सिलाई कटाई तालिम प्रभावकारी बन्दै

बैतडीको सिगास गाउपालिकामा बैशाख देखि सञ्चालन भएको ३ महिने सिलाइकटाइ तालिम निकै प्रभावकारि बन्दै गएको छ । गाउपालिका भित्र रहेका महिलाहरुलाइ आत्मा निर्भर बनाउने उदेश्यले सिलाइकटाइको तालिम बैशाख देशि सञ्चालन गरेको थियो ।

महिलालाइ आत्मा निर्भर बनाउने र सिप सिकाइ दक्ष जनशक्ति  उत्पादन गर्ने उदेश्यले सिलाइकटाइ तालिमको आयोजना गरिएको सिगास गाउपालिकाको कार्यलयले जनाएको छ । एकल,गरिब, दलित, पहुच नपुगेका महिला, विद्यालय क्षेत्र भन्दा बाहिर रहेका महिला र सिप सिक्न चाहाने महिलाहरुको लागि तिन महिने तालिमको आयोजना गरेको गाउपालिकाका वडा न १ अध्यक्ष गगन सिह धामिले जानकारि दिनुभयो ।

गाजरि,साविकको सिवलिङ र साविकको सिगास गाविस गरि गाउपालिकाको तिन ठाउमा तालिम सञ्चालन भइरहेको अध्यक्ष धामिले जानकारि दिनुभयो । सिलाइकटाइ तालिममा गाउपालिकाका ४५ महिलाको सहभागिता रहेको उहाले बताउनुभयो । तिन महिने तालिम सम्पन्न हुने बित्तिकै पुनः थप सिप सिकाउन सिलाइकटाइ तालिम दिइने गाउपालिकाले जनाएको छ ।

गाउमा भएका महिलाहरुलाइ सिप सिकाइ आत्मा निर्भर बनाउने र स्वयम आफ्नो खुट्टमा उभिएर खान सक्ने सम्म बनाउने गाउपालिकाको लक्ष्य रहेको सिगास गाउपालिकाका अध्यक्ष हरिसिह धामिले बताउनुभयो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.