सही भविष्यवाणी गर्ने अक्टोपसलाई पकाएर खाइयो

रसियामा भइरहेको विश्वकप फुटबलमा प्रचारका लागि अनेक उपाय लगाइन्छन् । यस पटक पनि प्रचारका लागि उपाय रचिएको थियो । त्यो उपाय हो अक्टोपसको भविष्यवाणी ।

तर, ‘रैबिओट’ नामक यो अक्टोपसलेलाई पकाएर खाइएको छ । अहिले यो समाचार भाइरल बनेको छ। सही भविष्यवाणी गरिरहेको उक्त अक्टोपसलाई सामान्य सी फुड सरह नै बेचिएको हो। उक्त अक्टोपस बिक्रीमा राखिएको तस्बिर सामाजिक सञ्जालमा अहिले ‘हट केक’ बनिरहेको छ।

रैबिओटले जापानले खेलेका सबै समूहचरणका तीन खेलको भविष्यवाणी सही गरेको थियो। साथै उसले अन्य टिमको भविष्यवाणीसमेत सही गरिरहेको अवस्थामा बेचिएको थियो। बजारमा बेचिरहेको उक्त अक्टोपस नै रैबिओट भएको दाबी गरिएको छ।

समूहचरण पछि नकआउट स्टेजका खेलमा समेत उसले पोर्चुगल बाहिरिने भविष्यवाणी गरेको थियो। तर, उसले अन्तिमसम्म भविष्यवाणी गर्न भने पाएन किनकि कसैले बजारमा बेचेर पकाएर उसलाई खाइसकेका छन्।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.