सन्दीपको शानदार प्रदर्शनको भारतद्वारा प्रशंसा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको प्रगतिको भारतले प्रशंसा गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सन्दीपको प्रदर्शनबाट भारतीय जनता खुसी भएको प्रतिक्रिया दिए।

क्रिकेटले नेपाल–भारत सम्बन्धलाई मजबुद बनाएको बताउँदै पुरीले भने, ‘नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले आइपीएल खेल्दा नेपालीहरुमात्रै होइन, भारतीय जनता पनि खुशी भएका थिए। लामिछानेको शानदार प्रदर्शनले हामी भारतीय जनता पनि खुशी छौं।’

नेपालले ओडिआई खेलेर क्रिकेटमा धेरै ठूलो प्रगति हाँसिल गरिरहेको र क्रकेटप्रति क्रेज ह्वात्तै बढेको भन्दै उनले नेपाल–भारत सम्बन्धमा अब क्रिकेटपनि नयाँ शक्तिको रुपमा उदय भएको जिकिर गरे।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.