विमान दुर्घटनाः सयभन्दा बढीको मृत्यु, ३ गम्भीर घाइते

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।

तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू गम्भीर घाइते छन् । बोइङ ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.