सरकार जिम्मेबार नबनेको भन्दै बाराका किसानहरुले पोखे सडकमै दूध

सरकारले दुधको मूल्य घटाएको विरोधमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका किसानले सडकमा दुध पोखेर बिरोध जनाएका छन् । बुधबार विहान जीतपुरसिमरा उपमहानगरपालिका-१८ मनहर्वाका किसानहरुले सरकारको विरोध गर्दैसडकमा दूध पोखेका हुन् ।

डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको मनहर्वा उपकेन्द्रमा आवद्ध १५० बढी किसानहरुले मानमत-कलैया सडकखण्डको मोती चोकमा दूध पोखेर सरकारको विरोध गरेका हुन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले दुग्ध उत्पादकहरुलाई दिँदै आएको (टीएससी) टोटल सोलिड कमिसनमा कटौती गरेपछि विरुद्धमा किसानहरु आन्दोलित भएका हुन् ।

उक्त निर्णयबाट दूध उत्पादक किसानलाई ३ रुपैयाँसम्म प्रतिलिटरमा मर्का परेको भन्दै गत शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको बैठकले आन्दोलनको घोषण गरेको हो ।

डीडीसीले चितवनमा प्रतिलिटर २५ र मकवानपुर,बारामा प्रतिलिटर १२ पैसा सिधै दूधमा कमिसन दिँदै आएकोमा दूधमा नदिएर आफैंले उत्पादन गर्ने दाना दिन सकिने बताएको छ ।

संस्थानले दूग्ध उत्पादक किसानहरुलाई निजी डेरी तथा सहकारीमार्फत विभिन्न शीर्षकहरुमा दिँदै आएको साविक मूल्य दिनुपर्ने, उत्पादित दूधको बजार ग्यारेन्टी गर्नु पर्ने, उत्पादन लागतको आधारमा मूल्य समायोजन गनुपर्ने, दूग्ध विकास संस्थानलाई पुनरसंरचना गरी सहकारीमा रुपान्तरण गर्नुपर्ने र दूधको मूल्य निर्धारण समिति बनाइनु पर्ने माग राखिएको जिल्ला दुग्ध उत्पादक संघ बाराका अध्यक्ष दिलबहादुर लामाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले अविलम्ब किसानका माग सम्बोधन गर्दै दूधको मूल्यवृद्धि नगरे थप आन्दोलनका कार्यक्रम गर्ने दूग्ध किसानहरुले चेतावनी दिएका छन् ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.