विमानस्थल अवरुद्ध हुँदा काँग्रेस बैठक प्रभावित

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अबरुद्ध भएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक प्रभावित भएको छ । पूर्व निर्धारित तालिका अनुसार शुक्रबार ११ बजेदेखि शुरु हुने भनिएको बैठक १ वजे सम्म पनि शुरु हुन सकेको छैन । शुक्रबारको बैठकमा सबै नेताहरु उपस्थित हुन नसके पछि बैठक आइतबारलाई सारिएको छ ।

केन्द्रीय नेताहरु उपत्यका बाहिरबाट आउन नसक्दा बैठक बस्न नसकेको  केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बताए ।  ‘नेताहरु उपत्यका बाहिर हुनुहुन्छ, विमानस्थल अवरुद्ध भएकाले निर्धारित समयमा जहाज नउडेपछि उहाँहरु समयमा आउन सक्नुभएको छैन,’ नेता जोशीले बताए ।

आइतबारको  बैठकमा काँग्रेस केन्द्रीय कार्य समितिमा रिक्त रहेका तीनजना पदाधिकारीको मनोनयन गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् । देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने नेताहरुले बताएका छन् ।

यस अघि केन्द्रीय कार्य समितिको बैठक जारी रहेका बेला केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएकाले चैत ९ गतेबाट शुरु बैठक चैत १६ गते स्थगित भएको थियो । बिहिबार बेलुका उडान भर्ने क्रममा मालिन्दो एयरको विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएका थिए । तर, शुक्रबार १२ पछि  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्ण रुपमा सुचारु भएको विमानस्थल कार्यलयले जनाएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.