१६ जना एसएसपी डिआईजी बढुवाका लागि सिफारीस

काठमाडौं– नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवाका लागी सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितीले सोमबार सांझ एसएसपीबाट डिआईजी बढुवाका लागी सिफारीस गरेको हो ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिका सदस्य सचिव एआईजी दिनेश चन्द्र पोखरेलद्धारा हस्ताक्षरित पत्रमा बढुवाको पहिलो नम्बरमा एसएसपी केदार रिजाल परेका छन् ।

डिआईजी बढुवामा एसएसपीहरु शेरबहादुर बस्नेत,पिताम्बर अधिकारी,दिपक कुमार थापा, नारायणसिंह खड्का र दिनेश अमात्यलगायत सिफारीस भएका छन् ।  नेपाल प्रहरीमा २४ डीआइजीको दरबन्दी रहेतापनि सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले यस अगाडीको सरकारले जबर्जस्ती थप गरेको ८ डीआइजीको दरबन्दी कटौती गरेको छ।

यसअगाडी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक भागबण्डाको लागि जथाभावी थपेको दरबन्दी कटौती गरेसंगै रिक्त १६ डीआइजी पदमा बढुवाको लागि सिफारिस गरिएको हो।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.