यस्तो पनि विद्यालय : ३ जना मात्रै विद्यार्थी, ३ जना शिक्षक !

 

बाँकेको डुढुवा गाउँपालिकामा रहेको प्राथमिक तहको एक विद्यालयमा तीन जना मात्र विद्यार्थी छन् । ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाइएको छ ।

जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, डुढुुवा– ५, नानुपुरमा तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने गरेका छन् । कक्षा ५ सम्मको अनुमति प्राप्त सो विद्यालयमा दुई स्थायी र एक अस्थायी दरबन्दीका तीन शिक्षकले ती तीन जना विद्यार्थीलाई पढाउँदै आएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.