारा ताल पुग्दा यस्तै थियो दृश्य ।

 

तलाउको वरिपरि सल्लाघारी छ । अनि लाग्छ, स्निग्ध, सुन्दर, शान्त, कञ्चन पानीको सुरक्षा जिम्मा ती सल्लाहरूको हो । घना जंगलको बीचमा असरल्ल फैलिएको छ तलाउ । त्यसरी लमतन्न तलाउमा पातपंतिगर कतै देखिन्न, कञ्चन पानीबाहेक । ‘स्नो ट्राउट’ धेरै सुनिएको माछाको प्रजाति । अन्यत्र कतै नपाइने माछा यही तलाउमा पाइन्छ । अनि ती वरिपरिको जंगलमा पाइन्छ, कस्तुरी, रतुवा । त्यसमा थप शोभा बढाएको छ डाँफेले ।
०००
५४ वर्ष पहिला रारा ताल थिएन । आश्चर्य मान्नुपर्दैन, त्यतिवेलासम्म रारा दह भन्थे रारा, छाप्रु र मुर्माका स्थानीय । विसं. २०२० मा जब तत्कालीन राजा महेन्द्र रारा दहको भ्रमणमा पुगे अनि नाम फेरिदिए महेन्द्र ताल । हुन त, महेन्द्रले रारा हो कि अप्सरा हौ भनेर गीत नै लेखे राराको सौन्दर्यबाट मोहित भएर । त्यसपछि महेन्द्र तालले कहलियो रारा दह । २०६३ सम्म पनि रारा तालभन्दा बढी महेन्द्र तालले चर्चा पाएको थियो । राजा महेन्द्र पुग्दा छाप्रु र रारा गाउँ थिए तालको छेउमा । तालको उत्तरी किनारा छेउमा आर्मी ब्यारेक बसेको छ अहिले । त्यसको पूर्वपट्टि थियो रारा गाउँ । अलिक पश्चिमतिर थियो छाप्रु गाउँ । ती गाउँका ३६० घरपरिवारलाई ०३५ मा अन्तै सारियो । अनि त अहिलेको रारा ताल एक्लो, सुन्दर र स्निग्ध देखिएको हो ।

बालापनको त्यो गाउँको कथा सुनाउँदै अनुपविक्रम शाह भन्छन्– २०३५ सालमा बर्दियाको मोतिपुरमा बस्ती सारेको थियो सरकारले । खासमा तालको संरक्षणका लागि सरकारले त्यतिवेला राष्ट्रिय निकुञ्ज बनाउन बस्ती सारेको हो । औलोले थिलथिलो बनेको त्यो वेलाको तराईमा ती मुगाली बस्न सक्ने थिएनन् । मोतिपुरमा एक वर्ष पनि टिक्न नसकेका उनीहरू ०३६ मा सारिए बाँकेको चिसापानीमा । अर्थात्, बबई नदीको किनारसँगको जंगलको छेउमा । गाभर भनेर पनि चर्चामा छ त्यो बस्ती । त्यतिवेला सरकारले उनीहरूलाई चिसापानीमा अढाई बिघा खेत र चार कट्ठा घडेरी दिएको थियो । अनि ८ वर्ष त निःशुल्क खाद्यान्न दिएको स्मरण गर्छन् शाह । हुन त, रारा तालभन्दा ३ घन्टामाथिको मुर्मा गाउँलाई पनि सार्न खोजिएको थियो । उनीहरूको चर्को विरोधले त्यहीँ बसिरहेका छन् अहिलेसम्म । त्यो मुर्माबाट झन् मनमोहक देखिन्छ रारा । अनि पश्चिमतिर सैपाल हिमाल । पूर्वतिर सिस्ने र कान्जिरोवा हिमाल चित्ताकर्षक देखिन्छ । साहसिकहरू त मुर्माबाट प्याराग्लाइडिङ पनि गर्छन् र झर्छन् तालछेउमा । नयाँ वर्षको बिहानीसँगै बाबु सुनुवार पनि त्यसरी नै झरेका थिए ।

मेरो घर कर्णाली त उनकोचाहिँ सुर्खेत
अब भने हप्तैपिच्छे हुन्छ हाम्रो भेट ।
झल्को लाली ओठको
बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको ।

