राष्ट्रिय वाािणज्य बैंक लिमिटेडको शुक्रबारबाट दुई वटा शाखा कार्यायहरु थप भई कारोबार शुभारम्भ भएको छ । डोल्पा जिल्लाको मुड्केचुला गाउंपालिका वडा नं. ४ स्थित इल निलदहमा शाखा कार्यालय मुड्केचुला र पर्सा जिल्लाको ठोरी गांउपालिका वडा नं. ५ स्थित शाखा कार्यालय सुवर्णपुर को कारोबार शुभारम्भ भएको छ ।
यसपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या २०१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताउनुभयो ।
बैंकको हाल ७३ जिल्लामा २०१ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।
Credit : onlinepana.com
