जुम्ला – संघिय संसदमा कर्णालीप्रति सरकार उदासिन देखिएको भन्दै पटक–पटक आक्रोश पोख्दै आएका नेकपाका केन्दिय सदस्य तथा जुम्लाका प्रतिनिधि सभाका सांसद गजेन्द्रवहादुर महतले कर्णालीलाई हेप्ने दिन अब गइसकेको बताएका हुन ।
सांसद महतले कर्णालीलाई हेप्न खोज्ने सबै सबैलाई कर्णाली नदिने बढारेर लैजाने प्रतिक्रिया दिए। हरेक महिना गृहजिल्ला जुम्ला पुगे्र र जनतासँग अन्तरक्रिया गर्दै आएका सांसद महतले कर्णालीको आवाज पहिले संसदमा नउठ्दा सबैको नजरमा कमजोर सावित भएको भन्दै अब साबिकको कर्णालीलाई कसैले हल्लाउन र चलाउन नसक्ने स्थानियलाई बताए ।
कर्णालीको भूगोल र मान्छे सक्षम छन्, तर केन्द्रिकृत शासन सत्ताको नकरात्मक दृष्टिले वर्षौसम्म अपहेलित भइरह्यौ,’ सांसद महतले भने, ‘म कर्णालीको पक्षमा आवाज उठाउनकै लागि पार्टीका नेताहरुको चाकरी गर्ने छैन। वरिपरी घुमिराख्ने सचिव र कर्मचारीलाई ढोग गर्ने संस्कारको अब अन्त्य गर्नु पर्छ ।
‘अहिले काठमाडौंमा सामान्य काम गर्न कठिन छ, काम लिनकै लागि मन्त्रीको पछि हिड्ने र सचिवको गुलामी गर्ने प्रवृति हावी भएको छ।’ सांसद भने, ‘अहिले कर्णालीका सांसदले सघिय संसदमा आगो बालेका छौ । खास कर्णालीलाई चिनाउन सफल भएका छौ।
पहिलो वर्षमा आक्रोश पोख्ने बताउँदै अर्को वर्ष फरक ढंगले राज्यको ध्यान कर्णालीतर्फ तान्ने सांसद महतले बताए । उनले जुम्लामा एक मेगावाटको बत्ति र कर्णाली राजमार्गको विकल्पमा वैकल्पीक सडक प्राथमिकतामा पारेको बताए।
सुर्खेत, दैलेख, महाबु, डिल्लीकोट हुँदै उत्तरी नाका नाक्चा लाग्नसम्मको सडकलाई प्राथमिकतामा राखेको उनको भनाई छ । कर्णालीलाई राज्यले हेर्ने दृष्टिकोण वदल्नकै लागि संघिय संसदमा निरन्तर खवरदारी गर्दै आइरहेको बताए।
महतले विकासका लागि कसैसँग नझुक्ने जानकारी समेत दिएका छन्। कर्णालीको विकासका लागि जस्तो सुकै मूल्य चुकाउन आफु पछि नपर्ने उहाँको तर्क छ।
Credit : raranews.com
