सशस्त्र प्रहरी बलले संघीय स्वरुपमा संगठनको पुनर्संरचना गर्ने भएको छ । ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापना सर्वेक्षण २०७५’ मन्त्रीपरिषद् स्तरीय निर्णयबाट स्वीकृत भएपछि पुनर्संरचना थालिएको हो । सशस्त्र प्रहरीका नायब महानिरीक्षक डिआईजी बाबुराम पाण्डेका अनुसार संगठनको हाल विद्यमान ५ वटा बाहिनीहरुलाई वद्धि गरेर ७ वटै प्रदेशमा विस्तार गरिदै छ ।
मंगलबार सशस्त्र मुख्यालय, हल्चोकमा पत्रकार सम्मेलन गरेर पाण्डेले ७ वटै प्रदेशमा बाहिनी राख्ने प्रक्रिया थालिएको जानकारी दिनु भयो ।७ वटै प्रदेशसहित उपत्यकामा थप एउटा गरी ८ वटा बाहिनी संगठनमा रहनेछ’, पाण्डेले भने, ‘सीमा सुरक्षा कार्यालयहरुमा रहेका
जनशक्तिको संख्यामा वृद्धि गरी ६ सय २१ पुर्याइनेछ । हाल सीमा सुरक्षा कार्यालयहरुमा सशस्त्रका २ सय ३७ अधिकारीहरु कार्यरत् रहँदै आएका छन् ।
पाण्डेका अनुसार नयाँ संरचनामा तालिम केन्द्रको संख्यामा पनि वृद्धि हुनेछ । ‘हाल रहेका तालिम केन्द्रहरुलाई यथावत राखेर सबै प्रदेशमा तालिम केन्द्र रहने गरी थप ५ तालिम केन्द्र स्थापना हुनेछन् ।
हाल रहेका ३८ अनाश्रित गुल्महरुको संख्यामा पनि वृद्धि भएको छ । ‘अनाश्रित गुल्महरुको संख्यालाई बढाएर ५६ वटा पुर्याइएको छ भने १७ स्थानमा आश्रित गुल्महरु स्थापना गरेर सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल परचालित हुनेछन्’,
Credit : raranews.com
