हुम्लामा हेलिकप्टरको पंखाले लागेर भारतीय नागरिकको मृत्यु

हुम्लाको नाम्खा गाउँपालिका–१ स्थित हेलिप्याडमा मनाङ एयरको हेलिकप्टरको पंखाले लागेर १ जनाको मृत्यु भएको छ ।

हेलिकप्टर ल्याण्ड गर्ने क्रममा पछाडिको पंखाले लागेर भारतको महाराष्ट्रका ४२ वर्षीय नगेन्द्र कुमार कार्तिके मेहताको मत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनी मानसरोवर दर्शनका लागि जाँदै थिए ।

सुनिकोटबाट नाम्खामा ओर्लंदा उनको मृत्यु भएको हो । हेलिकप्टरलाई मानसरोवर जाने पर्यटकले प्रयोग गरिरहेका थिए । हेलिकप्टरको पछिल्लो भागमा पनि क्षति भएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.