१ भित्र अमेरिका छाड्न ९ हजार नेपालीलाई निर्देशन

काठमाडौं : अमेरिकाले त्यहाँ रहेका ९ हजार नेपालीलाई दिइएको अस्थायी आवास अनुमति अर्थात टिपीएस सुविधा खारेज गरेको छ । नेपालमा २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि नेपाल आवतजावतमा सहज होस भनेर अस्थायी रुपमा बसोबास गरिरहेका नेपालीलाई अमेरिकाले टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपीएस) सुविधा दिएको थियो ।

आजदेखि टिपीएस खारेज भएको र १२ महिना भित्र अमेरिका छाड्न निर्देशन समेत दिइएको छ । होमल्याण्ड सेक्युरिटी विभागले उनीहरुलाई सन् २०१९ जुन २४ भित्र घर फर्काइसक्ने जनाएको छ । यो योजना अन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ । तिमध्ये धेरैजसो नेपाली न्यूयोर्कमा बस्दै आएका छन् ।

विदेशीहरुलाई प्राकृतिक विपत्ती, सशस्त्र संघर्ष र अन्य आपतका बेला घर फर्कन सहज होस भनेर सन् १९९० मा अमेरिकी कँग्रेसले टिपिएसको व्यवस्था गरेको हो । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने भन्दै धेरै अघि देखि ट्रम्प प्रशासनले यसको खारेजीको कुरा उठाउँदै आएको थियो ।

अमेरिकाले हालै साल्भाडोरका दुई लाख र हैटीका ५० हजार नागरिकको अस्थायी अवास अनुमति खारेज गरेको थियो । अब टिपीएस सुविधा लिएर अमेरिकामा बस्दै आइरहेका नेपालीले २४ जुन २०१९ सम्ममा अमेरिका छाडिसक्नुपर्नेछ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.