उपभोग्य वस्तुमा नेपालीको परनिर्भरता झन् बढेको छ । स्वदेशी उत्पादन न्यून हुँदा उपभोगका लागि अधिकांश वस्तुमा विदेशीसँग निर्भर हुनु परेको छ ।
हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ बराबरका वस्तु उपभोग गर्ने गरेका छन् । यीमध्ये गत आर्थिक वर्षमा नेपालमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन् ।
यसलाई आधार मान्दा नेपालीले ५३ प्रतिशत विदेशी वस्तु उपभोग गर्ने गरेको देखिन्छ । नेपालीले खपत गर्ने औद्योगिक समेतका वस्तु विश्वका १ सय ४४ मुलुकबाट आयात हुने गरेका छन् । र, सबैभन्दा बढी भारतबाट आयात हुने गरेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
