सभामुख कृष्णबहादुर महरालाई निष्पक्ष भूमिका खेल्न विजयकुमार गच्छदारले आग्रह

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सभामुख कृष्णबहादुर महरालाई निष्पक्ष भूमिका खेल्न आग्रह गरेका छन् । संसदमा जारी सरकारको नीति तथा कार्यक्रमका बारेमा बोल्ने क्रममा गच्छदारले सभामुखको भूमिका उत्तिकै गहन हुने भएकाले त्यो भूमिका निभाउन आग्रह गरेका हुन् ।

उनले सरकारले नीति तथा कार्यक्रम ल्याए पनि सरकारले आफू कसरी अगाडि बढ्दै छु भनेर भन्न नसकेको आरोप लगाए । गच्छदारले सरकारले प्रतिपक्षीलाई संगसंगै अगाडि बढ्नका लागि आग्रह गर्न नसकेको आरोप पनि लगाए ।

प्रतिपक्षीलाई विश्वासमा लिएर अगाडि बढ्छौं भनेर नीति तथा कार्यक्रमले भन्न नजानेको पनि उनले गुनासो पोखे ।

उनले सुवास नेम्वाङले निकै राम्रा कुरा गरेको तर नीति तथा कार्यक्रममा केही पनि राम्रा कुरा आउन नसकेको आरोप लगाए ।

‘०४७ सालको उत्कृष्ट भनिएको संविधान आफूहरु राम्ररी चलाउन नजानेको भन्दै उनले त्यतिबेलापछि धेरै आन्दोलन भए राजसंस्था गयो, लोकतान्त्रिक संविधान आयो, तर सरकारले खोइ त आफ्नो प्रतिवद्धता आएको ?, उनले भने  ।

नेम्वाङले आफ्नो विचार राखेर संसदबाट बाहिरिएपछि आफूले सुनाउनु पर्ने कुराहरु नीति तथा कार्यक्रमबारे थुप्रै थिए भन्दै गच्छदारले कुरा मोडेका थिए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.