शक्ति सञ्चय भइसकेको भन्दै पूर्वराजाका सचिव मोवाइल अफ गरेर बेपत्ता

पूर्वराजा ज्ञानेन्द्र अहिले निकै खुशी छन् । दलहरुले गलत काम गरेको र दिनैपिच्छे उनीहरु कमजोर भएको ठहर गरेका ज्ञानेन्द्र र उनका शुभचिन्तकहरु उत्साहित भएका छन् । यही बेला ज्ञानेन्द्रसँग अब कसैलाई पनि भेटघाट गर्न नदिने भन्दै सचिव सागर तिम्सिना मोवाइल अफ गरेर बेपत्ता छन् ।

३ साता लामो सिंगापुर भ्रमण गरेर पूर्वराजा भदौ १ गते स्वदेश फर्केका हुन् त्यसपछि ज्ञानेन्द्रका खास भनेर चिनिएका मान्छेले समेत भेटघाट गर्न पाएका छैनन् । समाचार स्रोतका अनुसार ज्ञानेन्द्रको पक्षमा शक्ति सञ्चय भइसकेकाले आवश्यक पर्दा त्यो शक्ति प्रदर्शन गर्ने दाउमा छ राजसंस्था ।

अहिले ज्ञानेन्द्र, छोरा पारस र बुहारी हिमानीबीच पारिवारिक सम्बन्ध पनि राम्रो भएको जनाइएको छ । नेपाली कांग्रेसले पनि राजसंस्थाका पक्षमा बोल्दै आएकाले आवश्यक पर्दा समर्थन पाउने सोचमा छ दरवार ।

संघीयता असफल भएको, करमा आएको वृद्धिले जनतामा निराशा छाएको, नेपालले भारत र चीनलाई सन्तुलनमा राख्न नसकेकाले कुनै दिन राजसंस्थाको पक्षमा जनता सडकमा आउँछन् भन्ने दरवारको बुझाई छ । पूर्वराजाको सवारी हुँदा र मठमन्दिरमा पूजाआजा गर्न जाँदा होस् वा जन्मदिनको शुभकामना मनाउँदा जनतामा देखिएको उत्साहले राजसंस्थाको सम्भावना रहेको भन्दै सक्रियता बढाएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.