सुर्खेतको वीरेन्द्रनगर बजारबाट मास्तिर लागेपछि मिलन लामाको यही गीत बज्न थाल्यो गाडीमा । कहालीलाग्दो मोटरबाटोको कथा सुनिएकै थियो । त्योभन्दा बढी बाटो खुल्दा कर्णालीको समृद्धिको कथा बुन्दै थिए साथीहरू । हुन त वीरेन्द्रनगरमाथि गुराँसे पुगेपछि नै थाहा हुन्छ कर्णालीको मोटरबाटो कति डरलाग्दो छ भन्ने । गुराँसेबाट तल्लो डुंगेश्वर पुग्दासम्म पनि ठीकै लागेको थियो मोटरबाटो । वारिपारि रहरलाग्दा बस्ती । बस्तीका बीचमा देखिने खेतीपाती । अनि हरियो जंगल । जस्तापाताले छाएका नीला घर । त्यसै पनि दैलेख समृद्ध छ, माथिल्लो कर्णालीभन्दा ।

यही देखेर रामकृष्ण भन्दै थिए ‘मलाई कर्णाली आएजस्तै लागेको छैन, हाम्रो नुवाकोटभन्दा सुगम लाग्यो ।’ सायद उनले बुझेकै छैनन् तल्लो डुंगेश्वर पुगेपछि कर्णाली राजमार्गको दुर्दशा । अनि तल्लो डुंगेश्वरको लोहार खोला तरेपछि रामकृष्णले देख्न थाले बाटोको वास्तविकता । अझ राकम–कर्णाली कटेपछि त पहिरो देखाउँदै गाडी कहिले कसरी खस्थे भनेर गुरुजी देखाउन थाले । मास्तिरबाट पहिरो झरिरहेकै छ, त्यसमाथि बाटो साँघुरो, ओरालो । त्यसपछि त बाटोमा गाडी नै नअटाउने अनि कर्णाली नदीतिर झर्ने । यो बाटो त सुरुवात थियो कर्णाली यात्राको । अझै चार दिन छिचोल्नुछ यस्तो बाटो ।

सेरीघाटको पुल तरेपछिको मान्मातिर उकालो लाग्न पनि कम थिएन । डाँडामा टुप्लुक्क छन् घरहरू भीरमा फलेका फर्सीजस्तै । घरको छेउमै छन् बडेमानका ढुंगा । फुंग उडेको माटो । पानी नभएर सुख्खा देखिएको खेतबारी । खेतबारी पनि के भन्नु वर्षभरि पुग्ने अन्न फल्ने त सपना पनि छैन । कालिकोटको सदरमुकाम नै यस्तो देखेपछि कालिकोटको अरू गाउँको कथा त्यसै नाच्न थाल्यो आँखामा । १५ किमि कटेपछि देखिएको पिली बजारले झनै सात्तो खायो । हुन त माओवादीको युद्धका वेलामा पिली मोर्चाका रूपमा चर्चा थियो । र, माओवादीको अन्तिम मोर्चा पनि थियो पिली । पिली बजार भन्नु मात्रै थियो जम्माजम्मी १५-२० घर थिए होलान् । र, वारिपारि कहालीलाग्दो भीर । बाँदर लड्ने यो भीरमा चट्टान मात्रै देखिन्थ्यो । अनि डोरोजस्तो कर्णाली राजमार्ग भीरको बीचमा । तिला नदीको किनारको यो मोटरबाटो नाग्माघाट नपुग्दासम्म यस्तै थियो ।

नाग्माघाटबाट अलिक दायाँतिर एउटा पुल छ काठको । जुम्लीको कला त्यही पुलमा देखिन्छ । पुलको प्रत्येक काठेपोल कलाकृति गोरखाली इतिहासँग जोडिएको छ । तत्कालीन राजारानी र गोरखाली सैनिक कँुदिएका छन् पोलमा । हामीलाई त्यहाँ फोटो नखिची अघि बढ्दै मन लागेन । राति गाडीको बत्तीकै भरमा खिचियो पुलको फोटो ।
०००

