सरकारले नेपालमा विदेशी टिभी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । साउनदेखि लागू हुने गरी सरकारले विदेशी च्यानलको ‘डाउनलिंक’ शुल्क बढाएको हो ।
नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निःशुल्क च्यानलको ‘डाउनलिंक’ गरी कार्यक्रम प्रसारण गर्न अनुमतिपत्र वापत प्रतिच्यानल १ लाख रुपैयाँ तिर्नु पर्दछ । तर, विज्ञापन समावेश भएका निःशुल्क च्यानलको ‘डाउनलिंक’ गरी प्रसारण गर्न भने प्रतिच्यानल ५ लाख रुपैयाँ तिर्नु पर्नेछ ।
विज्ञापन समावेश नभएका सशुल्क च्यानलको ‘डाउनलिंक’ गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिवापत प्रतिच्यानल ३ लाख रुपैयाँ शुल्क तोकिएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
