रुकुम पश्चिम मुसिकोट नगरपालिका–१४ मा एक व्यक्तिले आफ्नै छोरा र भाइको हत्या गरेका हुन । मुसिकोट नगरपालिका–१४ लहरेखेतका ३७ वर्षीय शंकर बिष्टले आफ्नै छोरा र भाईलाइ हसिँया प्रहार गरि बुधबार बिहान हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले
जानकारी दिएको। प्रहरीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय गोकर्ण विस्ट र ६ वर्षीय छोरा सुदर्शन विष्ट छन् । उनले आफ्ना दुई छोरालाइ पनि घरेलु हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन्। घाइते हुनेमा १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश रहेका छन्।
Credit : raranews.com
