राणा, राजा रराणा, राजा र माओवादीको बन्दुकसँग नडराएको कांग्रेस कम्युनिष्टसँग डराउनु पर्दैन : थापा माओवादीको बन्दुकसँग नडराएको कांग्रेस कम्युनिष्टसँग डराउनु पर्दैन : थापा

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन कुमार थापाले जस्तोसुकै परस्थितीमा समेत लोकतन्त्र बचाउन नेपाली कांग्रेस लाग्ने बताएका छन् । उनले यस्तो कुरा नेपाल तरुण दल कपिलवस्तुले गोरुसिंगेमा राखेको कार्यकर्ता प्रशिक्षण समारोहमा राखेका हुन् ।

 नेपाली कांग्रेस राणा शासनको व्यवस्था, राजाको व्यवस्था, माओवादीको बन्दुकसंग समेत नडराएको हुंदा अवको कम्युनिष्ट शासनवाट समेत कुनै समस्या नपर्ने वताए । कम्युनिष्ट मिलेर देशलाई अधिनायवाद लाद्न खोजेमा त्यसको प्रतिपाद गरि संविधानले व्यवस्था गरेको संघिय लोकतान्कि गणतन्त्रको रक्षा गर्न लाग्ने समेत थापाले बताए ।

समावेशीको नाम जपेर जातजातीको आन्दोलन गराउने माओवादीले हाल आएर  कम्युनिष्ट पार्टीको हाइ कमिटी वनाउदा , महिला, दलित, मधेसी, जनजातीहरुलाई उपहास गरेको तथ्य प्रमाणित भएको समेत थापाले बताए ।

नेपाली कांग्रेसको नेत्तृत्वमा नै सविधान जारी भई त्यसको कार्यान्यनको लागी समेत ३ चरणको निर्वाचन भएको हुंदा अव त्यसको पुर्ण कार्यान्यव र विकासको पक्षमा काम गर्नुपर्ने समेत उनले बताए । बहुमतको नाममा सक्ताको मातले मनपरि ढगंले चलाएमा नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमीका निर्वाह गरी मनपरि हुन नदिने समेत उनले बताए ।

विगतमा मधेसवादी दलले संविधान संसोधन नभए आन्दोलन रोकिन्न भन्ने , नेकपा एमाले सविधान संसोधन कसरी हुन्छ भनेर आडा लिई कांग्रेसलाई समस्या पारेतापनि सबैलाई मिलाएर निर्वाचन गर्न सफल कांग्रेसले बाम गठवन्धन भयो भन्दैमा सवै गयो भन्नु पर्ने अवस्था नआएको उनले बताए । संविधान कार्यान्वन गरेको र देशलाई निकास र विकासमा लाने काम गरेको हुंदा आगामी दिनमा जनताका सर्वोपरि हितमा लागी काम गरेमा कोही कसै संग डराउनु  पर्ने कारण नरहेको उनले बताए ।

सोही अवसरमा कांग्रेस केन्द्रिय सदस्य अतहर कमालले बामको उखान टुक्कामा मुलुकको विकास नहुंने हुंदा बहुमत नभएपनि नेपाली कांग्रेसको निति र जनताको मागमा विकासमा आफुहरु लागिरहने बताए । त्यस्तै जिल्ला पार्टी सभापति सुरेन्द्रराज आर्चायले समावेशि नितिको सिद्धान्त र व्यवाहारमा कांग्रेस लागेको हुंदा जनताको साथ र सर्मथन रहेको बताए ।

त्यस्तै पुर्व राजदुत दिपकुमार उपाध्यायले अवको समय नेपालको आर्थिक विकास र सवृद्धि रहेको हुंदा सक्ता पक्षा वा विपक्षी भनेर आरोप प्रत्यारोप नगरि देशको परिवर्तनमा लाग्नु पर्ने वताए । उता सांसद अभिषेक प्रताप शाहले सवै जात जाती, धर्म सस्कृतिको सम्मान रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस भएको हुंदा मधेसी, दलित , थारु,जनजातीहरुको अधिकार प्राप्तीको लागी आफुहरुले संर्घष गरिरहने बताए ।

  तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीको अध्यक्षता सचिव अमर पौडेलको संचालन र क्षेत्रिय सभापति तिलक थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षणमा जिल्लाका ४ सय बढि तरुणहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षण केन्द्रिय नेता गगन कुमार थापा, अतहर कमाल, जिल्ला सभापति सुरेन्द्रराज आर्चाय, पुर्व राजदुत दिपकुमार उपाध्याय, सांसद अभिषेक प्रताप शाह जिल्ला नेता प्रेम बहादुर रायमाझि, महेन्द्र पाठक, शोहरत तेली,माधव पराजुली, नेवि सघ सहमहामन्त्री प्रकाश घिमिरे, युवराज पाण्डे, रमेश खनाल, , अजय थापा , राकेश पाण्डेय,चन्द्रकान्त पोख्रेल  महिला संघकी इन्द्रिरा भट्राई लगायतले प्रशिक्षण दिएका थिए

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.