सरकारलाई सद्बुद्धि पलाओस् : बैद्य

नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. ४ का प्रदेशसभाका सांसद नरोत्तम बैद्यले सरकारलाई सद्बुद्धी पलाओस् भन्ने शुभकामना दिएका छन् । सरकार बलियो भएको र उसले चाहँदा राम्रा काम जे पनि गर्न सम्भव भएको भन्दै उनले सरकारको यही गतिविधिले जनताको समर्थन गुमेको टिप्पणी गरेका छन् ।

सरकारले संख्यामात्र देखाएर आफ्नो कर्तव्य विर्सिएको र जनतामाथि घात गरिरहेको हुनाले उनले सरकारलाई सजग बन्न आग्रह गरेका हुन् । ‘सरकारले विकास निर्माणमा एउटा फड्को मार्न सक्छ र भोलिका दिनमा थप समर्थन भेल गर्न सक्छ, तर गतिविधि ठिक विपरित देखियो, कम्युनिष्टको सरकार यस्तो कमजोर होला भन्ने कसैले सोचेका थिएनन्’ बैद्यले भने– नेपाली काँग्रेसलाई सहमतिमा लिएर जानु भन्दा पनि पेल्ने र हेप्ने काम भएको छ ।

तानाशाही पाराले सरकार चल्न सक्दैन । बैद्यले केन्द्रीय सरकार र प्रदेशमा पनि सरकार र विपक्षीहरुबीच तालमेल नभएको गुनासो गरेका छन् । प्रदेश नम्बर ३ लाई राम्रो र सम्भावनायुक्त बनाउने आफ्नो योजनामा सरकार र अन्य तत्वहरुले प्रभाव पारेको उनले बताए । काठमाडौं महानगरपालिकाको वडाअध्यक्ष हुँदै प्रदेशसभा सांसद बनेका बैद्यले केन्द्रीय सरकारले प्रदेशलाई अधिकार नदिएको र धेरै योजनाहरु अलपत्र भएको गुनासो गरेका छन् ।

उनले संघमा पनि प्रशस्त अधिकार भएको र स्थानीय तहमा पनि अधिकारको बोझ भएको हुँदा केही अधिकार कटौति गरेर प्रदेशलाई दिनुपर्ने तर्क गरेका छन् । सरकारले निषेधित क्षेत्र घोषणा गरेर आफ्नो गलत गतिविधि बढाएको उनको आरोप छ । मेरो विरुद्ध नबोल भन्नु निरंकुश कदम भएकाले सानातिना कामका पछि सरकार लागेकामा सरकारलाई आचरण सुधार्न सुझाव दिएका छन् ।

‘प्रदेश सरकारले पनि राम्रो काम गरेको छैन, प्रदेश संसद कामविहीन भएको छ, तत्काल जिम्मेवारी प्रदान गरियोस् भन्ने चाहना हो ’ उनले भने– ‘प्रदेशलाई राम्रो बनाउन सबैको समर्थन चाहिने भएकाले काँग्रेसले बाधा पार्ने काम गरेको छैन र गर्दैन पनि ।’ उनले आफूले अहिलेसम्म गरेको राजनीतिक योगदानलाई सबैले बुझ्नु पर्ने तर्क गरेका छन् । ‘मलाई जनताको समर्थन भएकाले निर्वाचन जितेको हुँ, भोलि पनि यसलाई बचाउँदै सम्भावना खोज्दै अघि बढ्ने छु’ उनले भने । ३ नम्बर प्रदेशमा काँग्रेसले ७ जनाले प्रत्यक्ष निर्वाचन जितेका छन् भने समानुपातिक गरी २१ सांसद् रहेका छन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.