१ सय ५० हज यात्रीलाई बिदाई…

 

हज यात्रामा जाने १ सय ५० जना मुस्लिम धर्मावलम्बीलाई बिदार्इ गरिएको छ ।

राजविराज– ३, मोहम्मदपुरस्थित दारुल उलुम मदरसाले आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले उनीहरुलाई बिदाइ गर्दै सुख, समृद्धि, शान्ति र आपसी भाइचाराका लागि कामना गर्न आग्रह गरेका मदरसाका प्रमुख मोहम्मद जमिरले बताए ।

मक्का मदिनाको दर्शनपछि अञ्जानमा भएका पापबाट मुक्ति पाउनुका साथै सुख, शान्ति र समृद्धि हुने भएकाले यस वर्ष हज गर्न मक्का जान लागेको स्थानीय मोहम्मद इद्रिस मियाँले बताए । मुस्लिम तीर्थालुको पवित्र स्थल मक्का मदिनामा हजका लागि यस पटक ठूलो संख्यामा महिलाहरु पनि जान लागेकामा सप्तरी जिल्लाबाट ६५ महिलासहित १ सय ५० जना सहभागी भएका छन् ।

उनीहरु आइतबारै २ वटा रात्रिबस तथा ७ वटा साना गाडी रिजर्भ गरी सदरमुकाम राजविराजबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् । रासस

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.