सिटिईभिटीले शूल्कवृद्धि गर्ने तयारी प्रति अखिल क्रान्तिकारीले घोर आपत्ति

काठमाडौँ । भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले घोर आपत्ति जनाएको छ ।

प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्य वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शूल्यवृद्धिका तयारी फिर्ता नलिए भर्ना नै रोक्ने चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारीका सिटिईभिटी संयोजक हर्कबहादुर बिकले विहीबार एक विज्ञप्ति जारी गरी शिक्षामन्त्री केही शैक्षिक माफियाको प्रभाव परेर शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शूल्क वृद्धिको षड्यन्त्र गरेको बताएका छन् ।

“भर्नाको मुखमा आएर ‘शूल्क निर्धारण तथा छात्रवृत्तीमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समिति’को सिफारिसमा शिक्षा मन्त्रालयले सिटिईभिटी अन्तरगतका सबै कार्यक्रममा शूल्क बढाउने चलखेल गरेको छ । सिटिईभिटी अन्तरगतका शैक्षिक संस्था केही संचालक र माफियाको मिलेमतोमा शिक्षामन्त्रीले शूल्क बढाउने गरेको तयारीप्रति हाम्रो संगठन घोर आपत्ति व्यक्त गर्दछ” बिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाजवाद उन्मुख भनिएको सरकारका शिक्षामन्त्रीले प्राविधिक शिक्षालाई जनताका छोरोछोरीको पहुँचबाट टाढा पुर्याउने गरी शूल्क वृद्धि गर्न लागेको षड्यन्त्र गरेको भन्दै फिर्ताको लागि माग गरेका छन् ।

प्राविधिक जनशक्ति तयार गर्न महत्वपूर्ण भूमिका हुँदाहुँदै सिटिईभिटी शैक्षिक दलाल र माफियाको चंगुलबाट बच्न नसकेको बताए । राज्य संचालकका कारण सिटिईभिटी केही व्यक्तिहरुको स्वार्थ पूरा गर्ने माध्यम बनेको बताउँदै संयोजक बिकले दलालीकरण र माफियाका कारण थिलोथिलो भएको बताएका छन् ।

जनताका छोराछोरीलाई प्राविधिक शिक्षाबाट टाढा गराउने षड्यन्त्रका साथ शूल्क वृद्धिको तयारीलाई फिर्ता नलिए संगठनले भर्ना प्रक्रिया र पठनपाठनलाई रोक्ने चेतावनी दिएका छन् ।

त्यसैगरी सिटिईभिटीले मापदण्ड पूरा नभएका केही शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिने तयारी गरेको बताउँदै संयोजक बिकले त्यसविरुद्ध पनि संघर्षमा जाने विज्ञप्तिमा उल्लेख गरेका छन् । “मापदण्ड विपरित संचालन भइरहेका शैक्षिक संस्थाहरुलाई कारवाही गर्नुको साटो मापदण्ड नपुगेका नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिने षड्यन्त्र पनि भइरहेको छ । त्यस्ता शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिइए र मापदण्ड विपरित संचालित शैक्षिक संस्थाहरुलाई कारवाही नगरिए कडा संघर्षमा जान बाध्य हुनेछौं” विज्ञप्तिमा भनिएको छ ।
भर्ना विद्यार्थीको अनुपातमा अहिले दिईरहेको १० प्रतिशत छात्रवृत्ति किनै कम भएको भन्दै बढाउन माग विज्ञप्तिमा गरिएको छ ।

यस्तो छ विज्ञप्ति

हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) नेपालको शिक्षा क्षेत्रमा आमूल रुपान्तरणका निम्ति संघर्षरत रहेको ब्यहोरा सर्बबिदितै छ । यसै सन्दर्भमा नेपालको प्राबिधिक शिक्षा तर्फको एउटा महत्वपूर्ण संस्था सिटिईभिटीमा भइरहेको-हुनेगरेको चरम राजनीतिकरण, ब्यापारिकरण माफियाकरण, दलालीकरण, भ्रष्टिकरणबिरुद्ध हाम्रो संगठन निरन्तर संघर्ष गर्दै आएको समेत प्रष्ट पार्न चाहन्र्छौं । कुनैपनि राष्ट्रको बिकास र समृद्धिको मेरुदण्ड शिक्षा हो । शिक्षा राज्यको अनिवार्य दायित्वको बिषय हो । तर कागजमा सिमित गरिएको मौलिक हकका बिषय अर्थात शिक्षा स्वास्थ्यलगायत जनजिवीकाका सबै बिषयप्रति राज्य उल्टै खेलबाड गरिरहेको छ ।

नेपालको शिक्षा क्षेत्रको प्राबिधिकतर्फको महत्वपूर्ण संस्था सिटिईभीटी यो देशको निम्न मध्यम वर्गका जनताका छोराछोरीले अध्ययन गर्ने संस्था हो । यो देशको प्राबिधिक जनशक्ति उत्पादनमा सिटिईभिटीको योगदान उल्लेखनिय रहेको छ भने सिद्धान्तमा सिमित नेपालको शिक्षा प्रणालीको न्यूनतम इज्जत यसैले धानेको छ । यद्पी बिडम्बना, राज्य संचालकका कारण यो संस्था केही व्यक्तिहरुको स्वार्थ पूरा गर्ने माध्यम बनेको छ भने दलालीकरण र माफियाका कारण थिलोथिलो भएको छ ।

यसै सन्र्दभमा भर्नाको मुखमा आएर ‘शूल्क निर्धारण तथा छात्रवृत्तीमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समिति’को सिफारिसमा शिक्षा मन्त्रालयले सिटिईभिटी अन्तरगतका सबै कार्यक्रममा शूल्क बढाउने चलखेल गरेको छ । सिटिईभिटी अन्तरगतका शैक्षिक संस्था केही संचालक र माफियाको मिलेमतोमा शिक्षामन्त्रीले शूल्क बढाउने गरेको तयारीप्रति हाम्रो संगठन घोर आपत्ति व्यक्त गर्दछ । समाजवाद उन्मुख भनिएको सरकारका शिक्षामन्त्रीले प्राविधिक शिक्षालाई जनताका छोरोछोरीको पहुँचबाट टाढा पुर्याउने गरी बढाइने शूल्क हाम्रो संगठनको लागि मान्य छैन । कमिसनको प्रभावमा परेर गरिने लागेको शूल्क वृद्धिको तयारी खारेज गर्न माग गर्दछौं ।

त्यसैगरी हाल प्रदान भइरहेको १० प्रतिशत छात्रवृत्ति पनि लक्षित वर्गका विद्यार्थीसम्म नपुगेको र यो संख्या अपुग भएको छ । तसर्थ हाल प्रदान भइरहेको छात्रवृत्ति कोटाको संख्या बढाउन जोडदार माग गर्दछौं ।

साथै, मापदण्ड विपरित संचालन भइरहेका शैक्षिक संस्थाहरुलाई कारवाही गर्नुको साटो मापदण्ड नपुगेका नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिने षड्यन्त्र पनि भइरहेको छ । त्यस्ता शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिइए र मापदण्ड विपरित संचालित शैक्षिक संस्थाहरुलाई कारवाही नगरिए कडा संघर्षमा जान बाध्य हुनेछौं ।

हर्कबहादुर बिक

संयोजक
अखिल क्रान्तिकारी
सिटिईभिटी क्षेत्रिय समिति

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.