-बिन्दु कुमार चौहान
लुम्बिनी । राज्यले स्थानीय सरकारलाई बिशेष अधिकार सुम्रिहेको बेला रुपन्ेदहीको एक गाँउमा वडाअध्यक्षको नेतृत्वमा सुकुम्बासीको घर उजाड गरिएको छ ।
रुपन्देहीको गैडहवा गाँउपालिका–२ बिचौवापुरस्थित सोही वडाका वडाअध्यक्ष तुलबहादुर पुनको निर्देशनमा किसमती केवटको झुपडी उजाडिएको हो ।
वि.स. २०५७ सालदेखि गैडहवा गाँउपालिका–२ बिचौवापुर कोठीनदी किनारमा झोलुंगे पुल नजिकै खाली रहेको पर्ती जग्गामा झुपडी बनाई बस्दै आएकी केवटले हुदाडेको भन्दै झुपडी उजाडिएको छ ।
वडाअध्यक्ष पुनको श्रीमती निर्मला पुनको नेतृत्वमा आएका चैतुमल्लाह, अशोक गडरिया सुग्रीम हरिजनलगायत आठ जनामाथि कारबाहीका लागि पीडित केवटले गैडहवा गाँउपालिका तथा ईलाका प्रहरी कार्यालयमा ठाडो उजुरी दर्ता गराएकी छन् ।
यद्यपि वडाअध्यक्ष पुनले माओवादी द्वन्द्वकालमा सार्वजनिक गौचरमा झुपडी बनाई बसेकी केवटले झुपडी पछाडी अरु जग्गा ओगटेर जस्तापाता लागाउन खोज्दा गाँउलेहरु रोक मात्रै लगाएको बताए ।
तर ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले कुनै महिलाको घर उजाडिएको फोन मात्रै प्रहरी समक्ष आएको जानकारी गराए ।
Credit : janasanchar.com
