रसियामा खेलाडी दबावमा, नेपालमा दर्शक तनावमा !

 

संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन्, त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ ।

नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा खाएर र आपसमा बाजी राखेर रमाइरहेका छन् । आफ्नो टिमको विजय–पराजयमा मानसिक तनाव त छँदैछ ।

विश्वकपमा जापानले गोल गरेलगत्तै डा. सरोजप्रसाद ओझाले आफ्ना जापानी साथी डा. युकीलाई फोन गरेर बधाई दिए । तर, डा. युकीले अनभिज्ञता प्रकट गर्दै भने– ‘ए, हो र ! मलाई त थाहै पो थिएन ।’

उताका डाक्टरलाई आफ्नै देशले गोल हानेको समेत थाहा नभएको खबर सुनेर डा. ओझा छक्क परे । वरिष्ठ मनोचिकित्सक समेत रहेका डा. ओझा अरु देशका तुलनामा नेपालमा फुटबलप्रेमी बढ्दै गएको बताउँछन् ।

‘एक जना अर्जेन्टिनाका नेपाली फ्यानले आत्महत्या प्रयास गरेको सुनेको छु,’ डा. ओझाले भने– ‘झापाका एक युवाले अत्यधिक मदिरा सेवन गर्दा बेहोस भएपछि अस्पताल नै भर्ना गर्नुपर्‍यो ।’

रसियामा चलिरहेको विश्वकप फुटबलले संसारभर पैदा गरिरहेको तरंगबारेको यो खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.