राप्रपा (प्रजातान्त्रिक)ले ७७ वटै जिल्लामा संगठन निर्माण गर्ने

राप्रपा (प्रजातान्त्रिक)ले ७७ जिल्ला र सातवटा प्रदेशलाई आधार मानेर पार्टी संगठन निर्माण गर्ने भएको छ ।

महामन्त्री एवम् संगठन बिभाग प्रमुख ध्रुबबहादुर प्रधानको अध्यक्षता बिहीबार बसेको संगठन बिभागको बैठकले संगठन सुदृढीकरणलाई अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकले वैशाख अन्तिम हप्ता केन्द्रीय कार्यसमितिको बैठक बोलाउन पार्टी अध्यक्ष पशुपति शम्शेर राणासंग आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता एवम् संगठन विभागका सदस्य किरण गिरीले जानकारी दिए ।

संगठन विभागले राप्रपा (प्रजातान्त्रिक)को भातृ संगठनहरुलाई मजबुत बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि खाका बनाइनेछ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.