कुनै पनि सूचना संकलनकर्तालाई सात वटा पूर्वसर्त पूरा गरेपछि मात्र सरकारले सूचना उपलब्ध गराउने भएको छ ।
हालै प्रतिनिधिसभामा दर्ता भएको वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सात वटा पूर्वसर्त पूरा नगरीकन कसैले पनि सरकारी नियकायाट सूचना प्राप्त गर्न नसक्ने व्यवस्था छ ।
सूचना संकलन गर्ने समय, सूचनाको विषयवस्तु, प्रकृति, सूचना माग्नुको उद्देश्य, सूचना परीक्षण विधि र प्रक्रिया, संकलित सूचना गोप्य राख्ने सुनिश्चितता र सुरक्षाका विषयमा सूचना माग गर्नेले पहिले नै खुलाउनुपर्ने पूर्वसर्त विधेयकमा राखिएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
