सुन र शक्तिको सम्बन्ध : पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्म !

सुन तस्करीसँग ‘ठूलाबडा’ नेपालीको साइँनो पुरानो छ । पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागूऔषधको साइँनो गाँसिएको देखिन्छ ।

राजा महेन्द्रकै पालामा मनाङवासीको जीवनस्तर उकास्न भन्सार छुटको सुविधा दिइयो । यससँगै सर्वसाधारण नेपालीको पनि विदेशसँग पहुँच कायम भयो ।

अकुत नाफा गर्न सकिने वस्तु यहाँ ल्याएर बिक्री गर्ने धन्दा फस्टायो । अाफू मनाङे साहुको ‘भरिया’ बनेर हङकङबाट तीन वटा जिन्स पाइन्टभित्र मोटा–मोटा गहना लगाएर फर्किएको विषय हरिवंश आचार्यले आत्मकथा ‘चिना हराएको मान्छे’ मा समेत लेखेका छन् ।

४० को दशकमा नै नेपाल सुनको ट्रान्जिट बनिसकेको थियो । दरबार सर्वशक्तिमान् भएका बेला दरबारिया कनेक्सन नभई सुन तस्करी सम्भव पनि नभएकाे खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । 

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.