‘हामी त्यसै आएनौँ, बलिराजाले बोलाए’ यही भाका गाइरहेका थिए प्रकाश र भरतबन्धु नाग्माघाटबाट मास्तिर लागेपछि । बलिराजा अर्थात् सिन्जा राज्यका राजा । सिन्जाका राजा मलै बम्म राजा निःसन्तान हुँदा नाताका ज्वाइँ बलिराज राजा भएको कथन थियो । सिन्जाको इतिहासले हाम्रो यात्रा जुम्लाबाट सिन्जातिर मोडिएको थियो । कालिकोट पुगेपछि हाम्रो यात्रा सिन्जातिर मोडिएको हो बीचबाटै । वीरेन्द्रनगरबाट हिँड्दा जुम्लाको योजना थियो । भरतबन्धुले होटेल बुक पनि गरेका थिए, तर प्रकाश र रामकृष्णले सिन्जातिर जोड गरे । नाग्माघाटबाट अलिक दायाँतिर एउटा पुल छ काठको । जुम्लीको कला त्यही पुलमा देखिन्छ । पुलको प्रत्येक काठेपोल कलाकृति गोरखाली इतिहाससँग जोडिएको छ । तत्कालीन राजारानी र गोरखाली सैनिक कुँदिएका छन् पोलमा । हामीलाई त्यहाँ फोटो नखिची अघि बढ्दै मन लागेन । राति गाडीको बत्तीकै भरमा खिचियो पुलको फोटो ।

११औँ शताब्दीतिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको किंवदन्ती छ । र, खारी प्रदेशबाट आएर शासन गरेको हुनाले यो क्षेत्रलाई खसान क्षेत्र भनियो भन्ने मत छ । सिन्जाको इतिहास पनि यसैसँग जोडिन्छ । सिन्जामा खसहरूको विशाल साम्राज्य थियो । सिन्जाका शासक जितारी चल्लले काठमाडौं उपत्यकामा हमलासमेत गरेका थिए । जतिवेला काठमाडौंमा अनन्त मल्ल शासन गर्दथे ।

जुम्लाको सिन्जाको कथा धार्मिक कथनसँग पनि जोडिन्छ । अर्थात्, शिवभक्त राजा जालन्धरले सिन्जा राज्य नामाकरण गरे भन्ने कथन पनि छ । राजा जालन्धरले आफ्नो नामको ‘जा’ र भगवान् शिवको ‘शि’ शब्द जोडेर सिन्जा राज्य स्थापना गरेको सन्दर्भसँग जोडिएको छ । सिन्जाको वास्तविकताका लागि त्यहाँका सिलालेख, दरबार, ऐतिहासिक स्थल, गुफा, कनकासुन्दरी मन्दिरको अध्ययन आवश्यक पर्छ ।

नेपाली भाषाको उत्पत्ति थलो पनि सिन्जा मान्ने गरेका छन् संस्कृतिविद्हरूले । अहिलेको नेपाली भाषा त्यतिवेलाको सिन्जामा बोलिने खस भाषाको विकसित रूप मानिन्छ । हुन त, राज्य विस्तारसँगै सिन्जाली बोली जुम्ली भाषाको रूपमा बाँडिदै बाइसे–चौबिसे राज्यमा विस्तार भयो । कुनैवेलाको सिन्जाली बोलीलाई पछि जुम्ली भाषा भनियो । कहिले पर्वते बोली भनियो अनि कहिले गोरखा भाषाका रूपमा पनि व्याख्या गरियो । अहिले नेपाली भाषाका रूपमा परिचित छ ।
०००

नाग्माघाट पुग्दा झिमिक्कै साँझ परिसकेको थियो । आजको गन्तव्य थियो जुम्लाको सिन्जा । नाग्माघाट बजार पूरै अन्धकार थियो । मान्मापछि कालिकोटको ठूलो बजार हो नाग्माघाट । ६ महिनादेखि लघुजलविद्युत् आयोजनाको बत्ती बन्द रै’छ । अचम्मको कथा छ त्यहाँको । आयोजनाको पावरहाउसमा बस्ने मजदुरले पारिश्रमिक मागेपछि दिएनछन् उपभोक्ता समितिले ।

