प्रदेश– ३ का माविमध्ये काभ्रेको महाभारत गाउँपालिकामा कम शिक्ष अध्यापन गराउँछन् । शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांक अनुसार मावि तहमा उक्त गाउँपालिकामा शिक्षक अनुपात १ सय २ रहेको छ ।
माविमा सबैभन्दा कम अनुपात काभ्रेको धुलिखेल नगरपालिकामा रहेको कार्यदलले देखाएको हो । यहाँ १० विद्याथी बराबर एक शिक्षक छन् । प्राथमिक तहको सबभन्दा कम रसुवाको उत्तरगंगा गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकामा प्रतिशिक्षक ९ र सबैभन्दा बढी काठमाडौंको टोखा नगरपालिकामा प्रतिशिक्षक ६१ विद्यार्थी छन् ।
तर, शिक्षा नियमावलीले भने विद्यार्थी–शिक्षक अनुपात हिमाली जिल्लामा ४०, पहाडमा ४५ र तराई तथा उपत्यकामा ५० हुनुपर्ने व्यवस्था गरेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
