सेनाले पनि उठाउन सकेन आफ्नै २९ करोड !

नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन ।

कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक तथा वित्तीय संस्थाबाट सेनाले करिव २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो ।

सैनिक कल्याणकारी कोषले ३० वाणिज्य बैंक (तत्कालीन अवस्थामा तर, हाल मर्ज भएर वाणिज्य बैंक २८ मात्र छन्), २ विकास बैंक र ५ फाइनान्समा २७ अर्बभन्दा बढी निक्षेप राखेको छ ।

सेनाले हरेक वर्ष पत्रकार सम्मेलन गरी जोखिमको निक्षेप फिर्ता गर्ने बताउँदै आए पनि पछिल्लो ७ वर्षमा पनि जोखिममा रहेको सैनिक कल्याणकारी कोषको धन उठाउन नसकेको खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.