अनि बत्ती नै बन्द भएको स्थानीय होटेल साहुले सुनाउँदै थिए हामीलाई । यहीँबाट छुट्टिन्छ जुम्ला र मुगु जाने मोटरबाटो । एक किमि लामो बजार छिचोलेपछि तिला नदीको पुल तरे जुम्लातिर लाग्छ दायाँबाट । सीधै कच्ची बाटो समाते लागिन्छ सिन्जा हुँदै मुगुतिर । साँझ ६ बजिसकेको थियो नाग्माघाटबाट सिन्जातिर लाग्दा । वास मागेकोचाहिँ गोठीज्युलामा । कच्ची बाटो त्यसमाथि झरीले हिलाम्मे । गाडी गतिमा दौडिएको थिएन । दिउँसो दैलेखको खुड्कीज्युलामा खाएको खानाले छोडिसकको थियो ।

साथमा फास्टुफुड पनि थिएन खानलाई । ३ घन्टा गाडीको यात्रा भइसक्यो । जति रात छिप्पिँदै गयो गोठीज्युला आउँदैन । पर कतै तीनवटा बत्ती देखिनेबित्तिकै त्यही हो गोठीज्युला भन्दै थियो साथी प्रकाश । त्यस्ता बत्ती कति आए गए । नदीपारि हुन्थे ती सबै बत्ती कहाँ भेटिनु गोठीज्युला । बाटोमा घर भेट्नै गाह्रो सोध्नलाई पनि । बल्ततल्ल भेटिएको एउटा घरमा देउडा सिकाउँदै थिए एक अधबैँसे एक हुल युवतीलाई । राति ९ बजेतिर देउडा सिकाइरहेका ती अधबैँसेले अझै १ घन्टा लाग्ने बताए । त्यसपछि झन् अत्यास ।

भोक । तिर्खा । न गाउँको नाम थाहा छ न घर भेटिन्छ । जंगलको बाटो मात्रै आउँछ अनि भीर पहराजस्तो मात्रै । १० बजे बल्ल एउटा घर भेटियो बोर्ड झुन्डाएको । तर, सुनसान । अनि झरेर हेरियो, गामगाड लेखिएको थियो । अधबैँसेले भनेको समयमा गोठीज्युला आउला भनेको गामगाड आयो । अगाडि बढ्नुको विकल्प थिएन । अनि रविनले भन्न थाले, ‘अब मुगु पसियो साथीहरू, राति नै रारा पुगिने भयो के गर्ने त्यो चिसोमा ?’ रविन एकपटक रारा घुमेर आएका थिए । अनि त हो झैँ लाग्यो ।नयाँ पत्रिकाबाट साभार

Credit : raranews.com

प्रदेश आर्थिक समृद्धिका लागि जुम्लामा व्यापार मेला

कर्णाली प्रदेशको ऐतिहासिक तथा पर्यटकीय सहर जुम्लामा प्रादेशिक औद्योगिक महोत्वस तथा व्यापार मेला हुने भएको छ । यिहि बैशाख १३ देखि २३ सम्म संचालन हुने औद्योगिक व्यापार मेलाको तयारी तिव्र हुदै छ ।

कर्णाली प्रदेशमा नै पहिलो पटक आयोजना गर्न लागिएको प्रादेशिक, कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५ लाई सफल गर्न जुम्लामा उद्योगी, होटल व्यवसायी तथा सरोकावालाहरुले तिव्र तयारी छ ।

जुम्लाका समुचित विकास र यहाँका सम्भावानाहरुको प्रचारप्रसार गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रावलले जानकारी दिएका छन ।

आर्थिक संकलनका लागि अहिले विभिन्न निकायसंग छलफल भईरहेको छ । अध्यक्ष रावलले भने, तयारी स्वरुप विभिन्न नीजि तथा सरकारी क्षेत्रका व्यक्तिहरुसंग छलफल गरी तयारीलाई अन्तिम रुप दिने तयारी आयोजकको छ

कर्णालीमा पहिलो पटक १० दिनसम्म संचालन हुन थालेको प्रादेशिक महोत्सवमा झण्डै सय बढी स्टलहरु राखिने छन । जुम्लामा पाइने अर्गानिक अन्नबाली फापरको केक, कागुनाको खिर,जुम्ली मार्सी धानको चालम, सिमी, ओखर, चिनो, अर्गानिक सेल रोटी, कोदाका रोटी, आलु चिप्स लगायत अन्य अर्गानिक सय बढी स्टलहरु राख्ने लक्ष्य आयोजकको छ । यसबाट अर्गानिक बालीको प्रचारप्रसारका साथै आर्थिक आम्दानी हुनेमा आयोजक निकै आसाबादी देखिन्छ ।

