गर वा मरको अवस्थामा रहेको अर्जेन्टिनाले नाइजेरियासँगको खेलमा एक–शून्यको अग्रता बनाएको छ । खेलको १४ औँ मिनेटमा लियोनल मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।
मेस्सीको यो विश्वकपमा पहिलो गोल हो । आजको खेलमा जित हात पारेमा मात्रै अर्जेन्टिना अघिल्लो चरणमा प्रवेश गर्नुपर्नेछ । तर त्यसका लागि क्रोएसिया र आइसल्याण्डबीचको खेलको नतिजामा भर पर्नु पर्नेछ ।
Credit : onlinepana.com
