सर्वोच्चको आदेश : प्रकाण्डलाई तत्काल थुनामुक्त गर्नू

 

व्यापारीसँग चन्दा असुलेको आरोपमा सरकारले पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

नेता प्रकाण्डलाई सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न न्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले शुक्रबार अपराह्न आदेश दिएको हो । आदेशमा भनिएको छ– ‘गैरकानुनी रुपमा थुनामा रहेको देखिँदा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाडी सोको निस्सा मिसिल सामेल राख्नू ।’

आफ्ना बुबा खड्गबहादु विश्वकमाृ ‘प्रकाण्ड’ लाई गैरकानुनी रुपमा थुनामा राखेको उल्लेख गर्दै विश्वकर्माका छोरा नरेन्द्रबहादुरसिंह विकले सर्वोच्च अदालतमा आइतबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन का.मु. प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आइतबार नै सरकारलाई निर्देशन दिएको थियो ।

व्यापारीसँग ७ करोड रुपैयाँ चन्दा असुली गरेको आरोपमा चन्दा ऐन, २०३० अनुसार काठमाडौं प्रहरीले विश्वकर्मालाई मुद्धा चलाउने प्रक्रिया अघि बढाएको थियो ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.