जुम्लामा पाईने लोपउन्मुख अन्न बालीको प्रबद्धनका लागि पनि धेरै प्रकारका स्टल राखिनु पर्ने जुम्लाका व्यपारीले बताएउन छन् । एक स्टल राख्नको लागी मात्रै ५ सय शुल्क आयोजकले निर्धारण गरेको छ । स्टल संगै महोत्सवका क्रममा जुम्लाका सम्भावनाका बोकेका विभिन्न पर्यटकिय क्षेत्रका फोटो संकलन गरी बृत्त चित्रनै प्रस्तुत गर्ने आयोजकको तयारी छ ।

१० दिनभरको अबधिमा स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको पनि प्रस्तुत रहेने छ । स्थानीय संस्कृत जल्काउने, ढाल नाँच, बाल नाच, देउडा, हुड्के नाच लगायतका अन्य प्रस्तुतिहरु पनी हुने छन । महोसत्वका बेला बाहिर जिल्लाबाट आउने पाउनाहरुको व्यवस्थापनका लागि होटल व्यसायीीहरु प्रतिबद्ध रहेको एक होटल ब्यबसाईले जानकारी दिएका छन् ।

जुम्लाका सम्भवानालाई राष्ट्यिकरण गरी आर्थिक समृद्धि गर्ने पहिलो लक्ष्य आयोजकको छ कर्णालीमा नै पहिलो पटक यति ठुलो महोत्सव गर्ने तयारी हुँदा छुनौती थुपै्र हुने छन । यस पटकको औद्योगिक व्यापार मेलाको प्रचारप्रसार गरी कम्तीमा एक लाख बढि पर्यटकहरु भित्राउने लक्ष्य आयोजक संस्थाको छ ।

Credit : raranews.com

दुर्घटनाग्रस्त विमान हटाउन नसक्दा त्रिभुवन विमानस्थल आज बन्द

काठमाडौं मलेसियाको उडान भर्ने क्रममा मालिन्दो एयर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार राति दुर्घटना भएपछि विमानस्थल बन्द रहेको छ। बिमानस्थलबाट हुने सबै उडान तथा अवतरण बन्द रहेको विमानस्थलका प्रवक्ता ठाकुरले जानकारी दिए ।

राति पानी परेकाले ग्राउण्डेड बिमान हटाउन सम्भव नभएकाले शुक्रबार बिहानैदेखि हटाउने प्रयास जारी राखिएको प्रवक्ता ठाकुरले बताए। उनका अनुसार विमानस्थल सञ्चालनमा आउन अझै करिब दुई घण्टा लाग्नेछ।

मस्कट, फ्लाइ दुबई, कुबेतलगायतका विमान कम्पनीका जहाज बाटोबाटै नयाँदिल्ली, लखनऊलगायतका ठाउँमा अवतरण गराइएको छ भने कतार एयरलगायतका केही कम्पनीले शुक्रबारका लागि काठमाडौंको उडान स्थगित गरेका छन्।

यसले हजारौँ यात्रु मर्कामा परेको छन्। आन्तरिक उडान भने छिट्टै सन्चालनमा ल्याउने तयारी भइरहेको प्रवक्ता ठाकुरले बताए। शुक्रबार राति पौने १० बजे मलेसियाका लागि उड्न लाग्दा मालिन्दो एयरको विमान धवानमार्गमा अनियन्त्रित भएर ग्राउण्डेड भएपछि सबै उडान तथा अवतरण अवरुद्ध बनेको हो।

मलेसियाको क्वालालम्पुरका उड्न लाग्दा धवानमार्ग छोडेर बिमान चौरतिर पुगेको थियो। विमान धवानमार्गभन्दा १३० फिट दक्षिण पुगेर जमिनमा धसिएको छ। जहाजमा रहेका चालक दलका सदस्यसहित सबै १ सय ३९ यात्रु सकुशल छ

Credit : raranews.com