वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १ सय ८५ जना विभिन्न अभियोगमा ८ वटा जेलमा सजाय भोगिरहेका छन् । यूएईस्थित नेपाली राजदूतावासले यूएईका ७ वटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो ।
राजदूतावास यूएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार विभिन्न मुद्दामा १ सय ७३ जना पुरुष र १२ जना महिला गरी १ सय ८५ जना नेपालीले यूएईका विभिन्न जेलमा जेल जीवन बिताइरहेका छन् । जेल जीवन बिताउनेमध्ये मद्यपानका कारण ९५ जना, अवैधानिक काम र बसाइका कारण १८, भौतिक आक्रम वा सम्पत्ति नष्टको आरोपमा १८ र चोरी मुद्दामा १५ नेपालीले जेल भुक्तान गरिहेका छन् ।
यस्तै, व्यभिचारका कारण १०, हत्याको आरोपमा नौ, लागुऔषधका कारण छ र अन्य कारणहरु किर्ते, चेक बाउन्सलगायतका कारण १४ जना रहेका राजदूतावासले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख रहेकाे खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
