पुरातात्त्विक मान्यता विपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको छ ।
यसबारे रक्षामन्त्री ईश्वर पोखरेल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ ।
२०७२ को भूकम्पले पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्याए पनि यसलाई ‘ब्युटिफिकेसन’ गर्ने भन्दै आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुनर्निर्माण सुरु गरेपछि विवाद भएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
