२० वर्षे किशोरद्वारा ९० वर्षिया अपांग वृद्धामाथि बलात्कार !

मदिराको नशामा लट्ठ भई ९० वर्षीया अपांग वृद्धालाई बलात्कार गरेको अभियोग लागेका २० वर्षीय युवकलाई ११ वर्ष जेल सजाय सुनाइएको छ ।

मोदी गाउँपालिका– १, पर्वतका २० वर्षीया शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ वर्ष कैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतका न्यायाधीश धुव्रसाद सापकोटाको इजलासले परियारलाई ११ वर्ष कैद र ३० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोखरेलले जानकारी दिएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.